Monday, February 14, 2011

फागुन २ गते २०६७


संसदद्वारा प्रतिष्थापन विधेयकहरु स्वीकृतः

व्यबस्थापिका संसदले अध्यादेश मार्फत आएको बजेटलाइ प्रतिष्थापन गर्ने चार विधेयक स्वीकृत गरेको छ । संसदको आज बसेको दोस्रौ बैठकले अर्थमन्त्री भरतमोहन अधिकारीले पेश गर्नुभएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत अठारौ संशोधन विधेयक स्वीकृत गरेको हो । संसदको भोली बस्ने बैठकले प्रतिष्थापन विधेयक पारितगरी समग्र बजेट पारित गर्नेछ । विधेयकमाथीको सामान्य छलफलमा सभासदहरुले बजेटमाथी संसदमा पर्याप्त छलफल गर्न नपाएको गुनासो गरेका छन ।

कागे्रस सभासद डा रामशरण महतले अध्यादेश मार्फत आएको बजेटमा धेरै गुनासा भएपनि आर्थीक बर्षको ५ महिना मात्र बाकी रहेकोले अध्यादेश माथीको छलफल धेरै लम्बनाउन नचाहेको बताउनुभयो । पूर्वअर्थमन्त्री समेत रहेका महतले अर्थ व्यबस्था नाजुक अबस्थामा पुगेको, महङ्गी बढेको तथा कमजोर अर्थतथन्त्र झन कमजोर हुन नदिन पारितगर्न सहमति जनाएको बताउनुभयो । उहाँले राजनीतिक दलहरुको सहमतिमा अत्याबस्यक कामकालागि मात्र पूरक बजेट ल्याउन सकिने भएपनि अव नयाँ बजेटको तयारी गर्न सरकारलाइ सुझाव दिनुभयो ।

माओवादीका देव गुरुङ्गले नयाँ सरकार गठन भइसकेको अबस्थामा दलहरुसंग सहमति गरेर पूरक बजेट ल्याउनु पर्ने बताउनुभयो । उहाँले संविधानको धारा ९६ अनुसार बजेट ल्याउने सहमति भएपनि धारा ९३ अनुसार सरकारले बजेट ल्याउने हतार गरेका कारण बजेट पारित गर्न ढिला भएको बताउनुभयो । 


नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले संसदमा बजेट पेशगर्दा विरोध गरेर माओवादीले सरकारलाइ चोर बाटोवाट बजेट ल्याउने बाटो सृजना गरिदिएको आरोप लगाउनुभयो । संसद नियमावलीका केहि प्रावधान निलम्बन गरेर विधेयकमाथी छलफल गरिएको हो । संसद बैठकले एमाले मुख्य सचेतक भीम आचार्यले पेश गर्नुभएको प्रस्ताव पारित गरेको थियो । विधेयक माथी सामान्य छलफल भएको ७२ घण्टाभीत्र सभासदले संसोधन गर्ने व्यबस्था रहेकोमा उक्त प्रावधान निलम्बन गरिएको हो । संसदको आर्को बैठक भोली दिउसो २ बजे बस्नेछ ।

यसैबिच अर्थमन्त्री भरतमोहन अधिकारीले देशको समग्र आर्थिक अबस्थाले पूरक बजेट ल्याउनु पर्ने स्थििति देखिएको बताउनु भएको छ । नयाँ सरकारका आकाक्षालाइ संवोधन गर्नेगरी वैशाखमा पूरक बजेट ल्याउने आफ्नो योजना रहेपनि दलहरुको सहमतिका आधारमा मात्र निर्णय गर्ने उहाँले स्पष्ट गर्नुभयो । विनियोजन विधेयकमाथी संभासदहरुले उठाएका प्रश्नको जवाफदिर्दै अर्थमन्त्री अधिकारीले संसदको अर्थसमितिले दिएको सुझावका आधारमा पूरक बजेट ल्याउने आफ्नो योजना रहेको बताउनु भएको हो । 

मन्त्री अधिकारीले वितेका तीनबर्ष समयमा बजेट नआएका कारण देशको अर्थतन्त्र नाजुक अबस्थामा पुगेको बताउनुभयो । उहाँले नयाँ संविधानमा बार्षिक बजेट ल्याउने निश्चित तिथि तोकेमा बजेट ल्याउन समस्या नआउने बताउनुभयो ।  

मन्त्री अधिकारीले संविधानको परिधिवाट बजेटमा सभासदले राखेका गुनासा संवोधन गर्न पर्यत्न गर्ने बताउनुभयो ।

अध्यक्ष दाहाल र उपाध्यक्ष डा भट्टराईबीच छलफल

काठमाडौँ, २ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा बाबुराम भट्टराईबीच मन्त्रिपरिषद् विस्तार र सातबुँदे सहमतिका विषयमा आज छलफल भएको छ । उपाध्यक्ष डा भट्टराईनिवास सानेपामा भएको छलफलमा प्रधानमन्त्री झलनाथ खनालसँग भएको सातबुँदेसहमतिका बारेमा नेकपा (एमाले)ले राखेको संशोधन प्रस्तावका बारेमा छलफल भएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । भेटमा भट्राइले भने एमालेले सात बुदेँ अस्वीकार गरे अहिलेकै अवस्थामा सरकारलाइ समर्थन गनुपर्ने बताउनुएको पाण्डेले जानकारी दिनुभयो । 

एकीकृत नेकपा (माओवादी)ले गृहमन्त्रालय पाउनुपर्ने अडान नछाडेकाले सकेसम्म सहमतिकै आधारमा अगाडि बढ्ने तयारी गरिरहनुभएका प्रधानमन्त्री खनालले पदग्रहण गरेको दुई साता बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएको छैन । 

माओवादीलाइ गृम मन्त्रालय नदेउः कागे्रसः

नेपाली कागे्रसले एकीकृत माओवादीले विगतमा गरिएको प्रतिबद्धता विपरित सम्पत्ति कव्जाको सृङ्खला सुरु गरेको भन्दै आपत्ति जनाएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको सुरुमा सभामुखसंग समय लिएर काग्रस सभासद डा रामशरण महतले माओवादीका तर्फवाट बर्दियाको राजापूरमा तीनसय बिघा कव्जा गरिएको भन्दै आपत्ति जनाउनु भएको हो । कागे्रसले माओवादीवाट कव्जा गरिएको सम्पत्ति विबरणवारे श्वेतपत्र जारीगर्न सरकारसंग माग गरेको छ । महतले माओवादीले व्यक्तीको सम्पत्ति कव्जा गरिरहेको अबस्थामा गृहमन्त्रालयको जिम्म्ेवारी माओवादीलाइ दिन नहुने दावी गर्नुभयो । 

‘एकातिर जग्गा कव्जागर्दै जानेक्रम छ, महतले भन्नुभयो– यही अबस्थामा गृह मन्त्रालयको जिम्मेवारी माओवादीलाइ दिए भयाभह स्थिति सृजना हुनेछ, ।’ उहाँले द्वन्दकालमा कव्जा गरिएका सम्पत्ति फीर्ता गर्ने प्रतिबद्धता आएपनि कव्जा गरिएका सम्पत्ति फीर्ता नभएको भन्दै आपत्ति जनाउनुभयो । कागे्रस नेता विनयध्वज चन्द लगायत सयौ कार्यकर्ताको हजारौ विघा जमिन गैर कानूनी ढंगले बल जफ्ती कव्जा गरिएको सम्पत्ति फीर्ता गर्न महतले सरकारसंग माग गर्नुभयो ।

सम्बैधानिक समितिद्वारा आफ्नै मस्यौदामा छलफलः 

संविधानसभा सम्बैधानिक समितिले बिषयगत समितिको हैसियतमा आफैले तयार गरेका मस्यौदामाथी छलफल सुरु गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकमा नयाँ संविधानको प्रस्तावनामा छलफल भएको सभासद सुनिल प्रजातिले जानकारी दिनुभयो । प्रस्तावनामा रहेको जनयुद्ध, बहुलवाद र आत्मनिर्णयको अधिकार जस्ता शव्द राख्ने नराख्ने बिषयमा छलफल भएपनि सहमति जुटन नसकेको उहाँले बताउनुभयो । 

सम्बैधानिक समितिको मस्यौदामा सबैभन्दा धेरै ८९ बुदामा मतदान भएको थियो । सम्बैधानिक समितिले नै तयार गरेको भएपनि उच्चस्तरिय कार्यदल र संविधानसभामा व्यक्त विचार समेटिएर आएकोले औपचारिक छलफल गरिएको समिति सभापति निलाम्बर आचार्यले बताउनुभयो ।  

काठमाडौँ विपतमा उच्च जोखिममा छ ः प्रधानमन्त्री

काठमाडौँ, ०२ फागुन । प्रधानमन्त्री झलनाथ खनालले नेपालको विपत न्यूनीकरणका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । 
राजधानीमा आज विपत न्यूनीकरणसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री खनालले सरकारले मात्र प्रयास गरेर विपत न्युनिकरण नहुने बताउनुभयो । विपत न्युनिकरणका लागी सबै क्षेत्रले सहयोग गर्नुपर्ने प्रधानमन्त्री खनालको भनाइ थियो । प्रधानमन्त्री खनालले राजधानी काठमाडौं नै उच्च जोखिममा रहेकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी भएको बताउनु भयो । नेपालको विपद कम गर्नका लागी दातृ निकायको महत्वपुण भूमिका रहेकाले सहयोग निरन्तर कायमा राख्न दातृ निकायका प्रतिनिधीलाई आग्रह पनि गर्नुभयो । 
नेपालको विपत न्यूनिकरणको लागि  कसले कस्तो भुमिका निर्वाह गर्नु आवश्यक छ भन्नेबारेमा छलफल गर्न आजवाट सुरु भएको गोष्ठीमा संयुक्त राष्ट्रसंघ, अमेरिकी समुन्द्री सेनाका प्रतिनिधी, न्यूजिल्यान्डका क्राइस्ट चर्चका मेयर, पाकेस्तानी सेनाका थ्रिस्टार जनरललगायतका प्रतिनिधीहरुकोे सहभागिता छ । 

अ‍ेटेरो प्र्रधानमन्त्री

अमेरिकाले भुटार्नी शरणार्थी समस्याबारे भुटान सरकारस“ग वार्ता गर्न नेपाल सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री झलनाथ खनालस“ग आज भएको भेटमा अमेरिकी उप–विदेशमन्त्री मारिया ओटेरोले  भुटानी शरणार्थी समस्या समाधानबारे वार्ता गर्न सुझाव दिनुभएको हो । ओवामा प्रशासनकी विश्व मामिला हेर्ने उप–विदेशमन्त्री ओटेरो लाई प्रधानमन्त्री खनालले भुटानी शरणार्थीको स्वदेश फर्कने चाहाना पुरा गर्न सरकार वार्ताका लागि तयार रहेको बताउनुभएको छ । भेटपछि सञ्चारकर्मीस“ग कुरा गर्दै ओटेरोले भुटानी शरणार्थी समस्या समाधानबारे सरकारले फहल गर्ने जवाफ दिएको जानकारी दिनुभयो । उहा“ले तिब्बती शरणार्थी समस्याका बारेमा पनि प्रधानमन्त्री खनालस“ग चासो राख्नुभभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले जानकारी दिनुभयो । 

जवाफमा प्रधानमन्त्री खनालले दुई देशमा मामिला भएका कारण तिब्बती शरणार्थी समस्या छलफलका आधारमा सुल्झाइने बताउनुभएको थियो । भेटमा अमेरिकी उप–विदेशमन्त्री ओटेरोले खनाल नेतृत्वको सरकारले शान्ति र संविधान निर्माण प्रकृयालाई निष्कर्षमा पु¥याउने विश्वास ब्यक्त गर्नुभएको थियो । खनालले ४ महिनाभित्र संविधान निर्माण र शान्ति प्रकृया दुवै कार्यलाई पुर्णता दिन सरकार प्रतिवद्ध रहेको विश्वास दिलाउनुभएको छ । 
यसैबिच अमेरिकी उपबिदेशमन्त्री मारिया ओटेरो तीन दिने नेपाल भ्रमण पुरा गरि आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ राती साढे ११ बजे स्वदेश फर्कन लाग्नु भएको हो ।  

गोर्खा आन्दोन चर्कियो, स्वेच्छिक गिरफ्तारी

गोर्खाल्याण्ड आन्दोलनमा उत्रिएकाहरुमा माथी प्रहरीले रातमा धरपकड सुरु गरेपछि त्यसको विरोधमा भारतको सिलगुडि, दाजिलिर्ङ, कसार्ङका बासिन्दाले स्वच्छिक गिरफ्तारी दिएका छन् । 

सिमा सुरक्षा बल र केन्द्रीय अर्ध सैनिक बलका सुरक्षाकर्मीले रातको समयमा धरपकड र दुब्यववहार गरेको भन्दै सात हजार स्थानियले सामुहिक गिरफ्तारि दिएका हुन् । बंगाल सरकारले गोर्खा आन्दोलन चर्किएपछि दाजिलिङ लगायतका क्षेत्रमा दिनुहँ हुने प्रर्दशनमा धरपकड गर्दै आएको छ । गोर्खाल्याण्डको माग गर्दै दाजिलिङबासीले ६ दिन यता दाजिलिङ बन्द गराउँदै आएका छन् ।

नेपाली सेनाको गस्तीसँगको मुडभेडमा एक शिकारीको मृत्यु 

बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागी गए राति एक शिकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया शिवपुरका जिमा थारु रहेको सेनाले जनाएको छ । गए राति सवा दश बजे शिकारीहरुसँग जम्काभेट भएको र शिकारीहरुलाई गस्ती टोलीले चेतावनी दिँदा समेत शिकारीहरुले गस्ती टोली माथी फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारवाही गर्दा थारुको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । केही शिकारहरु भाग्न सफल भएको तथा एकलाइ सेनाले नियन्नत्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकामा सेनाकै प्युठ दलबहादुर राना रहेको सेनाले तथा उनलाइ हाल निकुञ्ज प्रशाशनमा बुझाइएको नेपाली सेनाले जनाएको छ । मृतक थारु यसअघि पनि चोरी शिकारीको आरोपमा पक्राउ परि धरौटिमा रिहा भएका थिए । 

यसैबिच पर्साको महुवनस्थित प्रहरी चौकीमा बागेश्वरी तित्रौनाका स्थानिय बासिन्दाले आक्रमण गरेका छन् । स्थानियबासिन्दाको आक्रमणमा पा“च जना प्रहरी घाइते भएका छन् । ढुङ्गागिटी ओसार्ने लु १ त ५८९४ नम्बरको ट्याक्टर चालकलाई प्रहरीले कुटपिट गरेको विरोधमा उनीहरुले चौकीमा आक्रमण गरेका बुझिएको छ । कुटपिटबाट प्रहरी साहयक निरीक्षक पद्मलाल चौधरीलगायत ५ जना घाइते भएको इलाका प्रहरीले जनाएको छ । घुस नपाएको आक्रोशमा प्रहरीले कुटपिट गरेको स्थानीय बासिन्दाको आरोप छ । 
खेल समाचार

ब्रायन एडम्सको कन्सर्टका लागी मैदान दिन परिषद् कर्मचारीले घुस मागेको खुलासा 

राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुले ब्रायन आडम्सको यहि शुक्रबार रङगशालामा आयोजना हुने साङगितीक कार्यक्रममा परिषद् पदाधिकारीहरुले घुस लिन खोजेको आरोप लगाएका छन् ।

परिषद् कर्मचारीहरुले आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि साङगितीक कार्यक्रमका लागि रङगशाला उपलब्ध गराउने सम्बन्धमा परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य समिम मियाँ अन्सारीले घुस लिन खोजेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सँघका अध्यक्ष नारायणदेश राणाले साङगीती कार्यक्रमको आयोजक जेपिआर ईभेन्टसँग एक दीनका लागि पाचँ लाखमा रङगशाला उपलब्ध गराउने सम्झौता गरि सकेपनि परिषद् उपाध्यक्ष तिम्सिनाले आयोजकसँग १० लाख माग गरेको आरोप लगाए ।

साथै अध्यक्ष राणाले परिषद् सदस्य समिम मियाँ अन्सारीले साङगितीक कार्यक्रमका लागि रङगशालाको तयारीको जिम्मेवारी पाएको कर्मचारीसँघसँग सात लाख रुपैँया घुस मागेको आरोप लगाएका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष राणाले यस सम्बन्धमा सदस्य अन्सारीसँग कुरा भएको अडियो रेकर्ड समेत सुनाएका थिए ।

यस अघि भएको सम्झौता अनुसार ब्रायन आडम्सको साङगितीक कार्यक्रम बातप परिषद्लाई प्राप्त पाचँ लाख रुपैया राष्ट्रिय खेलकुद परिषद्ले परिषद् कर्मचारी सँघलाई प्रदान गरेको थियो । परिषले रङगशालामा खेलकुद बाहेक अन्य कार्यक्रमका लागि एक दीनका लागि पाचँ लाख रुपैयाँ लिने गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष राणाले राष्ट्रिय खेलकुद परिषद्मा यस अघि पनि धेरै भ्रष्टचार भएको जिकीर गर्दै सबैको छानबिन गरि कार्वाही गर्न समेत माग गरेका थिए । 

रोनाल्डो सन्यास

ब्राजिलका चर्चित फुटबल खेलाडी रोनाल्डोले आजबाट सबै खाले फुटबल प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन् । ३४ बर्षे रोनाल्डोले यस अघि यस सिजनको अन्य पछिमात्रै सन्यासको घोषण गर्ने जनाएपनि चोट र फिटनेशका कारण सन्यासको घोषण गर्नुपरेको बताएका छन् । तिन पटकको फिफा बर्ष खेलाडीको सम्मानबाट सम्मानित रोनाल्डोलाई बिश्वकै सफल मध्येको खेलाडी मानिन्छ । रोनाल्डोको नाममा बिश्व कप फुटबलको ईतिहासमा सर्बाधिक १५ गोल गर्ने रेकर्ड कायम छ । 

उनले उक्त रेकर्ड २ हजार ६ मा जापान र कोरियाले सँयुक्त रुपमा आयोजना गरेको बिश्व कप फुटबल प्रतियोगिताको दौरान पुरा गरेका थिए । रोनाल्डो ब्राजिलले सन् १९ सय ९४ र २ हजार २ मा बिश्व कप फुटबलको उपाधी उचाल्दा राष्ट्रिय टिमको सदस्य रहेका थिए । ब्राजिलको राष्ट्रिय टिमबाट ९७ खेल खेलेका रोनाल्डोले हाल सम्म ६२ गोल गरेका छन् । बिश्वका चर्चित मध्येको स्पानिस क्लब बार्सिलोना, रियाल म्याड्रिड ईटालीको ईन्टर मिलान लगायतका क्लबहरुबाट ब्यबसाथीक फुटबल खेलेका रोनाल्डो पछिल्लो समय घरेलु क्लब कोरिन्थीयन्ससँग सम्बन्धित थिए । 

No comments: