Saturday, May 21, 2011

जेठ ७ गते २०६८


संविधान सभाको म्याद सकिनै लाग्दा दलहरु द्धिपक्षिय र बहुपक्षिय छलफलमा 

काठमाण्डौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कङग्रेसले यथास्थितीमा संविधान सभाको म्याद थप गर्न नसकिने स्पष्ट पारेपछि काँगेसको माग सम्बोधन,  शान्ति प्रक्रियालाइ टुङ्ग्याउने तथा संविधान सभाको म्याद थपका लगाी सत्तारुढ तीन दल रणनिती निमार्णमा जुटेका छन् । काँग्रेसले उठाउँदै आएको माओवादी लडाकु र शान्ति प्रक्रिया सम्बन्धि महत्वपूर्ण मुद्यामा सझा धारणा जुटाउन तिन दल गम्भिर छलफलमा जुटेका हुन् । 
सोही क्रममा तीनदल बिच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सबिधानसभाको म्याद थप र शान्ति प्रक्रियालाई टुङगोमा पु¥याउन राष्ट्रिय सहमतिको साझा प्रस्ताब तयार गरि अन्य दलहरु सँग छलफल गरि अगाडी बढ्ने सहमती भएको छ । सत्तारुढ तिन दल बिच शान्ति प्रक्रियालाई टुङगो लगाउने बिषयमा यस अघि तयार पारेको साझा प्रस्ताबलाई अन्तिम रुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री झलनाथ खनालले संबिधानसभाको म्याद थपका लागी अन्य दलहरु सँग भईरहेको परामर्शका बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा प्रधानमन्त्री खनाल,  माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादब लगायतका सो पार्टीका अन्य नेताहरुको सहभागीता रहेको थियो ।

यसैबीच संविधान सभाको म्याद सकिनै लाग्दा दलहरु म्याद थपका विषयलाइ लिएर द्धिपक्षिय र बहुपक्षिय छलफलमा केन्द्रीत भएका छन् । यसैक्रममा माओवादी र कङग्रेस शीर्ष नेतृत्वबीच आज लडाकु समायोजन र काँग्रेसले प्रस्तुत गरेको १० बुदेँ मागको विषयलाइ लिएर छलफल भएको छ । सत्तारुढ प्रमुख तीन दलको बैठक सकिए लगत्तै माओबादी अध्यक्ष प्रचण्डले कोइराला निबास महाराजगजमा छलफलका लगाी पुग्नु भएको थियो । भेटबार्तामा सबिधानसभाको म्याद थपका लागी कग्रेशले अघि सारेको प्रस्ताबका बिषयमा छलफल भएपनि  कुनै सहमती भने जुट्न सकेन । 

बार्तामा अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतीका लागी तीन दलले तयार पारेको साँझा प्रस्ताब बारे कोइरालालाई जानकारी गराउदै अहिलेको अबस्थामा सबिधान सभाको म्याद थप गर्नु बाँहेक मुलुक सामु अर्काे बिकल्प नभएको भन्दै सहयोग गर्न आग्रह गर्नु भएको थियो । जवाफमा सभापति कोइरालाले उधारो सहमती गर्न नसकिने भन्दै १० बुँदे सर्त पुरा भएको खण्डमा काँग्रेश म्याद गर्न सहमत हुने बताउनु भएको बैठकमा सहभागी कङग्रेस उपसभापती रामचन्द्र पौडेलले जानकारी दिनुभयो । “काँग्रेसले सार्वजनिक गरेको शान्तिप्रक्रिायलाई पूरा गर्ने १० बुँदे मार्ग चित्रकै विषयमा कुरा भएको हो,” भेटपछि काँग्रेस उपसभापति पौडेलले पत्रकारहरूलाई जानकारी दिनुभयो । 
  
भेटमा अध्यक्ष प्रचण्डले अहिलेनै सबै कुरा नभए पनि केही कुरा गर्न सकिने बताउनुभएको नेता पौडेलले बताउनुभयो । तर काँग्रेस भने आफनो माग पूरा कार्यान्वयनको पक्षमा रहेको नेता पौडेलको भनाई थियो । 

प्रधानमन्त्री र कङग्रेस नेताहरुबीच भएको छलफल सकारात्मक

आफ्नो १० बुँदे माग सम्बोधन नभए संविधाना सभाको म्याद थप गर्न नसकिने घोषणा गरेको कङग्रेसले प्रधानमन्त्री झलनाथ खनालसँग आज भएको वार्ता सकारात्मक भएको भन्दै म्याद थपमा सहयोग गर्न सकिने बताएको छ । आफ्ना शर्तहरुका बारेमा कङग्रेस उपसभापती रामचन्द्र पौडेल नेतृत्वको एक टोलीले आज प्रधानमन्त्री खनालसँग गम्भिर छलफल गरेपछि म्याद थपका लागी काँग्रेस केही नरम देखिएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आफ्ना मागहरुका बारेमा छलफल भएको कङग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । नेता पौडेलले प्रधानमन्त्री झलनाथ खनालले आफ्ना मागहरु प्रति सकारात्मक टिप्पणी गरेको जानकारी दिनुभयो  । भेटमा प्रधानमन्त्री खनालले लडाकु समायोजन समबन्धी केही ठोस र विश्वासिलो कार्य सम्पन्न गर्न आफूले निरन्तर माओवादी र अन्य दलहरुसँग छलफल गरिरहेकोले आउँदो केही दिनभित्रै कङग्रेसको माग समबोधन हुने गरी शान्ति प्रक्रिया सम्बन्धि ठोस निणर्य गर्ने बताउनु भएको थियो । 

यसअघि कङग्रेसले केन्द्रिय कार्यसमितीको बैठक बसी जेठ १४ अगावै लडाकु समायोजन हुने विश्वासिलो आधार सहित १० बुँदे शर्त सम्बोधन हुनुपर्नै हिजो आमसभा गरी सार्वजनिक गरेको थियो ।

माओवादी उपाध्यक्ष भट्टराइलाइ ज्यान मार्ने योजना बनाउने जनक बतौर्ला निलम्बित

काठमाण्डौँ, ७ जेठ । एकीकृत नेकपा माओवादीले उपाध्यक्ष डा बाबुराम भट्टराइलाइ ज्यान मार्ने धम्की दिने मजदुर नेता जनक बर्ताैलालाइ तीन महिनासम्मका लागी पार्टिबाट निलम्बन गरेको छ । माओवादीको आज बसको स्थायी समिती बैठकले मजदुर संगठन भित्र केही समय यता देखा परेको गलत प्रवृतिलाइ दुरुत्साहित गर्ने भन्दै बर्तौलालाइ कारवाही गर्ने निणर्य गरको हो । बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले बर्तौलासंग स्पष्टीकरणपछि निलम्बन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

यसैगरी बैठकले आगामी १० राजधानीमा गर्ने भनिएको आमसभा ११ गते गर्ने निर्णय गरेको छ । भोलीका लागी तय भएको जन स्यवय् सेवक ब्युरोको मार्चपासको कार्यक्रम समेत माओवादीले ११ गते बिहान सम्मका लागी सारेको छ । भोली र १० गतेका दिन बन्द परेका कारण ती दिन गर्ने कार्यक्रम एक दिन पर सार्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो । 

यसैबिच माओवादीले सरकारमा ३३ प्रतिशत महिला सहभागिता गराउने निणर्य गरेको छ । यद्यपी माओवादीले सरकारलाइ समावेशि बनाउने विषयमा निणर्य गर्ने जिम्मा भने केन्द्रीय कार्यलयलाइ दिएको छ । 

क्षेत्री समाज द्धारा भोली उपत्यका बन्द आब्वाहान 

काठमाण्डौँ, ७ जेठ । पटक पटकको बन्दका कारण जनताहरु आक्रान्त बनिरहेको बेला क्षत्री समाजले पनि भोली उपत्यका बन्दको आव्हान गरेको छ । क्षेत्रीहरुलाइ आदिवासी जनजातिमा सुचित गनुपर्ने माग गर्दै आएको क्षेत्री समाजले बन्दको आब्हान गरेकोे हो । राज्यको पुर्नसंरचना गर्दा क्षेत्री राज्यको ब्यवस्था गनुपर्ने, सरकारी सेवामा कोटा निर्धारण गर्दा जातिय आधारमा नभइ जनसंख्याको आधारमा हुनुपर्ने लगायतका माग क्षेत्री समाजले राख्दै आएको छ । 

त्यसअघि क्षेत्री समाजले भोलीको उपत्यका बन्दको प्रचार स्वरुप आज बिहान राजधानीमा  मोटरसाइकल ¥याली निकालेको थियो भने साँझ रत्नपार्कबाट बिशाल मसाल जुलुस प्रर्दशन गरको थियो । निर्धारित समयमा भित्र नयाँ सबिधान जारी हुनुपर्ने र अब बन्ने  सबिधानमा आफुहरुको अधिकार सुनिश्चित हुनु पर्ने माग राख्दै क्षेत्री समाजले संविधान सभा र सरकारलाई दबाद दिन पटक पटक बन्दको कार्यक्रम गर्दै आएको छ । 

यसैबिच सरकारले बन्द र हड्तालका कारण देशको समग्र अवस्थामा नराम्रो प्रभाव पर्ने भन्दै बन्द हड्ताल जस्ता कार्यक्रम स्थगन गर्न बन्द आयोजक संस्थाहरुलाइ आग्रह गरेको छ । गृह मन्त्रालयलले आज एक विज्ञप्ती जारी गर्दै बन्द र हड्तालले पर्यटन बर्ष तथा आर्थीक क्षेत्रलाइ नराम्रो असर पार्ने भन्दै बन्द फिर्ता लिन आग्रह गरेको छ । 

बाह्र सातामा शान्ति प्रक्रिया र ४६ हप्तामा संविधान निर्माण गर्ने 

काठमाडौ, ७ जेठ । नेकपा एमालेका प्रमुख सचेतक भिम आचार्यले सरकारले ४६ हप्तामा संविधान जारी गर्ने नयाँ कार्यतालिका तयार पारेको बताउनु भएको छ । १२ हप्ता भित्र शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याउँदै ४६ हप्तामै संबिधान जारी गर्ने सरकारको तयारी रहेको उहाको भनाई थियो । राजधानीमा आज अयोजित एक कार्यक्रममा उहाले जेठ १४ पछिका दिनहरुमा सरकार र संबिधान सभाले सक्रियताका साथ काम गर्दै लडाकु समायोजन र संबिधान जारी गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो । आचार्यले आन्तरिक छलफलमा भने माओबादीका ९ हजार लडाकु समायोजनमा लैजाने प्रस्ताव गरेको जानकारी दिदै ६ हजार देखि ८ हजारको विचमा लडाकुको समयोजन हुनेमा सहमति बन्ने दावी गर्नुभयो । 

यसैगरी पुर्नस्थापनामा जाने लडाकुलाई पाँच लाख देखि आठ लाख सम्मको पुनस्थापना प्याकेज ल्याउने समेत सहमतिको नजिक पुगेको जानकारी दिनुभयो । शान्ति र संविधानलाई निश्कर्समा नपुर्याई प्रधानमन्त्री झलनाथ खनालले राजिनामा नदिने स्पष्ट पार्दै उहाँले मिसन पुरा नभई राजीनामा माग्नु मृग तृष्णामात्रै भएको टिप्पणी गर्नुभयो । 

कागे्रसद्वारा सभासदलाइ राजधानी नछाड्न ह्वीपः 

नेपाली काँग्रेसले संविधानसभाको म्याद थपगर्ने बारे व्यबस्थापिका संसदमा अन्तरिम संविधान संशोधन बिधेयकमा मतदान हुने भएकोले जेठ १४ सम्म राजधानी नछाड्न ह्वीप जारी गरेको छ । कागे्रस संसदीय दलका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आज एक विज्ञप्ती प्रकाशितगरी भोली देखी १४ गते सम्म संसदका बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको बताउनु भएको हो । सरकारले संविधानसभाको म्याद थपको प्रयोजनकालागि दर्ता गरेको अन्तरिम संविधान संशोधन विधेयक भोली संसदमा टेवल गर्दैछ । उक्त विधेयकमाथी जेठ १२ वा १४ गते मतदान गर्ने तयारी भएको छ । 

युवा–विद्यार्थी संगठनद्वारा संविधानसभाको श्वेतपत्र जारीगर्न मागः 

काठमाण्डौ, जेठ ७ । विभिन्न २२ युवा–विद्यार्थी संगठनले तोकिएको समयमा संविधान जारी गर्न नसक्नुको कारण सहति ‘श्वेतपत्र’ जारीगर्न माग गरेका छन । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाइ आज तीन बुदे ज्ञापनपत्र बुझाउदै युवा–बिद्यार्थी संगठनले संविधानसभाप्रति जनतामा छाएको निराशालाइ आशामा बदल्न जेठ १४ अगावै ठोस कामगर्न माग गरेका हुन । तीन बर्षको अबधिमा संविधान निर्माणका सम्बन्धमा भएका उपलव्धी, सहमति हुन नसकेका बिषय तथा संविधान जारीगर्न आबस्यक कार्यतालिका र प्रतिबद्धता सहितको श्वेतपत्र जारीगर्न उनिहरुले माग गरेका छन । 

युवा–विद्यार्थी संगठनले शान्ति र संविधान निर्माण प्रक्रिर्या एक–अर्कासंग अन्तर सम्बन्धीत बिषय भएकोले जेठ १४अगावैकुनै निश्कर्षमा पुग्न मागगरेका छन । साथै उनिहरुले नेपाली जनताको लामो संघर्ष र बलिदानीवाट निर्माण भएको संविधानसभाका सभासदले यसको गरिमा र मर्यादालाइ उच्च राख्न संविधानसभा अध्यक्षको ध्यानाकर्षण गराएका छन । ज्ञापनपत्र बुझ्दै नेम्वाङले संविधानसभावाटै संविधान बन्नुको विकल्प नभएको बताउनुभयो । उहाँले विगतमा शान्ति प्रक्रिर्या पूरा हुन नसक्दा संविधान बन्न नसकेको भन्दै दलहरुलाइ खबरदारीगर्न दलहरुसंग आग्रह गर्नुभयो । 

प्रचण्डको व्यस्तताका कारण उपसमिति बैठक स्थगितः 

माओवादी अध्यक्ष एवं संयोजक पुष्पकमल दाहाल प्रचण्डको व्यबस्ताका कारण संवैधानिक समिति अन्तरगत गठित विबाद समाधान उपसमितिको बैठक आज स्थगित भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा कागे्रस सभापतिसंगको भेटवार्तामा व्यस्त भएका कारण बैठक स्थगित भएको हो । उपसमितिका अधिकाशं सदस्य बैठकमा उपस्थित भएपनि बैठक सुरुहुने समयमा अध्यक्ष प्रचण्डले फोनगरी आजको बैठक स्थगितगर्न आग्रह गर्नुभएको उपसमिति सदस्य कल्पना राणाले जानकारी दिनुभयो । उपसमितिको आर्को बैठक संयोजक संगको सल्लाहका आधारमा तय गरिने संविधानसभा सचिवालयले जनाएको छ । उपसमितिकोम्याद आगामी १३ गतेसकिदैछ । 

तमलोपा नेपालले मधेसमा पृथकतावादी आन्दोलन गर्ने

तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले समावेशी संविधान निर्माण नभए मधेसमा पृथकतावादी आन्दोलनको चेतावनी दिनुभएको छ । तमलोपा नेपालले आज वीरगन्जमा गरेको आमसभामा अध्यक्ष यादवले माओवादी, कांग्रेस र एमालेको संघीयताविरोधी चरित्रले तीन वर्षमा पनि संविधान नबनेको दाबी गर्नुभयो । उहा“ले मधेस आन्दोलनको मर्मविपरीत संविधान नबने पृथकतावादी आन्दोलनको चेतावनी दिनुभएको हो । अध्यक्ष यादवले माओवादी सेना समायोजन गर्न नचाहेको आरोप लगाउ“दै सीमा सुरक्षाका नाममा माओवादी सेनालाई परिचालन गरिए आफ्नो दलले सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

तीनदलका युवा नेताले शान्ति–संविधानको मोडालिटि बनाउनेः 

काठमाण्डौ, जेठ ७ । प्रमुख तीनदलका युवा नेताहरुले शान्ति र संविधान निर्माण प्रक्रिर्यावारे शीर्ष नेताहरुलाइ सुझाव दिन मोडालिटि तयार गर्ने भएका छन । एकीकृत माओवादी, नेपाली कागे्रस र एमालेका युवा नेतहरुबीच आज राजधानीको वबरमहल स्थित बन विभागको कार्यालयमा बसेको बैठकले मुलुकको जटिलता अन्त्य र शान्ति प्रक्रिर्याको मोडालिटि तयार गर्ने निर्णय हो । यसका लागि तीनै दलका तर्फवाट दुइ÷दुइजना सदस्य रहेको कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादीका तर्फवाट बर्षमान पुन र जनार्दन शर्मा, नेपाली कागे्रसका तर्फवाट चन्द्र भण्डारी र एनपी सावत तथा एमालेका तर्फवाट प्रकाश ज्वाला र घनश्याम भुषाल सदस्य रहेका छन । 

कार्यदलले शान्ति प्रक्रिर्या, सेना समायोजन लगायतका बिषयमा भोली सम्ममा एउटा कार्ययोजना बनाउने माओवादी पोलिटव्युरो सदस्य एवं स्वास्थ्यमन्त्री शक्ति बस्नेतले जानकारी दिनुभयो । कागे्रस युवा नेता सुरेन्द्र पाण्डेले शान्ति प्रक्रिर्यावारे शीर्ष नेतृत्वलाइ सुझाव दिनकालागि युवा नेताहरुबीच छलफल भएको बताउनुभयो । उहाँले संविधान जारीगर्नु अगावै शान्ति प्रक्रिर्या टुङ्गाउने बिषयमा सहमति जुटेको बताउनुभयो । विनाविभागिय मन्त्री घनश्याम भुषालको पहलमा भएको बैठकमा तीनवटै दलका करिव दुइ दर्जन नेताहरु सहभागि थिए । युवा नेताले बनाएको शान्ति प्रक्रिर्या सम्बन्धी मोडालिटिवारे शीर्ष नेताहरुसंग छलफल गरिने एमाले युवा नेता योगेश भट्टराइले जानकारी दिनुभयो । शान्ति प्रक्रिर्याका सम्बन्धमा विश्वासको वाताबरण बनाउन आ–आफ्नो पार्टीमा छलपल गरिने उहाँले बताउनुभयो । बैठकमा एमालेका तर्फवाट झलनाथ खनाल पक्षधर नेताहरुमँत्र उपस्थित थिए । 

अन्तराष्ट्रिय समाचार
आक्रमण नै आक्रमण 

अफगानिस्तानको काबुलस्थित एक सैनिक हस्पिटलमा आज भएको आत्मघाती आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकाशं मेडिकलका छात्रा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा सो आक्रमण भएको हो । दिउसोको खाना खाने बेलामा आएका दुई व्यक्तीले आत्मघाती आक्रमण गरेको प्रतक्ष्यदर्शीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । आफगानिस्तानस्थित अमेरिकी दुतावासदेखि १ किलोमिटर टाढा रहेको सो अस्पतालमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएपनि आक्रमण भएको थियो । 

यसैबिच उत्तर पश्चिम पाकिस्तानमा नेटोको एक तेल ट्याङकरमा बम विष्फोट हुँदा कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ । खैबर कबायली इलाकामा नेटोको एक तेल ट्याङकरमा विष्फोट गराइएको थियो । पाकिस्तानी प्रहरीलाई उदृद्धत गर्दे विविसीले दिएको जानकारी अनुसार ट्याङकरमा बम विष्फोट गराइएपछि तेल लिन आउँने सर्वसाधारण विष्फोटको निशाना बनेका थिए । विष्फोटबाट ट्याङकरमा आगलागि भएको थियो । अफगानिस्तानमा रहेका नेटो सेनाका लागि इन्धन लिएर ट्याङकर पाकिस्तानबाट अफगानिस्तान जाँदै गरेको बताइएको छ । 

खेल समाचार 
शहिद स्मारक ए डिभिजन लिग फुटवल

शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगीता अन्तर्गत आज भएको खेलमा बिग्रड ब्वाइज तथा हिमालयन शेर्पा क्लब विजयी भएका छन् । आजको पहिलो खेलमा बिग्रड ब्वाइजले सरस्वती क्लबलाइ २—० ले पराजित गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा व्रिगेडलाई जित दिलाउन प्रेम लामा र सुनिल विश्वकर्माले १–१ गोल गरेका थिए । त्यस्तै आजै भएको दोश्रो खेलमा उपाधी दावेदार मानिएको हिमालयन शेर्पाले बांसवारी क्लवलाई २—० ले पराजित गरेको छ । हिमालयनका लागी जित दिलाउन नविन न्यौपानेले तथा क्यास्टोरी मुम्बाराले एक एक गोल गरेका थिए । 

ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधि नेपाल पुलिसलाई, एपीएफ ४ विकेटले पराजित

सशस्त्र प्रहरी एपीएफ क्लवलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लवले काठमाडौमा आज सम्पन्न ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधि हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा सशस्त्रको एपीएफलाई हराउँदै पेप्सी स्ट्यान्डर्ड चाटर्ड उपाधि जितेको पुलिस क्लबले १ लाख २५ हजार नगद पाएको छ । टस हारी पहिला ब्याटिङ गर्न बाध्य सशस्त्रले १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रनको झिनो योगफल तयार पारेको थियो । एपीएफका लागि ज्ञानेन्द्र मल्लले अविजित ३५ तथा वसन्त रेग्मीले १९ रन जोड्दा पुलिसका चन्द्र सावदले ३, सन्तोष वरालले २ र भुवन कार्कीले एक विकेट लिए । जवाफमा नेपाल पुलिसले निर्धारित २० ओभर सकिन १ बल बाँकी रहेका बेला ६ विकेट गुमाएर रोमाञ्चक जित हात पारेको हो । उस्का लागि नरेश बुढा ऐरको ३५ रन नै सर्वाधिक रह्यो । उपविजेतामा चित्त बुझाएको एपीएफले ७५ हजार नगद हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानको उपाधि एपीएफका दिपेन्द्र चौधरी र एपीएफकै शक्तिगौचन उत्कृष्ट बलर तथा बेष्ट प्लेयर अफ दि सिरिजको उपाधि पनि एपीएफकै महवुव आलमले जिते ।

No comments: