संवैधानिक उपसमिति संयोजकको विबादका कारण तीनदलको बैठक स्थगितः
![]() |
UCPN-Maoist Leader Narayankaji Shrestha "Prakash" |
काठमाण्डौं, २२ चैत्र । तिन दलका शिर्षस्थ नेताहरुहरु संवैधानिक समिति अन्तरगत गठित उपसमितिको संयोजकमा देखिएको विबाद र संवैधानिक समितिमा उत्पन्न विबाद समाधानगर्न असफल भएका छन् । संविधानसभा अध्यक्ष र संवैधानिक समितिका सभापति सहित बसेको तीनदलका शीर्ष नेताको बैठकमा उपसमितिलाइ सक्रिय बनाउनेवारे छलफल भएपनि संयोजक विबादका कारण बैठक बैठक निष्कर्ष विहिन बनेको हो ।
संविधानसभा सचिवालय सिंहदरवारमा आज बिहान बसेको तीनदलका शीर्ष नेताको बैठकमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समयाभावका कारण उपाध्यक्ष प्रकाशलाई संयोजक बनाउन प्रस्ताव गरेपनि अन्यदलले ठाडै अस्वीकार गरेका थिए । तीनदलको भोली बस्ने वैठकले उपसमति संयोजक चयनको टुंगो लगाउने माओबादी उपाध्यक्ष प्रकाशले जानकारी दिनुभयो ।
उहांले संयोजक चयनका बिषयमा आज गम्भिर छलफल भएपनि दलहरुको आ–आफ्नै अडानका कारण सहमति हुन नसकेको वताउनुभयो । काग्रेस नेता बिमलेन्द्र निधीले उपसमितिको संयोजक प्रचण्डनै बन्दा विबाद समाधान हुने धारणा राखेको बताउनुभयो ।
प्रचण्डले आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजकमा प्रस्ताव गर्नु भएपनि काँग्रेस एमाले लगायतका दलले माओवादी अध्यक्षनै उपसमितिमा बस्नुपर्ने बताउंदै आएका छन् । प्रधानमन्त्री झलनाथ खनाल सहित उपस्थित बैठकमा जेद्ध १४ मै संविधान जारी गर्नेगरी छलफल गर्ने सहमति भएको छ । बैठकले संवैधानिक समितिमा दलित र मुस्लिमका मुद्दा समावेश गर्न सभासदले दिएको दवाब अनुसार संविधानमा अधिकार सुनिश्चित गनुर्पेवारे छलफल भएको निधिले बताउनुभयो ।
पार्टी भीत्रका रजौटा प्रबृत्तिबिरुद्ध लड्नेः भट्टराइ
काठमाण्डौं, २२ चैत्र । एकीकृत माओवादीका उपाध्यक्ष वाबुराम भट्टराइले पार्टि कार्यकर्ताहरुलाइ मओावादीले कस्तो विचार राख्ने भन्नेबारे कार्यकर्ता प्रष्ट भएर आउनुपर्ने बताउनु भएको छ । भट्टराइले भन्नुभयोः कुन विचार सही र वैज्ञानिक छ भन्नेबारे कार्यकर्ताले सही निर्णय गर्ने समय आइसकेको छ ।
पार्टीभित्र रहेको राजा–रजौटा प्रवृत्तिविरुद्ध पनि डटेर लड्नुपर्ने उहाँको भनाइ थियो । गोरखा विद्यार्थी समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टराइले पार्टीभीत्र जारी बैचारिक बहस पार्टीलाइ सही दिशा दिनकालागि भएको दावी गर्नुभयो । उहाँले माओवादी पार्टी फुटछ भन्ने आशंका सही नभएको दावीगर्दै वैचारिक बहसमात्र भएको बताउनुभयो ।
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आप्mनो दलले राष्ट्रिय स्वाधीनता र क्रान्तिकारी आन्दोलनविरुद्ध कसैसँग सम्झौता नगर्ने प्रष्ट पार्नुभयो । कार्यक्रममा उपाध्यक्षद्वयले शान्ति–प्रक्रिया र संविधान लेखन कार्यलाई धरापमा पारेर मुलुकमा राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको आरोप लगाएका थिए । भट्टराइले राष्ट्रपतिलाई अघि सारेर शान्ति र संविधान नबनाउने हर्कत भए जनताले नयाँ खालको आन्दोलन उठाउने बताउँदै यसका लागि सर्तक रहन आग्रह गर्नुभयो ।
प्रकाशले शान्ति–प्रक्रिया तार्किक निष्कर्षमा पु¥याउन र संविधान लेख्न नदिइए जनविद्रोह गरेर क्रान्ति सम्पन्न गरिने उहाँको दाबी थियो । एकअर्काे प्रसङ्गमा उपाध्यक्ष श्रेष्ठले आफू र उपाध्यक्ष भट्टराईबीच घनिष्ट सम्बन्ध रहेको दावीगर्नुभयो ।
माओवादी पदाधिकारी बैठक निश्कर्षविहिनः
मजदुर संगठनमा देखिएको विबाद समाधानगर्न बसेको एकीकृत नेकपा माओवादी पदाधिकारीको अनिर्णित बनेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा दिउसो झण्डै पाँचघण्टा बसेकोे बैठकमा मजदुर संगठनको महाधिवेशनका लागि छलफल भएपनि कुनै निश्कर्ष निस्कन नसकेको हो । टुक्रिएका तीनवटै संगठन विघठनगरी महाधिवेशन आयोजक समिति गठनको निर्णयमा पुगेको माओवादीले आज तीन वटै संगठनका नेताहरुसंग छलफल गरेको थियो । बैठकमा महाधिवेशन आयोजक समितीको नेतृत्वका विषयमा विवाद भएको बुझिएको छ ।
बैठकपछि माओावादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भोली बस्ने बैठकले महाधिवेशन आयोजक समिति गठन गर्ने जानकारी दिनुभयो । स्रोतका अनुसार बैठकमा मजदुर संगठनका निवर्तमान अध्यक्ष शालिकराम जमकट्टेलले कार्यसमिति विघठन गरिएकोप्रति तीब्र आपत्ति जनाउनु भएको थियो ।
सरकार ढल्ला जस्तो छः शान्तिमन्त्री
काठमाण्डौं, २२ चैत्र । शान्ति तथा पूनर्निर्माणमन्त्री वर्षमान पुन अनन्तले एमालेकै केही नेताहरु वर्तमान सरकारलाइ असफल बनाउन लागिरहेको बताउनु भएको छ । काठमाडौंको गागलफेदीस्थित सिद्धिगणेश माविको ३२ औं बार्षिकउत्सवलाई सम्बोधन गर्दै मन्त्री पुनले एमालेका केही नेताले सरकारलाई असफल बनाएर आफुसुहाउंदो व्यक्तिलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न थालेको आरोप लगाउनुभएको हो ।
पुनले एमालेकै कारण शान्तिप्रक्रिया र संविधानलेखनमा बाधा उत्पन्न हुने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । माओवादी सेना समायोजनबारे स्पष्ट भएन भन्ने कांग्रेस र एमाले आफै समायोजनबारे अस्पष्ट रहेको उहांले टिप्पणि गर्नुभयो । शान्ति र संविधान निर्माणको दिशामा केन्द्रित हुनुपर्ने बेलामा कांग्रेस र एमालेका केही नेताहरु सरकार ढाल्ने खेलमा लागेको उहांले आरोप लगाउनुभयो ।
शोक प्रस्ताव पारित गरेर कागे्रस बैठक स्थगितः
पूर्ब केन्द्रीय सदस्य कृष्णबहादुर गुरुङको निधनप्रति शोक प्रस्ताव पारितगर्दै कागे्रस केन्द्रीय समितिको बैठक आइतवार सम्मका लागि स्थगित भएको छ । भातृ संगठनहरुमा देखिएको विबाद समाधानकालागि पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान बसेको बैठक पूर्व केन्द्रीय सदस्यको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो । पूर्व केन्द्रीय सदस्य एवं कास्कीका सांसद गुरुङको आइतवार राति निधन भएको थियो ।
कागे्रस केन्द्रीय समिति बैठकले रसुवाका पूर्व सभापति फिन्जु तामाङ र दाङ्ग हापूरका प्रजातन्त्र सेनानी लालबहादुर न्यौपानेको निधनप्रति पनि शोक प्रस्ताव पारित गरेको छ । अन्य बिषयमा प्रवेश नगरि बैठक २७ गते आइतवार दिउसो १ बजे सम्मकालागि स्थगित भएको कागे्रस मुख्य सचिव वसन्तकुमार गौतमले जानकारी दिनुभयो ।
कराँत धर्म दोस्रो अन्तराष्ट्रिय महासम्मेलन जारी
काठमाडांै, २२ चैत्र । राष्ट्रपति डा. रामबरण यादबले समाजमा शान्ति कायम राखिरहनका लागि धार्मिक सहिष्णुता कायम राख्नुपर्ने बताउनु भएको छ ।
बिश्व शान्ति र मानव एकताको सन्देश सहित राजधानीमा शुरु किराँत धर्म दोस्रो अन्तराष्ट्रिय महासम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति यादवले नेपालमा रहेका बिभिन्न जातजाती तथा धर्मका सबै एक हुने हो भने मात्र शान्ति कायम गर्न सकिने बताउनुभएको हो । शान्तिका दुत गौतम बुद्ध एंब किरात धर्मका धर्मगुरु फाल्गुनन्द जस्ता महान् व्यक्तिको जन्म भएको नेपालमा सबै नेपाली मिलेर बस्नुपर्ने उहाको भनई थियो । उहाँले हरेक धर्मको सत्य, अहिंसा, दया, शान्ति र मानवता हुने जनाउँदै आपसी सहिष्णुता र सद्भाव कायम राखी शान्त र समुन्नत देशको निर्माण आजको आवश्यकता भएको औँल्याउनुभयो । अँध्यारोबाट उज्यालो र कुमार्गबाट सुमार्गमा लाग्ने बाटो धर्म भएकाले यसले मानिसभित्र हुने अहङ्कार, इश्र्या, द्वैष र दम्भजस्ता विकारको अन्त्य गराउन सघाउने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति डा यादवले सम्मेलन मूल आयोजक समितिका तर्फबाट संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा र डा माधव लिङ्थेपलाई सम्मानित गर्नुभयो । किराँत धर्मका महागुरु एबम् नेपालका १६ औं राष्ट्रिय बिभुती फाल्गुनन्द लिङदेनको ६३ औं स्मृति दिवसको अवसर पारेर आयोजित महासम्मेलन भोली सम्म चल्नेछ ।
चिनियाँ राजदुतको बिदाई भेट
नेपालका लागि चिनियाँ राजदुत क्यो गोहाङ आज राष्ट्रपति डा. रामबरण यादवसँग बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति निवास शितल निवासमा आज भएको भेटमा राष्ट्रपति यादवले चिन र नेपालबिचका आपसी हित र द्धिपक्षिय सम्बन्धको बिस्तारकालागि राजदुत गोहोङले खेलेको भुमिका प्रति धन्यबाद व्यक्त गर्नुभएको राष्ट्रपति कार्यलयद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । आफनो कार्यकाल पूरा गरी राजदूत गोहूङ अप्रिल ८ तारिखमा स्वदेश फर्कदै हुनुहुन्छ ।
निकुञ्जमा गैँडा गणना सुरु
चितवन (रत्ननगर), २२ चैत । चितवन राष्ट्रिय निकुञ्जमा आजबाट दुर्लभ एकसिङ्गे गैँडाको गणना कार्य सुरु भएको छ । वनदेवीको पूजा गरेर चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सुनाचुरीको भालुखोलाबाट गणना शुभारम्भ गरिएको हो । उन्नाइस वटा ब्लक बनाएर सुरु गरिएको गणनामा नियमित र आंशिक गरी ५० वटा हात्तीको प्रयोग गरिएको छ भने १७० जना प्राविधिक परिचालन गरिएको छ । गणना कार्य तीन हप्तासम्म सञ्चालन गरिने निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिनुभयो ।
सन् २००८ मा गरिएको गैँडा गणनामा चितवन निकुञ्जमा ४०८ वटा गैँडा फेला परेका थिए । पछिल्लो गणनापछि निकुञ्जमा पाँचदर्जन गैँडा मरिसकेका छन् । यो वर्ष चोरी शिकारीबाट दुईवटा गैँडा मरेका छन् । गैँडाका बच्चा थपिएकाले यसपालि गैँडाको सङ्ख्या बढ्ने अनुमान निकुञ्जले गरेको छ ।
बिस्केट जात्रामा झगडा गर्नेलाई सार्वजनिक मुद्धा÷यस बर्ष देृखि जात्रा स्थलमा सीसीटीभी
भक्तपुर, २२ चैत । ढुङगा हान्ने जात्राको रुपमा परिचित भक्तपुरको प्रसिद्ध विस्केट जात्रामा ढुङगा हान्ने र झगडा गर्नेलाई सार्वजनिक मुद्धा लगाई कारबाही गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गत बर्षको भन्दा यस बर्ष सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो । जात्राको बेलामा प्रत्येक बर्ष झगडा हुन लागेपछि यस बर्ष जात्रा हुने स्थलमा झगडा गर्ने व्यक्तिको पहिचान गराउन सीसीटीभी जडान गरिने महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख एवं प्रहरी नायब उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । यस वर्ष झगडा हुन नदिनको लागि सुरक्षा व्यवस्था कडा पारिने उहाले बताउनुभयो । हरेक वर्ष रथ तान्ने क्रममा तल्लो र माथिल्लो टोल विच झगडा हुने र ज्यानै जाने अवस्था समेत आउने गरेकाले यसलाइ रोक्न यस वर्ष सुरक्षा व्यवस्था कडा पार्न लागेको उहाले बताउनुभयो । गत बर्षको ढुङ्गा हानाहानमा २१ जना घाइते भएका थिए ।
भक्तपुर, २२ चैत । ढुङगा हान्ने जात्राको रुपमा परिचित भक्तपुरको प्रसिद्ध विस्केट जात्रामा ढुङगा हान्ने र झगडा गर्नेलाई सार्वजनिक मुद्धा लगाई कारबाही गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गत बर्षको भन्दा यस बर्ष सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो । जात्राको बेलामा प्रत्येक बर्ष झगडा हुन लागेपछि यस बर्ष जात्रा हुने स्थलमा झगडा गर्ने व्यक्तिको पहिचान गराउन सीसीटीभी जडान गरिने महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख एवं प्रहरी नायब उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । यस वर्ष झगडा हुन नदिनको लागि सुरक्षा व्यवस्था कडा पारिने उहाले बताउनुभयो । हरेक वर्ष रथ तान्ने क्रममा तल्लो र माथिल्लो टोल विच झगडा हुने र ज्यानै जाने अवस्था समेत आउने गरेकाले यसलाइ रोक्न यस वर्ष सुरक्षा व्यवस्था कडा पार्न लागेको उहाले बताउनुभयो । गत बर्षको ढुङ्गा हानाहानमा २१ जना घाइते भएका थिए ।
लगानियोग्य वाताबरण सृजनागर्नु अध्यक्षका दावेदारको भनाइः
काठमाण्डौ, चैत्र २२ । नेपाल उद्योग वाणिज्य महासंघको आशन्न ४५ औ साधारणसभामा अध्यक्षका प्रत्यासीद्वय आजाद श्रेष्ठ र सुरज बैद्यले देशको आर्थिक विकासका लागि आफूहरुसंग योजना रहेको दावी गरेका छन । नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा दुबै समूहले औद्योगिक सुरक्षा र उर्जा संकट निवारणकालागि काम गर्ने बताए ।
श्रेष्ठले संक्रमणकाल र राजनीतिक अस्थिरताले नीजि क्षेत्रको आत्म विश्वास बमजोर भएको अबस्थामा व्यबसायीक आत्मविश्वास ल्याउन आफ्नो योजना रहेको बताउनुभयो । लोडसेडिङ, बन्द हडताल र वैकको व्याजदर बढेका कारण उद्योग संचालन गर्ने वाताबरण र अबस्था नभएको उहाँको भनाइ थियो । श्रेष्ठले मुलुकको आर्थिक अबस्था सुधारकालागि निर्यात जन्य उद्योगलाइ प्रबद्र्धन गर्न जरुरी रहेको र यसकालागि आफुले पहल गर्ने दावी गर्नुभयो ।
महासंघको नेतृत्व जिल्ला र नगरसंघवाट गर्न पाउनुपर्छ भन्ने मान्यताकलागि स्वच्छ छविका व्यबसायीको प्यानल बनाएर उमेदवारी दिएको उनले बताउनुभयो । व्यबसायीको धर्म व्यबसाय भएका कारण कुनैपनि पार्टीको प्रभाव नभएको समेत उनले दावी गर्नुभयो । बैद्यले आगामी छ महिनाभीत्र अर्थतन्त्रको विकासकोलागि राष्ट्रिय नीति बनाउने र मजदुर संगठनसंग सहकार्य गरेर अघि बढ्ने आफ्नो योजना रहेको बताउनुभयो ।
नेपालको उद्योगलाइ कसरी अघि बढाउने भन्ने बिषयमा राष्ट्रिय शोच नभएका कारण देश रेमिट्यान्सको भरमा थामिएको उहाँको भनाइ थियो । तीब्र गतिमा रोजनारी सृजना नगरी मुलुकमा स्थिरता कायम नहुने दावीगर्दै रोजगारी सृजनाकालागि आफूहरुसंग स्पष्ट योजना रहेको दावीगर्दै बैद्यले दावी गर्नुभयो । बैद्य समूहका उपाध्यक्षका प्रत्यासी भाष्करराज राजकर्णिकारले राजनीतिक रुपमा निरपेक्ष रहनुपर्र्ने बताउनुभया । राज्य नियन्त्रणमूखी अर्थतन्त्र लागूगर्न खोजेको लक्षण देखिएको दावीगर्दै उहाँले खुला अर्थतन्त्रको पक्षमा आफूहरु रहेको उल्लेख गर्नुभयो । कानून विपतिर भ्याटविल छलगर्ने व्यबसायीलाइ कार्वाही गर्नुपर्ने अध्यक्षका प्रत्यासीद्वयले बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघको ४५ औ साधारणसभा चैत्र २८ र २९ गते काठमाण्डौमा हुदैछ ।
अन्तराष्ट्रिय समाचार
आइभोरिकोष्टमा अल्साने ओटारा समर्थकद्धारा बाग्बो निवास कब्जा
फ्रान्स र संयुक्त राष्ट्रसंघले सत्ता छाड्न अस्वीकार गर्दै आएका आइभोरिकाष्टका राष्ट्रपति लोरेन्ट बाग्बोको निवास तथा कार्यलयमाा हवाइ हमला गरेपछि निवार्चनमा विजयी भएका राष्ट्रपति अल्साने ओटाराका समर्थकले बाग्बो राष्ट्रपति भवन कब्जामा लिएका छन् ।
संयुक्त राष्ट्रसंघद्धारा मान्यता प्राप्त राष्ट्रपति ओटाराका प्रवक्ताले अज्दाविया स्थीत राष्ट्रपति भवन कब्जामा लिएको । उनले बाग्बो सर्मथकले निवास छाड्न अस्वीकार सैन्य हमलाबाट निवास कब्जामा लिइएको खुलाएका छन् । यद्यपी बाग्बोको अवस्थाबारे भने हालसम्म केही नखुलेको विविसीले जनाएको छ ।
यसैबिच पराजित राष्ट्रपति बाग्बो आफ्नो निवासको जमिन मुनिको बंकरमा लुकेको खुलासा भएको छ । अज्दाविया शहरमा रहेको कम्पाउण्ड मुनी बाग्बो परिवार सहित लुकेको आइभोरिकोष्टको सुरक्षा स्रोतलाइ उदृत गर्दै विविसीले जनाएको छ । अहिले ओटारा समर्थकले बाग्बो निवास कब्जामा लिएर खोजतलास गरिरहेको समेत विविसीले जनाएको छ । त्यसअघि एका बिहानै संयुक्त राष्ट्रसंघले फ्रान्सको सैनिकसँग मिलेर बाग्बो निवासमा हमला गरको थियो । हमलामा के कति क्षति भयो भन्नेबारेमा भने हालसम्म केही खुलेको छैन ।
खेल समाचार
एएफसी च्यालेन्जकपको तयारी पुरा रंगशालाको टिकटमा मुल्य वृद्धि
काठमाण्डौं, २२ चैत्र । अखिल नेपाल फुटबल संघ एन्फाले पर्सिबाट सुरु हुने एएफसी च्यालेन्जकप फुटबल प्रतियोगिताको समूह डीको छनौट खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
एन्फाले आज एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा भाग लिने तीनै टोली नेपाल आइसकेको तथा दशरथ रंगशालाको अन्तिम तयारी पनि पुरा भएको जनाएको हो । प्रतियोगितामा भाग लिन श्रीलंका हिजो तथा कोरिया र अफगानिस्तान आज नेपाल आएको हो ।
एन्फाले आज एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा भाग लिने तीनै टोली नेपाल आइसकेको तथा दशरथ रंगशालाको अन्तिम तयारी पनि पुरा भएको जनाएको हो । प्रतियोगितामा भाग लिन श्रीलंका हिजो तथा कोरिया र अफगानिस्तान आज नेपाल आएको हो ।
प्रतियोगिता अन्तरगत नेपालले चैत २४ मा अफगानिस्तानसंग, २६ गते बलियो मानिएको उत्तर कोरिया तथा २८ गते श्रीलंकासंग प्रतिष्पर्धा गर्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली एएफसी च्यालेन्जकप २०१२ को लागि छनौट हुनेछन् । बिभिन्न कार्यक्रमका कारण प्रभावित भएको दशरथ रंगशाला र हल्चोक मैदानको स्थितिप्रति एएफसी सन्तुष्ट रहेको एन्फाको भनाई छ । प्रतियोगितको अनुमानित बजेट १ करोड रहेको पनि एन्फाले जनाएको छ ।
यसैबिच एन्फाले यसबर्ष देखि रंगशाला प्रबेश गर्न टिकटको मूल्य बढाएको छ । अब दर्शकहरुले प्यारफिटको लागि ५ सय र खुल्ला स्थानको लागि २ सय रुपैया तिर्नु पर्नेछ । यता एन्फले नेपाली फुटबल टोलीको तयारी पुरा भएको जनाएको छ ।
No comments:
Post a Comment