Daily Kathmandu Team (DKT)
सेना समायोजन विषेश समिती मातहतको सचिवालयद्धारा प्रस्तुत विवरण
सेना समायोजन विषेश समिती मातहतको सचिवालयद्धारा प्रस्तुत विवरण
- अनमिनले प्रमाणित गरेको लडाकु संख्या – १९ हजार ६०२ जना
- हाल शिविरमा रहेका लडाकु संख्या – १७ हजार ७६ जना (महिला ३ हजार ५६० जना र पुरुष १३ हजार ५१६ जना)
- मृत्यु भएका लडाकु संख्या – ९४ जना
- अनमिन र पुर्नवर्गिकरणमा फरम संख्या – २ हजार ४३२ जना
- सेनामा समयोजन रोज्ने संख्या – ९ हजार ७०५ जना ( जसमध्ये महिला १ हजार ३४ जना)
- स्वेच्छिक अवकाश रोज्ने लडाकु संख्या – ७ हजार ३६५ जना ( जसमध्ये महिला २ हजार ५२५ जना)
- पुनस्थापना रोज्ने लडाकु संख्या – ६ जना महिला र ६ जना पुरुष
खर्च कति भयो थाहा छैन, हाम्रो कार्यक्षेत्र होइन : सचिवालय
काठमाण्डौँ । सेना समायोजन विशेष समितिको सचिवालयका संयोजक बालानन्द शर्माले माओवादी लडाकुको चेन अफ कमाण्ड अझै विशेष समितिको मातहत आइनसकेका कारण लाडकुको नाममा गएको रकम कहाँ गयो भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताउनु भएको छ । शर्माले शान्ति मन्त्रालय अन्तर्गतको लडाकु ब्यवस्थापन तथा रेखदेख समितिलाई मात्र उक्त रकमबारे जानकारी हुने दावी गरेका थिए ।

त्यसअघिको लेखा समिति बैठकमा शान्तिमन्त्री सत्या पहाडीले लडाकुका नाममा गएको रकमबारे विशेष समिति अन्तर्गतको सचिवालयलाई मात्र जानकारी हुने बताएकी थिइन् । सचिवालयले शिविर व्यवस्थापन केन्द्रीय समन्वय कार्यालयसँग विवरण हुने जवाफ दिएपछि लेखा अलमलमा परेको छ ।
बैठकमा माओवादीका सभासद्हरुले भने सेना समायोजन राजनीतिको प्रमुख मुद्दा भएको भन्दै राजनीतिक छलफलबाट नै समाधानमा पुग्नुपर्ने बताएका थिए । माओवादी लडाकुले लिदै आएको तलब भत्ताको बारेमा राजनीतिक दलहरुबीच मतभेद भएपछि लेखा समितिले सचिवालयलाई विवरण सहित उपस्थित हुन निर्देशन दिएको हो । सचिवालय संयोजक शर्माले तलव भत्ता सचिवालयको कार्यक्षेत्रगत शर्त नभएको बताएका थिए । शर्माले सचिवालयले पाएको जिम्मेबारी पूर्ण रुपमा कार्यान्वयन गरेको दावी गर्दै माओवादी लडाकुलाई प्राविधिक टोलीले राजनीतिक विचारबाट अलग भै व्यक्तिगत जीवनको बारेमा सोच्ने वातावरण बनाएको जानकारी दिए । पुर्नवर्गिकरणको समयमा छुटेकाहरुले पुनः आफुहरुलाई सहभागी गराउन दिनहँु दवाव आउने गरेको सचिवालयले जनाएको छ ।
No comments:
Post a Comment