काँग्रेसको विरोध पछि संसद बैठक स्थगित, म्याद थप सम्बिन्धि संशोधन प्रस्ताव टेबल हुन सकेन
काठमाण्डौँ, ९ जेठ । सरकारले एकलौटी रुपमा संविधानसभाको म्याद थप सम्बन्धि प्रस्ताव ल्याएको भन्दै नेपाली कांग्रेस लगायतका विपक्षि दलहरुले ब्यवस्थापिका संसदमा संविधान सभाको म्याद थप सम्बन्धि संविधान संशोधनको प्रस्ताब प्रस्तुत गर्न अवरोध गरेका छन् । सरकारले आफूहरुसँग सहमति नै नगरी म्याद थपको प्रस्ताव ल्याएको भन्दै उनीहरुले संसदको बैठकमा अवरोध गरेपछि बैठक भोली ३ बजे सम्मका लागि स्थगित भएको छ ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण प्रसाद घिमिरेले प्रधानमन्त्रीले सेना समायोजन विशेष समितिको बैठक समेत नबोलाएका कारण शान्ति प्रकृृया अघि बढ्न नसकेको भन्दै शान्ति प्रक्रिया अगाडी नबढ्नुको मुख्य दोषि प्रधानमन्त्री झलनाथ खनाल रहेको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसले अघि सारेको १० बुँदे माग पूरा नभएको भन्दै बैठक अवरोधको घोषणा गरे लगत्तै विपक्षि दलका सभासद्हरुले बसेको ठाउँबार उभिएर विरोध गरेका थिए । यसअघि नेपाली कांग्रेसले राष्ट्रिय सहमति विना नै म्याद थपको प्रस्ताव ल्याइएको भन्दै असहमति जनाएपछि हिजोको बैठक पनि सुचना टाँस गरि स्थगित गरिएको थियो ।
त्यसअघि व्यबस्थापिका संसदकोे आज बसेको बैठकमा सभामुखसंग समय लिएर बोल्दै कागे्रस संसदलीय दलका नेता रामचन्द्र पौडेलले सहमति नगरि बहुमतका आधारमा संविधानसभाको म्याद थप गर्नका लागि सरकारले संविधान संशोधन विधेयक ल्याएको आरोप लगाउनुभयो । उहाँले संविधान शान्ति प्रक्रिर्याको अन्तिम बिन्दु भएका कारण शान्ति र लोकतान्त्रिक संविधान निर्माणको सुनिश्चित नभएसम्म संविधानसभाको म्याद थपगर्नुको औचित्य नहुने दावी गर्नुभयो ।
राष्ट्रिय सहमति कायम गरेरमात्र संविधानसभाको म्याद थपगर्न सकिने उल्लेखगर्दै उहाँले कागे्रसले अघि सारेका दश बुदे प्रस्ताव सहमतिको आधार बन्न सक्ने बताउनुभयो । पौडेलले माओवादी जनसेनाका कन्टेनरमा रहेका हतियार राज्यलाइ बुझाएर, लडाकूलाइ तत्काल रिग्रुपिङ गर्नुपर्ने बताउनुभयो । मुलुका समानान्तर सेना राखेर लोकतान्त्रिक संविधान नबन्ने दावीगर्दै पौडेलले गृहयुद्धको अबस्थमा मात्र दुइवटा सेना रहने जीकिर गर्नुभयो । कागे्रस केन्द्रीय समितिले पारित गरेको प्रस्ताव संसदमा पढेर सुनाउदै आफूहरुले अघि सारेका माग पूरा नभए संविधानसभाको म्याद थपगर्न राजी नहुने स्पष्ट गर्नुभयो ।
त्यसअघि संविधानसभाको म्याद थपको बिषयमा सत्तारुढ र विपक्षी दलहरुबीच संसदमा आरोप प्रत्यारोप चलेको थियो । एकीकृत नेकपा माओवादीले संविधानसभाको म्याद थपगर्न सर्त बनाइनु आपत्तिपूर्ण भएको बताएको थिया भने विपक्षी कागे्रसले शान्ति प्रक्रिर्याको पूर्णताविना संविधान निर्माणको कुनै अर्थ नहुने बताएको थियो । प्रमुख सत्तारुढ घटक नेकपा एमालेले भने राष्ट्रिय सहमतिका आधारमा संविधानसभाको म्याद अधिकतम ६ महिना थपगर्न सकिने बताएको छ ।
व्यबस्थापिका संसदको आज बसेको बैठकमा एमाओवादी नेतृ पम्फा भुसालले संविधानसभाको म्याद थपगर्ने बिषयलाइ सत्ता राजनीतिसंग बार्गेनिङ गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले गतबर्ष आफ्नो पार्टी विपक्षमा रहदा समेत संविधानसभाको म्याद थपगरिएको स्मरणगर्दै कागे्रस सहमतिमा आउनु पर्ने बताउनुभयो । नेपाली कागे्रसका डा रामशरण महतले यथास्थितिमा संविधानसभाको म्याद थपगर्नुको कुनै औचित्य नभएको दावी गर्नुभयो ।
नेकपा एमालेका सचिव शंकर पोखे्रलले राष्ट्रिय सहमति कायम गरेर मात्र संविधानसभाको म्याद बढिमा ६ महिना थपगर्नु सकिने बताउनुभयो । उहाँले एमाले पोलिटव्येरोको आज बसेको बैठकले सहमतिमा संविधानसभाको म्याद थपगर्ने निर्णय गरेको जानकारी गराउर्दै त्यसकालागि शान्ति प्रक्रिर्या टुङ्गाउने विश्वासिलो आधार तयार हुनुपर्ने बताउनुभयो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सर्वदेव प्रसाद ओझाले यथास्थितमा संविधानसभाको म्याद थपगर्ने पक्षमा मधेशी मोर्चा नरहेको जीकिर गर्नुभयो ।
जेपी गुप्ताद्धारा मधेशी जधाधिकार फोरम विभाजन गर्दै फोरम गणतान्त्रिक दल गठन ।
काठमाण्डौँ, ९ जेठ । मधेशवादी दल मधेशी जनअधिकारी फोरम पुनः विभाजित भएको छ । फोरमका सहअध्यक्ष जेपी गुप्ताले १३ सभासद्लाइ साथ लिएर फोरमलाइ दोश्रो पटक टुक्राएका हुन् । यसअघि पनि दुइ बर्ष अघि विजय कुमार गच्छदारले फोरमलाइ टुक्राएर फोरम लोकतान्त्रिक पार्टि गठन गरेका थिए ।
गुप्ताले आजै संविधानसभाको सचिवालयमा पुगी पार्टि दर्ता गराउनु भएको छ । नयाँ गठन गरिएको पार्टिको नाम मधेशी जनाधिकार फोरम गणतान्त्रिक राखिएको छ । यो सँगै संबिधान सभामा प्रतिनिधित्व गर्ने दल संख्या २९ पुगेको छ भने फोरम गणतान्त्रिक पाँचौ ठूलो दल बनेको छ । नयाँ गठन गरिएको दलको संसदीय दलको नेतामा अध्यक्ष गुप्ता आफै रहनु भएको छ भने उपनेतामा नन्दन कुमार दत्त, प्रमुख सचेतकमा चन्द्रिका यादव, सचेतकमा सविता यादव रहनु भएको छ ।
यसैगरी पार्टीको पदाधिकारीहरुमा राजलाल यादव सचिव र सरिता यादवलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ । यस्तै नयाँ दलमा गएका अन्य सभासदहरुमा राजकिशोर यादव, आत्माराम प्रसाद शाह, सल्मा खातुन, ओम प्रकाश यादव, वीपी यादव, अकवाल अहमद, सुनिता कुमारी शाह रहनु भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी निर्णय बिपरित काम गरेकाले पार्टी बिभाजन गर्नु परेको फोरम गणतान्त्रिकका नेताहरुले बताएका छन् । नवगठित फोरम गणतान्त्रिकका अध्यक्ष जे पी गुप्ताले उपेन्द्र यादवले पार्टी निर्णय र संसदिय मर्यादा बिपरित सत्ता केन्द्रित राजनीति गरेकाले पार्टि टुक्राउनु परेको बताउनुभयो । गुप्ताले उपेन्द्र याादवका निरङ्कुशता नै विभाजन गनुपर्नाको प्रमुख कारण भएको बताउनुभयो ।
वर्तमान सरकारमा सहभागी हुने नहुने भन्नेमा फोरम अध्यक्ष उपेन्द्र यादव र जेपी गुप्तावीच विवाद रहको थियो । बिवादकै कारण राज्यमन्त्रिमा नियुक्त भएका नन्दनकुमार दत्तले सफत समेत लिनुभएको थिएन ।
यसैबीच प्रधानमन्त्री झलनाथ खनालले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री खनालले परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई बाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी तोकिएको छ । यसअघि उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले सो मन्त्रालय सम्हाल्दै आउनुभएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम सो हेरफेर गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
संविधानसभाको म्याद थपका लागी अधिकतम लचकता अपनाउने एमाले निणर्य
काठमाण्डौँ, ९ जेठ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले संविधानसभाको म्याद थपका लागि राष्ट्रिय सहमति जुटाउन ब्यापक लचकता अपनाउने निणर्य गरेको छ । पार्टी केन्द्रिय कार्यालय बल्खुमा आज सम्पन्न एमाले पोलिटब्युरो बैठकले महासचिव इश्वर पोखरेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सुझावसहित पारित गर्दै संविधवान सभाको म्याद थपका लगाी सहमति जुटाउन मार्गप्रशस्त गर्ने सम्मको लचकता अपनाउने निणर्य गरेको हो । बैठकपछि एमाले नेता प्रदिप ज्ञवालीले दुइ तिहाइको अङ्कगणितका आधारमा नभइ राष्ट्रिय सहमती कायम गरेर मात्र संबिधान सभाको म्याद थप गर्ने निणर्य भएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया सम्बिन्धी आफ्नो कार्ययोजनामा दलिय सहमति जुटाउन सहयोगका लागी आग्रह गर्नु भएको थियो । खनालले संविधान सभाको म्याद थपका लागी सहमति जुटाउन आफु मार्ग प्रशस्त गर्न तयार रहेको बताउनु भएको थियो । हिजो सुरु भएको बैठकमा महासचिब पोखरेलले संबिधान सभाको म्याद थपमा प्रधानमन्त्रिले मार्ग प्रशस्थ गर्नुपर्ने, शान्ति प्रक्रियाको सुनिश्चितता भएको खण्डमा सबिधानसभाको समयाबधि ६ महिना थप्न सकिने र बढिमा ५ हजार माओबादी लडाकु समयोजन गरी नौ साताभित्रमा शान्ति प्रक्रिया टुंगो लगाउने प्रस्ताब गर्नुभएको थियो । एमाले केन्द्रिय समितीको बैठक भोली देखि सुरु हुदैछ ।
लडाकु समायोजनका लागी आवश्यक जनशक्ति तत्काल खटाउने सेना समायोजन विशेष समितिको निणर्य
काठमाडौँ, ९ जेठ । सेना समायोजन विषेश समितीले माओवादी लडाकुको शिविर अनुगमनका लागी आवश्यक जनशक्ति तत्काल परिपुर्ति गर्ने निणर्य गरको छ । प्रधानमन्त्री कार्यलय सिंहदरबारमा आज बसेको समितीको बैठकले लडाकुको रेखदेख तथा अनुगमनका लागि प्रत्येक शिविरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र माओवादी लडाकुका चार चार जनाका दरले प्रत्येक शिविरमा १६ जना बहालवाला सुरक्षार्की खटाउने निणर्य गरेको हो ।
बैठकपछि सरकारका मुख्य सचिव माधव घिमिरेले सेना समायोजन सचिवालय मातहत सिच्युएसन सेन्टर स्थापना गरि ४ सय ३३ कर्मचारी खटाउने निणर्य गरिएको जानकारी दिनुभयो । यसअघि लडाकु शिविरहरुमा अवकाश प्राप्त सुरक्षाकर्मीलाइ खटाउने निणर्य भएको थियो । बैठकपछि सदस्य वर्षमान पुन अनन्तले सचिवालयले मागेको जनशक्ति तुरुन्त पठाउने विषयमा दलहरुबीच सहमति भएको र आजको सहमतिबाट संविधान सभाको म्याद थप लगायतका अरु राजनीतिक प्रक्रियालाई सहज बनाउन बाटो खुलेको बताउनुभयो । बैठकमा काँग्रेसका तर्फबाट समिती सदस्य रामशरण महतले काँग्रेसको १० बुदेँ माग प्रस्तुत गर्दै लडाकु समायोजनको मोडालिटीबारे शिर्षस्थ नेताहरु बिच सहमति हुनुपर्ने बताउनुभयो ।
कग्रेश लगायतका बिपक्षी दल शर्त पुरा नभए म्याद नथप्ने अडानमा
काठमाण्डौँ, ९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेश सहितका बिपक्षी दलहरुले संविधान सभाको म्याद थपका लागी माओवादी लडाकुहरुको हतियार राज्यको नियन्त्रणमा नआएसम्म सहमति नजनाउने सहमति गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदिय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त वैठकले संविधानसभाको म्याद थपका लागि काँग्रेसले अघि सारेको १० बुँदे सर्त र मधेशी मोर्चाको ४ वुँदे सर्त पुरा गर्नुपर्ने माग दोहोर्याएको हो ।
बैठकले राष्ट्रिय सहमतिको सरकारबाट मात्र नयाँ संविधान जारी गर्न सकिने भएकोले प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएर राष्ट्रिय सहमतिको बातवरण निर्माण गरिनु पर्ने ठहर समेत गरेको छ । बैठकपछि पत्रकारसंग कुरा गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्री खनालले राजीनामा दिनुपर्ने बताउनु भयो । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादी तयार भए आगामी १० गते सम्ममा सहमति हुने विश्वास ब्यक्त गर्नुभयो । साथै उहाँले दलहरुबीच छलफल जारी रहेकाले भोली सम्ममा कुनै निश्कर्षमा पुगिने समेत बताउँनुभयो । राजपा अध्यक्ष सूर्यबहादुर थापाले भरपर्दो आधार खडा भएपछि मात्र संसदको बैठक चल्न दिने सहमति भएको बताउँनु भयो । राप्रपा अध्यक्ष पशुपति शमशेर राणले राष्ट्रिय सहमति नहुन्जेल सम्म म्याद थप्न नहुनेमा सहमति भएको बताउँनु भयो ।
पुर्नगठित माओवादीद्धारा बन्दको आब्हान
पटक पटकको बन्दका कारण जनता मर्माहत बनिरहेका बेला पुर्नगठित नेकपा माओावदी मातृका यादव समुहले भोली उपत्यका बन्दको आव्हान गरेको छ । संविधान सभाको संविधान बनाउन असफल भएको भन्दै माओवादीले तत्काल संविधान सभाको विघटन गरि क्रान्किारी संविधान जारी गनुपर्ने तथा क्रान्तिकारी सरकार गठनको माग गर्दै बन्दको आब्हान गरेको हो । पुर्नगठिन माओवादीले आज एक पत्रकार सम्मेलनको आयोजना गरि बन्दको अवज्ञा गरिए भौतिक कारवाहीको चेतावनी समेत दिएको छ ।
यसैबिच बन्दको प्रचारका लागी पुर्नगठित माओवादीले आयोजना गरेको मसाल जुलुसमा प्रहरीले आज हस्तक्षेप गर्दै ४० जनालाइ पक्राउ गरेको छ । साँझ पुतलिसडकमा राँके जुलुस प्रर्दशनको तयारीमा रहेका पुर्नगठित माओवादी कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको हो ।
सेना समायोजनबारे छलफलमा दलहरु
सेना समायोजन बारे एकीकृत धारण तय गर्न माओवादी, काँग्रेस र एमाले नेताहरु बिच आज बेलुका छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटमा केही बेरअघि सम्पन्न बैठकमा दलहरुले आ आफ्नो धारणा पेश गरेपनि कुनै निश्कर्षमा पुग्न सकेन । छलफलमा माओवादी अध्यक्ष दाहाल, काँग्रेस नेता कृष्ण सिटौला तथा प्रधामन्त्री झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो । छलफलमा नेपाली सेनाले गरेको लडाकु समायोजनका प्रस्ताव र मोडालिटी बारेमा कुराकानी भएको बताइएको छ ।
भन्सार शुल्क विरोध
विराटनगर, ९ जेठ । भारतबाट आयातित एकसय रुपैयाँको सामानमा लगाइएको भन्सार शुल्कसम्बन्धी सरकारको नियम अव्यावहारिक भएको भन्दै भन्सारकै कर्मचारीहरुले बिरोध जनाएका छन् । भारतबाट ल्याइने सामानमा नयाँ ऐन ल्याएपछि विराटनगर भन्सार कार्यालयले एकसय रुपैयाँको सामानमा पनि भन्सार शुल्क लिन थालेको र त्यसबाट कर्मचारी तथा सर्वसाधारणलाई समस्या परेको भन्सारका एक कर्मचारीले बताए । व्यावहारिक कामका लागि मानिस भारत जानेले पनि आवश्यक सामान ल्याउँछन् र त्यसका लागि भन्सार लगाउनु न्यायोचित नभएको उनीहरुको भनाई छ । यता तातापानी भन्सार बाट कारोबार गर्दै आएका ब्यापारिहरुले आज पनि सामान भित्र्याउन अस्वीकार गरेपछि भन्सारमा कुनैपनि कारोबार हुन सकेन ।
अन्तराष्ट्रिय समाचार
पाकिस्तानमा सेना र तालिवानी विद्रोही बिचको भिडन्त सकियो
पाकिस्तानको कराँची स्थित नौसैनिक शिविरमा चरमपन्थी विद्रोहको पाकिस्तानी सैनिक बिच भएको मुढभेडमा परि १० सुरक्षाकर्मी तथा तिन विद्रोहीको मृत्यु भएको छ । १४ घण्टा सम्म भएको मुढभेडमा १० सुरक्षाकर्मीको मृत्यु भएको तथा ३ चरमपन्थीको हत्या गरिएको पाकिस्तानी गृहमन्त्री रहमान मल्लिकले पुष्टि गरेका छन् । आक्रमणकारीहरुले शरिरमा बमको ज्याकेट लगाएकाले सुरक्षा कारवाहीमा लामो सयम लागेको मल्लिकले बताएका छन् । चरपन्थीहरुले कराँची शहरको नौ सैनिक अखडा राति देखी हमला गरेका थिए । नौसैनिक अखडा अगाडीको एक भवनमा चरमन्थीहरुले आधार बनाएर आक्रमण गरेकाले उक्त भवनलाइ घेराबन्दी गरि कारवाही गर्दा समय लागेको नौसैनिक प्रवक्ता सलमान अलिले बताएका छन् । चरमपन्थी विद्रोहीहरुले आक्रमणमा परि पाकिस्तानी नौसैनिकको दुइ लडाकु हेलिकप्टर समेत ध्वस्त भएको छ ।
यसैबिच तालिवानी विद्रोहीहरुले उक्त हमलाको जिम्मेवारी लिएका छन् । विद्रोहीहरुले हमला ओसामा बिन लादेको हत्याकोे बदला स्वरुप घटाइएको समेत प्रतिक्रिया दिएका छन् । लादेन हत्याको बदला लिने उद्घोष गरेको तालिवानले पछिल्लो समय पाकिस्तानमा सरकारी भवन, सैन्य अखडामा हमलामा वृद्धि गरेको छ ।
खेल समाचार
आइपिएल क्रिकेट समाचार
इण्डियन प्रिमियर लिग आइपिएल २०–२० क्रिकेट अन्तरगत भोली पहिलो समिफाइनल खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र चेन्नइ सुपर किङ्स भिड्दैछन् । बैङ्गलोर लिग चरणमा पहिलो हुदैँ अन्तिम चारमा प्रवेश गरेको हो भने चेन्नइ दोश्रो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । खेल नेपाली समय अनुसार राति सवा आठ बजेबाट मुम्बइमा सुरु हुनेछ । त्यसअघि लिग चरणको दोश्रो अन्तिम खेलमा बैङ्गलोरले चेन्नइलाइ पराजित गरेको थियो ।
प्रतियोगिता अन्तरगत पर्सि मुम्बइ इण्यिन्स र कोलकोत्ता नाइटराइर्डस बिच प्रतिष्पर्धा हुनेछ । लिग चरणको खेलमा कोलकोत्ता चौथो स्थानमा रहँदै तथा मुम्बइ तेश्रो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए । यी दुइ बिच भएको लिग चरणको अन्तिम खेलमा मुम्बइ विजयी भएको थियो ।
No comments:
Post a Comment