कागे्रसद्वारा सहमति गरेरमात्र संविधान संशोधन प्रक्रिर्या अगाडि बढाउन मागः
काठमाण्डौ, जेठ ८ । प्रमुख प्रतिपक्षि दल नेपाली कागे्रसले राष्ट्रिय सहमतिपछि मात्र संविधान संशोधन विधेयक पेशगर्नुपर्ने सर्त राखेपछि संविधानसभाको म्याद थप प्रयोजनका लगाी संविधान संशोधन प्रस्ताव दर्ता गर्न आज बस्ने भनिएको ब्यवस्थापिका संसदको बैठक सूचना टासेर स्थगित भएको छ । काँग्रेसले लडाकु समायोजन सहितका आफ्ना १० बुदेँ माग सम्बोधन गरेर मात्र संसद बैठक सुचारु गनुपर्ने माग गर्दै आएको छ । यद्यपी आजको बैठकमा भने संविधानसभाको म्याद थपका लागि अघि सारेका सर्तवारे बोल्न समय मागेपनि सभामुखले समय नदिइ सूचना मार्फत संसद स्थगित गरेको भन्दै काँ्रग्रेसले आपत्ति जनाएको छ ।
‘हाम्रो पार्टीले पास गरेको १० बुदे प्रस्ताववारे संसदमा बोल्नकालागि समय माग गरेको थिएँ, संसद भवन बाहिर कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले भन्नुभयो– त्यो समय नदिइकनै सुचना टागेर स्थगित गरियो, यसमा मेरो आपत्ति छ ।’ कागे्रसले गत बर्षपनि सहमति गरेर नै संविधानसभाको म्याद थप गरिएको भन्दै अहिलेपनि संविधानसभाको म्याद थपगर्नु अगावै राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएको छ । पहिला सहमति गरौँ अनि प्रक्रिर्या अघि बढाउ भन्ने आफूहरुको मान्यता रहेको उल्लेखगर्दै पौडेलले राष्ट्रिय सहमतिका लागि कागे्रसले अघि सारेका १० बुदे प्रस्ताव सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
तिन दल बिच भोली बिहान छलफल गरेपछि मात्र संसद बैठकमा प्रस्ताव दर्ता गर्ने सहमति भएपछि बैठक भोली दिउँसो ३ बजे सम्मका लागी स्थगित भएको हो ।
स्रोतका अनुसार कागे्रसले संशोधन प्रस्ताव आज संसदमा टेवल नगर्न आग्रह गरेको थियो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने तीनदबीच सहमति मै भोली सम्मका लागि संसद बैठक स्थगित गरिएको बताउनुभयो । उहााले भोली तीनदलको बैठक बसेर मिल्न बाकी बिषयमा सहमतिका लागि प्रयास गरिने बताउनुभयो । दिउसो तीन बजे बस्ने भनिएको बैठक साझ साढे ६ बजे सूचना टासेर स्थगित गरिएको थियो । तीनदलवीच सहमतिको प्रयास स्वरुप संविधानसभा भवनभीत्रै छुट्टा छुट्टै छलफल समेत भएको थियो ।
बैठकमा सरकारले संसद सचिबालयमा दर्ता गरेको अन्तरिम संविधानको नबौ संशोधन विधेयक संसदमा टेवल गर्ने कार्यक्रम थियो । सबिधानसभाको म्याद एक बर्ष बढाउन सरकारले गत वैशाख अन्तिमसाता संसदमा अन्तरिम सबिधान संशोधन बिधेयक दर्ता गरेको थियो ।
पाँच हजार लडाकु समायोजन गर्ने एमाले प्रस्ताव,
काठमाण्डौँ, ८ जेठ । सत्तारुढ दल नेकपा एमाले शान्ति प्रक्रिया, संविधान सभाको म्याद थप लगायतका विषयमा स्पष्ट कार्ययोजना छलफल सुरु गरेको छ । आज देखी सुरु भएको एमाले पोलिटब्युरो बैठकमा ९ हप्ताभित्रमा शान्ति प्रक्रियालाई पूर्णता दिने प्रस्ताव सहितको कार्ययोनामा छलफल सुरु भएको हो ।
महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालयले तयार पारेको शान्ति प्रक्रिया सम्बन्धी कार्ययोजना माओवादीका पाँच हजार लडाकुहरुलाइ सुरक्षा अङ्गमा समायोजन गर्न सकिने प्रस्ताव गरिएको छ । साथै उसले ९ महिना भित्रमा संविधान जारी गर्न सकने प्रस्ताव पनि छलफलमा ल्याएको छ ।
आजको बैठकमा सो प्रस्तावमा मोटामोटी छलफल भएको र भोली पुन बैठक बसी त्यसलाई अन्तिम रुप दिन प्रयास गरिने एमालेले जनाएको छ । आजको बैठकमा सो प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरु बेदुराम भुषाल र पृथ्वीसुब्बा गुरुङले धारणा राख्नुभएको बैठकपछि सचिव शङकर पोखरेलले जानकारी दिनुभयो ।
एमालेको सो प्रस्तावमा संविधान र दलहरुबीच जारी रहेका विवादहरुलाई निमूल पारी राष्ट्रिय सहमतीका लागि आफूहरुले सक्दो भूमिका खेल्नुपर्नै उल्लेख गरेको छ । कार्ययोजना छलफलका लागि सबै सदस्यहरुलाई वितरण गरिएको र भोली पुन छलफल गरी केन्द्रिय कमिटीमा पनि छलफलमा लगिने पोखरेलले बताउनुभयो ।
आजको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियालाई जतिसक्दो छिटो टुङगोमा पु¥याउन माओवादीसँग भईरहेका पहल र छलफलका विषयमा ब्रिफिङ गर्नुभएको एक नेताले जानकारी दिए । यस्तै बैठकले भोली पनि पोलिटब्युरो बैठक जारी रहने भएकाले केन्द्रिय कमिटीको बैठक १० गतेका लगाी सारेको छ । साथै बैठकले क्षेत्री समाजले भोलीका लागि पनि आहवान गरेको बन्द फिर्ता लिन आग्रह गरेको छ ।
संविधान बनाएरमात्र छाड्नेः प्रधानमन्त्री
काठमाण्डौँ, ८ जेठ । प्रधामनन्त्री झलनाथ खनालले लोकतान्त्रिक संविधान बनाएरमात्र आफूले विश्राम लिने बताउनु भएको छ । त्रिवि प्राध्यापक संघको महाधिवेशनको आज राजधानीमा उदघाटनगर्दै प्रधानमन्त्री खनालले सरकारले जुनसुकै मूल्य चुकाएर भएपनि आफ्नै नेतृत्वको सरकारले संविधान बनाउने दावी गर्नुभएको हो । उहाँले संविधानसभाको समयभीत्र शान्ति र संविधान पूरा गराएर छाड्ने दावी समेत गर्नुभयो ।
राजधानीमा आजै आयोजित आर्को एक कार्यक्रममा प्रधानमन्त्री खनालले जनताले दिएको कार्यभार पूरागर्न संविधानसभाको म्याद थपगर्नुको विकल्प नभएको बताउनुभयो । युगकवी सिद्धिचरण श्रेष्ठको स्वर्ण शताव्दी बर्षको अबसरमा आज राजधानीमा आयोजना आयोजित कार्यक्रममा प्रधानमन्त्री खनालले तोकिएको समयमा संविधान बन्न नसकेका कारण संविधानसभाको म्याद थपगर्नु पर्ने अबस्था सृजना भएको बताउनुभएको हो ।
यसैबीच संविधानसभाको म्याद थप र शान्ति प्रक्रिर्यावारे कागे्रस लगायत विपक्षी दलले राखेका सर्तका बिषयमा प्रधामनन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । माओवादी अध्यक्ष प्रचण्डको निवास नयाँ बजारमा भएको छलफलमा संविधानसभाको म्याद थपकालागि कागे्रसको सर्तवारे छलफल भएको स्रोतले बतायो ।
राष्ट्रिय सहमतिको सरकार नभइ शान्ति र संविधान बन्दैनः
एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा.वाबुराम भट्टराइले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकारवारे प्याकेजमा सहमति गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सहमतिको सरकार गठनवारे सहमति भए प्रधानमन्त्री झलनाथ खनालले त्यसलाइ स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ । आफ्नै निवासमा आज संचारकर्मीहरुसंग कुरागर्दै उपाध्यक्ष भट्टराइले शान्ति प्रक्रिर्यालाइ सार्थक निश्कर्षमा पु¥याउने, संविधान निर्माण र सत्ता साझेदारीबारे तीन बुदामा प्याकेजमा सहमति गरेर अघि बढुनुपर्ने अहिलेको निर्विकल्प राजनीतिक प्रस्ताव भएको बताउनु भएको हो ।
संविधानसभा निर्वाचनपछि तीनदलबीच सहमति नभएकै कारण संविधानसभाको पहिलो कार्यकाल र थपिएको समयमा समेत संविधान निर्माण हुन नसकेको भट्टराइको भनाइ थियो । भट्टराइले राष्ट्रिय सहमतिको सरकार गठनको अबस्था सृजना भए त्यसको नेतृत्व माओवादीले पाउनु पर्ने दावी गर्नुभयो । प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्ने पक्षमा आफू रहे पनि सहमतिको सरकारकोलागी कोही पनि बाधन बन्न नहुने धारणा राख्दै भट्टराईले ठूलो पार्टी भएको नाताले सहमतिको सरकारको नेतृत्व माओवादीलनै गर्न पाउनु पर्ने दावी गर्नुभयो ।
माओवादीको केन्द्रीय कमिटि र स्थायी कमिटिको बैठकले सेना समायोजनको मुल ढोका खोलेको दावी गर्दै उहाँले आफुहरु तत्काल लडाकुको शिविरमा अनुगमन संयन्त्र पठाएर लडाकुलाई ब्यवहारिक रुपमै विशेष समितिको मातहतमा ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जोड दिदै भन्नुभयो–बृहद शान्ति सम्झौता र अन्तरिम संविधान अनुसार लडाकु राज्यकै सेना हो,अब यो सैद्धान्तिक मात्रै होईन ब्यवहारिक रुपमै राज्यको मातहतमा आउँछ ।
क्षेत्री समाजद्धारा भोलीको उपत्यका बन्द फिर्ता
काठमांडौ, ८ जेठ । क्षेत्री समाजले भोलीका लागी आव्हान गरेको बन्दको कार्यक्रम फिर्ता लिएको छ । सरकारले क्षेत्री समाजले उठाएको माग सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमति जनाएपछि समाजले भोलीका लागी आब्हान गरिएको बन्द फिर्ता लिएको हो । केहीबेर अघि शान्ति मन्त्रालयमा भएको वार्तामा सरकारले क्षेत्रीहरुलाइ जनजातिमा सुचिकरण गर्ने विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने बताएपछि समाजले बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
त्यसअघि क्षेत्री समाजले आज गरेको बन्दका कारण उपत्यकाको जनजिबन ठप्प भएको थियो । क्षेत्रीहरुलाई आदिवासीमा सुचिकृत गर्नु पर्ने, राज्यलाई जातीय आधारमा बिभाजन गर्न नपाइने, निर्धारित समयमा नै संबिधान बनाउनु पर्ने लगायतका माग राखि क्षेत्री समाजले आज बन्द आब्हान गरेको थियो । बन्दका क्रममा केही स्थानमा समाजका कार्यकर्ताले अस्पतालको गाडी तथा केही मोटरसाइकलमा तोडफोड गरेका थिए । बन्दको अवज्ञा गरेको भन्दै प्रर्दशनकारीहरुले गोङ्गबुमा बा२ख ५४५५ नंको फोहर बोक्ने गाडी, टोखा जानेबाटोमा एउटा ट्याक्सी, महाराजगन्ज र नयाँबानेश्वरमा एक–एक मोटरसाइल प्रदर्शनकारीद्वारा तोडफोड गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै ललितपुुरको बालकुमारीमा त्रिविवि शिक्षण अस्पतालको बा१प ३५९४ नंको स्टाफ बोक्ने सवारीसाधन समेत बन्द कर्ताले क्षति पु¥याएका थिए । प्रहरीले जबरजस्ती बन्द गराउन खोजेको भन्दै क्षेत्री समाजका ३ सय २६ कार्यकर्तालाई दिउँसो पक्राउ गरि साँझ छाडेको थियो ।
यता दिनहँ जस्तो बन्दको आव्हान भएपछि उपत्यका बन्दको विरोधमा समेत ¥यालीहरु निस्कन थालेका छन् । त्यसैक्रममा विभिन्न पेसाकर्मीले आज राजधानीमा मोटरसाइकल ¥याली निकालेका थिए । नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न पर्यटन व्यवसायी सङ्घसंस्थाद्वारा संयुक्तरुपमा आयोजित बन्दको विरोधमा ¥याली निकालेका थिए । ठमेलको त्रिदेवी मार्गबाट सुरु भको ¥याली दरबारमार्ग, भद्रकाली, नयाँसडक, जमल, बहादुरभवन हुँदै बसन्तपुर दरबार स्क्वारय पुगेर टुङ्गिएको थियो ।

नयाँ जनादेशमा जानुपर्छ—मधेशी मोर्चा
विराटनगर, ८ जेठ । मधेशवादी तीन दल सम्मिलित मधेसी मोर्चाले हालको संविधान सभा निकम्मा बनेको भन्दै नयाँ जनादेशमा जानुपर्ने माग गरेको छ । संविधान सभा संविधान बनाउन असफल भएकाले शान्ति प्रक्रियालाई निश्कर्षैमा पुराई नयाँ निर्वाचन गर्नुपर्नै मोर्चाका शीर्ष नेताहरुको भनाई छ । विराटगरमा आज आयोजित पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई तिहाइको बलमा संविधान सभाको म्याद थपिए त्यसले मुलुकमा अनिष्ट ल्याउने चेतावनी दिनुभयोे । दलहरुको सहमती विना म्यादमा सरकार अघि बढे त्यसले निम्ताउने खताराको जिम्मेवार पनि सरकार नै हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा तमलोपामा अध्यक्ष महन्थ ठाकुरले समयमा संविधान बनाउन नसकेपछि अब नयाँ जनादेशमा जानुपर्नै माग गर्नुभयो । अहिलेको संविधान सभा निकम्मा भएको टिप्पणी गर्दे ठाकुरले नयाँ प्रक्रियाका लागि जनतामा जानुनै उपयुक्त विकल्प हुने दावी गर्नुभयो । यस्तै सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै नयाँ निर्वाचनमा जानुपर्नै उल्लेख गर्नुभयो । अवधि सकिएको संविधान सभााको म्याद थप गर्नु लोकतन्त्रको विरोधमा हुने भन्दै महतोले माओवादी लडाकुका हतियारहरु्र राज्यलाई बुझाएर नयाँ चुनाव गर्नुपर्ने धारणा राख्नुभयो ।
१५ दिनभीत्र माग पूरागर्ने आश्वासनपछि पाँच सभासदद्वारा आन्दोलन स्थगनः
संसदमा समावेशी विधेयक ल्याउनुपर्ने लगायत मागराख्दै व्यबस्थापिका संसद बैठक तथा संवैधानिक समित बैठक अवरुद्ध गर्दै आएका सभासद्हरुले आन्दोलन स्थगन गरेका छन् । अल्पसंख्यक समूदायको अधिकार संरक्षणगर्न मागगर्दै भन्दै पाँचजना सभासदको बैठकमा अवरोध गर्दै आएका थिए । प्रधामनन्त्री झलनाथ खनाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलको उपस्थितिमा आज भएको वार्तामा सरकारले १५ दिनभीत्र माग पूरा गर्ने आश्वासन दिएपछि सभासद्हरुले आन्दोलन स्थगित गरेका हुन् । सभामुख नेम्वाङले प्रमुख तीनदलका शीर्ष नेताहरुको उपस्थितिमा माग पूरा गर्ने सहमति भएकोले अबदेखी संसद बैठक सूचारु हुने जानकारी दिनुभयो । आन्दोलनरत समूहका तर्फवाट सभासद विश्वेन्द्र पासवानले १५ दिनभीत्र आफूहरुका माग पूरा नभए अझै सशक्त आन्दोलन गर्ने बताउनु भयो । पासवान लगायत पाँचजना सभासदले एक महिना देखी संसद बैठक र लामो समयदेखी संवैधानिक समिति बैठक अबरुद्धगर्दै आएका थिए ।
अन्तराष्ट्रिय समाचार
लादेन जस्ताहरु पाकिस्तानमा भेटिए फेरी मारी दिन्छौ – ओबामा
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा कुनै पनि आतंकबादी संजालका नेताहरु लुकेर बसेको पत्ता लागे फेरी पनि लादेन माथीलाई गरेको जस्तै कारवाही गर्ने बताउनुभएको छ ।
बिबिसी संगको कुराकानीमा ओबामाले पाकिस्तानको सार्वभौतसत्ता प्रति आफुहरु गम्भिर रहेको तर अमेरिका बिरुद्ध पाकिस्तानमा बुनीने कुनै पनि योजनालाई निष्परिणा पार्ने अमेरिकी कतब्य भएको बताउनु भएको छ । ओबामाले भन्नुभयो ः हामी पाकिस्तानको सम्प्रभुताको सम्मान गछौँ तर हामी कसैलाइ पनि अमेरीका उसका सहयोगीलाइ हमला गर्ने योजना बनाऊन दिदैनौँ ।
गत मई २ मा बिन लादेन पाकिस्तानी भुमीमा मारिएपछि दुइ देशबिचको सम्बन्ध अहिले सम्मकै नराम्रो अवस्था पुगेको वताइएको छ । अलकायदाका कुनै नेता अथवा तालिवानका नेता मुल्लाह ओमार पाकिस्तानी भुमीमा भेटीए अमेरिकाले के गर्छ भन्ने प्रश्नमा ओबामाले एकतर्फी कारवाही अघि वढाउने उल्लेख गर्नुभयो । हाम्रो काम अमेरिकालाई सुरक्षीत वनाउनु हो ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग स्थगित
अखिल नेपाल फुटबल संघ एन्फाले बन्दलाइ कारण जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगतका खेलहरु आउँदो बुधबार सम्मका लागी स्थगित गरेको छ । एन्फाले आज एक विज्ञप्ती जारी गर्दै बन्दका कारण खेल स्थगित गर्नुपरेको जनाएको छ । यता बन्दका कारण खेल स्थगित भएपछि दशरथ रंगशालाको खेल मैदानमा भने केही सुधार आउने देखिएको छ । यसअघि बर्षाका कारण रंगशालाको मैदान नाजकु अवस्थामा पुगेको थियो ।

No comments:
Post a Comment