Sunday, June 12, 2011

जेठ २९ गते २०६८


भदौ १४ पछि कागे्रसले शान्तिपूर्ण आन्दोलन सुरुगर्ने

नेपाली काँगे्रसले संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयनप्रति आशंका व्यक्त गर्दै शान्ति प्रक्रिया टुङ्गिएपछि मात्र लोकतान्त्रिक संविधान जारी हुन सक्ने जनाएको छ । 

काँग्रेस जिल्ला सभापतिहरुको आज सम्पन्न दुई दिने भेलाले शान्ति प्रक्रियाप्रति माओवादी अझै इमान्दर नदेखिएको ठहर गर्दै शान्ति प्रक्रिया निर्धारित समयमा नै टुङ्गोमा नपुगे लोकतान्त्रिक संविधान बन्न नसक्ने निश्कर्ष निकालेको हो । भदौ १४ अगावै शान्ति प्रक्रिर्या निश्कर्षमा नपुगे लोकतान्त्रिक संविधानको लागि काँग्रेसले आन्दोलन थाल्ने पर्ने निश्कर्षपनि काँग्रेसले निकालेको हो । थप गरिएको तीन महिनाभित्र  तोकिएको काम गर्न नसकीए संविधानसभाको म्याद थप नगर्ने जिल्ला सभापतिहरुको भेलाले निर्णय गरेको छ । 

काभे्रको धुलिखेलमा भएको भेलाले संविधानको एकीकृत मस्यौदा तयार गर्नुअगावै शान्ति प्रक्रिर्या पूर्णतामा पुग्नुपर्ने सहित १३ बुदे घोषणापत्र समेत सार्वजानिक गरेको छ । घोषणापत्रमा पाँचबुदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने, माओवादीले शान्ति प्रक्रियालाई पुर्णतामा पुर्याउने क्रममा जग्गा फिर्ता र वाईसीएल विघटन गर्नुपर्ने लगायत रहेका छन् । 

भेला समापन समारोहमा काँगे्रस सभापति सुशील कोइरालाले लोकतन्त्रका मूलभुत मान्यतामा कसैसंगपनि सम्झौता नगर्ने स्पष्ट गर्नुभयो । उहाँले विगतमा भएका सहमति कार्यान्वयनगर्न माओवादी फेरिपनि इमान्दार नदेखिएको दावीगर्दै माओवादी गम्भीर नभए मुलुक दुर्घटनामा फस्ने खतरा रहेको बताउनुभयो । काँग्रेसले शान्ति  र लोकतन्त्रका लागि अहिलेसम्म त्याग देखाएको भन्दै यो सदासयतालाई कमजोरी ठानेमा त्यसको दुष्परिणाम माओवादीले भोग्नुपर्ने चेतावनी दिनुभयो । 

बरिष्ट नेता शेरबहादुर देउवाले थप गरिएको तीन महिनाभित्र पनि शाीन्त प्रक्रिया पुरा नहुने अवस्था आएको भन्दै लोकतन्त्रका लािग त्याग गर्दै आएको काँग्रेसले फेरी पनि बलिदान दिन तयार रहेको बताउनु भयो । माओवादी शेना समायोजन विशेष समितिमा माओवादीका तर्फवाट प्रस्तुत सदस्यहरु कार्यतालिका अनुसार राज्यलाइ हतियार बुझाउने र रिग्रुपिङकालागि तयार नभएकोले माओवादी समायोजनप्रति इमान्दार नभएको कागे्रस नेताहरुले बताएका थिए । अधिकाशं जिल्ला सभापतिहरुले माओवादीका हतियार राज्यलाइ नबुझाइ र विगतमा कव्जा गरिएका सम्पत्ति फीर्ता नभइ संविधानको एकीकृत मस्यौदा सार्बजानिक गर्न नहुने बताएका थिए । 

असार पाँच भित्र लडाकु समायोजनको मोलालिटी र संख्या र पुनस्थापना प्याकेज टुङ्गो लाग्ने 

काठमाण्डौँ, २९ जेठ । सेना समायोजन विषेश समितीले आउँदो असार पाँच गते भित्रै लडाकु समायोजनको मोलालिटी, संख्या, पद मिलान तथा पुनस्थापर्ना जाने लडाकुका लागी प्याकेजमा सहमति जुटाउने भएको छ । समितीको आज साँझ बानेश्वरमा बसेको बैठकमा लडाकु समायोजनको कार्यविधी, मोलालिटी, संख्या, पद निर्धारण र पुनस्थापर्ना प्याकेज लगायतका विषयमा असार पाँच गते भित्र नै टुङ्गो लगाउने अनौपचारिक सहमति भएको हो ।
बैठकपछि समिती सदस्य तथा सरकारका मुख्य सचिव माधव घिमिरेले आजको बैठकमा  लडाकु समायोजनको विषयमा गम्भीर छलफल भएको र दलहरुले समायोजनबारे आ आफ्नो धारणा राख्न सुरु गरेको जानकारी दिनुयभो । जिल्ला सभापति भेलामा गएका कारण नेपाली काँग्रेसका तर्फबाट समिती सदस्यद्धय रामशरण महत र मिनेन्द्र रिजाल अनुपस्थीत भएपछि आजको बैठकबाट कुनै निणर्य भने हुन सकेन ।

यसैबिच सेना समायोजन बिषेश समितीले आजबाट माओवादी लडाकुहरुको अस्थायी शिबीरको अनुगमन शुरु गरेको छ । अनुगमन प्रकृया चितवनमा रहेको माओबादी जनमुक्ती सेनाको तेस्रो डिभीजन शक्तिखोर बाट शुरु गरिएको छ  । लडाकु बिषेश समितीम आए पछि पहिलो पटक समितीको टोलीले शिबीरमै पुगेर अनुगमन गर्न थालेको हो । सेना समायोजन बिषेश समिती अन्र्तगन गठित सचिबालयको १८ जनाको टोली शिबिर पुगेको शिबीर स्रोतले जानकारी दिएको छ । नेपाली सेनाका मेजर,क्याप्टेन,शसन्त्र प्रहरीका नायब निरिक्षक , नेपाल प्रहरीका प्रहरी निरिक्षक र शिबीरका २ लडाकु सहित ६–६ जनाको टोली सहित १८ जनाको टोली शिबीर पुगेका हुन् । 

सुडान घोटालामा भएको कारवाही अनपेक्षित ः प्रहरी

काठमाण्डौँ, २९ जेठ । नेपाल प्रहरीले सुडान घोटाला सम्बन्धी मुद्दामा मुछिएका आफ्ना अधिकारीलाई सम्मानित अदालतले सुनाउने फैसला मान्य हुने बताएको छ । यद्यपी प्रहरीले घटनालाइ अनपेक्षित भएको टिप्पणी गरेको छ । अख्तियारद्धारा भ्रष्टाचार मुद्यामा ३४ प्रहरी अधिकृतहरुलाइ विशेष अदालतमा दायर गरिएको मुद्या विचाराधिन रहेकाले सोका सम्बन्धमा आफूहरुको थप कुनै विशेष धारणा भने नरहेको प्रहरीले स्पष्ट पारेको छ । प्रहरी प्रधान कार्यलय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख रविन्द्रप्रताप शाहले विशेष अदालतमा दायर भएका कारण छिटो भन्दा छिटो टुङ्गो लाग्ने विश्वास ब्यक्त गर्नुभयो । 

उच्च प्रहरी अधिकारी सहित ठूलो मात्रामा बहालवाला सुरक्षा अधिकारी मुद्यापछि निलम्बनमा रहेपनि प्रहरीको दैनिक कार्य सन्चानलनमा केही असर नपरेको उहाँले स्पष्ट पार्नुभयो । प्रहरीले आफ्नो सङगठन गतिशिल संस्था रहेकाले नियमित रुपमै संस्था चलिरहेको दावी पनि गरेको छ । प्रहरी प्रमुख शाहले सुडान कान्ड प्रहरी सङगठनका लागि अप्रत्यासित रहेको  भन्दै दोषीलाई कारबाही र निर्दाेशहरुलाई सफाई हुने विश्वास ब्यक्त गर्नुभयो ।

साथै उहाँले पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्नै पर्शु बस्नेतलाइ राजनीतिक दवावका कारण पक्राउ नगरेको झुटो भएको भन्दै दखोजी जारी रहेको बताउनुभयो । बस्नेतलाई प्रहरीले ब्यापक रुपमा खोपजरहेको र पक्राउ पर्नासाथ सार्वजनिक गरिने शाहले बताउनुभयो । राजनीतिक दवावकै कारण  युथफोर्स कार्यकर्ता बस्नेतलाई पक्राउ नगरिएको हो भन्ने पत्रकारहरुको जिज्ञासाको प्रतिवाद गर्दे उहाँले आफू कसैको दवावमा काम  गर्ने पक्षमा नरहेको जिििकर गर्नुभयो ।

गृहमन्त्रीद्वारा अध्यागमन विभागको निरिक्षणः

उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय सुरक्षाको अबस्था विमानस्थलको सुरक्षा व्यबस्थाले चित्रण गर्ने भन्दै विमानस्थलको सुरक्षा गर्न निर्देशन दिनुभएको छ । अध्यागमन विभावको निरिक्ष्णका क्रममा गृहमन्त्री महराले विभागका कर्मचारीहरूलाई राज्यप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभएको हो । ‘राष्ट्रिय सुरक्षा कस्तो छ भन्ने पहिचान त्रिभुवन विमान स्थलको सुरक्षा व्यवस्थाले दिन्छ, उहाँले भन्नुभयो– त्यहाँ हाम्रा कर्मचारीले गर्ने व्यवाहारले नेपालीहरुको व्यावाहारको चित्रण गर्छ, ।’

अध्यागनको सुरक्षा अवस्था र त्यहाँका कर्मचारीले विदेशीहरूलाई गर्ने व्यवहारले नेपालको सुरक्षाको अवस्था र नेपालीको व्यवाहार चित्रण गर्ने भएकाले जिम्मेवार भएर काम गर्न गृहमन्त्रीले निर्देशन दिनुभयो । त्यसअबसरमा गृहसचिव लीलामणी पौडलले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदेश गएर पैसा कमाएर आउने नेपालीहरुबाट विभिन्न बाहानामा कर्मचारीले पैसा असुल्ने गरेको रिपार्ट आईरहेको बताउनुहुँदै त्यसो गरे अपराध हुने बताउनुभयो । त्यस्ता काम गरेको पाईएमा जोसुकैलाई कारबाही गर्ने उहाँको भनाई थियो ।

पत्रकार महासङ्घद्वारा चरणबद्ध आन्दोलन 

सञ्चारकर्मीहरूमाथि भएको श्रृखलाबद्ध आक्रमणको विरोधमा देशभरका पत्रकारहरुले आज हातमा कालोपट्टी बाँधी काम गरिरहेका छन । नेपाल पत्रकार महासङ्ले आब्हान गरेको पहिलो चरणको बिरोध कार्यक्रम अन्तर्गत  सञ्चारकर्मीहरुले आज बाट पर्सी सम्म हातमा कालोपट्टी बाँधी बिरोध जनाउने छन । यस्तै असार १ गते समाचार सङ्कलन गर्दा प्रयोग गरिने कलम, डायरी, क्यामेरा, रेकर्डरजस्ता सामग्रीहरू माइतीघर मण्डलामा प्रदर्शन गर्ने, सोही दिन जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु हिजो सार्वजनिक गरिएको थियो ।

यसैबीच पत्रकारमाथि आक्रमण गर्नैलाई कारबाही र सुरक्षको माग गर्दै महासङघले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आज ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुमाथि भईरहेका ज्यादतीविरुद्ध संसदमा जोडदार रुपमा आवाज उठाउन आग्रह गरिएको छ । साथै पत्रकार ढकालमाथि आक्रमण गर्ने पर्शु बस्नेतलाई तत्काल कानुनको कठघरामा ल्याउन सहयोग पुराउन आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले विराटनगरको सो घटनाले आफूलाई पनि स्तब्ध पारेको र सो विषयमा आफूले संसदमा दलहरुको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले सो विषण्मा स्रसदको मानवअधिकार तथा अन्र्तराष्ट्रिय सम्बन्ध समितीमा छलफल गर्ने आश्वासन पनि दिनुभएको छ । छलफलका लागि भोली नै सो समितीको बैठक समेत बोलाईएको छ । 

यसैबिच गृहमन्त्री कृष्णबहादुर महराले नागरिककर्मी खिलानाथ ढकाललाई आक्रमण गर्ने युथफोर्स कार्यकर्ता पर्शुराम बस्नेतलाई कारबाहीको दायरामा ल्याउन सहयोगका लागी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनालसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगी महराले एमाले कार्यकर्ता बस्नेत पार्टीको सुरक्षामा रहेकाले पक्राउ गर्न नसकिएको भन्दै प्रहरीलाई जिम्मा लगाईदिन आग्रह गर्नुभएको थियो ।  

एमाले युवा सङगठन युथफोर्सका मोरङ अध्यक्ष रहेका बस्नेत एमाले प्रभावशाली नेता केपी ओली निकट मानिन्छन् भने अहिलेपनि ओलीकै संरक्षणमा रहेको बताईदै आएको छ । जवाफमा प्रधानमन्त्री खनालले अपराधी जो सुकै भएपनि कारबाहीमा सहयोग पुराउने प्रतिबद्धता जनाउनुभएको छ । सरकार कानुनी शासन स्थापित गर्न क्रियाशिल भएको भन्दै खनालले पत्रकारमाथि आक्रमण गर्नेलाई नछाडिने दोहोराउनुभयो ।

अध्यक्ष प्रचण्डका बाहेक कसैको लाईनको कुनै अर्थ छैनः प्रभाकर

काठमाडौ, २९ जेठ । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्मा प्रभाकरले बहुमतले पारित अध्यक्ष प्रचण्डको शान्ति र संविधानको लाईन बाहेक कुनैपनि लाईन र धार अर्थहिन भएको दावी गरेका छन् । आज आयोजित साक्षात्कारमा बोल्दै प्रभाकरले उपाध्यक्ष मोहन बैद्यको नामबाट सार्वजनिक भएका १८ बुँदे असहमति पार्टीभित्र दर्ता नभएको र त्यसको कुनै अर्थ पनि नभएको बताउुभयो  । उहाँले भन्नुभयोे–कसले के के लेखेर वाडछ त्यसको कुनै अर्थ छैन,लेखकहरुले के के लेख्छन, त्यसको पछि पार्टी लाग्दैन बरु पार्टीले बहुमतबाट शान्ति र संविधानको अध्यक्ष प्रचण्डको लाईन पारित गरेको छ । 

नेपाली काग्रेसका नेता रमेश लेखकले विशेष समितिले असार ५ गतेभित्र शान्ति प्रक्रियाका सबै विषयमा सहमति जुटाएर शान्ति प्रक्रियाको खाँका ल्याउने पर्ने भन्दै त्यस्तो हुन नसके प्रधानमन्त्री र माओवादी अध्यक्षले असार ६ गते त्यसको जवाफ दिनु पर्ने बताए । उनले कार्यतालिका बनाउनु र केही काम अगाडि बढाउनु सकारात्मक भए पनि त्यो प्रयाप्त नभएको भन्दै समायोजन र हतियार राज्यलाई बुझाउने कुराको सुनिश्चित गरिनु पर्ने तर्क गरे ।

सरकारले किरात समूदायको समाधिस्थल व्यबस्थापन गर्नेः 

सरकारले काठमाण्डौ उपत्याकामा किरात समूदायको समाधिस्थलको अल्पकालिन र दीर्घकालिन व्यबस्था गर्ने प्रतिबद्धता जनाएको छ । किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोख्खा लगायत विभिन्न चार किरात धर्मालम्बीहरुको प्रतिनिधि मण्डलसंगको भेटमा संस्कृतिमन्त्री खगेन्द्र प्रसाईले समाधिस्थलको अल्पकालीन र दीर्घकालिन समस्या समाधान गर्ने आश्वासन दिनुभएको हो । मन्त्री प्रसाइले आर्को वैकल्पिक व्यबस्था नहुन्जेल पशुपति मृगस्थलीमै समाधिस्थलको रुपमा प्रयोगगर्न सुझाव दिनुभयो । 

किरात समूदायका प्रतिनिधिहरुले भने तत्काल मन्त्रीपरिषदवाट निर्णय गराएर ललितपूरको चापागाउमा रहेको ७ सय रोपनी आफूहरुको समाधिस्थलको व्यबस्था गरिदिन माग गरेका छन । कागे्रस सभासद प्रमिला राइले वैकल्पीक व्यबस्था नहुन्जेल पशुपति मृगस्थलीमै सहज ढंगले समाधी गर्न पाउनुपर्ने माग गर्नुभयो । मन्त्री प्रसाइले आजै प्रधानमन्त्रीलाइ भेटेर यसवारे ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो । पशुपति क्षत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाको अभद्र व्यबहार र सामन्ती शैलीका कारण किरात समूदाय प्रताडित भएको भन्दै उपस्थितले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

आर्थिक समाचार
पेट्रोलको भाउमा प्रति लिटर ५ रुपैंयाले बृद्धि

काठमांडौ, २९ जेठ । नेपाल आयल निगमले पेट्रोलमा मुल्यमा फेरि वृद्धि गरको । निगमले आजबाट लागु हुने गरी पेट्रोलको मुल्यमा ५ रुपैंयाले बृद्धि गरेको हो । मुल्य बृद्धि संगै पेट्रोलको नयां मुल्य १ सय २ रुपैंया कायम भएको छ । यसअघि पेट्रोलको मुल्य ९७ रुपैंया रहेको थियो । 

यसअघि निगम सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आज देखि लागू हुने गरि मृत्युबृ्िद्ध गर्ने निर्णय गरको थियो ।  निगमले पेट्रालियम पदार्थको मुल्यमा घाटामा अत्यधिक वृद्धि भएको जनाउँदै मुल्य वृद्धि गर्नुको विकल्प नभएको भन्दै मुल्य वृद्धि गर्नुपरेको जनाएको छ । निगमले डिजेल, मट्टितेल र एलपीजी ग्यासको मुल्यमा भने कुनै हेरफेर गरेको छैन । निगमका अनुसार बढाइएको मुल्यमा पेट्रोलियम डिलरहरुले कुनै कमिशन पाउने छैनन् । निगमले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएकाले भाउ वढाईएको स्पष्ट गरेको छ ।  

अन्तराष्ट्रिय समाचार
रामदेवद्वारा अनसन स्थगितः 

स्वास्थ्यले साथ नदिएपछि भारतीय योगगुरु रामदेवले भष्ट्राचारको बिरुद्धमा गत आइतवारबाट सुरु गरेको अनसन आज तोडेका छन् । नौ दिन यता भारतको हरिद्धार स्थीत आफ्नै योग शिविरमा अनसनमा बस्दै आएका रामदेवको स्वाथ्य अवस्था समेत कमजोर भएपछि उनलाइ अस्पतालमा भर्ना गरिएको थियो । 

रामदेवले अर्का अध्यात्मिक गुरु श्री रविशंकरको आग्रहमा अनसन स्थगित गरेका भारतिय संचार माध्यमहरुले जनाएका छन् । रविशंकरले रामदेवलाइ उनी रहेको अस्पतालमा पुगि जुस पिलाएर अनसन तोडाएका थिए । अनसान तोडेपनि सत्याग्रह भने जारी रहेको रामदेवका सहयोगि आचार्य बालकृष्णले बताएका छन् । 

नयाँ दिल्दीको रामलीला मैदानमा अनसन जारी राखेको समयमा प्रहरीले हस्तक्षेप गरेपछि रावदेवले हरिद्वारमा पुनः अनसन सुरु गरेका थिए । अनसनकै क्रममा बिरामी परेपछि उनलाइ देहरादुन स्थित एक अस्पतालमा भना गरिएको थियो । 

यसैबीच भारतीय सत्तारुढ कागे्रस आइले रामदेवले अनशन स्थगन गरेकोमा स्वागत गरेको छ । विदेशी बैकमा जम्मा गरिएको भारतीय सम्पत्ति फीर्ता गर्नुपर्ने तथा भष्ट्राचारिलाइ मृत्युदण्डको सजायको मागगर्दै रामदेवले गतसाता अनसन सुरु गरेका थिए । 

दुइ श्रृङखलाबद्ध आक्रमणमा परि ३४ जनाको मृत्यु

पाकिस्तानमा भएको दुई श्रृङखलावद्ध आक्रमणमा परी ३४ भन्दा बढी व्यक्तीले ज्यान गुमाएका छन् । उक्त बिष्फोटनहरुमा १ सय भन्दा बढी घाइते भएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । आक्रमण गएराती अबेर राजीतिक दलका कार्यालय तथा सेनाका मानिसहरुको घरहरुलाई लक्षित गरि गरिएको प्रहरीको भनाई छ । ५ मिनेटको अन्तरालमा बिष्फोटनहरु भएको एक पाकिस्तानी अधिकारीले वताएका छन् । 

खेल समाचार
शहिद स्मारक फुटवल प्रतियोगिता 

काठमाडौँ, २८ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएका खेलहरुमा मनाङ मस्याङ्दी, नेपाली आर्मी र सरस्वती क्लब विजयी भएका छन् । 

आजको पहिलो खेलमा नेपाल आर्मी क्लबले युनाइटेड युथ क्लबलाई २—० ले पराजित गरेको छ । आमीृको जितमा सन्तोष नेपाली र अमृत बस्नेतले १—१ गोल गरेका थिए । त्यस्तै दशरथ रंगशालामा भएको दोश्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले अर्काै शसक्त टोली हिमालयन शेर्पा क्लबलाई २—१ ले पराजित गरेको छ । जित सँगै मनाङ खेल तालिकामा दोश्रो स्थानमा उक्लिएको छ भने उसले पलिहो स्थानमा रहेको पुलिससँगको दुरी समेत घटाएको छ । अङ्क तालिकामा समान १० खेल खेलको पुलिसको २६ अंक रहेको छ भने मनाङको २५ अंक रहेको छ । मनाङलाई जित दिलाउन दुबै गोल निराजन खड्काले गरेका थिए भने शेर्पाका लागि एकमात्र सान्त्वना गोल दिपक राईले गरेका थिए । खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो । 

उता, हल्चोकस्थित एपिएफको मैदानमा मच्छिन्द्र क्लबललाई सरस्वती युवा क्बलले १—० गोलअन्तरले पाखा लगाएको छ । विजयी सरस्वतीका लागी सन्द्रि चौधरीले एक मात्र गोल गरेका थिए ।

No comments: