Monday, September 26, 2011

किन मुस्लिम नेताको हत्या हुन्छ नेपालमा ?

Manoj Satyal
मनोज सत्याल
काठमाण्डौँ । राजनैतिक विश्लेषक पुरुपोषतम दाहालले भनेको सम्झन्छु : मुस्लीमहरु नेपालमा हिन्दु राष्ट्र कायम होस् भन्ने चाहान्छन् । सिधा जिज्ञासा छ कोही आफ्नो धर्मको साटो किन अरुको धर्मलाइ राष्ट्रको धर्म बनोस भन्ने चाहन्छ । तर उनको विश्लेषण थियो : मुस्लीमहरुले नेपालबाट हिन्दु राज्य हटेपछि असुरक्षा भाग्नु परेको छ । धार्मिक सहिष्णुता कायम नहोला कि भन्ने चिन्छा छ, नेपाली मुस्लीमहरुलाई । सामान्य घटनामा पनि कसैले घार्मिक रङ दिए देश नै हिसांमा डुब्ला भनेर डराउँछन् मुस्लीमहरु । तर किन राजधानीमा मुस्लीमहलाइ निशाना बनाइदैँ छ ।

सवाल उठ्छ मुस्लिम नेताको हत्या किन हुन्छ ? किन मुस्लीमहरुलाइ राजधानिमा तारो बनाइन्छ ? जमिम शाहको हत्या भयो, सेन्टर जेल भित्र युनुस अन्सारी माथी गोली प्रहार भयो, अनि घण्टाघरमा दिउँसै इस्लामी संघका महासचिव फैजान अहमदको हत्या भएको छ ।

हत्या सँगै यसको पनि साइनो प्रहरीले घुमाउँदै भारतिय अपराधी तर्फ सोझ्याउने सम्भावना छ । किनकि आज हत्या भएका फैजान अहमद पाकिस्तानमा एमएस्सी पढेका मान्छे हुन् । खासगरि नेपालमा मुस्लीमहरु माथी भएका आक्रमणमा भारततिर साइनो सोझिन्छ । अर्को कुरा हिडेँरै आएर काठमाण्डौँको सुरक्षा हेर्ने प्रहरी कार्यलय अगाडी गोली हान्ने मान्छे त साहसी हो ।
  • काठमाण्डौँको सुरक्षा हेर्ने महानगरिय प्रहरी आयुक्तको कार्यालयसंग जोडिएको स्थानमा दिन-दाहाडै गोली प्रहारवाट हत्या भएको घटनाले राजधानीको सुरक्षा अबस्थामा पुन प्रश्न खडा गरेको छ । 
  •   राजधानीमा झरी परिरहोका कारण गोली प्रहार गर्ने व्यक्तीले हरियो ‘रेनकोट’भीत्र हतियार लुकाएर ल्याएको प्रत्यक्षदर्शीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ । 
  • गृहमन्त्री गच्छदारको निर्देशनमा केदार रिजाललाइ सरुवा गरि उनको ठाउँमा प्रहरी विषेश कार्यदलका एसपी राजेन्द्रमान श्रेष्ठलाइ ल्याइएको छ । 
    राजधानी काठमाण्डौ उपात्यकाको सुरक्षा व्यबस्थालाइ चुनौति दिदै सोमबार एकजना मुस्लिम नेताको दिन दाहाडै गोलि हानी हत्या भएको छ । राजधानीको मुटु मानिने घण्टाघर अगाडि अज्ञात समूहले गोली प्रहारगरी इस्लामि संघका महासचिव फैजान अहमदको हत्या गरेको हो ।
    घण्टाघर नजिकको जामे मस्जिदमा शुक्रवारको प्राथना सकी बाहिरिएका अहमदलाइ पैदल आएका दुइजनाको समुहमा आएका व्यक्तीले गोली प्रहार गरेका थिए । राजधानीमा झरी परिरहोका कारण गोली प्रहार गर्ने व्यक्तीले हरियो ‘रेनकोट’भीत्र हतियार लुकाएर ल्याएको प्रत्यक्षदर्शीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

    शरिरमा आधा दर्जन गोली लागेका अहमदको बिर अस्पतालमा उपचारका लागी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । सुनसरी भोक्राहा घर भएका ४५ बर्षीया अहमद मुस्लिम पाठशाला मदरशा संचालन गर्ने अल हेरा एजुकेशन नामक संस्थासंग समेत आबद्ध थिए । पाकिस्तानको इस्लामावाद बाट एमएस्सी गरेका अहमदले भारतबाट एम एम समेत गरेका थिए । गोली प्रहार गर्ने व्यक्तिहरु कमलादी हुदै भागेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । काठमाण्डौँको सुरक्षा हेर्ने महानगरिय प्रहरी आयुक्तको कार्यालयसंग जोडिएको स्थानमा दिन÷दाहाडै गोली प्रहारवाट हत्या भएको घटनाले राजधानीको सुरक्षा अबस्थामा पुन प्रश्न खडा गरेको छ । सरकारले १५ दिन अगाडि मात्रै नयाँ सुरक्षा योजना सार्वजानिक गरेको थियो ।

    यसैबिच अहमदको हत्या लगत्तै सडकमै शव राखेर विरोधमा प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीहरुले शव उठाएका छन् । गृहमन्त्री विजयकुमार गच्छदार र अहमदको परिवारजन बिच महानगरिय प्रहरी आयुक्तको कार्यलयमा भएको वार्तामा घटनाको छानविन गर्न समिति गठन गर्ने र मृतकका परिवालाइ क्षतिपूर्ति दिने सहमति भएपछि परिवारजनले शव उठाएका हुन् । वार्तामा मन्त्री गच्छदारले अहमदलाइ शहिद घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने आश्वासन दिनु भएको छ ।

    वार्ता पछि पत्रकारहरु सँग कुरा गर्दै आफुले घटनालाइ सुरक्षा चौनौतिको रुपमा लिएको बताउनुभएको छ । गृहमन्त्री विजयकुमार गच्छदारले तत्काल हत्यारालाइ प्रक्राउ गर्न प्रहरीलाइ निर्देशन दिनु भएको छ । गच्छदारले भन्नुभयो ः मेरो आफ्नै  निर्वाचन क्षेत्र सुनसरीका सामाजिक, धार्मिक र शिक्षा क्षेत्रमा सक्रिय फैजानको हत्याबाट मुस्लिम समुदायमा ठूलो क्षति पुगेको छ । मैले घटनालाई गम्भीरतापूर्वक लिएको छु । त्यसअघि हत्याको विरोधमा मुस्लिम समुदायले हत्या भएको स्थान घण्टाघर बाहिर शव सहित प्रर्दशन गरेका थिए । यसैबिच इस्लामी संघले इस्लामिक समुदायका पदाधिकारीको सुरक्षा माग गरेको छ । संघले पे्रस विज्ञप्ती जारी गर्दै मुस्लीम समुदाय असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका हुन् ।

    यता घटना लगत्तै राजधानीको सुरक्षा व्यबस्था चुस्त राख्न नसकेको भन्दै गृह मन्त्रालयलले काठमाण्डौका प्रहरी प्रमुख केदार रिजाललाइ काजमा सरुवा गरेको छ । गृहमन्त्री गच्छदारको निर्देशनमा रिजाललाइ सरुवा गरि उनको ठाउँमा प्रहरी विषेश कार्यदलका एसपी राजेन्द्रमान श्रेष्ठलाइ ल्याइएको छ ।

    No comments: