माओवादीद्धारा उपसमिति संयोजकमा प्रचण्डलाइ निरन्तरता दिने निणर्य
काठमाण्डौं, २३ चैत्र । संविधानको विवाद मिलाउन गठित संवैधानिक उपसमितिको संयोजकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नै रहनु हुने भएको छ ।
माओवादी पदाधिकारीको आजको बैठकले संवैधानिक उपसमितिको संयोजकमा अध्यक्ष प्रचण्डलाई नै यथावत राख्ने निर्र्णय गरेको हो । यसअघि उपसमिति संयोजक प्रचण्डले कार्य व्यस्तताको कारण देखाउदै संयोजक नबस्ने बताउनुभएको थियो । उहाँको स्थानमा उपाध्यक्ष तथा संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठलाई पठाउने प्रस्ताव माओवादीबाट भएको थियो । माओवादीप्रस्ताबमा काँग्रेस एमाले लगायतका दलहरुले असहति जनाएपछि उपसमितिमा अध्यक्ष प्रचण्ड नै यथावत रहने निर्णयमा माओवादी पुगेको हो ।
पदाधिकारी बैठकले मजदुर संगठनमा देखिएको विवाद समाधानका लागि गर्न लागिएको राष्ट्रिय सम्मेलनको संयोजकमा सचिव पोष्टबहादुर बोगटीलाई चयन गरेको छ । अध्यक्ष प्रचण्ड तथा उपाध्यक्षहरू मोहन बैद्य र डा. बाबुराम भट्टराई पक्षका मजदुरहरुले समानान्तर संगठन बनाएपछि तीन वटै संगठन विघटन गरेर ९३ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको माओवादीले जनाएको छ । बैठकले सरकारमा जाने मन्त्रीहरूको नाम भने टुंगो लगाएको छैन । प्रधानमन्त्री झलनाथ खनाल तथा सरकारमा जाने अन्य दलसंग छलफल बाँकी रहेकाले मन्त्रीको टुंगो लगाउन बाँकी राखिएको माओवादीले जनाएको छ । शनिबारको बैठकले मन्त्रीको टुंगो लगाउने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
यसअघि संवैधानिक उपसमितिको संयोजक चयनमा देखिएको विबाद समाधान गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निश्कर्ष विहिन भएको थियो । संविधानसभा अध्यक्ष र संवैधानिक समितिका सभापतिको पहलमा भएको तीनदलको बैठकमा दलहरुले पूर्वबत अडान राखेपछि यसको निर्णय अब संवैधानिक समितिले लगाउने भएको हो ।
आउँदो बैशाख २० गते नयाँ बजेट
काठमाडौ चैत २३ । सरकारले आगामी वैशाख २० गते आर्थिक बर्ष २०६८÷६९ को बार्षिक बजेट ल्याउने भएको छ ।
मन्त्रीपरिषदको आज बसेको बैठकले वैशाख २० गते नियमित बजेट ल्याउने अर्थमन्त्रीको प्रस्ताव अनुमोदन गरेको सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

यसअघि पूरक बजेट ल्याउने भनिए पनि कागे्रस लगायतका दलहरुले विरोध जनाएपछि सरकार नियमित बजेट ल्याउने निर्णयमा पुगेको हो ।
मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा उच्चस्तरिय फोजदारी कानून सुधार आयोग गठन गर्ने निर्णय गरेको छ । सरकारले केहि बैदेशीक सहयोग स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
संविधान नबन्ने खतरा बढेको भन्दै सभासदद्वारा चिन्ता व्यक्त
काठमाण्डौं, २३ चैत्र । सभासदहरुले संविधान जारीगर्ने समय नजिकिदै जादासमेत संविधान बन्ने÷नबन्ने अन्यौल बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । एक÷आर्कोलाई आरोप प्रत्यारोप गर्नुको साटो संविधानसभाको बाँकी समयको भरपूर सदुपयोग गरी तोकिएको समयमै संविधान जारी गर्ने बाताबरण सृजना गर्न उनीहरुले माग गरेका छन् । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा एकीकृत माओवादीका लोकेन्द्र विष्टमगरले संविधान जारी गर्ने समयको भरपूर सदुपयोग गरेर आगामी जेठ १४ मै संविधान जारीगर्नुपर्ने बताउनुभयो ।
संविधान जारी गर्ने समय एक महिना २२ दिन मात्र बाँकी रहदा समेत संविधान बन्ने नबन्ने अन्यौलता कायमै रहेको उल्लेख गर्दै उहाँले दलहरु आरोप प्रत्यारोपमा नलागेर संविधान निर्माणमा केन्द्रीत हुन आग्रह गर्नुभयो । माओवादी पोलिटव्युरो सदस्य समेत रहेका सभासद विष्टले संवैधानिक राष्ट्रपतिले कार्यकारी राष्ट्रपतिले जस्तो मनपरि बोल्दै हिडेको आरोप लगाउनुभयो । राष्ट्रपतिले संविधान विपरित अभिव्यक्ति दिदै हिडेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । संविधान जारीगर्ने समय छोटिदैजादा तराइका जिल्लामा आपराधिक घटनाका श्रृङ्खला बढेकोले विशेष सुरक्षा कार्यक्रम लागूगर्न उहाँले माग थियो ।
नेकपा एमालेकी पद्मकुमारी अर्यालले आगामी जेठ १४ गते संविधान जारी गर्ने अबस्था क्षीण बन्दै गएको अबस्थामा कम्तिमा नयाँ संविधानको एकीकृत मस्यौदा ल्याउने अबस्थाका लागि दलहरुबीच सहमति जरुरी रहेको बताउनुभयो । शान्ति प्रक्रियाले पूर्णता नपाइ संविधान जारी गर्ने अबस्था आउन नदिन शान्ति प्रक्रिर्यालाई टुङ्गोमा पु¥याउने बिषयमा सरकार, माओवादी र प्रतिपक्ष कागे्रसले गम्भीर ढंगले मनन गर्नुपर्ने सभासद् अर्यालले बताउनुभयो ।
काडमाण्डौंमा विष्फोटको योजना बनाउने माओवादी विद्रोही पक्राउ
काठमाण्डौं, २३ चैत्र । नेकपा विद्रोही माओवादी नामक समूहका प्रमुख पा“च नेता हतियारसहित भक्तपुरको जगातीबाट आज पक्राउ परेका छन् ।
बैशाखको पहिलो साताबाट हिंसात्मक विद्रोह सुरु गर्न गोप्य बैठक बसिरह“दा भक्तपुरको जगातीस्थित एक घरबाट प्रहरीले पक्राउ गरेको हो । बैठक बसिरहेको घरमा महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले छापा मारेको थियो । पक्राउ पर्नेमा सो समूहका अध्यक्ष ताप्लेजुङ्ग सिनाम–२ का २९ वर्षीय ललित लिम्बु, पाँचथर फिदिम–१ का पार्टी उपाध्यक्ष ५२ वर्षीय भीम ओझा, काठमाडौं टेकुका कोषाध्यक्ष ३० वर्षीय बरुण श्रेष्ठ, रामेछाप नागदह–५ का पार्टी शैन्य कमाण्डर २७ वर्षीय अजय थापामगर र काभ्रे चेम्रोङ्ग–५ का पार्टी सचिव ३५ वर्षीय नेत्रप्रसाद दाहाल रहेका छन् ।
प्रहरीले उनीहरुबाट व्यानर, स्क्याप, कम्व्याड, डायरी, २ थान पेस्तोल, ४ थान पटाका, गोलीको खोका, प्रेसर कुकर, सहयोग रसिद, मोबाइलफोन, सीमकार्ड, स्ट्याप्म, छाप लगायतका सामानहरु बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरु र बरामत सामाग्रीहरु प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गराइएको थियो ।
माग संवोधन नभए संसद अबरुद्ध गर्ने सानादलको चेतावनीः
काठमाण्डौं, २३ चैत्र । एक स्वतन्त्र सहित दुइ सानादलका सभासदहरुले नयाँ संविधानमा अल्पसंख्यक मुस्लिम, दलित र जनजातिका अधिकार सुनिश्चित नभए व्यबस्थापिका संसद अबरुद्ध गर्ने चेतावनी दिएका छन् । नयाँ संविधानमा आफूहरुका अधिकार सुनिश्चित नभएको भन्दै संवैधानिक समितिको बैठक अबरुद्ध गर्दै आएका दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, संघीय लोकतान्त्रिक मंचकी रुकमणि चौधरी र स्वतन्त्र सभासद सदरुल मियाँहकले प्रमुख तीनदलका नेताहरुसंग माग संवोधन गर्ने लिखित प्रतिबद्धता माग गरेका हुन् ।
संवैधानिक समिति सभापति निलाम्बर आचार्यको पहलमा तीनदलका नेताहरु सहित भएको छलफलमा सभासदत्रयले माग संवोधन नभए संसद अबरुद्ध सम्मको आन्दोलनमा जाने बताए । सभासद सदरुल मियाँले प्रधानमन्त्री लगायत तीनै दलवाट आफूहरुका समस्या संवोधनको आश्वासन जनाएपनि आफूहरुले लिखित प्रतिबद्धता माग गरेको बताउनुभयो ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र काँगे्रस सभासद रमेश लेखकले मुस्लिम लगायत उनिहरुले राखेका माग संवोधनगर्न तयार रहेकोले संवैधानिक बैठक सुचारु गर्ने वाताबरण बनाउन आग्रह गरिएको बताउनुभयो । यसअघि आफूहरुको माग संवोधन नगरिएको भन्दै सभासद पासवान र मियाँले आफू बसेको कुर्सी फालका थिए ।
अन्तराष्ट्रिय समाचार
आइभरी कोष्टको विचलन
अफ्रिकी मुलुक आइभरी कोष्टका स्वघोषित राष्टपति लोरेन्ट वाग्वोले आत्मसमर्पण गर्ने बारेमा राष्ट्रसङघका अधिकारीहरुसँग छलफल चलाएसँगै विपक्षी प्रदर्शनकारीहरुले उनको निजी निवासमा भिषण आक्रमण गरेका छन् । आत्मसमर्पणका सम्बन्धमा आफना सैन्य कमाण्डरहरु र राष्ट्रसङिघय अधिकारीहरुसँग छलफल गरिरहेका बाग्बोको निवासमा भएको आक्रमण निर्णयक र हालसम्मकै विशाल भएको समाचारहरु प्रकाशमा आएका छन् ।
फा्रन्सेली सैन्य स्रोतलाई उधृत गर्दै अन्र्तराष्ट्रिय समाचार संस्था विविसीले लेखेअनुसार बागेको निवास रहेको अबिदजान क्षेत्रमा उनका प्रतिद्धन्दी अलासान ओटारा समर्थित सेनाले निर्णायक भन्दै लन्च प्रहार गरिरहेका छन् । बाग्बो र उनको परिवार राष्ट्रपतीय कार्यलयको बङकर भित्र लुकेर बसेको हुनसक्ने जनाईएको छ । राजनीतिक तनाव चुलिएका बखत बाग्बोले अस्ति रातभर निकासका लागि भन्दै छलफल चलाएपनि उनलाई लुकेको स्थानबाट निकालेरै छाड्ने भन्दै ओटाराका सेनाले आक्रमणलाई तीब्रता दिएका हुन् । बाग्बोलाई उसको सुरुङबाट निकालेर निर्वाचित सरकारलाई बुझाएरै छाड्नै छौ,ओटाराद्धारा नियुक्त प्रधानमन्त्री गुलौमी सोरो सरकारका प्रबक्ता सिद्धिकी कोनाटेले भनेका छन् ।
बन्दुकधारीद्वारा डार्पmरमा शान्ति सैनिकको हत्या
खार्तुम, २३ चैत । बन्दुकधारीहरूले सुडानको पश्चिमी डार्पmर क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय सवारीसाधनको लस्करलाई एम्बुसमा पारेर दुई शान्ति सैनिकलाई अपहरण गरेपछि एकको हत्या गरेको संयुक्त राष्ट्रसङ्घले आज जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मिसनले एक वक्तव्यमा भनेको छ— सशस्त्र मानिसहरूको एउटा समूहले एकजना युनामिडका शान्तिरक्षकलाई गस्तीमा रहेको बेला आक्रमण पछि उत्तरी डार्पmरको कुटुमनिर हत्या गरेका छन् ।
सवारी साधनहरू एम्बुसमा परेपछि हिजो शान्ति सेनाले आक्रमणकारीसँग गोलीहानाहान हुँदा एक आक्रमणकारी पनि मारिएका थिए । त्यसपछि बन्दुकधारीले युनामिडको एउटा सवारी र तीनजना मिसन कर्मचारीलाई अपहरण गरी लगेका थिए । दुईजनालाई पछि रिहा गरिएको तर तेस्रो ब्यक्तिको भने मृत शव पाइएको जनाईएको छ ।
खेल समाचार
एएफसी प्रेसिडेन्टकप छनौट चरण
राजधानीमा भोलिबाट एएफसी च्यालेन्ज कप फुटबलको छनौट खेल सूरु हुदैछ । पहिलो खेलमा भोलि नेपाल अफगानिस्तानस“ग भिड्नेछ । दक्षिण एशियाली खेलुकद प्रतियोगिताको फाइनलमा पुगिसकेको अफगानिस्तानलाई नेपालले कडा प्रतिद्धन्द्धीका रुपमा हेरेको छ ।
प्रतियोगितामा नेपालले त्यसपछि विश्वकपमा समेत सहभागिता जनाइसकेको उत्तर कोरिया र श्रीलंकाको सामना गर्नुपर्नेछ । त्यसैले नेपाल पहिलो खेलमा अफगानिस्तानलाई हराउ“दै दोस्रो चरणमा पुग्ने संभावना बलियो बनाउने दाउमा छ । नेपाली टोलिलाई बेलायती प्रशिक्षक ग्य्राह्म रोर्बटस्ले विगत केही महिनायता प्रशिक्षण दिदै“ आएका छन् ।
घरेलु दर्शकहरुको साथ पाउने पक्का भइसकेको अवस्थामा भोलि नेपाली टिमका खेलाडीहरु आत्मविश्वासका साथ मैदानमा ओलर्ननेछन् । नेपालले अहिलेसम्म अफगानिस्तानसंग खेलेका कुनै पनि खेलमा हार ब्यहोरेको छैन् ।
No comments:
Post a Comment