माओवादी सरकारमा जान सक्छ—प्रचन्ड
काठमाण्डौ, माघ २९ । प्रधानमन्त्री झलनाथ खनालले सरकार विस्तारको क्रमलाइ छिट्टै पूर्णता दिने बताउनु भएको छ । सरकार विस्तारकालागि दलहरुसंग वार्ता र संवाद जारी रहेको उल्लेखगर्दै प्रधानमन्त्रीले केहिदिनमै मन्त्रीमण्डलले पूर्णता पाउने दावी गर्नुभयो । व्यबस्थापिका संसदको बैठकपछि पत्रकारहरुलाइ संक्षिप्त प्रतिक्रिर्या दिर्दै प्रधानमन्त्री खनालले गाह्रो र अफ्ट्यारालाइ छिचोल्दै सरकार अघि बढने बताउनु भएको हो । उहाँले भन्नुभयो–‘शान्ति र संविधानलाइ अर्जुन दृष्टि बनाएर सरकार दृढतापूर्वक अघि बढने छ ।’
![]() |
Prachanda at Kavre |
यसैबीच एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले एमालेसँगको पछिल्लो चरणमा भएको वार्ता सकारात्मक भएको भन्दै माओवादी सरकारमा जान सक्ने बताउनुभएको छ । काभ्रेको छत्रेवासस्थित दाप्चा उच्च मावीको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचन्डले सरकारले छिट्टै पूर्णता पाउने विश्वास ब्यक्त गर्नुभयो । सरकारमा जाने विषयमा आज पनि एमालेसँग छलफल भएको जानकारी दिदै उहाँले सरकारलाई पुर्णता दिन आफूहरु गम्भिर भएर लागिरहेको बताउनुभयो । माओवादीको समर्थनमा बनेको सरकारले नै शान्ति र संविधानलाइ टुङगोमा पुराउने उहाँको भनाई थियो । नेपालीहरुको स्वाभिमान जोगाउन माओवादीले एमालेलाई समर्थन गरेको दावी गर्दे अध्यक्ष प्रचन्डले विदेशीको ईशारामा मात्र सरकार बन्छ भन्ने मान्यता तोडिएको जिकिर गर्नुभयो । माओवादीको समर्थनमा बनेको सरकारले जनताको भावना कुठाराघात गर्न नसक्ने प्रचन्डको भनाई थियो ।
अध्यादेश मार्फत आएको वजेट फागुन ३ गते पारित हुनेः
![]() |
Dupety & Finance Minister BM Adhakari |
माधव नेपाल सरकारले अध्यादेश मार्फत ल्याएको बजेट आगामी फागुन ३ गते पारित हुने भएको छ । त्यसकालागि सरकारले आज संसदमा अध्यादेशलाइ प्रतिष्थापन विधेयक दर्ता गराएको छ । प्रमुख विपक्षी दल कागे्रसले विरोध जनाएपछि सरकारले कुनैपनि नयाँ कार्यक्रम समावेश नगरि विधेयक संसदमा दर्ता गराएको हो । आफ्नै पार्टीको सरकारले ल्याएको अध्यादेशमा परिमार्जन गर्न जरुरी नभएका कारण नयाँ कार्यक्रम समावेश नगरिएको अर्थमन्त्री भरत मोहन अधिकारीले जानकारी दिनुभयो ।
यसअघि नेपाली कागे्रसले प्रतिष्थापन विधयक मार्फट बजेटमा नयाँ कार्यक्रम ल्याएमा पारित गर्न समर्थन नगर्ने बताएको थियो । संसदको फागुन २ गते बस्ने बैठकले नियमावली संशोधन मार्फत अध्यादेशवाट आएको बजेट पारित गर्ने कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । पूरानै कार्यक्रमलाइ निरन्तरता दिन अर्थमन्त्री सहमत बन्नु भएको घिमिरेले बताउनुभयो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने अध्यादेश पारित गर्नेवारे आफ्नो पार्टी मौन बस्ने बताउनुभयो । यसअघि प्रतिष्थापन विधेयकमा नयाँ कार्यक्रम ल्याउनु पर्ने अडान राखेको माओवादी सरकारमा सहभागि नहुने निर्णयपछि मौन बस्ने बताएको हो ।
त्यसअघि व्यबस्थापिका संसदको आज बसेको बैठकले नवनियुक्त अर्थमन्त्री भरत मोहन अधिकारीले पेश गर्नुभएको आर्थीक अध्यादेश, विनियोगन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र ऋण तथा जमानत अठारौ संशोधन अध्यादेश स्वीकृत गरेको थियो । सरकारले पेश गरेका अध्यादेशमा कसैलेपनि विरोधको सूचना पेश गरेको थिएनन् । अध्यादेशलाइ प्रतिष्स्थापन गर्न ल्याएको विधेयक सभासदहरुकालागि वितरण गरिएको छ । संसदको आर्को बैठक फागुन २ गते १ बजे पुनः बस्नेछ ।
कतारका प्रधानमन्त्रीका विषेश दुत नेपाल आउने
कतारका प्रधानमन्त्री विषेश दुत खालिद विन मोहमम्द अल इतिहास आउँदो सोमबार नेपाल आउने भएका छन् । खालिद राष्ट्रसंघिय महासभामा नेपालले दिन लागेको उमेद्धारी फिर्ताका लागी औपचारिक आग्रह गर्न नेपाल आउन लागेको बताइएको छ । खालिद कतारको मन्त्रीमण्डलमा अन्तराष्ट्रिय सम्बन्ध मन्त्री समेत रहनु भएको छ । नेपाल भम्रणका क्रमममा खालिदले उच्च स्तरिय राजनैतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आउँदो सेम्टेम्बरमा हुने राष्ट्रसंघको ६६ औँ महासभामा एसियाली नेतृत्वको पालो अन्तरगत कतार तथा नेपालले उमेद्धारीको घोषणा गरेका छन् । नेपालका तर्फबाट राष्ट्रसंघका पूर्व उपमहासविच कुलचन्द्र गौतम तथा कतारका तर्फबाट राष्ट्रसंघको स्थायी प्रतिनिधि नासिर अब्दुलजिजले उमेद्धारी दिदै हुनुहुन्छ । यद्यपि नेपालले पटक पटक कतारलाइ उमेद्धारी फिर्ताका लागी आग्रह गर्दै आएको छ ।
गृह मोओवादीले मरिहत्ते गरेपनि दिइदैँन ः माधव नेपाल
पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले एमालेको काँधमा बन्दुक राखि आफ्नो स्वार्थ पुरा गर्न खोजेको आरोप लगाउनुभएको छ । मोरङमा आयोजित क्षेत्रीय बौद्ध धर्माेदय सभामा बोल्दै नेपालले सरकारमा जान एउटा मन्त्रालयमा माओवादीले मरिहत्ते गरेकाले उसको नियत ठिक नभएको दावी गर्नुभयो ।
सुरक्षा सम्बनधी मन्त्रालय माओवादीलाई दिन नसकिने पार्टीले औपचारिक निर्णय गरेको भन्दै उहाँले पार्टी भित्र कसैले माोवादीलाब्ई सुरक्षा सम्बनधी मन्त्रालय दिने बताएमा त्यो पार्टी निर्णय विपरित हुने उल्लेख गर्नुभयो । नेता नेपालले गृह मन्त्रालय मााओवादीलाइ नदिने भन्दै विष्णू पौडेललाइ गृहमा पार्टिले सिफारिस गरिसकेको बताउनुभयो । सरकारमा जानु भएको सात बुदे सहमती त्रुटीपूर्ण रहेको भन्दै नेता नेपालले सात बुदेँलाइ एमालेले मान्यता नदिने बताउनुभयो ।
यता एमालेकै प्रभावशाली नेता केपी शर्मा ओलीले पनि माओवादीलाई सुरक्षा सम्बन्धी मन्त्रालय दिन नसकिने स्पष्ट पार्नुभएको छ । आफूले समर्थन गरेको सरकारमा माओवादी सहभागी नभए माओवादीकै भविष्य सङकटमा पर्ने दावी गर्दैे ओलीले सात बुदे सहमती एमालेलाई मान्य नहुने दावी गर्नुभयो । एमाले काठमाडौ—रुपन्देहीसम्पर्क मन्चद्धारा आज राजधानमिा आयोजित कार्यक्रममा ओलीले एमाले आफ्नो नीति र सिद्धान्तलाई तिलान्जली दिएर सत्तामा जना नसकिने उल्लेख गर्नुभयो । माओवादीले जनविद्रोहको अभ्यास गरेपनि अब उसले जनविद्रोह गर्न नसक्ने ओलीले ठोकुवा गर्नुभयो ।
प्रधानमन्त्रीद्वारा अधिकारीलाइ अर्थमन्त्रीको जिम्मेवारीः
प्रधानमन्त्री झलनाथ खनालले उपप्रधानमन्त्री भरत मोहन अधिकारीलाइ अर्थमन्त्रालयको जिम्मेवारी तोक्नु भएको छ । संसदको आज बसेको बैठकमा सभामुख सुवासुचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको पत्र पढेर अधिकारीलाइ अर्थमन्त्रीको जिम्मेवारी तोकिएकोवारे जानकारी गराउनु भएको हो ।
अर्थमन्त्री नियुक्त भएलगत्तै संसद पसिरमा पत्रकारहरुसंग कुरागर्दै मन्त्री अधिकारीले अध्यादेश बजेटलाइ सहमतिवाट पारित गरेपछि अन्य आर्थिक बिषयमा प्रवेश गर्ने बताउनुभयो । विकास खर्च जम्मा १८ अर्ब खर्च भएको र ४० अर्ब बाकी रहेका कारण बैकहरुमा तरलता अभाव देखिएको भन्दै अर्थमन्त्रीले अर्थतन्त्रका सम्बन्धमा राजनीतिक समझदारी कायम गर्ने बताउनुभयो । अधिकारीले पूरक बजेट वा वैशाखमा बजेट ल्याउनेवारे दलहरुसंग परामर्श गर्ने बताउनुभयो । जनतालाइ कस्ता राहत दिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अधिकारीले भन्नुभयो–‘अर्थमन्त्रीको रुपमा संसदमा बोलेपनि मन्त्रालय जान पाएको छैन, पैसा छ÷छैन हेरेर कार्यक्रम बनाउछु ।’
सरकारमा सहभागिता जनाउने फोरमको गृहकार्य
काठमाडौँ, २९ माघ । वर्तमान सरकारमा सहभागिताका विषयमा छलफल गर्न मधेसी जनअधिकार फोरम नेपालद्धारा गठित कार्यदले आजबाट काम सुरु गरेको छ । सरकारमा सहभागिताका विषयमा छलफल गर्नका लागि फोरम नेपालको हिजो बसेको बैठकद्वारा गठित कार्यदलले तयार पारेको १६ बुँदे आधारपत्रमा कार्यदलमा छलफल सुरु भएको कार्यदलका संयोजक रामसहाय प्रसाद यादवले जानकारी दिनुभयो ।
कार्यदलले मधेसका समस्या र सरकार गठनसम्बन्धी आवश्यक प्रक्रियालाई अघि बढाउनका लागि सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्ता समर्थक एकिकृत माओबादीलाई आधारपत्र बुझाई त्यसबारे आधिकारिक धारणा माग्ने बिषयमा कार्यदलबिच छलफल जारी रहेको उहाँले बताउनुभयो । फोरमको केन्द्रिय समितीको बैठकले रामसहायप्रसाद यादवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुका साथै मधेसका मुद्दाहरुमा विगतमा भएका सहमति कार्यान्वयन गर्ने र शान्तिप्रक्रिया, संविधान निर्माणका बिषयमा दलहरुले प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
लोडसेडिङका कारण करिडोरका पाँचदर्जन उद्योग बन्द
नेपाल विद्युत् प्राधिकरणले सातामा ९८ घण्टा विद्युत् कतौटी गरेपछि वीरगन्ज, पथलँैया औद्योगिक करिडोरका करिब पाँच दर्जन सानाठूला उद्योग पूर्णरुपमा बन्द भएका छन् । लोडसेडिङगको समयमा वैकल्पिक व्यवस्था उद्योगले जुटाउन नसकेपछि सो क्षेत्रका करिब ६० वटा उद्योग पूर्णरुपमा बन्द भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले जानकारी दिनुभयो ।
विशेष गरी महालक्ष्मी सोप, पूजा सोप, अन्नपूर्ण टेक्स्टाइलसहितका उद्योग विद्युत्को अभावमा बन्द भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घको अभिलेखमा उल्लेख छ । उक्त क्षेत्रका ती उद्योग बन्द हुँदा करिब २० हजार मजदुर वेरोजगार बनेको पनि सङ्घले जनाएको छ । करिडोर क्षेत्रका लागि विद्युत्को विशेष व्यवस्था मिलाउन ३३ केभिए प्रसारण क्षमतालाई विस्तार गर्न पनि यहाँका उद्योगीले माग गरेका छन् ।
उपाध्यदक्ष डा. बाबुराम भट्टराई
एकिकृत नेकपा माओबादीका उपाध्यदक्ष डा. बाबुराम भट्टराईले शान्ति र संबिधानका लागि एमालेलाई समर्थन गरेको भन्दै एमालेले सात बुदे सहमती कार्यान्वयनमा ध्यान नदिए समर्थन नै फिर्ता लिने चेतावनी दिनुभएको छ । सात बुदे सहमती नै परिवर्तनको आधार भएको भन्दै उहाँले एमालेले सहमतकिो पालना नगर।े माओवादीले समर्थन फिर्ता लिएर विपक्षमा बस्ने दावी गर्नुभयो ।
नवलपरासीको डण्डामा आज आयोजित एक कार्याक्रममा उपाध्यक्ष भट्टराईले बहुमतिय सरकारले शान्ति प्रक्रियालाई टुङगोमा पु¥याउन नसक्ने भएकाले राष्ट्रिय सहमतीको सरकार बन्नुपर्नेमा जोड दिनुभयोे । उपाध्यक्ष भट्टराईले सात बुदै सहमती पालना नगरेको सम्बन्धमा एमालेको स्पष्ट धारणा नआएसम्म वर्तमान सरकारमा सहभागी नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतीको सरकार गठनमा लाग्न प्रधानमन्त्रि झलनाथ खनाललाई सुझाव समेत दिनुभयो ।
बचत गर्ने बानी नहँुदा बैंकमा तरलता बढ्यो –गर्भनर डा खतिवडा
ललितपुर, २९ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले पछिल्लो समयमा बचत गर्ने बानी नहुँदा बैंकहरुमा तरलता आएको बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको चौँथो साधारणसभाको आज उद्घाटन गर्दै उहाँले वित्तीय प्रणालीमा मागअनुसारको बचत र आपूर्ति नभएका कारण ऋणको ब्याज बढेको भन्दै व्यवसायीलाई बैंकमा बचत गर्ने बानीको विकास गर्न आग्रह गर्नुभयो ।
No comments:
Post a Comment