Thursday, April 7, 2011

चैत्र २४ गते २०६७

एमाले माओवादी र फोरम बैठक निष्कर्ष विहिन

काठमाण्डौं, २४ चैत्र । सरकारलाइ पूणर्ता दिने विषयमा छलफल गर्न बसेको एकीकृत नेकपा माओवादी, नेकपा एमाले र मधेशी जनाधिकार फोरम बिचको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ डेढ घण्टा बसेको बैठकमा मन्त्रालय भागबण्डामा कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहिन बनेको हो ।
House of Nepali PM - Baluwatar
बैठकमा माओवादीले सरकार विस्तार गर्दा गृह मन्त्रालय आफुलाइ दिन माग गरेपछि प्रधानमन्त्री खनालले पार्टिमा छलफल गर्ने बताउनु भएको थियो । त्यस्तै फोरमले पनि परराष्ट्रसँगै अन्य महत्वपूर्ण मन्त्रालय माग गरेपछि बैठक भोलीफेरी छलफल गर्ने गरि स्थगित भएको हो ।

बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले तिनै दल बिच आन्तरिक छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो । यादवले सरकारको पूर्णताको विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको बताउनुभयो ।

५० दिनमा संविधान जारीगर्न सहमति जरुरीः  प्रधानमन्त्री

काठमाण्डौ, चैत्र २४ । प्रधानमन्त्री झलनाथ खनालले आगामी ५० दिनमा शान्ति प्रक्रिर्यालाइ पूर्णता दिएर संविधान जारी गर्ने कार्यभार पूरागर्न दलहरुबीच सहमति जरुरी भएको बताउनु भएको छ । यद्यपी उहाँले तोकिएको समयमै संविधान बन्न नदिन र जेठ १४ पछि उपद्रो मच्चाउन कतिपय तत्व सक्रिय भएर लागेको बताउनुभयो । व्यबस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा प्रधानमन्त्री खनालले सर्वोच्च अदालतको फैसलाको आशय र अन्तराष्ट्रिय समूदायको सुभेक्षा समेत संविधानसभावाटै संविधान बनोस भन्ने रहेकोले यसतर्फ सरकार सचेत रहेको बताउनु भएको हो ।

संवैधानिक समिति अन्तरगत विबाद उपसमितिको विबादवारे सहमति जुटिसकेको तथा धेरै बिषयमा सहमति भइसकेकोले तोकिएको समयमै संविधान बन्ने संभावना गुज्री नसकेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारको पहिलो प्राथमिकता शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउनु भएकोले जस्तोसुकै प्रतिकुल अबस्था सृजना भएपनि सरकार राष्ट्रिय दायित्व पूरा गर्नवाट पछि नहटने स्पष्ट गर्नुभयो ।

उहाँले माओवादी जनसेनाका लडाकूको समायोजन, पुनस्थापन सम्बन्धमा संख्या र मोडालिटि तय गर्ने जानकारी दिनुभयो । आर्को एक प्रसंगमा प्रधानमन्त्री खनालले एक हप्ताभीत्र सरकारलइ पूर्णता दिने समेत दावी गर्नुभयो ।

बैठकमा प्रतिपक्षी कागे्रसले सरकार गठन भएको दुइ महिना वितिसक्दा पनि शान्ति प्रक्रिर्याले अपेक्षित गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

मई १ लास्ट अल्टिमेटम—प्रचन्ड

काठमाण्डौं, २४ चैत्र । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले अन्र्तराष्ट्रिय मजदुर दिवस मई १ सम्म पनि शान्ति प्रक्रिया पूरा नभए लाखौ जनतालाई जनविद्रोहमा उतार्नै चेतावनी दिनुभएको छ । शान्ती प्रक्रियाको पूर्णताका लागि आफूहरुले  धेरै गरेको तर देशी विदेशी दलालहरुले शान्ति प्रक्रिया भाड्न षड्यन्त्र गरिरहेको उहाँको आरोप थियो ।

जनआन्दोलन दिवसको अवसरमा माओवादीले राजधानीको बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ती र संविधानको पूर्णताका लागि अन्तिम समयसम्म लडिरहने समेत उदेघोष गर्नुभयो ।

उहा“ले नेपाली मौलिक मोडालिटीअनुसार सेना समायोजन गर्नुपर्ने भन्दै सेना समायोजनको कार्यमा अवरोध पु¥याउन शान्तिप्रक्रियाका विरोधीहरूले षड्यन्त्र गरिरहेको दावी गर्नुभयो । उहॉले चितवनको शाक्तिखोरबाट जनमुक्ति सेनालाई विषेश समितिको मातहतमा ल्याउने काम भएपछि कार्य सकारात्मक रहेको बताउनुभयो ।

जेठ १४ पछि के हुन्छ भन्ने अन्यौलता रहेको बताउ“दै प्रचन्डले षडयन्त्रका तानाबाना विभिन्न रूपमा देखेको दाबी गर्नुभयो । कसैले संविधान लेख्न नदिने षडयन्त्र गरेमा नेपाली जनताले त्यस्तालाई खरानी पार्ने उहॉको दावी छ । प्रचण्डले संविधानसभाको ठूलो पार्टी भएकाले संविधान बनाउने पहिलो जिम्मेवारी माओवादीकै भएको जिकीर पनि गर्नुभयो ।

केहदिन अघि तराइ लगायत अन्य क्षेत्रमा सार्वजनिक यातायातका साधनमा भएका बम विष्फोटका घटनाप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले शान्ती प्रक्रिया तथा संविधान निर्माण हुन नदिन दक्षिण तर्फबाट त्यस्ता घटना घटाइएको आरोप लगाउँनु भयो ।

आप्mनो पार्टी फुटाउन विश्वशक्ति लागेको आरोप लगाउदै माओवादी अध्यक्ष प्रचण्डले त्यो सपना कुनै हालतमा पूरा नहुने दावी गर्नुभयो । बहस र बिचारको मन्थनले पार्टी झन झन शक्तिशाली  बन्ने उहाँको दावी छ ।

एमआरपी वितरण सहज बनाउन संसदीय समितिको निर्देशनः

काठमाण्डौं, २४ चैत्र । व्यबस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरण प्रक्रिर्यालाइ सहज बनाउन सरकारलाइ पुनः निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालय एक ठाउवाट मात्र पासपाृर्ट वितरणगर्दा सर्बसाधारणले सास्ती व्यहोर्नु परेको भन्दै सभासदले कुरा उठाएपछि समितिले प्रक्रिर्या सहज बनाउन समितिले निर्देशन दिएको हो । समिति सभापति पदमलाल विश्वकर्माले वैकल्पीक व्यबस्था गरेर भएपनि प्रक्रिर्या सहजगर्न निर्देशन दिएको बताउनुभयो ।

बैठकमा परराष्ट मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री खनालले मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरणलाइ सहज बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले अहिलेसम्म परराष्ट मन्त्रालले १५८ कुटनीतिक, ९७५ विशेष र ८० हजार ३ सय ६९ साधारण राहधानी वितरण गरिसकिएको जानकारी गराउनु भयो । अहिले केन्द्रवाट भइरहेको वितरणलाइ विकेन्द्रीत गर्ने सरकारको सोचाइ रहेको समेत प्रधानमन्त्रीले बताउनुभयो ।

बैठकमा सभासदहरुले एमआरपी वितरण प्रक्रिर्या अत्यन्त झण्झटिलो भएको भन्दै सहज बनाउन माग गरेका थिए । एक अर्को प्रसंगमा प्रधानमन्त्री खनालले मुलुक राजतन्त्रवाट गणतन्त्रमा प्रवेश गरेको अबस्थामा अन्तराष्टिय सम्बन्ध र विदेश नीति परिवर्तन जरुरी रहेको बताउनु भएको छ ।

व्यबस्थापकिय कमजोरीका कारण समस्याः सरकार

काठमाण्डौं, २४ चैत्र । सरकारले व्यबस्थापकिय कमजोरी र प्रभावकारी सूचना भवाबका कारण हात्तिपाइले रोग विरुद्धको औषधी वितरणपछि समस्या सृजना भएको बताएको छ । व्यबस्थापिका संसदको महिला वालबालिका समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा प्रविण मिश्रले व्यबस्थापकिय कमजोरीका कारण औषधी सेवन गरेका कतिपय व्यक्ती विरामी परेको बताउनु भएको हो । यसपटक देखिएको कमजोरीलाइ मध्यनगर गरेर आगामी बर्षदेखी औषधी वितरणको रणनीति परिवर्तन गर्ने योजना बनाएको समेत उहाँले जानकारी गराउनुभयो ।
विश्व स्वास्थ्य संगठनले ८१ देशमा गरेको प्रयोग सफल भएका कारण सरकारले सोही रणनीति अनुसार औषधी वितरण गरेपनि व्यबस्थापकिय कमजोरीका कारण औषधी सेवनपछि असर गरेको डा मिश्रले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा यसोबर्धन प्रधानले घर घरमा गएर औषधी वितरण गर्ने रणनीति परिवर्तन गरेर निश्चित केन्द्रमा औषधी वितरण गर्ने योजना बनाउन लागेको बताउनभयो ।

हात्तिपाइले रोग बिरुद्धको औषधी सेवनका कारण बाँके, दाङ्ग, सप्तरी र उदयपुरमा गरी ८ जनाको मृत्यु भएपछि संसदिय समितीले स्वाथ्य मन्त्रालयका पदाधिकारीलाइ बोलाएको हो । बैठकमा सभासदहरुले भने औषधीको गुणस्तर र स्वय सेविकाको गलत सूचनाका कारण औषधी सेवन गरेका कारण विरामी परेको भन्दै छानविनको माग गरेका थिए ।

माओवादीको पतन निश्चित ः सभापति कोइराला

धनुषा, २४ चैत्र । नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले माओवादीले मुलुकमा तानाशाह लाद्न खोजेकाले उस्को पतन निश्चित रहेको बताउनुभएको छ । २१ औं शताब्दीमा संसारका प्राय सबैजसो ठाउँमा तानाशाहको पतन हुँदै गएको छ, सभापति कोइरालाले भन्नुभयो, ‘तानाशाह लाद्न खोज्ने प्रबृत्तिका कारण माओवादीको पनि पतन निश्चित छ ।’

‘देशको भविष्य हाम्रो सरोकार, पेसागत सुरक्षा हाम्रो अधिकार’ भन्ने मुलनाराका साथ जनकपुरमा सुरु भएको नेपाल शिक्षक संघको १५औं राष्ट्रिय प्रतिनिधि सभाको उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति कोईरालाले एकीकृत माओवादीले सहमति गरेर कहिल्यै पालना नगरेको आरोप लगाउनुभयो  ।

कोइरालाले १२ बुँदे सहमति देखि २५ बुँदे सहमति सम्म माओवादीले लोकतन्त्र र बहुलवादलाई स्वीकार गरेको तर व्यवहारमा पालना नगरेकाले उ सहमतीको विरोधी भएको आरोप लगाउनुभयो ।

फोरम अध्यक्ष यादव

विराटनगर, २४ चैत । मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले)भित्रको आन्तरिक कलह तथा एकीकृत माओवादीभित्रको विवादका कारण सरकारले पूर्णता नपाएको बताउनु भएको छ । विराटनगरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले फोरमले एमाले र माओवादीको विचार बुझेर मात्र सरकारमा जानेबारे सोच्ने बताउनुभयो ।

अध्यक्ष यादवले शासकीय स्वरुप र राज्यको पुनःसंरचना यी दुई विषयबाहेक सम्पूर्ण विषयमा सहमति भएको भन्दै उक्त दुई विषयमा सहमति हुने वित्तिकै संविधान बन्ने ठोकुवा गर्नुभयो । राजनीतिक द्वन्द्वलाई यथावत राखेर संविधान बनाउन खोजे त्यो संविधान सार्थक नहुने यादवको भनाइ थियो । घोषित समयमा नै संविधान बनाउनुपर्नेमा जोड दिँदै उहाँले संविधान सभाको म्याद पटकपटक थप्नु राम्रो नहुने बताउँदै लामो सङ्क्रमणकाल र राजनीतिक अस्थिरताको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

आगोलागी बाट २३ घर गोठ जल्यो

पाल्पा, २४ चैत्र । पुर्वी पाल्पाको सहलकोट  गाविसमा आगलागी हुदाँ २३ घर जलेर नष्ट भएको छन् । दिउँसो करिब ४ बजेदेखि आगोलागी शुरु भएको आगालागीलाइ गाउँ छिर्नबाट राकिए पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।   स्थानिय टिकाराम लामिछानेको घरबाट बच्चाले आगो खेलाउने क्रममा आगोलागी शुुरु भएको हुन सक्ने स्थानिय चन्द्रोदय  माबिका बिद्यालयका प्रध्यानाध्यापक टंक पोखरेलले जानकारी दिनुभयो । 
गाउँको ४३ घरमध्ये २३ घरमा पुर्ण रुपमा क्षति भएको छ भने पहाडी भेगमा हावा चलिरहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानिय सहलकोट झिरुवास दर्छाबाट आगो निभाउन स्थानियबासीको बाक्लो उपस्थिाति छ । इलाका प्रहरी कार्यालयबाट प्रहरी जवान त्यस तर्फ लागेपनि घटनास्थलमा पुििग नसकेको बताइएको स्थानिय प्रेम बाकावलले बताउनुभयो । आगोलागीबाट लत्ताकपडा धनमाल गाइबस्तु खाद्यान्न जलेर नष्ट भएका कारण यति नै को क्षति भएको भन्ने कुनै जानकारी प्राप्त भएको छैन । मगर र बिक समुदायको बाक्लो बस्ती भएको गाउँमा टिनको र खरको छानो भएकाले आगोनियन्त्रणमा आउन सकेको छैन ।

अन्तराष्ट्रिय समाचार
लिबियामा प्रर्दशनकारी मारिए

पुर्बी लिवियामा नेटो गठबन्धन सेनाले तेश्रो पटक गल्तिबश गरेको हवाई हमलामा १३ प्रर्दशनकारीको मृत्यु भएको छ । लिवियाका सैनिक शासक कर्नेल मुअम्मर गद्धाफीे बिरूद्ध हवाई हमला गरिरहेको नेटो सेनाले गल्तिबश प्रर्दशनकारीहरू माथी आक्रमण गर्दा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

इजिप्ट र ट्युनेसियाको सफल जनबिद्रोहपछि सरकार बिरूद्ध सडकमा उत्रेका लिवियाली जनतालाई सैनिक शासक गद्धाफीले चरम दमन गरेपछि पस्चिमी गठबन्धन सेनाले हवाइ हमला गर्दै आएका छन् । नेटाको हवाई हमला पछि गद्धाफीको सैन्य क्षमतामा क्षतिका कारण  बिद्रोहीहरूले लिवियाका धेरै शहर आफ्नो नियन्त्रणमा लिएका छन् । नेटोले लिवियाका सर्बसाधारणको जनधनको सुरक्षा गर्न हवाई हमला सुरू गरेको बताउँदै आएको छ । तर नेटाको हवाई आक्रमणमा लिवियाली सर्बसाधारणले ज्यान गुमाउनेक्रम पछिल्लो समय बढेको छ । यसअघि पनि अज्दाविया शहरमा नेटाले २ पटक गलत स्थानमा हवाइ हमला गरेका थियो ।

यसैबिच नेटोले पछिल्लो हमलामा भएको हताहति प्रति क्षमा याचना गरेको छ । नेटोले गद्याफी समर्थीत सैनिकको ट्याङक ठानेर हमला गरिएको जनाउँदै आफ्नो गल्ती स्वीकार गर्दै आइन्दा यस्तो घटना नगराउने दावि समेत गरेको छ ।

खेल समाचार
नेपालको विजयी सुरुवात

एएफसी च्यालेन्ज कप फुटबल छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई १—० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अङक जोड्न सफल भएको हो । समूह चरणका बाँकी खेल कडा प्रतिद्धन्दीसँग भएकाले पनि नेपाललाई अघिल्ले चरण प्रवेशका लागि आजको खेल जित्नैपर्नै दवाव थियो । नेपालको जितमा नायक बनेका भरत खवासले एकमात्र निर्णायक गोल गरेका थिए । उनले पहिलो हाफको २८ औ मिनटमा राजु तामाङको सुन्दर पासलाई जाली चुमाउदै रङगशालामा भरिभराउ दर्शकलाई खुसी दिलाएका थिए ।

राजधानीको दशरथ रङगशालामा भएको खेलमा जित हात पारेपनि नेपालको समग्र प्रदर्शन भने फितलो देखिएको थियो । मिडफिल्ड र फरवार्डका बीचमा राम्रो तालमेल नमिल्दा केही राम्रा अवसरहरु समेत नेपाली टोलीले गुमाएको थियो । लामो समयपछि एउटै टिमसेटमा खेलेका नेपाली स्ट्राईकरहरु अनिल गुरुङ र जुमानु राईको प्रदर्शन पनि आज बिर्सन लायक रह्यो । उनीहरु दुबै आजको खेलमा लय भेट्न सङघर्षरत देखिएका थिए । यद्यपी आजको खेलमा नेपाली गोलरक्षक किरण चेमजोङले भने उत्कृष्ट बचाउ गरेका थिए । आफूभन्दा अनुभवी किपरहरु विकास मल्ल र रितेश थापालाई पाखा लगाउँदै प्लेईङ ईलिभेनमा स्थान बनाएका चेम्जोङले ३ अफगानी प्रहारलाई गोल हुनबाट जोगाएका थिए । नेपाललले अब आफ्नो दोस्रो खेलमा शनिवार उत्तर कोरियाको सामना गर्नैछ ।

यसैबिच प्रतिायोगिता अन्तरगत आजै शशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको खेलमा उत्तर कोरियाले श्रीलङ्कालाइ ४–० गोलअन्तरले पराजित गरेको छ ।

No comments: