अख्तियारद्धारा नेपाल प्रहरीका रमेश चन्द्र ठकुरीसँग सोधपुछ
![]() |
Chief of Nepal Police Ramesh Chandra Thakuri |
काठमाण्डौं, २१ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरीसँग सुडान घोटाला प्रकरणबारे सोधपुछ गरेको छ । संयुक्त राष्ट्रसंघ मातहत सुडानमा खटिएको नेपाल प्रहरीलाइ पठाइएको सामाग्री (एपीसी) घोटला प्रकरणमा सामाग्रीलाइ जाँचबुझ नगरी रकम भुक्तानि दिएको भन्दै अख्तियारले ठकुरीलाइ बोलाएको हो ।
अख्तियारले डाकेपछि प्रहरी महानिरीक्षक ठकुरी बिहान ११ बजेर २५ मिनेटमा अख्तियार पुग्नुभएको थियो । ठकुरीलाई एपीसी प्रकरणमाथि अनुसन्धान गर्न गठित अख्तियारका सह न्यायाधिवक्ता राजेन्द्र सुवेदी नेतृत्वको ३ सदस्यीय अनुसन्धान टोलीले झण्डै चार घण्टा सोधपुछ गरेको थियो ।
अख्तियारले नेपाल प्रहरीका लागी सुडान पठाएको सामाग्रीको अन्तिम भुक्तानी गर्न २०६६ साल साउन १९ गते सम्म म्याद भए पनि किन एक महिना अघि भुक्तानि दिएको बारे ठकुरीस“ग जिज्ञासा राखेको थियो । यसैबिच अख्तियार दुरुपयोगन अनुसन्धान आयोगले आवश्यक परे नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृह मन्त्री कृष्ण सिटौलालाइ समेत सोधपुछका लागी बोलाउने जनाएको छ ।
एपीसी घोटला प्रकरणबारे छानबिन गर्न यसअघि गठित दुई छानबिन समितिको प्रतिवेदनले महानिरीक्षक ठकुरीलाई अनुसन्धानको दायरमा ल्याउनु पर्ने सुझाव दिएपछि अख्तिीयारले यसबारे छानविन गरेको हो । संसदको सार्वजनिक लेखा समिती अन्तरगतको उपसमितीले पनि स्थलगत अध्ययन गरि घोटाला भएको ठहर गरेको थियो ।
सुडान घोटाला प्रकरणमा ४४ करोड ७३ लाख लाखको खरिदमा साढे ३० करोड बरावरको घोटाला भएको संसदिय समितीले प्रतिवेदन सार्वजनिक गरेको थियो । महानिरीक्षक ठकुरीले रकम फिर्ता नआउने स्थिति जानकारी हुंदाहुंदै बुक फर लोनको वहानामा अन्तिम दुइ भुक्तानी दिएको भन्दै अख्तियारले बयान लिएको हो ।
सुनसरीमा भएको सडक दुर्घटनामा दशको ज्यान गयो
सुनसरी, २१ चैत्र । सुनसरीको भोक्राहामा आज दिउँसो भएको यात्रुवाकह बस दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्ड अन्तरगत सुनसरीको भोक्राहामा पुर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख २३७० नम्बरको यात्रुबाहक बस र बिपरीत दिसाबाट आँउदै गरेको ना २ ख ६८३५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा परि मृत्यु हुनेमा सप्तरी फत्तेपुर ४ की बर्ष ६० की अम्बीका बस्नेतको मात्रै नाम खुलेको छ । घटनामा परि ६० भन्दा बढि घाइते भएको तथा घाइते मध्ये २५ भन्दा बढिको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । दुर्घटनामा परि ३ जनाको घटना स्थलमा, ४ जनाको न्यूरो अस्पताल बिराटनगर, २ जानाको जिल्ला अस्पताल इनरुवा र २ जनाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख भुपाल कुमार भण्डारीले जानकारी दिनु भयो । दुर्घटनामा परि मृत्यु हुनेमा चार जना महिला रहेका छन् ।
घाइते भएकाहरुको जिल्ला अस्पताल इनरुवा, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
स्वेच्छिक राजीनामालाइ दाउपेच नबनाउः प्रधानमन्त्री
प्रधानमन्त्री झलनाथ खनालले अर्थसचिव रामेश्वर खनालको स्वेच्छिक राजीनामालाइ राजनीतिक बहस र दाउपेचको बिषय नबनाउन सबैसंग आग्रह गर्नुभएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकलाइ संवोधनगर्दै प्रधानमन्त्री खनालले र्असचिवको राजीनामावाट आफू समेत आश्चर्य र दुखीत भएको स्मरणगर्दै यसविषयलाइ अनावस्यक राजनीति करण नगर्न आग्रह गर्नुभएको हो । वास्तविकता विपतिर नक्कली भ्याट विलसंग जोडेर अर्थसचिवको राजीनामा जोडेर बिषयलाइ उछाल्नु दुभाग्पूर्ण भएको प्रधानमन्त्रीको भनाइ थियो । अर्थसचिव खनालले राजीनामागर्दा आफुसंग सम्पर्क नगरेको स्मरणगर्दै प्रधानमन्त्रीले काममा फर्कीन चाहेमा ससम्मान काममा वहाल गराउने आश्वासन दिनुभयो ।
प्रधानमन्त्री खनालले नक्कली भ्याट विल प्रयोग गर्ने व्यबसायीलाइ सरकारले कुनै हालतमा छुट नदिने प्रतिबद्धता जनाउँदै कर छल्नेलाइ ऐन संशोधन गरेर छुट दिने भन्ने अखबारमा आएका कपोकल्पीत कुरालाइ आधार बनाएर आशंका नगर्न समेत आग्रह गर्नुभयो । उहाँले गैर कानूनि कार्यमा संलग्न युनिट प्रकरणमा गृहमन्त्रालयले छानविन र कारर्वाही प्रक्रिर्या जारी रहेको र कानून बमोजिमको कार्वाही गर्ने स्पष्ट गर्नुभयो ।
सरकार परिवर्तन भएको अबस्थामा राष्ट्रका समस्या संवोधन गर्नेगरी सरकारका नीति तथा कार्यक्रम ल्याउने तयारी तीब्र रहेकोले प्रधानमन्त्रीले बताउनुभयो । अर्थमन्त्रालय बाहिरवाट बजेटको तयारी गरिरहेको भन्ने आरोपको खण्डनगर्दै प्रधानमन्त्री खनालले दलहरुले दिएका सुझावका आधारमा अर्थमन्त्रालयले नै सरकारको बजेट बनाउने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री खनालले तोकिएको समयमै संविधान निर्माण प्रक्रिर्यालाइ निश्कषृमा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउदै शान्तिप्र्रक्रिर्या, लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका पक्षधरवीच एकता जरुरी रहेको बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघको चुनाव
![]() |
Who will be Next Chief ? |
सुरज बैद्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भास्करराज राजकर्णिकार, जिल्ला संघको उपाध्यक्षमा भवानी राणा, एसोसिएटबाट पशुपति मुरारका तथा वस्तुगत संगठनबाट किरण शाखःले उम्मेदवारी दर्ता गराएका छन् । त्यैसैगरि आजादको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष कृष्ण ताम्राकार, वस्तुगत संगठनबाट प्रदीपजंग पाण्डे, जिल्ला संघमा निरत केसी र एसोसिएटबाट प्रदीपमान बैद्यले उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारी दर्तापछि अध्यक्षका प्रत्यासी आजाद श्रेष्ठले आफ्नो उम्मेदवारी निजी क्षेत्रको व्यवसायमा देखिएको समस्या सामाधानका लागि भएको बताउनुभयो । त्यस्तै, अर्का प्रत्यासी सुरज बैद्यले आफू व्यवसायमा देखिएको समस्या समाधानका लागि केन्द्रित हुने बताउनुभयो । महासंघको आगामी नेतृत्वका लागि चैत २९ गते अधिवेशन हुनेछ । चुनावले ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
प्रधान न्यायाधीशको पत्र प्रधानमन्त्रीलाई
काठमाडौँ, २१ चैत । प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले तत्काल संवैधानिक परिषद्को बैठक डाक्न प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गर्नु भएको छ ।
श्रेष्ठले प्रधानमन्त्री खनाललाइ आज एक पत्र लेखेर आउँदो बैशाख २३ गते उमेर हदका कारण आफु सेवा निवृत्त हुने जानकारी गराउँदै तत्काल बैठक बोलाएर नयाँ न्यायाधीश नियुक्तिसम्बन्धी सिफारिस गर्न आग्रह गर्नु भएको हो ।
पत्रमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०१ को १ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्र««पतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुने संवैधानिक व्यवस्था भएअनुसार संवैधानिक परिषद्ले सिफारिस गरेका उमेदवारका लागि नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५५ अनुसार संसदीय विशेष सुनुवाई समितिको प्रक्रिया रहेकाले छिटो बैठक राख्न अनुरोध गरिएको छ ।
शान्ति र संविधान निर्माणमा माओवादी सबैभन्दा ठूलो बाधकः कागे्रस
काठमाण्डौ, चैत्र २१ । नेपाली कागे्रसले शान्ति र संविधान निर्माण प्रक्रिर्यामा एकीकृत माओवादी सबैभन्दा ठूलो बाधक भएको आरोप लगाएको छ । विगतमा भएका शान्ति सम्झौता र सहमतिको कार्यान्वयन नगरेर शान्ति प्रक्रिर्यालाइ टुगिंन नदिने माओवादी नियत स्पष्ट भएको कागे्रसको ठहर छ । संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको संसदीय दलको बैठकले संवैधानिक समिति अन्तरगत गठित उपसमितिलाइ माओवादीले पंगु बनाउने खेल खेलेको आरोप लगाएको हो ।
सरकारको नेतृत्व गरेको नेकपा एमालेपनि माओवादी एजेण्डाकै पछि लागेको कागे्रसको ठहर गरेको बैठकपछि संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिनुभयो । सरकारमा आफ्नो संलग्नताविना शान्ति र संविधान निर्माणको काम अघि बढ्न नदिने माओवादीको अडानले संविधानसभाको पहिलो कार्यकाल त्यसै खेर गएको र थपिएको एब बर्षको कार्यकाल पनि निरर्थक बन्दै गएको कागे्रसले ठहर गरेको छ । कागे्रसले जेठ १४ मा संविधान बन्ने दिशामा देखिएका अबरोध हटाइ निर्धरित समयमै शान्ति र संविधान बन्ने वाताबरण बनाउन माग गरेको छ ।
कागे्रसले पूरक बजेट ल्याउने सरकारी निर्णय र उर्जा संकट समाधानका नाममा संसदमा रहेका दललाइ विश्वासमा नलिइ काम गर्न खोजेको भन्दै असहमति जनाएको छ । संसदवाट पारित बजेट अनुसारका विकास निर्माण कार्यक्रम संचालन रोक्न अर्थमन्त्रालयवाट गरिएको परिपत्रले देश गम्भीर आर्थिक अनुसाशन हिनतातर्फ अघि बढेको तथा गैरसंवैधानिक शक्ति केन्द्रको प्रभाव बढेको कागे्रसको आरोप छ । सत्तारुढ दलकै कारण मुलुक गम्भीर अबस्थामा पुगेको पुगको भन्दै सबैदललाइ सचेत हुन आह्वान गरिएको प्रवक्ता जोशीले बताउनुभयो ।
यसैबीच, कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीका कारण जेठ १४ मा संविधान नबन्ने खतरा बढ्दै गएको बताउनु भएको छ । शान्ति प्रक्रिर्या अगाडि बढाउन नचाहानु तथा संवैधानिक समितिको उपसमितिलाइ पंगु बनाइएकोले संविधान नबनाउने माओवादीको नियत छर्लङ बन्दै भएको उहाँको दावी थियो । संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकारहरुसंग कुरागर्दै नेता पौडेलले शान्ति प्रक्रिर्यावारे ठोस निर्णयगर्न माओवादी राजी नभएको बताउनु भएको हो ।
‘जेठ १४ मा संविधान जारीगर्ने माओवादी छाटकाट देखिएन, पौडेलले भन्नुभयो, त्यसवाट माओवादीलाइ उम्किन हामी दिदैनौ ।’ माओवादी जनसेनाका लडाकूलाइ विशेष समिति मातहत ल्याउन गरिएको कार्यक्रम राष्ट्रिय÷ अन्तराष्ट्रिय समुदायलाइ झुक्काउने चाल भएको पौडेलको आरोप थियो । उहाँले माओवादी लडाकूलाइ व्यबहारिक रुपमै विशेष समिति मातहत ल्याउन सरकारसंग माग गर्नुभयो ।
पूरक बजेटवारे एमालेभीत्रै विबादः
काठमाण्डौं, २१ चैत्र । प्रमुख सत्तारुढ एमालेका सभासद्हरुले आर्थिक वर्ष सकिन लागेको अवस्थामा पुरक बजेट ल्याउन नहुने बताएका छन् । आफ्नै पार्टीको सरकारले ल्याउने तयारी गरिरहेको पूरक बजेटको विपक्षमा एमाले सभासदहरु देखिएका हुन् । एमाले संसदीय दलको आज बसेको बैठकमा सभासद्हरुले पुरक भन्दा अब पूर्ण बजेटको तयारीमा लाग्नुपर्ने बताएको एक सभासदले जानकारी दिए । बैठकमा बोल्ने अधिकांश सांसदहरुले अत्यन्तै छोटो समय मात्र बाँकी रहेका कारण अन्य कुनै विषयमा नसोचि पूर्ण बजेट ल्याउने तयारीमा लाग्न सरकारलाई आग्रह गरेका थिए ।
बैठकमा प्रधानमन्त्री खनालले पूरक बजेटको हल्ला अनावश्यक रहेको भन्दै सरकार पूर्ण बजेटको तयारीमा लागेको बताउनु भएको थियो । खनालले रामेश्वर खनाल राजिनामा प्रकरणलाइ अनावश्यक रुपमा राजनितिकरण गरिएको प्रति समेत सभासद्हरुलाइ जता पायो त्यता नबोल्न समेत आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री खनालले सरकारमा जान चाहेनेको संख्या धेरै भएकोमा आफुलाइ खुसी लागेको बताउनु भएको थियो । खनालले सरकारमा महिला मन्त्री थोरै भएकोमा महिला सभासद्ले आन्दोलन गरे आफुले समेत साथ दिने बताउनुभएको थियो ।
बैठकमा सभासद्हरुले अर्थसचिवको राजीनामाको बारेमा कुरा उठाएपछि यसबारेमा अर्थमन्त्री भरतमोहन अधिकारीले जानकारी गराउनु भएको थियो । अधिकारीले पनि अव आर्थिक वर्षको थोरैमात्र समय बाँकी रहेकोले पूर्ण बजेट नै समयमा ल्याउने तयारी गरिहेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी सरकारमा सहभागी हुने मन्त्रीहरुको छनौट गर्ने जिम्मा पाउनुभएका प्रधानमन्त्री खनालले बैठकमा मन्त्रीहरुको नामावली प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नामावलीमा समेत अधिकांश सदस्यहरुले महिला, दलित, उत्पिडीत, पिछडीएको क्षेत्रलाई नसमेटिएको भन्दै आलोचना गरेका थिए । सांसदहरुको असहमतिका कारण प्रधानमन्त्रीले पेश गर्नुभएको नामावली प्रस्ताव र नीति तथा कार्यक्रम सम्बन्धि धारण स्वीकृत हुन सकेन र बैठक वीनाकुनै निश्कर्ष स्थगीत हुन पुग्यो ।
दुई दिनभित्रमा सरकारलाइ पुर्णता दिने प्रधानमन्त्री र प्रचण्डबीच सहमति
काठमाण्डौ, २१ चैत्र । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई दिनभित्रै सरकारलाई पुर्णता दिने सहमती भएको छ । प्रधानमन्त्री निबास वालुवाटारमा आज बिहान भएको छलफलमा सरकारलाई चांडै पुर्णता दिने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
![]() |
PM JN Khanal With U-CPN Maoist Chief Prachanda |
सरकार गठनको २ महिना बितीसक्दा समेत पुर्णता नपाएकोप्रति सर्वत्र चासो र चिन्ता वढ्दै गएपछि प्रमुख सत्तारुढ दुई दलले तत्काल सरकारलाई पूर्णता दिने पुनः प्रतिबद्धता जनाएका हुन् । यसअघिपनि पटक पटक दुईदलवीच तत्काल सरकारलाई पुर्णता दिने सहमति भएको थियो । आजको छलफलमा बढीमा दुइ दिन भित्रमा पुर्णता दिने सहमति भएको बताइएको छ । सरकारले पुर्णता नपाउंदा एउटै मन्त्रीले अहिले पांच वटा सम्म मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परिरहेको छ ।
सरकारमा सहभागि हुने निर्णय गरिसकेको मधेसी जनअधिकार फोरम र अन्य इच्छुक दलहरु नेकपा माले, माले समाजबादी र नेकपा संयुक्तसंग मन्त्री मण्डल बिस्तारका बिषयमा दुबै पार्टीले निर्णायक छलफल गर्ने समेत आजको बैठकमा निर्णय भएको छ । मन्त्री बन्ने बारेमा एमाले र माओवादीमा समेत आन्तरिक विवाद देखिएपछि सरकारले पूर्णता पाउन नसकेको हो । पटक पटकको छलफलबाट पनि सहमति निस्कन नसकेपछि माओबादी स्थायी समिति वैठकले पार्टी पदाधिकारीलाई र एमालेले प्रधानमन्त्री खनाललाई नै मन्त्री छान्ने जिम्मा दिएको छ ।
सरकारमा सहभागि हुने निर्णय गरिसकेको मधेसी जनअधिकार फोरम र अन्य इच्छुक दलहरु नेकपा माले, माले समाजबादी र नेकपा संयुक्तसंग मन्त्री मण्डल बिस्तारका बिषयमा दुबै पार्टीले निर्णायक छलफल गर्ने समेत आजको बैठकमा निर्णय भएको छ । मन्त्री बन्ने बारेमा एमाले र माओवादीमा समेत आन्तरिक विवाद देखिएपछि सरकारले पूर्णता पाउन नसकेको हो । पटक पटकको छलफलबाट पनि सहमति निस्कन नसकेपछि माओबादी स्थायी समिति वैठकले पार्टी पदाधिकारीलाई र एमालेले प्रधानमन्त्री खनाललाई नै मन्त्री छान्ने जिम्मा दिएको छ ।
निर्धारित समयमै संविधान जारी हुन्छः खनाल
काठमाडौ, २१ चैत्र । प्रधानमन्त्री झलनाथ खनालले आउँदो ४५ दिन भित्र माओवादी लडाकु समायोजन प्रक्रिाय सकिने बताउनु भएको छ । खनालले सेना समायोजन विषेश समिती मातहतको कार्यदलले समायोजनको कार्ययोजनालाइ अन्तिम अवस्थामा पु¥याएको बताउँदै समायोजना प्रक्रिया छिट्टै सुरु हुने समेत बताउनुभयो । नेपाल बुद्धिजीवी परिषदले आज राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री खनालले नेपाली सेनाबाट पछिल्लो पटक प्राप्त प्रस्ताव सकारात्मक भएको समेत टिप्पणी गर्नुभयो ।
खनालले दलहरुबीच सहमती भए निर्धारित समयभित्रै शान्ती प्रक्रिया पुरा भई नयाँ संविधान जारी गर्न सकिने दावि गर्नुभयो । संवैधानिक समिति तथा विशेष समितिमार्फत संविधान निर्माण तथा शान्ती प्रक्रियाका कार्य अगाडी बढाइरहेकोले निर्धारित समयमा संविधान जारी हुने संभावना बढ्दै गएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली काँगेसका सभापति शुशील कोइरालाले मूलुक अत्यन्त संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको भन्दै शान्ती र अमनचयन नभएसम्म संविधान निर्माण हुनै नसक्ने ठोकुवा गर्नु भयो । माओवादी लडाकुको पुर्नस्थपना, व्यवस्थापन तथा समायोजन नभई शान्ती प्रक्रियाले पूर्णता पाउँन नसक्ने उहाँको धारणा थियो । माओवादीले डर, धम्की देखाएर जनातालाई त्रसिद पारेको भन्दै सभापति कोइरालाले शान्ती प्रक्रियामा वाइसिएल तथा जनस्वंयम सेवक दस्ताको आवश्यकता नपर्ने बताउँनु भयो । नयाँ संविधानको रक्षा गर्नका लागि भएपनि शान्ती स्थापना हुनुपर्नेमा सभापति कोइरालाको जोड थियो ।
कार्यक्रममा नेपाली काँगेसका सभापति शुशील कोइरालाले मूलुक अत्यन्त संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको भन्दै शान्ती र अमनचयन नभएसम्म संविधान निर्माण हुनै नसक्ने ठोकुवा गर्नु भयो । माओवादी लडाकुको पुर्नस्थपना, व्यवस्थापन तथा समायोजन नभई शान्ती प्रक्रियाले पूर्णता पाउँन नसक्ने उहाँको धारणा थियो । माओवादीले डर, धम्की देखाएर जनातालाई त्रसिद पारेको भन्दै सभापति कोइरालाले शान्ती प्रक्रियामा वाइसिएल तथा जनस्वंयम सेवक दस्ताको आवश्यकता नपर्ने बताउँनु भयो । नयाँ संविधानको रक्षा गर्नका लागि भएपनि शान्ती स्थापना हुनुपर्नेमा सभापति कोइरालाको जोड थियो ।
यसैगरी एकिकृत नेकपा माओवादी स्थायी समिति सदस्य लिलामणी पोखरेलले शान्ति र संविधान निर्माणसंगसंगै राष्टिय स्वाधिनताको सवाललाई पनि छोड्न नहुने बताउनु भयो । उहँले शान्ति र संविधान समयमा नै टुङ्ग्याउन सबै दल एकजुट हुनुपर्ने बताउनु भयो । नेता पोखरेलले संविधान लेखनमा माओवादीले अवरोध गरेको आरोध असत्य भएको भन्दै नयाँ संविधान माओवादीकै एजेण्डा भएकोले माओवादी संधै शान्ति र संविधानको पक्षमा रहेको बताउनु भयो ।
बेलायत रक्षा मन्त्रालयद्धारा गोर्खा भर्तीमा कटौती
काठमाण्डौं, २१ चैत्र । बेलायत सरकारले सैन्य कटौती स्वरुप बेलायती सैनिकमा रहेको गोर्खाहरुमा समेत कटौतीको घोषणा गरेको छ । बेलायती रक्षा मन्त्रालयले रक्षा बजेटमा भएको कटौती तथा सरकारी खर्च कटौतीको निती अनुसार सैन्य कटौति गर्न लागिएको जनाएको छ ।
मन्त्रालयले आउँदो ५ बर्षमा ७ हजारको संख्यामा बेलायति सैन्य कटौति गरिने उल्लेख गर्दै बेलायति सैनिकमा रहेका गोर्खाहरुको संख्यामा समेत ७ सयले कटौति गरिने उल्लेख गरेको छ । सन् २०१५ सम्ममा गोर्खा सैनिकको बिग्रेडमा कटौती गरि २९ सय पु¥याउने लक्ष्य अनुसार कटौति गर्न लागिएको बेलायती राजदुतवासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
दुतावासले जारी गरेको विज्ञप्तीमा कटौती चार चरणमा हुने उल्लेख गर्दै पहिलो चराण्मा १६५ गोर्खाहरुलाइ आउँदो सेप्टेम्बर सम्ममा कटौति गरिने जनाइएको छ । उनीहरुलाइ कार्यक्षमताका आधारमा कटौती गरिने विज्ञप्तीमा उल्लेख छ । यद्यपी बेलायती रक्षा मन्त्रालयले स्वेच्छीक रुपमा सेना छाड्न चाहनेलाइ बाटो खुला राख्ने जनाउँदै त्यसो नभए केहीलाइ हटाइने समेत जनाएको छ ।
यद्यपी बेलायति रक्षा मन्त्रालयले विभिन्न इकाइ अन्तरगत कार्यक्षेत्रमा खटिएका सैनिकको कटौती नगरिने स्पष्ट गरिएको छ । मन्त्रालयले कटौतिमा पर्नेहरुको चयन सैन्य अधिकृतहरुले गर्ने जनाउँदै पेन्सनका नजिक रहेकाहरु कटौतीमा पर्ने उल्लेख गरेको छ । यद्यपी बेलायती रक्षा मन्त्रालयले बेलायती सैनिकको गोर्खा बिग्रेडमा सक्षम युवाको आवश्यकता रहेको जनाउँदै सैन्य भर्नामा कटौती नहुने जनाएको छ । बेलायती सैनिकमा यसबर्ष १७६ जनालाइ भर्ना लिइने समेत मन्त्रालयले जनाएको छ ।
सदुरपश्चिममा ५.७ रेक्टरस्केलको भुकम्प
काठमाडौँ, २१ चैत । सुदूर पश्चिमाञ्चल क्षेत्रको दार्चुला आज साँझ ५ बजेर १६ मिनेट जाँदा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प दार्चुला जिल्लाको छाप्री आसपास केन्द्रविन्दु बनाई गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ । भुकम्पको धक्का केलाली सम्म महसुस गरिएको थियो । भूकम्पको झट्कासँगै आ–आफ्नो घर–पसलमा बसिरहेका सर्वसाधारणहरु हतारिँदै घर–पसल बाहिर निस्केका थिए । भुकम्पका कारण हालसम्म क्षति भए नभएबारे भने हालसम्म कुनै विवरण नआएको प्रहरीले जनाएको छ । भूकम्पको झट्का सुदूरपश्चिमका डडेलधुरा, डोटी र बझाङ लगायतका जिल्लामा समेत महसुस गरिएको थियो ।
अन्तराष्ट्रिय समाचार
ओबामाद्धारा थप कार्यकालका लागी नयाँ निर्वाचनमा उठ्ने प्रस्ताव
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१२ मा हुने निर्वाचनमा समेत पुन राष्ट्रपतिको उमेद्धार बन्ने इच्छा ब्यक्त गरेका छन् । ओबामाको समुहले एक भिडियो सार्वजनिक गर्दै ओबामाको नयाँ कार्यकालको कार्ययोजना समेत प्रस्तुत गरेका छन् । ओबामाको समुहले राष्ट्रपति ओबामाको सन् २००८मा भएको निर्वाचनका लागी तयार गरिएको नेटवर्क मार्फत उक्त भिडियो सार्वजनिक गरेको हो । राष्ट्रपति ओबामाले उमेद्धारी घोषणा गर्ने विश्वब्यापि अपेक्षा गरिएको थियो । राष्ट्रपति ओबामाको समुहले यसैसाता नयाँ कार्यकालका लागी मनोनयन दर्ता गर्ने समेत बताइएको छ ।
यसैबिच राष्ट्रपति ओबामाले आफ्ना समर्थकलाइ एक इमेल गर्दै आफ्नो नयाँ कार्यकालका लागी छिट्टै प्रचार सुरु गरिने बताएका छन् । उनले आफ्नो पुरानो कार्यकाल द्रुत गतिमा अगाडी नबढेपनि आफुले जिम्मेवारी निभाइरहेको उल्लेख गरेका छन् । उनले आफ्नो कार्ययोजना पुरा गर्न थप आधारतय गर्न जरुरी रहेको समेत उल्लेख गर्नुभएको छ ।
खेल समाचार
नेपाली टोली एएफसी च्यालेन्ज कपका लागी तयार
![]() |
AFC CHALLENGE CUP GROUP 'D' NEPAL |
बिहीबारबाट काठमाडौंमा सुरु हुने एएफसी च्यालेन्जकपको छनौट खेलका लागी नेपाल तयार भएको छ । समूह डी मा रहेको नेपालले शक्तिशाली उत्तर कोरिया तथा समान हैसियतका श्रीलंका र अफगानिस्तानको सामना गर्नुपर्नेछ ।
फिफा वरियताक्रममा नेपाल भन्दा ५९ औं स्थान माथि रहेको कोरियालाई बराबरीमा रोक्ने र वरियता क्रममा आफू भन्दा तल रहेका अफ्गानिस्तान र श्रीलंकालाई हराउन सके एएफसी च्यालेञ्ज कपका लागि छानिने नेपालको संभावना छ । तर प्रतियोगिता नजिकिदै गर्दा नेपाली खेलाडीहरुमा फिटनेसको समस्या देखिएको छ ।
नेपालले पहिलो खेलमा बिहीबार अफगानीस्तानसँग प्रतिष्पर्धा गर्नेछ । यस्तै चैत २६ गते बलियो मानिएको उत्तर कोरिया र २८ गते श्रीलंकासंग खेल्नेछ । नेपालले सबै खेल दशरथ रंगशालमा खेल्नेछ । प्रतियोगिताका अरु खेलहरु भने सशस्त्र प्रहरीको हल्चोक मैदानमा हुनेछ । शीर्È स्थानका दुई टिम च्यालेञ्जकपका लागि छानिनेछन् ।
प्रतियोगिताको लागि एन्फाले एक महिना अघि मात्र २३ सदस्यीय टिम घोÈण गरेपनि खराब आचरण देखाएको भन्दै शिव श्रेष्ठ र अनिल ओझा निलम्बनमा परेपछि नेपाली टोली अहिले २१ सदस्यीय रहेको छ । बेलायती प्रशिÔक ग्राहम रोबर्टको रेखदेखमा रहेको नेपाली टोलीे ६ सातादेखि बन्द प्रशिक्षणमा छ ।
च्यालेन्जकपमा छनौट हुन नेपाली टोलीको सबैभन्दा ठूलो बाधक उत्तर कोरिया रहेको छ । फिफा बरियता क्रममा कोरिया नेपाल भन्दा ५९ औ स्थान माथि रहेको उत्तर कोरियालाई बराबरीमा रोक्न सके नेपालको ढोका खुल्न सक्छ । तर नेपालले अफगानिस्तान र श्रीलंकालाई भने पराजित गर्नुपर्ने हुन्छ । फिफा बरियात क्रममा श्रीलंका नेपाल भन्दा एक स्थान तल छ भने अफगानिस्तान २३ औ स्थानमा रहेको छ ।
No comments:
Post a Comment