Sunday, September 25, 2011

बुद्ध एयरको माउन्टेन फ्लाइट दुर्घटनाग्रस्त, सवार १९ कै मृत्यु

Niraj Khadka
निरज खड्का 
काठमाण्डौँ । बुद्ध एयरको बीच क्र्याफ्ट बिमान आज बिहान ललितपुरको बिशखुनारायण गाबिसको कोटडाँडामा दुर्घटना हुँदा विमानमा सवार १९ जनाको मृत्यु भएको छ । माउन्टेन फ्लाइटबाट फर्कदै गरेको बुद्ध एयरको नाइन.एनए.इ.केबि बिमान बिहान साढे सात बजे काठमाडौं फर्कने क्रममा डाँडामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ३ चालक दलका सदस्यसहित ३ नेपाली,१० भारतीय र २ अमेरिकी नागरिकको मृत्यु भएको हो । १९ जना मध्ये १८ को दुर्घटनास्थलमा नै र एक जनाको उपचारका क्रममा ललितपुरकै वि एण्ड वि अस्पतालमा मृत्यु भएको हो । मृतकहरुको शव परीक्षणका लागि त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । पोष्टमार्टमासँगै नेपालीहरुको शव बुझाउने क्रम सुरु भएपनि विदेशीहरुको भने परिवार आएपछिमात्र बुझाईने जनाईएको छ ।
Image of crashed plane of BUDDHA AIR at Lalitpur

घटनास्थलमा उद्धारका क्रममा दुर्घटनाग्रस्त विमानको ब्ल्याक्स बक्स भेटिएको छ । निरन्तरको वर्षाले उद्धारमा केही कठिनाई भईरहेको जनाइएको छ । मृत्यु हुनेहरुमा चालक जेबी ताम्राकार, सहचालक पद्मा अधिकारी र परिचारिका अस्मिता श्रेष्ठ रहेका छन् । यसैगरी विमानमा सवार नेपाली नागरिकहरु जगन कर्माचार्य र शारदा कर्माचार्यको पनि घटनास्थलमानै मृत्यु भएको छ ।

यस्तै दुर्घटनास्थलबाट जीवितै उद्धार गरिुएका ललितपुर जावलाखेलका निराजन कर्माचार्यको वि एण्ड वि अस्पतालमा मृत्यु भएको हो । उद्धार कार्यमा भएको ढिलाईका कारण घाइते कर्माचार्यको मृत्यु भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । मृत्यु हुने अन्य विदेशी नागरिकहरुमा पंकज मेहेता, छाया मेहेता, एन्ड्रीउ वाडे, नाटली नेनलेन, जेजीना तुसोनोरो, एचडि नागराज, एस नागराज, आइ नागराज, एल नागराज, डि अल्जुव्रिजम, डिपी अल्जुव्रिजम, पी अल्जुव्रिजम र नागराज अल्जुव्रिजम रहेका छन् ।

यसैबीच बुद्ध एयरले आज हुने आफ्ना सम्पुर्ण उडानहरु स्थगित गरेको छ । माउन्टेन फ्लाइटबाट फर्कदै गरेको आफ्नो विमान दुर्घटनाग्रस्त भएपछि उसले आज हुने सम्पूर्ण उडानहरु स्थगित गरेको हो । यता स्पाइस एयरको काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको जेट बिमानमा बम राखिएको आशंकामा केही बेर उडान रद्ध भयो । विमानमा बम भएको हल्ला चलेपछि विमानबाट सम्पूर्ण यात्रुहरुलाई उतारिएर छानविन गर्दा कुनै पनि बस्तु नभेटिएपछि करिब एक घन्टापछि उडान सुचारु भएको थियो ।

No comments: