साँत बुदेँ परिमार्जन ः प्रधानमन्त्री खनाल र अध्यक्ष प्रचण्डवीच सहमतिः
![]() |
signing again seven point agreement |
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओवादीले प्रधानमन्त्री चयनको क्रममा भएको सात बुदेँ सहमित परिमार्जन गरेका छन् । यद्यपी दुइ दलले परिमाजर्न भएको सहमतिलाइ थप ब्याख्याको रुपमा परिभाषित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुइ दल बिचका छलफलमा प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सहमति परिमार्जन सहित कार्यान्वयन गर्ने सहमति भएको हो ।
छलफल पछि मओवादी अध्यक्ष प्रचण्ड तथा एमाले अध्यक्ष खनालद्धारा जारी संयुक्त विज्ञप्तीमा सात बुदे सहमतिको उदेश्य विस्तृत शान्ति सम्झौताा अनुसार राजनीतिक दलहरुको सहमतिको आधारमा विशेष समिति मार्फत शान्ति प्रक्रिर्यालाइ सफल पार्नु र संविधानसभावाट नयाँ संविधान निर्माण प्रक्रिर्यालाइ पूरा गर्नु भएको उल्ल्ेख छ । प्रधानमन्त्रि निर्वाचनका क्रममा भएको सात बुंदे सहमतीमा अन्य दलका नेताहरुले आपत्ति जनाउन थालेपछि प्रधानमन्त्रि खनाल र माओबादी अध्यक्ष प्रचण्डले सो सहमती परिमार्जन समेत गर्नुभएको हो ।
परिमार्जित सहमति अनुसार माओवादी लडाकुको छुट्टै फोर्स निमार्ण भन्ने ठाउँको अगाडी विस्तृत शान्ती सम्झौता अनुसार राजनैतिक दलहरुको सहमितको आधारमा विषेश समिती मातहत शान्ती प्रक्रिया सफल पारिने उल्लेख गरिएको छ । साथै सहमतिमा आलो पालो सरकार निमार्णको अगाडी अन्य दललाइ समेत सरकारमा सहभागी हुन आग्रह गर्ने र सहमतिका आधारमा अघि बढ्ने उल्लेख गरिएको छ । साथै दुबै दलले सरकारमा सहभागी हुन सबैदललाइ आह्वान समेत गरेको छन् ।
यसअघि आजै एमाले र माओबादी सात बुंदे सहमतीमा भएका अस्पष्टता हटाएर मन्त्रि परिषद् बिस्तार गर्न सहमत भएका थिए । सिंहदरबारस्थित एमाले संसदिय दलको कार्यालयमा बसेको बैठकमा दुई दलका नेताहरुबिच तत्काल सरकार विस्तार गर्ने सहमती भएको हो ।
यसअघि आज बिहान बसको माओावदी पदाधिकारी बैठकले सात बुँदे सहमती अनुरुप नै मन्त्रीरिषद गठन हुनुपर्ने भन्दै तत्काल सरकारलाई पूर्णता दिनुपर्ने जनाएको थियो । साथै बैठले सात बुदेमा एमालले देखाएको ब्यवहार निन्दनिय भएको भन्दै पुर्न ब्याख्या तथा अस्पष्टा हटाउने निणर्य गरेको थियो । बैठकले दुई पार्टीवीच भएको सात बुँदे सहमति अनुसार प्रधानमन्त्री निर्वाचित भएको यतिका दिन बितीसक्दा पनि सरकारले पूर्णता नपाएको भन्दै चिन्ता समेत व्यक्त गरेको छ । यसअघि अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष एव्र प्रधानमन्त्री खनालबीच भएको सातबुँदै सम्झौता कार्यान्वन नभएको भन्दै माओवादी स्थायी समिती बैठकले सरकार बाहिर बस्ने निर्णय गरेको थियो ।
शान्ती र संविधान धरापमा प¥यो सरकारमा जाने निणर्य भयो ःबाबुराम भट्टराइ
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराइले शान्ती प्रक्रिया र संविधान निमार्ण धरापमा परेकाले माओवादीले पुन सरकारमा सहभागी हुने निणर्य गरेको बताउनु भएको छ । भट्राइले माओवादीको सरकारमा सहभागी नहुने निणर्यबाट पषड्यन्त्रकारी सल्बलाएको भन्दै त्यसलाइ चिर्न सरकारमा सहभागी हुन लागिएको बताउनुभयो । गृह जील्ला गोर्खाको एक विद्यायलको कार्यृक्रममा भट्टराइले भन्नुभयो ः बाहिरै बसेर सहयोग गर्दा शान्ती र संविधान धरापमा पर्ने देख्यौँ, त्यसैले सरकारमा जाने निणर्य ग¥यौँ । भट्टराइले देशकै ठुलो पार्टिलाइ कुन मन्त्रालय दिने कुन नदिने भनेर खटाउने एमाले नेताको ब्यवहार हास्यास्पद भएको टिप्पणी गर्नुभयो । भट्टराइले गृह दिन रक्षा नदिने भन्ने जस्ता कुराले एमाले नेताहरुले निहँ खोजेको स्पष्ट भएको आरोप लगाउनुभयो । भट्टराइले अरुले निहँ खोजेपनि माओवादी संयमित भएर अगाडी बढ्ने समेत बताउनुभयो ।
सरकारले छिट्टै पूर्णता पाउँछ—प्रचन्ड
![]() |
cabinet will be made soon |
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले वर्तमान खनाल नेतृत्वको सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सरकार गठनपूर्व एमाले अध्यक्ष झलनाथ खनालसँग भएको सात बुँदै सहमतीका अस्पष्टताहरु आजबाट मेटिएको भन्दै प्रचन्डले सरकारमा सहभागी हुन अन्य दलहरुसँग पनि आग्रह गर्नुभयो । यो सरकारले अब आकार ग्रहण गर्छ र यो सरकारले शान्ती प्रक्रिया र संविधान निमार्ण कार्य सम्पन्न गर्छ ः प्रचण्डले भन्नुयभो ः म सबैदललाइ यो सरकारमा सहभागी हुन पनि आग्रह गर्दछु ।
प्रधानमन्त्री खनालसँग आज बालुवाटारमा भएको छलफलले सात बुदै सहमतीपछि देखिएको अस्पष्टताको अन्त्य गरेको प्रचण्डको भनाइ थियो । राजधानीमा तामाङ समुदायद्धारा आयोजित चियापान कार्यक्रममा प्रचन्डले नयाँ सरकारमा तमाङ समुदायको प्रतिनिधित्व गराउने समेत आश्वासन दिनुभयो ।
अध्यादेश बजेट तीन महिनापछि पारितः
काठमाण्डौ, फागुन ३ । पूर्वबर्ती सरकारले अध्यादेश मार्फत गत मंसिर ४ गते ल्याएको बजेट तीन महिनापछि आज संसदवाट पारित भएको छ । सरकारले हिजो पेश गरेका चार प्रतिष्थापन विधेयक बहुमतवाट पारित भएपछि समग्र वजेट पारित भएको हो । व्यबस्थापिका संसदको आज बसेको बैठकले विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत अठारौ संशोधन विधेयक बहुमतवाट पारित गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले वजेटले जनताका माग संवोधन नगर्ने भन्दै विरोध जनाएपछि सर्वसम्मत हुन सकेन । वजेट पारित भएपछि सरकार आर्थीक संकटवाट बचेको छ । ससद अधिवेशन सुरु भएको दुइ महिनाभीत्र अध्यादेश अनुमोदन गर्नुपर्ने सम्बैधानिक वाध्यताका कारण आजै अध्यादेश पारित नभए भोलीदेखी सरकार बजेट विहिन बन्ने खतरा थियो । अध्यादेश बजेट पारित भएपनि सरकारले नयाँ नीति तथा कार्यक्रम सहित पूरक बजेट ल्याउने तयारी गरेको छ ।
आर्थीक अवस्था जर्जर भयो, सुधार गर्नहोस् ः अर्थमन्त्री अधिकारी
सभासदहरुले देशको आर्थिक अबस्था जर्जर भएको भन्दै त्यसलाइ सुधार गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । विनियोजन विधेयकमाथी व्यबस्थापिका संसदमा आज भएको छलफलमा सभासदहरुले देशको दयनिय आर्थिक अबस्थालाइ सुधारगर्न तत्काल कदम लाग्न सुझाव दिएका हुन । सभासदहरुले देशमा व्याप्त लोडसेडिङले जनजीवनसंर्गै अर्थव्यबस्था जर्जर बन्दै गएको भन्दै यसको विकल्प खोज्न सरकारसंग माग गरे ।
नेकपा एमालेका विनोद कुमार चौधरीले वजेटको निरन्तरताले मात्र देशको अर्थतन्त्र सुद्रिने अबस्था नभएकोले पूरक बजेट वा नयाँ बजेट ल्याउनुपर्ने बताउनुभयो । लोडसेडिङको भयाभह अबस्थाले उत्पादकत्व क्षमता घटेपनि तात्कालिक रुपमा लोडसेडिङ अन्त्यकालागि सरकारका तर्फवाट कुनै पर्यत्न नभएको आरोप लगाउनुभयो । राष्ट्रिय जनशक्ति पार्टीका डा. प्रकाशचन्द्र लोहनीले दलहरु सत्ताको छिनाझपडिमा लागेका कारण देशको आर्थिक स्थिति जर्जर बनेको बताउनुभयो ।
उहाँले गृह मन्त्रालय कस्ले पाउने भन्दापनि अर्थव्यबस्था सुधार गर्नेतर्फ ध्यान केन्द्रीतगर्न सरकारलाइ सुझाव दिनुभयो । सभासद डा तिलक रावलले मुद्रा स्फीती दोहोरो अंकमा रहेको, भुक्तानी सन्तुलन ५ अर्ब नकारात्मक रहेको, विदेशी विनिमय संचिति घटेको र मूल्यबृद्धि व्यबस्थापन हुन नसक्दा देशको अर्थतन्त्र डामाडोल बन्दै गएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले जिम्मेवार प्रतिपक्षको अबस्थामा सरकार स्वृच्छचारी बन्दै गएकोले जनता महङ्गी र अव्यबस्थाको मारमा परेको बताउनुभयो । उहाँले बजेट सर्वसाधारण जनताको हितमा नभएको आरोप लगाउदै यस्तो बजेटलाइ समर्थनगर्न नसक्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले जनताका समस्या समाधानकालागि प्रस्तावित वजेटले संवोधन नगर्ने भएपनि बाध्यताबस बजेटलाइ समर्थन गरेको बताउनुभयो ।
माओवादीका देवप्रसाद गुरुङ्गले अध्यादेश मार्फट आएको बजेटको आधारमा पूरक बजेट ल्याउनु पर्ने बताउनुभयो । उहाँले लोडसेडिङको अन्त्य, महङ्गी नियनत्रण र रुग्ण उद्योगको उत्थान गर्नेतर्फ सरकारको ध्यान केन्द्रीतगर्न सरकारलाइसुझाव दिनुभयो ।
दलहरुबिच आर्थीक एजेण्डाको न्यनतम मुद्यामा सहमति हुनुपर्छ ः अर्थमन्त्री अधिकारी
अर्थमन्त्री भरत मोहन अधिकारीले प्रमुख दलहरुबीच आर्थिक ए्जेण्डामा न्यूनतम सहमति नभए मुलुकको अर्थतन्त्र दुर्घटनामा पर्नसक्ने खतरा जनाउनु भएको छ । विनियोजन विधेयकमाथीको छलफलमा सभासदहरुले उठाएका प्रश्नको संसदमा जवाफदिर्दै अर्थमन्त्री अधिकारीले अर्थतन्त्र संकुचनमा परेको अबस्थामा यसलाइ बचाउन दलहरुबीच सहमति जरुरी रहेको बताउनु भएको हो । उहाँले आर्थिक एजेण्डामा न्यूनतम सहमति कायमगर्न आफूले निकट भविश्यमै प्रमुख दलका शीर्ष नेताहरुलाइ एएटै मञ्चमा राखेर छलफल गर्ने योजना बनाएको बताउनुभयो ।
‘अर्थमन्त्रीको रुपमा मैले एउटा योजना बनाएको छु, अधिकारीले भन्नुभयो–अर्थतन्त्र विकास गर्ने बिषयमा न्युनतम सहमती बनाउ ।’ अर्थतन्त्र गम्भीर संकटतर्फ गएकोले सबैले मिलेर निकास पैल्याउन नसके अर्थतन्त्र मात्र नभइ समग्र लोकतान्त्र समेत दुर्घटनामा पर्न सक्ने मन्त्री अधिकारले चिन्ता व्यक्त गर्नुभयो । देशको अर्थतन्त्रको सुधारकालागि राष्ट्रिय आर्थिक एजेण्डा बनाउन र अर्थतन्त्रलाइ नयाँ दिशा दिनकालागि पूरक बजेट ल्याउने योजना बनाएको सुनाउनुभयो ।
धरापमा पुगेको अर्थव्यबस्थालाइ बचाउन सबैले साझा संकल्प गर्नुपर्ने उल्लेखगर्दै अधिकारीले दलहरुबीच आर्थिक एजेण्डामा सहमति भए देशको अर्थतन्त्र उकालो लाग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यादेश बजेटको पूरक बजेट वा संसदीय समितिको सुझाव अनुसार वैशाख १५ गते नयाँ बजेट ल्याउन दलहरुसंग सहमति गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । लोडसेडिङका कारण देश लालटिन युगमा पुगिएको स्मरणगर्दै मन्त्री अधिकारीले लोडसेडिङ अन्त्यकालागि ठोस कार्यक्रम लिएर अघि बढने विश्वास दिलाउनुभयो ।
सरकारले पूर्णता पाए लगत्तै सरकारले लोडसेडिङ अन्त्यकालागि तीन महिने, ६ महिने र नौ महिने कार्यक्रम बनाउने उहाँले उल्लेख गर्नुभयो । नेपाली कागे्रस लगायत विपक्षी दलहरुले सरकारले संसदलाइ उपेक्षा गेर करका दायरा बढाउन खोजेको भन्दे आपत्ति जनाएका थिए । संसदको आर्को बैठक आगामी फागुन ८ गते दिउसो ३ बजे बस्नेछ ।
बाम ध्र्रुवीकरण भएको पौडेलको आरोप
नेपाली कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले एकिकृत नेकपा माओबादी र नेकपा एमालेबीचको ७ बुंदे सहमतिले मुलुकमा बाम धु्रुविकरण शुरु भएको दाबि गर्नुभएको छ । नेपाल प्रेश युनियन तनहुंले आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले बाम धु्रुवीकरण नभएको भन्ने एमाले र माओबादीका नेताहरुको भनाईप्रति समेत कडा आपत्ति जनाउनुभयो ।
माओबादी र एमाले मिलेर मनोमानी ढंगले सरकार चलाउने सहमति भएको छ, पौडेलले भन्नुभयो, यो बिस्तृत शान्ति सम्झौता र राष्ट्रिय सहमति बिपरीत छ । ७ बुंदे सहमतिले कम्युनिष्ट ध्रुविकरण भएको दाबि गर्दै उहांले उक्त सहमति बिरोधाभाषपुर्ण रहेको टिप्पणी गर्नुभयो । माओबादीले ईमान्दारी नदेखाए जेष्ठ १४ मा नयां संबिधान जारी नहुने पौडेलको भनाई थियो । पौडेलले जेष्ठ १४ भित्र संबिधान जारी गर्न नेपाली कांग्रेस तयार रहेको स्पष्ट पार्नुभयो ।
फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यलाई सहयोग गर्न आग्रह
काठमाडौँ, ३ फागुन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यलाई सहयोग गर्न सबैमा आह्वान गरेको छ । आयोगद्वारा आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा आयोगले लोकतन्त्रको आत्माको रुपमा निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउन फोटोसहितको मतदाता नामावली आवश्यक पर्ने भन्दै कसैले बिरोध नगरी सहयोग गर्न आग्रह गरको हो । आयोगले देशका ७५ जिल्लामा दोस्रो चरणमा यही फागुन महिनादेखि मतदाता नामावली सङ्कलन कार्य जारी राखेको छ ।
आयोगले जारी राखेको फोटो सहितको मतदाता नामावली संकलन कार्यको केहि मधेशवादी लगायतका दलहरुले बिरोध जनाउदै आएका छन् । वि सं २०६८ को असार महिनासम्म अन्तिम नामावली तयार गर्ने लक्ष्य राखिएको र यस अवधिसम्म ९१ लाख ८८ हजार १०५ मतदाता नामावली दर्ता गरिने कार्यक्रममा जानकारी गारइएको छ ।
चट्याङका कारण राजधानीको स्वयम्भुमा क्षती
काठमाडौं, ३ फागुन । वर्षासँगै परेको चट्याङका कारण आज विहान राजधानीको ऐतिहासिक स्वयम्भु चैत्य संगैको एक मन्दीरमा क्षती पुगेको छ ।
बिहान ५ बजेतिर परेको चट्याङले स्वयम्भु चैत्यको पूर्वतर्फको प्रतापपुर मन्दीरमा ठूलो क्षेति पुगेको छ । चट्याङ लागेर मन्दीरको गजुरको साइटको भाग भत्किएको स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । चट्याङले मन्दीरको गजुर र जगतर्फ गरी दुई भागमा लागेको छ । गजुर तर्फको ईंट उछिटिएर टाढा टाढा पुगेपनि मुल चैत्यलाई भने कुनै क्षति नपुगेको महासमितिका कोषाध्यक्ष पुष्यसागर लामाले जानकारी दिनुभयो ।
उता आज दिउँसो म्याग्दीको अर्थुङ्गे गाविस ४ गुफामा चट्याङ्ले चोट लागेर चार घाईते भएका छन् । पानी छल्न ओत बसीरहेका अर्थुङ्गे ४ की ४२ वर्षिया स्यानी परियार, पुलाचौर ५ की सम्झना जिसी, पुलाचौर १ की ५० वर्षिया उजेली पौडेल र घतान ६ का ३५ वर्षिय भरत खत्री चट्याङले चोट लागेर घाईते भएका हुन् । घाईतेको बेनी स्थित जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । घाईतेहरु खतरामुक्त भएको अस्पतालले जनाएको छ ।
खेल समाचार
ब्रायन एडम्सलाइ ल्याऊनेबारे घुस मागेको छैन ।
![]() |
Bryan Adams |
ब्रायन एडम्सलाई नेपाल ल्याउन लागेको आयोजक संस्थाले आफुहरुसंग कसैले पनि घुष नमागेको बताएको छ । फागुन ७ गते दशरथ रंगशालामा हुने ब्रायन एडम्सको कन्सर्टको मुख्य आयोजक जेपीआर इभेन्टस प्रालीका निर्देशक साङ्देन शेर्पाले आफुहरुलाई कसैले पनि घुष नमागेको बताएका हुन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा शेर्पाले कन्सर्टको मुख्य भेन्यु पार्टनर राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघसंग बिधिवत रुपमा सम्झौता भएको पनि स्पष्ट गरे । यता ब्रायन एडम्सको कन्सर्ट आयोजकसग १० लाख घुस मागेको आरोपमा मुछिएका परिषद्का उपाध्यक्ष तिम्सिनाले आफूले घुस मागेको आरोप झूठो भएको दाबी गरेका छन् । तिम्सिनाले परिषद्को कर्मचारी संघले आफ्नो चरित्र हत्या गर्न झूठो आरोप लगाएको बताएका छन् ।
यस अघि परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य समिम मिया अन्सारी बब्लुले घुस मागेको खुलासा परिषद्कै कर्मचारीहरुले गरेका थिए । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले हिजो पत्रकार सम्मेलन गरी पदाधिकारीहरुले घुस मागेको भन्दै कडा विरोध गरेको थियो । एडम्सको कन्सर्ट कन्सर्ट नजिकिदै गर्दा राष्ट्रिय खेलकद परिषदमा चलखेल बढ्दै गएको छ ।
No comments:
Post a Comment