Thursday, April 21, 2011

बैशाख ८ गते २०६८

अर्थराज्यमन्त्री ल्हारक्याल लामाद्धारा राजिनामा
State Minister for Finance Lharkyal Lama resign. 
काठमाण्डौं,०८ बैशाख । चौतर्फी दवाव झेल्न नसकेपछि नागरिकता विवादमा आरोपति अर्थराज्यमन्त्री ल्हारक्याल लामाले अन्ततह राज्यमन्त्रीमा सपथ लिएको ९ दिनमै पदत्याग गर्नुभएको छ । लामाले आजै प्रधानमन्त्री कार्यलय पुगरे राजिनामा पत्र प्रधानमन्त्री झलनाथ खनाललाई बुझाउनु भएको छ । लामालाई दोहोरो नागरीकता, चिनीया र तिव्वती दुबैपक्षसंग सांठगांठ गरी गोप्य सुचना आदान प्रदान लगायत बिभिन्न अवैधानिक कार्यमा संलग्न भएको आरोप लागेपछि राजीनामाका लागि सर्वत्र दवाव परेको थियो ।

त्यसअघि अर्थमन्त्रालयमा पत्रकार सम्मेलको आयोजना गरि लामाले आफूमाथि लागेका आरोपका सम्बन्धमा छानविन गर्न सहयोग पु¥याउन आफूले राजिनामा दिएको बताउनुभयो । सवाल जवाफ गर्न अस्वीकार गरिएको पत्रकार सम्मेलनमा लामाले एमाले अनुशासन आयोगले आफूमाथि सुरु गरेको छानविन स्वागतयोगय भएपनि राज्यब्यवस्था समितीले भने आफुलाई स्पष्ट गर्ने मौका समेत नदिई आरोपलाई राजनीतिकरण गर्न खाजेको टिप्पणी गर्नुभयो । आफूलाई चरित्रहत्या गर्ने उदेश्यले कपोलकल्पित हल्ला फिँजाईएको भन्दै लामाले यथार्थ छानबिनका लागि सहयोग गर्न आफू प्रतिबद्ध रहेको लिखित विज्ञप्ती पढेर सुनाउनुभयो । 

त्यसअघि प्रधानमन्त्री झलनाथ खनालले आरोपहरुको चित्तवुझ्दो जवाफ दिन नसकेको भन्दै लामालाई हिजोनै राजीनामा दिन सुझाव दिनुभएको थियो । लामालाई प्रधानमन्त्रि खनालले गत चैत २८ गते अर्थराज्यमन्त्रिमा नियुक्त गर्नुभएको थियो । लामालाई नेकपा एमालेले अल्पसंख्यक योल्मो समुदायबाट समानुपातिक कोटामा सिन्धुपाल्चोकबाट संविधानसभामा पठाएको थियो ।

सात दिन मै शान्ति र संविधानको टुङ्गो लगाउन सकिन्छ – प्रचण्ड

काठमाण्डौं, ०८ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानमा देखिएका सबै विवाद एक साता भित्र सहमतिका आधारमा टुङगोमा पुराईने दावी गर्नुभएको छ । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा  प्रचण्डले जनताको शान्ति र परिवर्तनको चाहनालाई साकार पार्न चाँडै निष्कर्षमा पुगिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामी शान्ति र परिवर्तनको संवेदनशील मोडमा छौँ, संविधान जारी गर्ने बाँकी ३५ दिन धेरै हो, सात दिनमा सहमतिमा पुगी सबै समस्याको टुङ्गो लगाउन सकिन्छ ।’ शान्ति र संविधानको बारेमा निर्णयमा पुग्नु आफ्नो पार्टीको दायित्व भएकोले अन्तिम निर्णय लिन अहिले पार्टीमा व्यापक छलफल चलाईएको उल्लेख गर्दै प्रचण्डले जनताको परिवर्तनको चाहनालाई साकार तुल्याउन दलहरुवीच सहमतिको विकल्प नभएको बताउनु भयो । अध्यक्ष प्रचण्डले सङ्घीयतासम्बन्धी राज्य पुनःसंरचना समितिले प्रस्तुत गरेको १४ प्रदेशमा नेपाली आवश्यकतालाई हेरेर हेरफेर गरी थोरै प्रदेश पनि बनाउन सकिने बताउँदै त्यसका लागि प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच  माओवादी अध्यक्ष प्रचण्डले पोलिट्ब्युरो बैठकमा पेश गर्नुभएको राजनीतिक प्रस्ताव केन्द्रिय समितिमा भोलि छलफल हु“दैछ ।  अध्यक्ष प्रचण्डले देशको समसामयिक राजनीतिक परिस्थिति, शान्ति तथा संविधान र पार्टीको संक्रमणकालीन कार्ययोजनाबारे हिजोको पोलिट्ब्युरो बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव पोलिट्ब्युरोबाट टुंगो लाग्न नसकेपछि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

गत मंसिरको पहिलो साता गोरखाको पालुङटारमा सम्पन्न बिस्तारित बैठकबाट पारित भएको जनविद्रोहको लाइन छाड्न नहुने अडान उपाध्यक्ष मोहन बैद्य किरण निकटका सदस्यहरुले राखेपछि केन्द्रिय समितिको बैठक बोलाइएको हो । शान्तिप्रक्रियालाई पूर्णता दि“दै जनसंविधान निर्माणको मूल कार्यदिशा प्रस्तुत गर्नुभएको छ । केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडा“डामा भोलि बस्दै छ । केन्द्रीय समितिमा पदाधिकारी, स्थायी समिति, पोलिट्व्युरो र केन्द्रीय समिति गरी १ सय ४६ जना छन् । यसैबीच केन्द्रीय समिति बैठक अघि आज माओवादीका शीर्ष नेताहरू आआफ्ना निकटहरूस“ग भेटघाट र छलफलमा व्यस्त छन् । बैठकमा सहभागी हुन राजधानी आइपुगेका केन्द्रीय सदस्यहरूको समेत व्यस्त भएका छन् ।

सरकार शान्ति र संविधानमा चासो  ः राष्ट्रपति र प्रधानमन्त्री

काठमाण्डौं, ०८ बैशाख । राष्ट्रपति डा. रामबरण यादवले लोकतन्त्रको सढृढिकरण नेपालका लागि अहिलेको प्रमुख चुनौती बनेको बताउनुभएको छ । राजधानीमा आज एक बिद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै राष्ट्रपति यादवले लोकतन्त्रमा जताततैबाट आक्रामण भइरहेकाले यसलाई जोगाउदै संस्थागत गर्ने तर्फ सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रलाई मज्बुद बनाउन गुणस्तिय शिक्षा अपरिहार्य भएको भन्दै राष्ट्रपति यादवले जीवनउपयोगी र व्यवहारिक शिक्षा दिएर सबैलाई उत्पे्ररित गर्नुपर्ने बताउनुभयो ।

यसैबिच प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानले पूर्णता नपाउँदासम्म विकास निर्माणका कार्यले गति नपाउने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय सभाको विशेष बैठकमा बोल्दै प्रधानमन्त्री खनालले मुलुक सबैभन्दा ठूलो संक्रमणकालमा रहेकाले अन्य क्षेत्रको विकास पनि हुन नसक्ने बताउनुभयो । अहिलेको महत्वपूर्ण कार्यभार शान्ति र संविधान निर्माण भएकाले कार्यभार पूरा गर्न सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री खनालको भनाइ छ । कार्यक्रममा शिक्ष्ाँमन्त्री गंगालाल तुलाधरले त्रिभुवन विश्वविद्यालयलाई अगाडि बढाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर माधवप्रसाद शर्माले विश्वविद्यालय र यस अन्तरगतका सबै निकायहरु कुनै पनि प्रकारको हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताउनुभयो ।

उर्जामन्त्री गोकर्ण विष्टद्धारा शपथ ग्रहण, उर्जासंकट कम गर्न काम गर्ने प्रतिबद्धता

काठमाण्डौं, ०८ बैशाख । अज्ञात समूहको आक्रमणमा परी घाइते हुनुभएका ऊर्जामन्त्री गोकर्ण बिष्टले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यलय शीतलनिवासमा आज प्रधानमन्त्रीबाट बिष्टले ऊर्जामन्त्रीको सपथ ग्रहण गर्नुभएको हो । गत चैत २८ गते अज्ञात समूहको आक्रमणमा परी घाइते हुनुभएका विश्ट तेस्रो चरणको मन्त्रीमण्डल विस्तारमा भएको शपथग्रहणमा उपस्थित हुनसक्नुभएको थिएन ।

पद तथा गोपनीयताको सपथपछि सञ्चारकर्मीस“ग कुरा गर्दै उहा“ले ऊर्जा संकट समाधान गर्न सरकारले चैत ९ गते ल्याएको योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहा“ले ऊर्जा संकट समाधान गर्न सरकार दीर्घकालीन योजनासहित अघि बढ्ने बताउनुभयो । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका बिष्ट हिजो मात्र अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । राष्ट्रपती रामवरण यादवको उपस्थितीमा आज भएको सपथग्रहण कार्यक्रममा सरकारका अन्य मन्त्रीहरूकोसमेत सहभागिता रहेको थियो ।

संविधान निर्माणमा दवाब सृजनागर्न सभामुखको आग्रहः

काठमाण्डौ, वैशाख ८ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधानका विबादित बिषय साँघुरिएपनि संविधान निर्माणमा दलहरु उदासिन बनेको आरोप लगाउनुभएको छ । उहाँले संविधान निमार्णमा दलहरुलाइ सकारात्मक दवाब सृजना गर्न पनि आग्रह गर्नुभयो । महिला सभासद समुह ककसले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष नेम्बाङले दलहरू संविधान निर्माणमा केन्द्रित भए निर्धारित समयमै संविधान बन्न समस्या नभएको बताउनुभएको हो ।

संविधान निर्माणका लागि पर्याप्त आधार तयार भइसके पनि दलहरू शान्ति र संविधान निर्माण प्रक्रियामा केन्द्रित हुन नसकेका कारण जनतामा आशंका उत्पन्न भएको नेम्बाङको भनाइ थियो ।
कार्यक्रममा एकीकृत नेकपा माअ‍ोबादी स्थाइ कमिटि सदस्य देवप्रसाद गुरु¨ले संविधानसभा र संवैधानिक समितिका सभापति संम्हालेका दलको अक्षमताका कारण संविधान निर्माण अबरुद्ध भएको आरोप लगाउनुभयो ।

उहाँले माओवादी संविधान निर्माणमा प्रतिबद्ध रहेपनि यथास्थितिवादी शक्तिहरुले जनमुखी संविधान निर्माणमा व्यबधान खडा गरेको आरोप लगाउनुभयो । सोही कार्यक्रममा राप्रपा नेपालका चन्द्रबहादुर गुरु¨ले संविधानसभाको विद्यमान संरचनावाट संबिधान बनाउन संभव नभएकोले नयाँ जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो । संविधानसभाको जन्मदाता र प्रमुखदल माओवादीको अकमन्यताका कारण संविधानसभाले संविधान निर्माणगर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

यसैबीच संविधानसभामा रहेका विभिन्न दलका महिला सभासदले अन्तरिम संविधानले सुनिश्चित गरेको ३३ प्रतिसतको अधिकार कार्यान्वयन नभएको भन्दै नयाँ संविधानमा समानुपातिक अधिकारको सुनिश्चित नभएसम्म संविधानको मस्यौदा पारित नगर्ने चेतावनि दिएका छन । अन्तरिम संविधानले ३३ प्रतिसत सहभागिताको ज्ञारेण्टि गरेपनि मन्त्रीपरिषदमा जम्मा दुइजना महिलालाइ मात्र सहभागि गराएको भन्दै तीब्र आपत्ति जनाए । महिला सभासद समूह ककसको पूर्ण भेलाले मन्त्रीपरिषदमा ३३ प्रतिसतको सहभागिता ज्ञारेन्टी गर्न माग गरेको छ ।

महिला सभासदको भेलाले लैङ्गीक बजेट निर्माण गर्न र बजेटमा विधवा महिलालाइ सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन माग गरेको छ । भेलामा संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुवेदीले समान अधिकारको मुद्दा लिएर लाखौ महिला आन्दोलनमा होमिएपनि महिललालाइ संविधानले सुनिश्चित गरेको अधिकार दिन कञ्जुस्याइ गरेको बताउनुभयो । नेपाली कागे्रसकी सचेतक कमला पन्तले नयाँ संविधानमा पनि महिला अधिकार सुनिश्चित नहुने खतरा बढेको बताउनुभयो । ककसकी संयोजक  उषाकला राइले ५१ प्रतिसत महिलालाइ राज्यले उपेक्षा गरेको आरोप लगाउनुभयो । उहाँले संविधानसभावाट संविधान जारीगर्न षडयन्त्र भए संविधानसभाका एक हिताइ महिला सभासद आन्दोलनमा उत्रने चेतावनि दिनुभयो ।

किराँत जनबादी वर्कस पार्टिका केन्द्रीइ अध्यक्ष विविश बिद्रोहीको हत्या

भोजपुर, ०८ बैशाख । पूर्वमा द्धन्द्धरत किरात जनबादी वर्कस पार्टीका अध्यक्ष बिवश बिद्रोहीको स्थानीयबासीसँगको झडपमा मृत्यु भएको छ । भोजपुरको पाङचास्थिच गरगरेमा स्थानीयसँग झडप हुदा गत चैत २५ गते उनको ज्यान गएको प्रहरीले आज जनाएको छ । यद्धपी स्थानीयबासीले भने बिद्रोहीले कोशी नदीमा हाम फालेर मृत्यु भएको दाबी गरेका छन् । पार्टीले सो क्षेत्रको डुङगा निकासमा रोक लगाएपछि स्थानीयबासीसँग सो पार्टीका कार्यकर्ताको झडप भएको प्रहरीको भनाई छ ।

काँग्रेस नेता देउवा पक्षको छुट्टै भेला

काठमाण्डौँ, ०८ बैशाख । पार्टी सभापति सुशील कोइरालाको केन्द्रीय पदाधिकारी मनोनयनको  प्रस्ताव भोली बस्ने केन्द्रीय समितीको बैठकमा पेश गर्ने तयारी गरेपछि त्यसबारे रणनीति तय गर्न कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा सक्रिय हुनभएको छ । यसैक्रममा देउवाले आजै आफ्नो निवास बुढानिलकण्ठमा आफु पक्षीय केन्द्रीय सदस्यहरूको भेला गर्नु भएको छ ।

भेलाले भोलिको केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । देउवा पक्षको व्यापक विरोधका बाबजुद सभापति कोइरालाले भोलिको बैठकमा मनोनयन प्रस्ताव निणयार्थ पेश गर्ने मनस्थिति बनाउनुभएको बुझिएको छ । उहा“ले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलालाई मनोनयन गर्ने प्रस्ताव गर्नुभएको थियो । तर आफ्नै निकट मानिएका सुजाता कोइराला, अर्जुननरसिंह केसी, कुलबहादुर गुरूङ र गगन थापाले समेत विरोध गरेपछि कोइराला समस्यामा पर्नुभएको छ ।

यसैबीच नेपाली काग्रेसको भातृसंगठन नेपाल महिला संघका आधादर्जन केन्द्रीय सदस्यहरुले संघको बर्तमान कार्य समिति विघठन गरी तदर्थ समिति गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा महिला नेतृहरुले संघको बर्तमान कार्यसमिति निश्क्रिय रहेको र म्याद सकिएको एक वर्ष वितिसकेकोले यसलाई तत्काल विघठन गरेर तदर्थ समिति गठन गरि महाधिवेशन गर्नु पर्ने गरे । पार्टी सभापति सुशिल कोइरालाको भातृसंगठनको बर्तमान कार्य समिति विघठन गरेर नयाँ अधिवेशन गराउने प्रस्तावको समर्थन गर्दै महिला नेतृहरुले अहिलेको कार्य समिति अबैधानिक ढंगले चलिरहेको आरोप पनि लगाए ।

कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य पुष्पलता लामाले समितीले आफ्नो अवधीभर कुनै काम नगरेको र अहिले डेट एक्सपायर भईसकेको महिला संघलाई पुर्नताजगी दिन पनि विघठन गरेर नयाँ नेतृत्व चयन गर्नु पर्ने धारणा राख्नुभयो । विघटन गर्नुपर्नै माग गर्नैहरुमा  केन्द्रीय सदस्य शुषमा मुडभरी,मालती सोढारी,अम्बिका बस्नेत,अनिता देबकोटा,राजेश्वरी सिह र गोमा केसी  हुनुहुन्थ्यो ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

बांकेको चिसापान गाबिसको पितमारीमा माटो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेका अनुसार माटो खन्ने क्रममा ढिस्को खसेपछि पुरिएर दुईजनाको ज्यान गएको हो । मृत्यु हुने मा एकजना नकुल लामा छन् भने अर्काको नाम खुल्न सकेको छैन । तारा राना घाइते भएकी छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । घर लिप्न माटो खन्ने क्रममा उनीहरू पुरिएका हुन् ।

आर्थिक समाचार

अर्थमन्त्री अधिकारी

उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले चालु आर्थिक वर्षको लक्ष्य अनुसार राजश्व असुली गर्न भन्सार अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । भन्सार मुल्याङकन सम्बन्धी तीन दिने गोष्ठि उद्घाटन गर्दे अर्थमन्त्री अधिकारीले लक्ष्य अनुसारको राजश्व असुली गर्न भन्सार अधिकृतहरुलाई निर्देशन दिनुभएको हो । लक्ष्य अनुसारको राजश्व हासिल नभए देश नै असफल हुने बताउदै उहाले बजारमा देखिएको तरलताको अभावका कारण पनि राजश्व संकलनमा कमी आएको बताउनुभयो । राजश्व छली गर्नेलाई सरकारले कडा भन्दा कडा कारवाही गर्ने अर्थमन्त्री अधिकारीको भनाई थियो ।
अर्थमन्त्रालयका सचिव कृष्णहरी बास्कोटाले भन्सार अधिकृतमा ज्ञानको अभावका कारण पनि राजश्व छलीले प्रश्रय पाएको स्वीकार गर्नुभयो । भ्रष्ट कर्मचारीलाई सरकारले कारवाही गर्ने बताउदै सचिव बास्कोटाले स्थानीय बस्तुको मुल्याङकन नघट्ने स्पष्ट पार्नुभयो ।
अन्तराष्ट्रिय समाचार

लिबियामा सहयोग वितरणमा समस्या भयोः संयुक्त राष्ट्रसंघ

काठमाण्डौं, ०८ बैशाख । संयुक्त राष्ट्रसंघिय सहयोग कार्यक्रम प्रमुख बेलरी एमोसले लिबियामा जारी द्धन्द्धका कारण राहत वितरणमा समस्या देखापरेको बताउनु भएको छ । यद्यपी बेलरीले राहत सामाग्रि वितरणका लागी सैन्य सहयोग भने स्वीकार गर्न नसकिने बताउनुभयो । बेलरीले राहत वितरणमा सैन्य प्रयोगले सैन्य सहयोग र मानविय सहयोगमा फरक नहुने भन्दै सैन्य सहयोगमा राहत वितरण अस्वीकार गर्नु भएको हो । युरोपियन युनियनले राष्ट्रसंघको राहत वितरणका लागी जमिनमा समेत सैना पठाउन प्रस्ताव गरेको थियो ।

यसैबिच लिबियामा भएको मोटार आक्रमणमा परि मर्ने दुइ फोटो पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा ओस्कार नोमिनेशनमा परेका टिम हिद्रिङ्गटन तथा अमेरिक फोटो पत्रकार क्रिस होण्डुरस रहेका छन् । त्रिपोली शहरमा झडपमा वृद्धि भएपछि फर्कने क्रममा पत्रकारहरु मोटार आक्रमणको शिकार भएका थिए । हेद्रिङ्गटन युद्ध फोटोगाफ्रिमा ओस्कारमा मनोनयनमा परेका छन् भने होण्डुरसले युद्ध पत्रकारितमा रोबोट गोल्ड मेडल प्राप्त गरिसकेका छन् । समुहमा रहेका पत्रकार माथी भएको उक्त आक्रमणमा परि अन्य दुइ जना घाइते भएका छन् ।

यता लिबियामा आन्दोलनरत बिद्रोही समुहले सरकारले राखेको युद्ध बिरामको प्रस्ताबलाई अस्वीकार गरेको छन । बेनगाजीका  अस्थायी राष्ट्रिय परिषदका प्रबक्ता अब्दुल हफिजले शासक कर्नेल गद्धाफिको बिरुद्ध आफनो लडाई जारी राख्ने बताउनु भयो । नेटोको हवाइ आक्रमण बाट आफना सैन्य बलमा क्षति भए पछि गद्धाफिले युद्धबिराम गर्न खोजेको बिद्रोही पक्षले दावी गरेका छन्  ।

खेल समाचार
एएफसी प्रसिडेन्ट कप
एएफसी प्रेसिडेन्टकप अन्तरगत भोली नेपाल प्रहरीले तुर्केमिनीस्तानको बाल्कनसँग प्रतिष्पर्धा गर्दैछ । राजधानिको दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो साँडे तिन बजे सुरु हुनेछ ।

तुलनात्मक रुपमा कमजोर मानिएको वाप्डासँग समेत पराजय बेहोरेको पुलिस भोली हुने बलियो प्रतिद्धन्द्धि बाल्कनसँग जित हात पारेर अघिल्लो चरण प्रवेशको सम्भावना ब्युताउँने सुरमा रहेको छ । यसैबिच नेपाल प्रहरीका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भोली हुने खेलमा प्रहरीले जित हात पार्ने विश्वास ब्यक्त गर्नु भएको छ । श्रेष्ठले वाप्डासँगको खेलमा फिनिसिङ्ग कमजोर भएको स्वीकार गर्दै भोली भने त्यस्तो भूल नगर्ने दावि गर्नुभयो ।

No comments: