मन्त्री परिषद्को बैठक विना निष्कर्ष
![]() |
Nepal Police |
सुडानको डार्फरमा खटिरहेको नेपाल प्रहरीको शान्ति मिसनका लागि सामान खरिद गर्ने विषयमा छलफल गर्न बसेको मन्त्री परिषद्को बैठक विना निष्कर्ष स्थगित भएको छ । शान्ती मिसनमा रहेका प्रहरीका लागी नयाँ सामान खरिद गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि बैठक विना निष्कर्ष सकिएको हो ।
प्रधानमन्त्री कार्यलय बालुवाटारमा बसेको बैठकमा कारवाही तथा सामान खरिद एक साथ गर्ने विषयमा सहमती भएपनि कसरी अघि बढ्ने भन्ने विषयमा विवाद भएको कानुन मन्त्री प्रेम बहादुर सिंहले जानकारी दिनुभयो । मन्त्री सिहंले सामान खरिद तथा कारवाही प्रक्रिया तथा यसको काुनुनि जटीलताको बारेमा थप छलफलका लागी बैठक स्थगित भएको बताउनुभयो । सुडानमा सामान खरिदको विषयमा भष्ट्राचार भएको विषय अहिले अख्तीयार अनुसन्धान आयोगमा विचाराधिन अवस्थामा रहेको छ । यसअघि बिहान पनि बैठक बसेपनि यहि बिषयमा विवाद भएपछि बेलकी सम्मका लागी स्थगीत भएको थियो ।
यसअघि आज बिहानको मन्त्रीपरिषद् बैठकले एमाले सभासद् डम्बर बहादुर खड्को मृत्युको छानविनका लागी तिन सदस्यीय समिती गठन गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले प्रहरी अतिरक्ति महानिरक्षक नरेश गुरुङ्गको संयोजकत्वमा दुइ सदस्यीय छानविन समिती गठन गरेको हो । सरकारद्धारा गठित समितीमा अनुसन्धान विभागका निर्देशक कपिलसिंह आले सदस्य रहनु भएको छ । समितीलाइ छानविनका लागी सात दिनको म्याद दिइएको गृह मन्त्रालयले जनाएको छ । एमाले सभासद् खड्काको गत १० गते भक्तपुरको कौशलटारमा भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।
एमाओवादी केन्द्रीय बैठकमा उपाध्यक्ष भट्टराईद्वारा फरक मत प्रस्तुत
पार्टीभित्रको आन्तरिक बिबाद तथा भावि कार्यदिशा तय गर्न बसेको एकिकृत नेकपा माओबादीको केन्द्रीय समिति वैठकमा आज उपाध्यक्ष डा. बाबुराम भट्टराईले लिखित रुपमा फरक मत पेश गर्नुंभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिमार्जित राजनीतिक तथा सङ्गठनात्मक र अन्तर सङ्घर्ष सम्बन्धी प्रतिवेदनको संबिधान निर्माण र शान्ति प्रक्रियामा अवरोध आए बिद्रोहमा जाने राजनीतिक प्रतिबेदनमा उपाध्यक्ष भट्टराईले १२ बुँदे फरक मत प्रस्ताव पेश गर्नुभएको हो ।
माओवादीको जारी केन्द्रीय कमटी बैठक अन्तरगत आजको बैठकमा भट्टराइले लिखित रुपमा फरक मत प्रस्तुत गर्नुभएको पार्टी प्रवक्ता दीनानाथ शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उपाध्यक्ष डा भट्टराईले शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याएर अझै संविधानसभाबाट जनपक्षीय संविधान बनाउन पहल गर्नुपर्ने, तत्काल जनविद्रोहमा जान नहुने र भारतलाई अहिले नै प्रधान शत्रु घोषणा गर्न नहुने धारणा सहितको फरक मत दर्ता गराउनु भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उपाध्यक्ष भट्राइद्धारा प्रस्तुत प्रतिवेदमा भोली देखी छलफल सुरु हुने अर्का केन्द्रीय सदस्य टोपबहादुर रायमाझिले जानकारी दिनुभयो । यसअघि माओवादीको हिजोको बैठकले पार्टि भित्रको फरक मत तल्लो तह सम्म छलफलका लागी लैजाने निणर्य गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालद्वारा प्रस्तुत परिमार्जित राजनीतिक एवम् सङ्गठनात्मक र अन्तरसङ्घर्षसम्बन्धी पाँच बुँदे प्रस्तावमाथि आज ४० जना केन्द्रीय सदस्यले बोलेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले शान्ति प्रक्रिया नटुङिगएसम्म राष्ट्रसंघिय मिसन अनमिनलाई बिदा गर्न नहुने, संबिधान निर्माण तथा सरकार गठनका लागि पार्टिका शिर्ष नेताहरु गम्भिर हुनुपर्ने धारणा राखेको प्रवक्ता शर्माले बताउनुभयो । बैठक भोली बिहान ८ बजे पुन बस्दैछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको बैठक
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले नयाँ नियुक्त भएका २८ जना अधिकृतलाइ भारतमा तालिम लिन पठाउने परराष्ट्र मन्त्रालयको निणर्य कार्यन्वयन नगर्न निर्देशन दिएको छ । समितीले एकै पटक २८ जना अधिकृतलाइ भारतमा आधारभूत तालिम दिन पठाउनु उपयुक्त नदेखिएको तथा त्यस्तो तालिम परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान मार्फत दिलाउनु उपयुक्त हुने भन्दै तत्कालका लागी अधिकृतहरुलाइ भारत नपठाउन निर्देशन दिएको हो । यद्यपी समितीले मन्त्रालयको काममा बाधा नपर्ने गरी स–सानो समूहमा वरिष्ठ अधिकृतलाई प्राथमिकता दिई विदेशमा तालिमका लागि पठाउन भने मन्त्रालयलाइ स्वकृती दिएको छ ।
त्यस्तै समितीले भारतका लागि नेपाली राजदूत रुक्मशम्शेर राणा डाबर नेपालको प्रबन्ध निर्देशकका रुपमा समेत कार्यरत रहेको सम्बन्धमा जवाफ दिन परराष्ट्र मन्त्री सुजता कोइरालालाइ समितीमा बोलाएको छ ।
साथै समितीले भारतिय सीमा सुरक्षा बलले पर्साको ठोरीस्थित निर्मलबस्ती गाविसको सीमामा निमाण गर्न रोक लागएको विषयमा समेत जवाफ दिन परराष्ट्र, गृह तथा भूमिसुधार मन्त्राललाइ निर्देशन दिएको छ । केही समय अघि एसएसबीले ठुटे खोलमा निमार्ण गर्न लागिएको निमार्णमा रोक लगाएको समाचार विभीन्न मार्फत सार्वजनिक भएको थियो ।
२८ दलीय बैठक
संविधानसभामा रहेका २८ दलले उच्चस्तरिय कार्यादलले सहमती जुटाएको संबिधान सभाका तिनवटा बिषयगत समितीका बुँदाहरुलाई आज अनुमोदन गरेको छ । आज बसेको २८ दलको बैठकले राष्ट्रिय हित संरक्षण समिति, मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समिति र सामाजिक सांस्कृतिक ऐक्यबद्धता समितीका प्रतिबेदनहरुमा जुटाएको सहमतिलाई अनुमोदन गरेको हो । मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिबेदनमा ३८ वटा विवादित बुँदा मध्ये १७ वटा बुँदामा उच्चस्तरीय कार्यदलले सहमित कायम गरेको थियो ।
मौलिक हक तथा निर्देशक सिद्धान्त अन्र्तगत जग्गाको हदबन्दीका बिषयमा भने दलहरुबीच सहमति हुन सकेन । तीन वटा प्रतिवेदनहरुलाई सर्वसम्मत अनुमोदन भएपनि सम्पत्तिको सिमा निर्धारण, राज्यले हदबन्दी भन्दा बढि रहेको सम्पत्ति लिएमा क्षतिपुर्ति उपलब्ध गराउने या नगराउने वा सम्पत्तिको सिमा तोक्ने भन्ने बिषयमा भने दलहरुकावीच आज पनि कुरा मिल्न सकेन ।
यस अघि पनि सम्पत्तिको हदबन्दीका बिषयमा कांग्रेस, एमाले र मधेश केन्द्रीत दलहरुले प्रारम्भीक मस्यौदामा रहेका प्रावधानको बिरोध गरेका थिए । एकीकृत माओवादीले हदबन्दी भन्दा बढि जग्गा राख्न नपाउने एवंं बढी रहेको सम्पत्ति राज्यले लिएमा त्यसको क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरेको छ । माओवादी प्रस्तावको अन्य दलहरुले बिरोध गर्दै आएका छन् । २८ दलको बैठकमा भोलिबाट संवैधानिक समितिको प्रस्तावमाथि छलफल शुरु हुने भएको छ । यसअघि उच्चस्तरीय कार्यदलले १ सय २७ वटा बुदाहरुमा सहमति गरेको थियो । दलहरुबीच अझै ८३ वटा बुंदामा मतभेद रहेको छ ।
अनमिन बर्हिगनमा विवाद ः अन्तक्रिया
अनमिन बर्हिगमनको मिति नजिकिदै जा“दा तिन मूख्य दलबीचको मतभेद पनि चुलिंदै गएको छ । राजधानीमा आज भएको अन्र्तक्रियामा एकिकृत माओवादीका सचिव सिपी गजुरेलले अहिलेकै अवस्थामा अनमिनको बर्हिगमन भए शान्ति प्रक्रियामै समस्या आउने तर्क गर्नुभयो । अनमिन शान्ति प्रक्रियाको एउटा हिस्सेदार भएकाले शान्ति प्रक्रिया निष्र्कषमा नपुग्दासम्म अनमिनको बर्हिगमन असम्भव भएको उहा“ले बताउनु भयो ।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई कावार्ही गर्ने बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा गजुरेलले कुनै पनि बैठकमा भट्टराईलाई कावार्ही गर्ने बिषय नउठेको बताउनुभयो । कावार्हीको बिषय कपोलकल्पीत भएको गजुरेलले दाबी थियो । नेपाली काग्रेसका नेता अर्जुननरसिह केसीले सेना समायोजन र रेखदेखको जिम्मा बिशेष समितिले गर्ने भएकाले अनमिनको रहनु वा बाहिरिनुले कुनै औचित्य नरहने दावी गर्नुभयो । दलहरुबिचको तिनबुदे सहमतिको पुर्ण कार्यन्वयन नभएसम्म कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता नहुने भन्दै केसीले शान्ति प्रक्रियास“ग जोडिएका मुद्दामा माओवादी अझै गम्भिर नभएकाले पौडेलको उम्मेदवारी फिर्ता गर्न नमिल्ने तर्क गर्नुभयो ।
एमालेको दोहोरो चरित्रका कारण राजनितिक सकंट गहिरिदै गएको केसीको आरोप थियो । एमाले नेता प्रदिप ज्ञवलीले अन्तिम पटकका लागी मात्रै अनमिनको मिती थप गरिएकाले फेरी मिति थप्नुपर्ने प्रस्ताव असान्दर्भिक भएको टिप्पणी गर्नुभयो । जारी गतिरोधको अन्त्यका लागी माओवादी थप गम्भिर हुनुपर्ने भन्दै नेता ज्ञवालीले माओवादीमा अझै सुधार नआए अवको नया“ सरकार पनि अहिलैकै गठबन्धनको समीकरणको आधारमा बन्ने दाबी गर्नु भएको थियो ।
एमाले सचिव ज्ञवाली
नेकपा एमालेका सचिव युवराज ज्ञवालीले कङग्रेस नेता रामचन्दै्र पौडेलले प्रधानमन्त्रीको प्रतिस्पधौबाट उममेदवारी फिर्ता नलिए आफ्नो पार्टीले विपक्षमा मतदान गर्नै बताउनु भएको छ । आज जनकपुरमा आयोजित पत्रकार सममेलनमा सचिव ज्ञवालीले कहिल्यै नटुङिगने निर्वाचनबाट नाम फिर्ता लिएर पाडेलले देशलाई निकाश दिनुपर्ने धारणा राख्नुयभो । एमालेले सहमतीको सरकारमा जोड दिएको उल्लेख गर्दे उहाँले तीन दल नमिले शानित र संविधान निशकर्षमा नपुग्ने दावी गर्नुभयो ।
फोरम प्रवेश
उपप्रधानमनमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तीनवटै ठूला पार्टीहरु असफल भैसकेको दाबी गर्दै केही समयमै आफ्नो पार्टी देशकै ठूलो पार्टी हुने दाबी गर्नुभएको छ ।
विभिन्न पार्टीबाट फोरम लोकतान्त्रिकमा प्रवेश गरेकाहरुलाई पार्टीमा स्वागत गर्दै गच्छदारले आफ्नै क्रियाकलापका कारण माओवादी का“ग्रेस र एमाले असफल भैसकेको दाबी गर्नुभयो । नेपाली जनताले तीन दलको विकल्प खोजेको भन्दै उहाले आफ्नो पार्टी विकल्पका रुपमा अगाडी आएको दाबी गर्नुभयो ।
माओवादी, का“ग्रेस र एमाले सत्तास्वार्थ र आन्तरीक विवादका कारण वदनाम हुदै गएको भन्दै गच्छदारले ती पार्टीबाट फोरम लोकतान्त्रिक प्रवेश गर्नेहरुको लहर लागेको दाबी गर्नुभयो । आफ्नो पार्टी युवा, मजदूर र पिछडिएका वर्गको आशाको केन्द्र बनेको उहाको दाबी छ । कार्यक्रममा काभ्रेली डनका रुपमा परिचित ठेकेदार गणेश लामा, दोलखास्थित माओवादीको बेथान स्मृति ब्रिगेडका सहकमाण्डर संगिता सुवेदी सहित विभिन्न दलबाट फोरम लोकतान्त्रिकमा प्रवेश गर्नेहरुलाइ अध्यक्ष गच्छदारले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । फोरम लोकतान्त्रिकले विभिन्न जिल्लाबाट माओवादी, का“ग्रेस र एमालेबाट ३ हजार ४ सय ५० कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । काभ्रेका लामाले मात्र २ हजार ५ सयको नेतृत्व गर्दै फोरम प्रवेश गरेको पार्टीको दाबी छ ।
नेपाली महिलाका विदेशी पतिलाइ नागरिकता दिुन हुदैँन ः विजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली नारीसंग विवाह गरेकै आधारमा विदेशी नागरिकलाई नागरिकता दिदा दशवर्षमा नेपालीहरु अल्पमतमा पर्ने बताउनुभएको छ ।
आज भक्तपुरमा भक्तपुर क्यान्सर अस्पतालले गरेको कार्यकममा सञ्चारकर्मीहरुसंग कुुरा गर्दै विजुक्छेले विदेशी नागरिकहरुलाई नाताको आधारमा नागरिकता दिदै जांदा नेपालीहरु अल्पमतमा पर्ने र विदेशी नागरिकले नेपालको शासनसत्ताको बागडोर सम्हाने बताउनु भयो । अध्यक्ष विजुक्छेले म्याद नथपे पनि अनमिन नेपाल छोडेर नजाने बताउनुभयो । अनमिनको बिदाईपछि नेपालमा भारतीय हस्तक्षेप अझै बढेर जाने बिजुक्छेको दाबी छ । नेमकिपा अध्यक्ष विजुक्छेले ठुला पार्टीका नेताहरुले संविधान नवनाउने संकेत देखाएको बताउनुभयो । जनमुखी संविधान निर्माण गर्न सबै दलहरु एकजुट हुनुपर्ने बिजुक्छेको भनाई थियो ।
No comments:
Post a Comment