भावि कार्यदिशाको विषयलाइ लिएर माओवादीमा विबाद, केन्द्रीय समिति बैठक आह्वानः
काठमाण्डौं, ०७ बैशाख । भावी कार्यदिशाको बिषयलाइ लिएर पुनः बल्झिएको विबाद पोलिटव्युरो बैठकवाट समाधान गर्न नसकेपछि एकीकृत माओवादीले केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
आज बसेको पोलिटव्युरो बैठकमा समसामयिक राजनीति र पार्टीको भावी कार्यदिशाको बारेमा विवाद देखिएपछि माओवादीले यही बैशाख आगामी ९ गतेको लागि केन्द्रीय समिति बैठक बोलाएको हो । आजको बैठकमा लडाकू समायोजन तथा जेठ १४ पछिको परिस्थितिवारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य किरण पक्षधरबीच विबाद देखिएपछि सहमतिको जिम्मा केन्द्रीय समितिलाई दिएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले देशको समसामयिक राजनीतिक परिस्थिति तथा शान्ति, संविधान र पार्टीको संक्रमणकालनि कार्ययोजनाबारे तत्कालिक राजनीतिक प्रस्ताव प्रेश गर्नुभएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । प्रचण्डको प्रस्तावमाथी पदाधिकारीहरुले धारणा राख्नेक्रम सकिएको छ । प्रचण्डको प्रस्तावप्रति उपाध्यक्ष बैद्यले गम्भीर असहमति राख्नु भएको एक नेताले बताए । सरकारमा पठाउने व्यक्ती छनौटदेखी सुरु भएको विबाद अहिले जनबिद्रहोहको कार्यदिशामा गएर छताछुल्ला भएको छ ।
संविधानसभावाटै संविधान बनाउन जोडदिने अध्यक्ष प्रचण्डको प्रस्तावप्रति उपाध्यक्ष वाबुराम भट्टराइले समर्थजन जनाउनु भएको एक नेताले बताए । केन्द्रीय कमिटिबाट समेत विबाद समाधान नभए सरकारवाट मन्त्री फीर्ता बोलाउन सक्ने सम्मको निर्णयमा पुग्ने संभावना रहेको बैद्य निकट एक नताले बताएका छन ।
वर्तमान सरकारले नै शान्ति र संविधान निश्कर्षमा पु¥याउनेमा विश्वासः भारत
काठमाण्डौं, ०७ बैशाख । भारतीय विदेशमन्त्री एसएम कृष्णाले वर्तमान सरकारले नै शान्ति र संविधानको अविभारा पूरा गर्नमा भारत सरकार विश्वस्त रहेको बताउनुभएको छ ।
भारतीय विदेश मन्त्री कृष्णाले आज खनालसँग भेट गरेपछि सरकारप्रति सकारात्मक देखिएको हो । आजै मात्र नेपाल भ्रमणमा आउनुभएका विदेश मन्त्री कृष्णाले आएलगत्तै प्रधानमन्त्री खनालसँग भएको भेटवार्ता अत्यन्तै खुलस्त र उदेश्यपूर्ण भएको बताउनुभएको हो । भेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै उहाँले झलनाथ खनाल नेतृत्वको सरकारले शान्ति प्रक्रिया र संविधान लेखनको विषयलाई प्राथमिताका साथ सम्बोधन गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री खनालसँगको भेटमा शान्ति प्रक्रियाको पूर्णता र संविधान लेखनका लागि वर्तमान सरकार दृढ रहेको आफूले पाएको कृष्णाको भनाई थियो । नेपालका प्रधानमन्त्री खनालसँगको भेटवार्ताबाट आफू पूर्ण सन्तुष्ट भएको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री झलनाथ खनालसंगको भेटमा आफूले संयुक्त राष्ट्रसङघ अन्र्तगताको सुरक्षा परिषदको संरचनामा आमूल परिवर्तनको आवश्यक्ता रहेको बताएको र खनालले पूर्ण समर्थन जनाएको दावी गर्नुभयो । वार्तापछि पत्रकारहरुलाइ प्रतिक्रिर्यादिर्दै भारतीय विदेशमन्त्री कृष्णाले नेपाल भारतबीचको आर्थिक–सामाजिक सम्बन्धलाइ लगातारको दुई पक्षीय भ्रमण र वार्ताहरुले सुदृढ पारेको दावी गर्नुभयो ।
शान्ति प्रक्रियाले केही हप्तामै फड्को मार्ने–प्रधानमन्त्री खनाल
काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री झलनाथ खनालले सुरक्षा क्षेत्रमा देखिएको चुनौती समाधान गर्न सुरक्षा सम्बन्धी अवधारणालाई परिमार्जन गर्नुपर्ने बताउनु भएको छ । सुरक्षासम्बन्धी अवधारणा अब सुरक्षासँग मात्र सीमित नभएर राजनीतिक, आर्थिक र विकाससँग जोडिएको भन्दै उहाले राष्ट्रिय सुरक्षा परिषद्लाई नयाँ नेपालको परिकल्पनासँगै व्यवस्थित गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
राजधानीमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको भावी संरचना,कार्यक्षेत्र र स्वरुपबारेको गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रि खनालले अब केहि हप्तामै शान्ति प्रक्रियाले फड्को मार्नेै दाबी गर्नुभयो । शान्ति र संविधानको जिम्मेवारी पूरा गर्ने कर्तव्य र दायित्वप्रति आफू सचेत रहेको उल्लेख गर्दै प्रधानमन्त्रि खनालले आगामी जेठ १४ अघि नै ठोस दिशा दिन राजनीतिक दलले जिम्मेवारीका साथ ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रक्षा मन्त्री विष्णु पौडेलले मुलुक केन्द्रीकृत शासन प्रणालीबाट सङ्घीयतामा प्रवेश गर्न लागेको अवस्थामा सुरक्षासम्बन्धी अवधारणालाई समयानूकुल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सत्य निरुपण विधेयकमाथी विधायन समितिमा दफावार छलफल सुरुः
काठमाण्डौ, वैशाख ६ । सत्य निरुपण तथा मेलमिलाय आयोग सम्बन्धी विधेयकमाथी व्यबस्थापिका संसदको विधायन समितिमा दफावार छलफल सुरु भएको छ । पूर्वबर्ती सरकारले दुइबर्ष अगाडि दर्ता गरेको विधेयक माथी आजदेखी छलफल सुरु भएको हो । छलफलमा भागलिदै सभासदहरुले ढिलै भएपनि विधेयमाथी छलफल हुनु सकारात्मक भन्दै आयोग गठन भएपछि विगतको द्वन्दका क्रममा भएकका ज्याजतिमा संलग्न कानूनी कठघरामा आउने र पीडितले न्याय पाउने आशा व्यक्त गरेका छन । साथै उनिहरुले सत्यनिरुपण आयोगमा समेत दलीय भागवण्डा गरेर वास्तविकता बुझ्नेकुरा प्रभावित गर्न नहुने सुझाव दिए ।
छलफलमा भागलिदै नेकपा एमालेका प्रदीप ज्ञवालीले द्वन्दका क्रममा भएका मानव अधिकार उल्लघनमा संलग्नलाइ कार्वाही नगरिएका कारण पीडितले शान्ति प्रक्रिर्याको स्वामित्व ग्रहण गर्ने खतरा हरेको बताउनुभयो । विधेयकको प्रस्तावनामा रहेको केहि बिषयमा माओवादीले संशोधन प्रस्ताव राखेका कारण विधेयकमा सहमति हुने संभावना भने कम देखिएको छ । माओवादी संशोधनले आयोगको औचित्यमाथी प्रश्न चिन्ह खडा भएको भन्दै गैर–माओवादी दलले संशोधन फीर्ता लिन आग्रह गरेपनि माओवादीले अश्वीकार गरेको छ । संशोधनकर्ता माओवादी सभासद एकराज भण्डारीले अन्तरिम संविधानको भावना मेलमिलाप गर्नु भएकोले दण्डलाइ महत्व दिन जरुरी नभएको बताउनुभयो ।
विद्यार्थी नेताहरुको चेतावनी
मुख्य राजनीतिक दलहरु संविधान सभा विघटन गरी संविधान नबनाउने खेलमा लागेको भन्दै साना दल सम्बद्ध ११ विद्यार्थी सङगठनले दवावमूलक आन्दोलनका कार्यक्रमक घोषणा गरेका छन् । राजधानीमा आज भएको संयुक्त बैठकले दलहरुलाई ज्ञापन पत्र बुझाउने देखि धर्ना कार्यक्रम सम्म सार्वजनिक गरेको छ ।
बाँकी ३७ दिनमा सहमतीकै आधारमा सार्थक,परिणाममुखी र सर्वस्विकृत संविधान अहिलेकै संविधान सभाबाट जारी गर्न सकिनेमा जोड दिदै उनीहरुले तत्काल सहमती गरी सं)विधान लेखनलाई तीब्रता दिन जोडदार माग गरेका छन् । समयमै संविधान जारी गर्न माग गर्दै राष्ट्रपती,प्रधानमन्त्री,सभामुख तथा दलका नेताहरुलाई त्रापन पत्र बुझाईने संयुक्त रुपमा जारी विज्ञप्तीमा उल्लेख छ । बैठकमा अनेरास्ववीयु पाँचौ,अनेरास्ववीयु एकिकृत,तराई मधेश विद्यार्थी फ्रन्ट,नेपाल क्रान्त्किारी विद्यार्थी सङघ लगायतका ११ विद्यार्थी सङगठनको सहभागीता रहेको थियो । बैठकले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै नीजि विद्यालयहरुले मनपरी रुपमा असुलिरहेको भर्ना शुल्क तथा सार्वभौकितामा आँच पुग्ने खालका विदेशी पाठ्यपुस्तकहरु समेत पढाई भईरहेको प्रति विरोध प्रकट गरेका छन् ।
शान्ति र संविधानको काम एक कदम पनि अघि बढेन – नेता पौडेल
काठमाडौं, ७ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको संसदीय दलका नेता रामचन्द्र पौडेलले मुलुकमा आर्थिक विश्रृङ्खलता, शान्ति सुरक्षामा गम्भीर संकट र परराष्ट्र नीतिमा विचलन आएको बताउनुभएको छ ।
नेता पौडेलले सरकार बनेको यतिका समय भैसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको तथा शान्ति प्रक्रिया एवम् संविधान लेखनको काम एक कदम पनि अघि नबढेको दावी गर्नुभयो । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि बोल्दै नेता पौडेलले जेलभित्र गोली चल्ने, मन्त्रीलाई खुकुरी हान्ने घटना लगायत तराईमा शान्ति सुरक्षाको अवस्था गम्भीर भैसक्दा पनि सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो ।
प्रशासनमा आतङ्ंक सिर्जना गरेर वरिष्ठ कर्मचारी फालेर आफ्ना मान्छे बढुवा गरेको र पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न नसकेको, लोडसेडिङ्गजस्ता समस्या समाधान गर्न वर्तमान सरकार असक्षम भएको नेता पौडेलको भनाई थियो ।
प्रशासनमा आतङ्ंक सिर्जना गरेर वरिष्ठ कर्मचारी फालेर आफ्ना मान्छे बढुवा गरेको र पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न नसकेको, लोडसेडिङ्गजस्ता समस्या समाधान गर्न वर्तमान सरकार असक्षम भएको नेता पौडेलको भनाई थियो ।
काँग्रेसले नयाँ सरकार बनाउन पहल नगरी रचनात्मक प्रतिपक्षको भूमिका खेलेको र संविधानसभाको म्याद थप्ने नथप्नेबारे कुनै औपचारिक निर्णय पनि गरिनसकेको नेता पौडेलले बताउनुभयो । उहाँले सदनलाई छलेर सरकारले श्वेतपत्र जारी गरेकोले सदनको मानहानी भएको आरोप लगाउनुभयो । काँग्रेसले शान्ति सम्झौता कार्यान्वयन, हतियारको राजनीति बन्द र नयाँ संविधान लेखनको मुद्दालाई लिएर देशव्यापी कार्यक्रमसहित जनतामाझ जाने बताउनुभयो ।
खेल समाचार
एएफसी प्रेसिडेन्ट कप फुटवल
आज बाट राजधानीमा सुरु एएफसी प्रेसिडेन्ट कप फुटवल प्रतियोगीताको उद्घाटन खेलमै नेपालको लिग विजेता टोली नेपाल पुलिसले हार खेपेको छ । खेलमा पाकिस्तानको लिग विजेता क्लब बाप्डासँग नेपाल पुलिस क्लब २—० गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथरगशालामा भएको खेलमा नेपालले पहिलो हाफको ३८औ र दोस्रो हाफको ८९ औ मिनेटमा गोल खाएको थियो । वाप्डाका लागि मेहमुल अरिफले ३८औ र जदिद खानले ८९ औ मिनेटमा गोल गर्दै नेपाली सपनामा बज्रपात गरेका थिए ।
खेलकाृे पहिलो हाफमा तालमेलपूणै खेल प्रदर्शन गरेकको पुलिसले केही मुभहरु सिजैना गरेपनि गोलको खाता भने खोल्न नसकदा नतिजा पाकिसतनको वाप्डालाई फलदायी भएको थियो । पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गरेको पुलिसको खेल दोस्रो हाफमा भने निककै लर्खराएको थियो । पुलिसकोे स्टा«ईकिङमा आज घार्यते स्टा«ईकर चेतन घिमिरेको अनुपस्थिती निक्कै खड्किएको देखिएको थियो ।
No comments:
Post a Comment