Wednesday, January 11, 2012

राजावादीको मात्र हो की देशको हो? राष्ट्रिय एकता दिवस ?

Prithivi Narayan Shah
मनोज सत्याल
काठमाण्डौँ । के देशको अखण्डता र एकताका लागी  मनाइने पर्व वा दिवस कुनै पक्षको हुन्छ । के यो राज्यले राष्ट्रिय एकता दिवस मनाउनु पर्दैन । नत्र किन दिवस नै खारेज ग¥यो गणतान्त्रिक सरकारले । बरु अरु कुनै दिन मनाउन सकिन्नथ्यो । के विकल्पकै अभाव थियो ? दिवसकै विरोध के का लागी ।

पूर्व राजा पृथ्वीनाराण शाहले नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न राजावादी दलहले आज राष्ट्रिय एकता दिवस मनाएका छन् । देशमा गणतन्त्र घोषणा भएसँगै सरकारले राष्ट्रिय एकता दिवसलाइ खारेज गर्दै मनाउन छाडेपनि विभिन्न राजावादी दलहरुले भने राष्ट्रिय एकताका लागी पृथ्वी नारायण शाहको योगदान रहेको भन्दै शाहका जन्मदिनलाइ एकता दिवसको रुपमा मनाएका हुन् ।

यसैक्रममा राजावादी केही दलहरुले बुधबार सिंहदरबारको मूल गेट अगाडी रहेको पूर्व राजा पृथ्वी नारायण शाहको सालिकमा माल्र्यापण गरेका छन् । उनीहरुले सो क्रममा उनीहरुले राजाको पक्षमा नाराबाजी समेत गरेका थिए । राजावादीहरुले झाँकी सहित हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नाराबाजी समेत गरेका थिए । विभिन्न दलका नाममा विभाजित राजावादीहरुले विभिन्न झुण्डमा बाजा गाजा सहित पृथ्वी नारायण शाहको सालिकको परिक्रमा गरेका थिए ।

उनीहरुले राष्ट्रिय एकता कायम गर्न पृथ्वी नारायण शाह र राज परिवारको भूमिका रहेको बताउँदै राष्ट्रिय एकता दिवसको सान्र्दभीकता अझै बढेको धारणा राखेका छन् । तात्कालिक अवस्थामा बाइसे र चौबिसे राज्यहरुमा विभाजित नेपाललाइ एककिरण गर्न मुख्य भूमिका खेलको पृथ्वी नारायण शाहको जन्मदिनको अवसर पारेर राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
नेपालका विभिन्न राजनैतिक दलहरु बीच पनि राष्ट्रिय एकता दिवस मनाउने की नबनाउने भन्ने विषयलाइ लिएर विवाद रहँदै आएको छ ।

पृथ्वी नारायण शाहको जन्म वि.सं. १७७९ साल पुस २७ गते भएको थियो । पृथ्वी नारायण शाहले आफूले आर्जेको मुलुक युग पर्यन्त अखण्ड र सार्वभौमसम्पन्न रहिरहोस भनेर सन्ततिका लागि दिव्योदेश दिएर गएका छन् । यो मुलुक चार जात छत्तीस वर्णको साझा फूलबाारी हो , प्रजा जसदेखि खुशी रहन्छन्  उसैलाई कजाइं दिनू, जडीबूटी देश पठाई नगद खैंचनु, घुस दिन्या र लिन्या महासतुर हुन्, यो मुलुक दुई ढूंगाबीचको तरुल जस्तो रह्याछ, उत्तर र दक्षिणका बादशाहसंग घाह राख्नु, जाइ कटक नगर्नु झिकी कटक गर्नू जस्ता दिव्योपदेश आज पनि राज्यसञ्चालनका लागि मार्ग दर्शन बनेकोे विश्लेषण गरिएको छ ।

No comments: