Tuesday, June 21, 2011

असार ७ गते २०६८

भाली देखी प्रबजेट छलफल सुरु हुदैँ, एमालेद्धारा सबैदलको माग बमोजिम बजेट ल्याउन अर्थमन्त्रीलाइ निर्देशन

काठमाण्डौ, ०७ असार । व्यबस्थापिका संसदमा भोलीदेखी प्रिबजेट छलफल सुरु हुने भएको छ । त्यसै अनुरुप संसदको भोली दिउसो बस्ने बैठकमा अर्थमन्त्रीले नयाँ बजेटका प्राथमिकता सम्बन्धमा संसद बैठकलाइ सम्बंोधन गर्ने कार्यसूची समेत तय गरिएको स्रोतले जनाएको छ ।

संविधानसभाको निर्वाचन भए यता प्रिबजेट छलफल हुन सकेको छैन । विनियोजन विधेयकमा सांसदले छलफल गर्न पाउनुपर्ने सिद्धान्तलाइ सम्मानगर्दै प्रिबजेट छलफलका लागी समय मिलाइएको अर्थमन्त्री भरतमोहन अधिकारीले जानकारी दिनुभयो । 

यसैबीच, नेकपा एमालेले सबैदलको भावनालाइ समेटेर नयाँ बजेटको तायारीगर्न सरकारलाइ निर्देशन दिएको छ । एमाले संसदीय दलको आज बसेको बैठकले सबैपक्षलाइ समेटेर न्यायपूर्ण र सन्तुलित बजेट तयारीगर्न सरकारलाइ निर्देशन दिएको हो । विगतमा हुने गरेका गल्ती नदोहो¥याउने गरी बजेट निर्माणगर्न निर्देशन दिइएको बैठकपछि संसदीय दलका मुख्य सचेतक भीम आचार्यले जानकारी दिनुभयो ।

कृषि, पर्यटन र उर्जा क्षेत्रको विकास लाइ प्राथमिकतामा राखेर बजेटको तयारीगर्न निर्देशन दिइएको आचार्यले बताउनुभयो । आचार्यले एमालले ठूला आयोजना निमार्ण तथा बजेटमा देखिएका क्षेत्रगत समस्या समाधान गर्नकालागि पाँचै विकास क्षेत्रका सभासद समेटिएको छुट्टा÷छुट्टै कार्यदल गठन समेत गरेको छ । प्रिबजेट छलफलकालागि कागे्रसले समेत सहमति जनाएकोे आचार्यको दावी थियो ।

बैठकमा सभासदहरुले प्रभावशाली नेताहरुले आफ्नो क्षेत्रमा धेरै आयोजना पार्ने गरेको भन्दै चर्को विरोध जनाएका थिए । अधिकाशं सभासदले सांसद विकास कोषमार्फ दिदै आएको दशलाख बजेट अपर्याप्त रहेको भन्दै हाल दिदै आएको १० लाखलाइ बढाएर २५ लाखदेखी १ करोड सम्म पु¥याउनु पर्ने बताएका थिए । बैठकपछि उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले उत्पादकत्व बृद्धिगर्ने खालको बजेट ल्याउन लागिएको जानकारी दिनुभयो ।

यता प्रधानमन्त्री झलनाथ खनालले सबै दलसंगको सहमतिमा बजेट आउने बताउनु भउको छ । अर्थतन्त्र नाजुक अबस्थावाट गुज्रीरहेको स्मरणगर्दै प्रधानमन्त्री खनालले रोजगारी र उत्पादन बृद्धिलाइ पहिलो प्राथमिकता राखेर बजेट ल्याउने बताउनुभयो । यसकालागि पूजी परिचालन गर्ने खालका कार्यक्रमलाइ विशेष महत्व दिइने खनालले बताउनुभयो ।

यसैबीच उद्योग वाणिज्य महासंघले समयमै बजेट ल्याउन सरकारलाइ आग्रह गरेको छ । नयाँ बजेटको सम्बन्धमा महासंघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष सुरज बैद्यले समयमै बजेट नल्याए मुलुक आर्थिक दुर्घटनामा फस्ने चेतावनि दिनुभयो ।

कार्यक्रममा ब्यवसायीहरुले सबैभन्दा धेरै सडक र त्यसपछि उर्जामा बजेट विनियोजन गर्न सरकारलाइ आग्रह गरेका थिए । साथै ब्यवसायीहरुले आ आफुले उत्पादन र आयात गर्ने सामानमा कर छुट दिन समेत माग गरेका थिए । कार्यक्रममा अर्थमन्त्री भरत मोहन अधिकारीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने खालको बजेल ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।

मन्त्रि सापकोटाबिरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्नुपर्दैन ः सर्वोच्च

काठमाण्डौँ, ०७ असार । सर्वोच्च अदालतले सुचना तथा सञ्चारमन्त्री अग्नि सापकोटाको मन्त्री पद खारेजिको माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको छ ।

सर्वोच्च अदालतका न्यायधिशद्धय रामकुमार शाह र प्रकाश वस्तीको इजलासले कुनैपनि हत्या अभियोग लागेका ब्यक्ति मन्त्रि पदमा बहाल रहनुपर्ने वा नपर्ने सम्बन्धमा कानुुनमा कँहि कतै उल्लेख नभएकोले अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो ।
हत्या अभियोग लागेका मन्त्रि सापकोटाको पद बर्खास्त गरिनुपर्ने माग गर्दै मानवअधिकारकर्मीहरु सुशिल प्याकुरेल, मन्दिरा शर्मा, पत्रकार कनकमणी दिक्षित लगायतका अधिकारकर्मीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । साथै सर्वोच्चले मन्त्रि पदमा रहने वा नरहने भन्ने कुरा मन्त्रि सापकोटाकै स्वबिवेकमा भर पर्ने समेत आदेशमा उल्लेख गरेको छ  । मन्त्रि सापकोटामाथि माओबादी जनयुद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गरिएको अभियोग लागेको छ ।  

एसियाली विकास बैङ्कद्धारा शिक्षा क्षेत्रमा ५ करोड डलर सहयोग

काठमाडौँ, ०७ असार । एसियाली बिकास बैंक एडिबीले नेपालको शिक्षा क्षेत्रमा ५ करोड डलर अािर्थक सहयोग गर्ने भएको छ । ३ दिने नेपाल भ्रमणकालागि हिजो काठमाण्डौँ आइपुग्नुभएका एडिबीका दक्षिण एसियाली बिभागका महानिर्देशक सुल्तान हाफिज रहमानले आज प्रधानमन्त्रि झलनाथ खनालसँग भेट गरी यस्तो सहयोगको प्रतिबद्धता जनाउनु भएको हो ।

एडिबिले सहयोगको रकम छुट्याइ सकेकोले तुरुन्तै प्राप्त हुने र आगामी अक्टोबर महिनामा पनि साढे ६ करोड डलर बराबरको सहयोग प्राप्त हुन लागेको प्रधानमन्त्रिका बिदेश मामिला सल्लाहाकार मिलन तुलाधारले जानकारी दिनुभयो । प्रधानमन्त्रि खनालले एडिबीबाट प्राप्त हुने सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

भेटका क्रममा महानिर्देक हाफिजले लामो समयदेखि पारित हुन नसकेको शिक्षा ऐन पारित गर्न समेत प्रधानमन्त्रिलाई सुझाव दिनुभएको थियो । उहाँले मेलम्ची खानेपानी परियोजनाको प्रगतीका बिषमयमा समेत प्रधानमन्त्रीसंग जिज्ञासा राख्नुभएको थियो । तिन दिने भम्रणमा रहनु भएका निदेर्शक हाफिजले नेपालले सामना गरिरहेको विकासका मुद्दा तथा चुनौतीहरूका बारेमा विकास साझेदारहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । महानिर्देशक हाफिज यसअघि सन् २००३ देखि २००६ सम्म नेपालस्थित एडिबीको आवासीय प्रतिनिधि समेत रहनु भएको थियो । 

हवाई उडानमा परेको समस्या ट¥यो

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पिच उप्किँदा आज बिहान केहिबेर हवाई उडान अवरुद्ध भएको छ । कोटेश्वरदेखि ९०० मिटर परको धावनमार्गको पिच उप्केका कारण सातवटा हवाइ जहाँजलाई होल्डमा राखि मर्मत गरिएको थियो । नेपाल वायुसेवा निगमको विमान अवतरणका क्रममा धावनमार्ग १ मिटर भासिएको थियो ।

धावनमार्गमा परेको समस्याले पाँचवटा हवाइजहाज अवतरण हुन नसकी फिर्ता भएको र दुईवटाको उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले जानकारी दिनुभयो । यो ३० दिनको अवधि भित्र नै धावनमार्गमा समस्या देखिएको यो चौथो पटक हो । नेपालले अन्तराष्ट्रिय विमानस्थलको प्रत्येक पाँचबर्षमा धावनमार्गको मर्मत गनुपर्ने नियम पालना नगर्दा पटक पटक समस्या भोग्दै आएको छ । त्रिभुवन विमानस्थलको धावनमार्ग १२ बर्ष वितिसक्दा समेत एकपटक पनि पूर्ण रुपमा ममर्त भएको छैन ।

पाँचबुदे सहमति कार्यान्वयनमा आशंका देखियोः नेम्वाङ्

काठमाण्डौँ, ०७ असार । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधानसभाको म्याद थपका क्रममा भएको पाँच वुँदे सहमतिले राजनीतिक संकटलाई केहि समय पर धकेलेपनि सहमती पालनाका लागि दवावको आवश्यकता रहेको बताउनु भएको छ । पाँच वुँदे सहमतीपछिका तीनसाता यत्तिकै खेर गएको भन्दै उहाँले पाँचबुदे सहमतिको अक्षराशं कायान्व्यनको विकल्प नभएको उल्लेख गर्नुभयो ।

डा. नारायणप्रसाद संग्रौलाद्वारा लिखित ‘पल्लो किराँतको किपट व्यवस्था’ नामक पुस्तकको आज राजधानीमा विमोचन गर्दै सभाध्यक्ष नेम्वाङ्गले पाँच वुँदे सहमती विगतका सहमतीहरु भन्दा फरक र संसदको अङ्ग वनेकोले सहमतीलाई अक्षरस पालना गर्नुपर्ने बताउनु भएको हो । संसदवाट समेत अनुगमन गर्नका लागि एक संयन्त्र वनाउन पहल जारि रहेको भएपनि दलहरुवाट संयन्त्रमा रहने सदस्यहरुको पुर्ण रुपमा नामावली प्राप्त नभएको उहाँले वताउनुभयो ।

नौजना सभासदारा रक्तदान

काठमाण्डौँ, ०७ असार । सभासदहरुका लागि संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आज ९ जना सभासदले रक्तदान गरेका छन । व्लड डोनर्स एसोशिएसनले आयोजना गरेको कार्यक्रममा ९ जना सभासदले मात्र रक्तदान कार्यक्रममा सहभागि भएका हुन् ।

सबै ५९६ जना सभासदलाइ आमन्त्रण गरिएपनि नौजना सभासद मात्र सहभागि भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमका संयोजक ज्ञानुराजा महर्जनका अनुसार सभासदहरु हरि रोक्का, राम कुमार राई, पार्वती महतो कुमाल, प्रदीप ज्ञवाली, राम नाथ ढकाल, विन्दा पाण्डे, शान्ति जिरेल, प्रल्हद लामिछाने र कमला शर्माले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटनका लागि गएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र उपसभामुख पुर्णाकुमारी सुवेदीले भने स्वास्थ्यका कारण रक्तदान गर्न सक्नुभएन । रक्तदानप्रति जनचेतना जगाउन कार्यक्रम आयोजना गरेपनि सभासदहरुले बेवास्था गरेको आयोजकले गुनासो गरेका छन् ।

श्रमजीवी ऐन लागू  हुन्छ—सन्चारमन्त्री सापकोटा

काठमाण्डौँ, ०७ असार । सुचना एवं सन्चारमन्त्री अग्निप्रसाद सापकोटाले श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्यवयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेपाली पत्रकारहरु अत्यन्तै जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेकाले निर्धक्क रुपमा कलम चलाउने वातावरण तयार पार्न सरकार लागिपरेको उल्लेख गर्नुभयो । सन्चार मन्त्रालयमा आयोजित गृह जिल्ला सिन्धुपाल्चोकका पत्रकारहरुसँगको भेटघाटमा मन्त्री सापकोटाले ओझेल परेका सन्चार विकासका कार्यक्रमहरुलाई आक्रामक रुपमा अघि बढाईरहेको जानकारी दिनुभयो । जिल्लाबाट राजधानीमा पत्रकारिता गरिरहेका पत्रकारहरुसँगको भेटघाटमा मन्त्री सापकोटाले  अनेकन प्रशासनिक अवरोधका बाबजुत पनि आफू राष्ट्रिय आवशयक्ताहरुलाई मुर्त रुप दिन तयार रहेको बताउनुभयो । सो अवसरमा उहाँले जिल्लाको पत्रकारिताको विकासका लागि गर्न सकिने सम्भाव्यता हरु खोजिका लागि सुझाव दिन आग्रह पनि गर्नुभयो ।

शिक्षा क्षेत्रको सुधारकोलागी शिक्षामन्त्रीद्धारा सर्वपक्षीय सम्मेलनको घोषणा

काठमाडौ, ७ असार । शिक्षामन्त्री गंगालाल तुलाधारले शिक्षा क्षेत्रमा सुधार र परिवर्तनका लागी सर्वपक्षीय सम्मेलन गर्ने जानकारी दिनुभएको छ । राजधानीमा आज आयोजित एसएसलसी को नतिजा र समग्र परिक्षा प्रणालीको भूमिका विषयक साक्षात्कार कार्याक्रममा मन्त्रि तुलाधरले यस्तो जानकारी दिनुभएको हो । सो सर्वपक्षीय सम्मेलनमा राज्यको शिक्षा नीति, परिक्षा नीतिमा रहेको कमजोरी र सुधारका उपाय त्यस्तै अध्यापन, अनुगमन, दण्ड पुरस्कारको विषय सहित सबै विषयमा छलफल हुने बताउनुभयो । 

मन्त्रि तुलाधरले यसवर्षको एसएलसीको नतिजा घट्नुको कारण परिक्षा प्रणालीमा भएको कडाई भएको दावी गर्दै अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका राम्रो हुन नसक्दा पनि नतिजा घट्दो अवस्थामा आएको ठोकुवा गर्नुभयो । एसएलसीको परिक्षाफल अघिल्लो वर्षको तुलनामा घटनुको दोषी, अभिभावक, विद्यार्थी, शिक्षक, सरकार सबै रहेको भन्दै कसैले कसैलाई दोष थोपरेर उन्मुक्ति पाउन नसक्ने उहाको भनाई थियो ।

शिक्षाविद् डा तीर्थ खनीयाले परिक्षालाई प्राज्ञिक भन्दा पनि प्रशासनीक कार्यको रुपमा हेरिदा एसएलसी परिक्षामा समस्या आएको भन्दै शिक्षा क्षेत्रमा पद्धतिले काम गर्न नसक्दा सुधार हुन नसकेको दवी गर्नुभयो । अर्का शिक्षा विद्ध मनप्रसाद वाग्लेले एसएलसीको नतिजाले आधा शिक्षा नीति बेकामे पुष्टि भएको दावी गर्दै राष्ट्रिय शिक्षा दर्शन के हो भन्ने स्पष्ट हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

विद्यार्थीको मार्कसिटसँगै प्रोभिजनल सर्टिफिकेट पनि

भक्तपुर, ७ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षदेखि विद्यार्थीको ‘मार्कसिट’सँगै ‘प्रोभिजनल सर्टिफिकेट’ पनि वितरण गर्ने भएको छ । विगतका वर्षहरुमा परीक्षाफल प्रकाशित भएको दुईसातामा ‘मार्कसिट’ र छ महिनापछि ‘प्रोभिजनल सर्टिफिकेट’ पठाइने गरेकामा यसवर्षदेखि विद्यार्थीलाई सहज बनाउन कार्यालयले सँगसँगै ‘मार्कसिट’ र ‘प्रोभिजनल  सर्टिफिकेट’ पठाउन लागेको हो । यसवर्ष १५ दिनभित्र ‘मार्कसिट’ र ‘प्रोभिजनल सर्टिफिकेट’सँगै जिल्ला–जिल्ला पठाउन सुरु गरिने कार्यालयका उपनियन्त्रक डिल्लीराम लुइँटेलले बताउनुभयो ।

‘मार्कसिट’ र ‘प्रोभिजनल सर्टिफिकेट’ फरक–फरक समयमा पठाउँदा विद्यार्थीले ‘मार्कसिट’ लैजाने तर ‘प्रोभिजनल सर्टिफिकेट’ लिन नआउने गरेकाले ‘प्रोभिजनल सर्टिफिकेट’ जिल्लामै थन्किएर बसेको हुँदा यसवर्षदेखि सँगै पठाउन सुरु गर्न लागेको बताउनुभयो ।‘प्रोभिजनल सर्टिफिकेट’ अहिले हरेक क्षेत्रमा अनिवार्य भए पनि विद्यार्थीले लैजान वास्ता नगर्ने गरेकाले जिल्ला–जिल्लामा थन्किएर रहेको छ । 

प्रदीपले दाजु–भाउजूको हत्यापछि आफूले पनि आत्महत्या गरे

काठमाडौँ, ७ असार । सर्लाहीको राजघाट गाविस–१ बस्ने २८ वर्षीय प्रदीप माझीले टाउकोमा बन्चरो प्रहार गरी आफ्ना दाजु–भाउजूको आज बिहान हत्या गरेको छ । प्रहरीका अनुसार ३५ वर्षीय प्रकाश माझी र उनकी धर्मपत्नी २८ वर्षीया रीता माझीको हत्या भएको हो । इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी नायब निरीक्षक सलबहादुर श्रेष्ठका अनुसार प्रदीप माझीले दाजु–भाउजूको हत्या गरेपछि आफूले पनि धानमा छर्कने एनडोसिल नामक विष सेवन गरी आत्महत्या गरेको छ । हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको र तीनवटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

बिद्यार्थीहरुबिच झडप

राजधानीको अमृत साइन्स क्याम्पसमा आज दुई बिद्यार्थी समुहबिच झडप हुदा ५ जना घाइते भएका छन् । नेकपा एमाले निकट अनेरास्वबियुका बिद्यार्थीद्धारा आयोजित स्वागत कार्यक्रममा माओबादी निकट अखिल क्रान्तिकारीका बिद्यार्थीहरुले अवरोध गरेपछि दुइ समुहबिच झडप भएको हो । झडपमा परी घाइते हुनेहरुको मनमोहन मेमोरिय अस्पतालमा उपचार भइरहेको छ । अखिल क्रान्तिकारीका बिद्यार्थीहरुले कार्यक्रममा प्रमुख अतिथीका रुपमा जानुभएका एमाले नेता प्रदिप ज्ञवालीको गाडीमा समेत तोडफोड गरेका छन् । अनेरास्वबियुका बिद्यार्थीहरुले आफ्ना संगठनका केहि बिद्यार्थीहरुसमेत अखिल क्रान्तिकारीको पक्षमा लागेर आफुमाथि कुटपिट गरेको आरोप लगाएका छन् । झडपका कारण बिहान केहिबेर लैनचौर क्षेत्रमा यातायात समेत अवरुद्ध भएको थियो ।

जनगणना दिवसको बिदा

काठमाडौँ, ७ असार । सरकारले भोली ब’धबार राष्ट्रिय जनगणना दिवसका रुपमा मनाउन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयव्दारा आज प्रकाशित विज्ञप्तिमा हरेका बर्ष असार ८ गते सार्वजानिक बिदा दिने निर्णय भएको जनाइएको हो । वि.सं. १९६८ मा असार ८ गते नेपालमा पहिलो राष्ट्रिय जनगणना भएको थियो ।

आर्थिक समाचार
मुलुकको आर्थिक स्थिति सकारात्मक– राष्ट्र बैंक

काठमाडाँै, ७ असार । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०६७÷०६८ को प्रथम दश महिनामा विप्रेषण आप्रवाह रू दुई खर्ब ६ अर्ब ६६ करोड भएको जनाएको छ । विप्रेषण आप्रवाहमा अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले वृद्धि भएको हो ।

देशको वर्तमान आर्थिकस्थिति आज सार्वजनिक गर्दै राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले  वृद्धि भएको, बैंकिङ क्षेत्रको खुद वैदेशिक सम्पत्तिमा ह्रास आएको र आन्तरिक सम्पत्तिमा न्यून वृद्धि भएको तथा सङ्कुचित मुद्रा प्रदाय १.३ प्रतिशत घटेको उल्लेख गरेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति रू ११ अर्ब ६७ करोडले घटेको तथा भुक्तानी असन्तुलनमा सुधार भए पनि अपेक्षित स्तरको हुन नसकेको बैंकले जनाएको छ ।

बैंकले दश महिनासम्ममा कुल आन्तरिक कर्जा ७.७ प्रतिशतले बढेको, निजी क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशतले बढेको तथा अनुत्पादक क्षेत्रमा प्रवाहित कर्जालाई नियन्त्रण गर्न गरिएको नीतिगत प्रयास र आयात व्यापारमा न्यून विस्तारका कारण समीक्षा अवधिमा निजी क्षेत्रको कर्जा विस्तारमा कमी आएको उल्लेख गरेको छ ।

यस्तै खुला बजार कारोबारअन्तर्गत रू ५४ अर्ब २१ करोडको खुद तरलता प्रवाह भएको छ । समीक्षा अवधिमा बिक्री बोलकबोल मार्फत रू २ अर्ब र रिभर्स रिपो बोलकबोल मार्फत रू १९ अर्ब गरी रू २१ अर्बको तरलता प्रशोचन भएको छ । त्यस्तै रिपो बोलकबोल मार्फत रू ७५ अर्ब २१ करोडको तरलता प्रवाह भएको छ ।

बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ९३ करोड खरिद गरी रू १ खर्ब ३९ अर्ब ६४ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब १४ करोड खरिद गरी रू ८४ अर्ब ४५ करोड खुद तरलता प्रवाह गरेको थियो ।

त्यस्तै अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी रू १ खर्ब ५७ अर्ब ९५ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको बैंकले जनाएको छ । अघिल्लो आवको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ७७ करोड बिक्री गरी रू १ खर्ब ३२ अर्ब बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

अन्तराष्ट्रिय समाचार
रुसमा विमान दुर्घटनामा ४४ जनाको मृत्यु

रुसमा गएराति भएको विमान दुर्घटनामा परि ४४ जनाको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएका छन् । रुसको पेट्रोजोवाँस्क हवाईअड्डा नजिक मोटरवेमा विमान अवतरण गर्ने कोशिश गर्दा गर्दै दुर्घटना भएको थियो । दुर्घटनापछि विमानमा आगलागी भएको बताइएको छ । रुस एयरको उक्त बिमानमा ४३ जना यात्रु र अन्य चालक दलका सदस्य रहेका थिए । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको त्यहाँको प्रहरीले जनाएको छ । विमान मस्कोबाट पेट्रोजोवाँस्क शहर तर्फ गइरहेको थियो । दुर्घटनाको कारण भने पत्ता लाग्न सकेको छैन ।

खेल समाचार
शहिद स्मारक ए डिभीजन लिग

काठमाडौँ, ७ असार । शहिद स्मारक ए डिभीजन लिग फुटलवल प्रतियोगिता अन्र्तगत आज भएका दुबै खेल बराबरी भएको छ ।

आजको पहिलो खेलमा बिभागिय टोलीहरु नेपाल आर्मी र सशस्त्र प्रहरीले १–१ गोलको बराबरी खेलको छन् । आफ्नै मैदानमा भएको खेलमा शशस्त्रले थप समयको पाँचौ मिनेटमा गोल गर्दै अग्रता लिएपनि छैठौँ मिनेटमा नै आर्मीले गोल फर्काउँदै खेललाइ बराबरीमा ल्याएको थियो ।  शशस्त्रका लागी आमिर श्रेष्ठले गरेका थिए भने आर्मीका लागी हरि महतोले गोल गरेका थिए ।

त्यस्तै आजै भएको दोश्रो खेलमा युनाइडेट युथ क्लबले बाँसबरी क्बलाइ बिना कुनै गोल बराबरीमा रोक्न सफल भएको छ ।  रेलिगेशन जोनमा रहेको युनाइटेडले बाँसबारीलाइ प्रतियोगितामा दोश्रो बराबरी खेल्न बाध्य पारेको हो ।

No comments: