Saturday, June 1, 2013

न्ययाधीश बम हत्यका साक्षी: राम गिरीको बयान

काठमाडौं । म कृषि विकास बैङ्क बिरगञ्जको शाखा प्रमुखबाट रिटार्यड कर्मचारी हुँ । हत्या गरिएको रणबहादुर बम र म क्लासमेट हौँ । हाम्रो दोस्ती ४४ बर्षको हो । रणबहादुर बमको हत्या हुने अघिल्लो दिन म उहाँको घरमा नै बसेको थिए । उहाँले बसौँ भनेर कर गर्नुभयो त्यसैले त्यतै बसियो । भोलिपल्ट बिहान उहाँको मिसेज र बुहारी खाना नखाईकन बिहीबारको दिन बंगलामुखी मन्दिर जाने तयारीमा थिए । बम र म भने खाना खाएर उनीहरुलाई छाड्न गाडीमा मन्दिर गयौँ ।

फर्कने बेला नै हो गोली प्रहार भएको । मेरो त कसैसँग रिसीबी थिएन । सायद न्यायधीश बम माथी नै गोली प्रहार गरिएको होला । उहाँले म सँग सानो कुरा पनि लुकाउनु हुन्थेन । कसैसँग रिसिबी थियो थिएन उहाँको । कुनैपनिको सुरक्षा थ्रेट भएको जस्तो लाग्देन ।
  • मलाई अझै पनि केही हन्छ कि भन्ने डर लाग्छ । बेला बेला झसक्क हुन्छ । नबिराउनु नडाउनु भन्ने हुदोँ रहेनछ । त्यत्रो घटनाको पत्तै लाग्न नसक्नु कस्तो हो । न्यायधीश माथी गोली लागेको घटनाको पत्ता नलाग्नु त हाँस्यास्पद, लाजमर्दो हो । 
  • अहिले महानिरीक्षक रहेको कुवेरसिंह रानाले घटना पछि हत्यारा पत्ता लाग्ने नलाग्ने बारे केही बताएनन् । अनुसन्धानका हरुले भने अहिले तत्काल नभएपनि भविष्यमा पत्ता लाग्ने बताएका छन् ।  घटनाबारे म्याक्सीमम दबाउने प्रयास भएको छ । कुनै दिन बाहिर आउला भन्ने आशा छ ।
त्यो दिन बंगलाुमखीबाट फर्कदै गर्दा ड्राइभरले मोडको बाटो लियो । सँगै रहेको सुरक्षा गार्डले टर्निङको बाटो नजान भन्दा समेत मानेन । फर्कदै गर्दा बाटोमा एउटा मोटरसाइकल रोकिएको र गाडी छिर्न नसक्ने बनाइएको रहेछ । मोटरसाइकल हटाउन सुरक्षा गार्डले कुरा गर्न लागेका थिए न्यायधिश बम र म अङ्गालो मारेर कुराकानी गरेर बसेका थियौँ । हामीले त्यता खासै ध्यान पनि दिएनौँ । तर मोटरसाइकलमा रहेका ब्यक्तिले पेस्तोल निकाले । मैले श्रीमान्लाई पेस्तोल झिक्न लागेपछि देखाँए । उनीहरुले अल अफ अ सडन गोली चलाए । अगाडीको सिसा प्वाल प¥यो । श्रीमान्को ओठमा पहिलो गोली लाग्यो । त्यसपछि उहाँको देब्रे छातिमा गोली लाग्यो । लगत्तै मलाई पनि गोली हाने । मेरो हातमा , करङमा , पेटमा र कुममा गोली लाग्यो । पछि मलाई थाहा भयो । मलाई पाँच वटा गोली लागेको थियो । गोली लागेपछि बम गाडीबाट बाहिर निस्कनुभयो र पाँच सात मिटर उता पुगेपछि लड्नुभयो ।
म भने त्यहाँबाट दुई तिन समय मिटर भागेछु । मलाई पछि अल्का अस्पताल पु¥याइछ । पछि छोरा दिपकराज गिरी पुगेर मलाई नर्भिक ल्यायो ।

मेरो तीन दिन पछि होश खुल्यो । न्यायधीश बमको हत्या भएपछि छानविन समिती बन्यो । त्यतिबेलाका एआईजी कुवेर सिंह रानाले मलाई सोधे । मैले मास्क लगाएका हेल्मेट लगाएको मोटो मोटा दुई जना केटा देखेको बताएँ । पछि प्रहरीले स्केच बनाएर सार्वजनिक पनि ग¥यो क्यारे । उनीहरु दुई जना सँग दुई वटा पेस्तोल रहेको बताएँ । मैले २५ दिनसम्म अस्पतालमा बिताएँ । डाक्टर सरोज रेग्मीले मेरो अपरेसन गरे । मेरो सानो आन्द्रामा गोली लागेछ । स्टिचिङ गरेको छ । डाक्टर स्टिचिङले काम नगरे अपरेसन गनुपर्छ भनेका थिए । धन्न मेरो किड्नी तथा अलि तल गोली लागेनछ । नत्र म पनि त्यतिबेलै मर्ने रहेछु । यो सबै भगवान्को लेखाई रहेछ । पशुपतिनाथले रक्षा गरे ।

अहिले न्याययधीश रणबहादुर बमलाई सम्झदाँ अन्त्यन्त दुख लाग्छ । एक्लोपन फिल हुन्छ । त्यत्रो बर्षको साथी । हत्याको छानविन नभएको देख्दा अझ दुख लाग्छ । देशको बिडम्बना, विचित्रता, प्रहरी नेटवर्क देखेर अचम्म लाग्छ । यत्रो अनुसन्धान गर्ने निकाय छन् के छानविन गर्छन् । न्यायधीश बम माथी केही राजनैतिक प्रश्न पनि उठाइए । तर उहाँले कहिल्यै घुस खानुभयो जस्तो मलाई लाग्दैन ।

मलाई अझै पनि केही हन्छ कि भन्ने डर लाग्छ । बेला बेला झसक्क हुन्छ । नबिराउनु नडाउनु भन्ने हुदोँ रहेनछ । त्यत्रो घटनाको पत्तै लाग्न नसक्नु कस्तो हो । न्यायधीश माथी गोली लागेको घटनाको पत्ता नलाग्नु त हाँस्यास्पद, लाजमर्दो हो ।

अहिले महानिरीक्षक रहेको कुवेरसिंह रानाले घटना पछि हत्यारा पत्ता लाग्ने नलाग्ने बारे केही बताएनन् । अनुसन्धानका हरुले भने अहिले तत्काल नभएपनि भविष्यमा पत्ता लाग्ने बताएका छन् । मैले त हत्यामा संलग्न रहेकाहरु त्यहि दिन प्लेन चढेर बाहिर गएको भन्ने सुन्छु । ति केटाहरु भारतिय वा नेपाली नै मधेशी मुलका हुन सक्छन् तर कसले गराएको र किन गरायो भन्ने थाहा भएन । घटनाबारे म्याक्सीमम दबाउने प्रयास भएको छ । कुनै दिन बाहिर आउला भन्ने आशा छ ।

मलाई अहिले आफुलाई असुरक्षीत महसुस हुन्छ । केही नबिराए पनि ।

सर्वोच्च अदालतका तत्कालिन न्यायधीश रणबहादुर बमको २०६९ साल जेठ १८ गते राजधानीमा हत्या भएको थियो । सो बेला गिरी पनि उनकै साथमा रहेका थिए । गिरीसँग हत्या भएको एक बर्षको अवसरमा मनोज सत्यालले गरेको कुराकानीको अंश ।

No comments: