कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला धुलिखेलमा, बरिष्ट नेता शेरबहादुर देउवा र सभापति शुशिल कोइराला बिच जुहारी
काभ्रे, २८ जेठ । नेपाली कङग्रेसका शीर्ष नेताहरुले माओवादी गम्भिर नबनेकाले आगामी भदौ १४ गते सम्ममा संविधानको मस्यौदा जारी हुने सम्भावना क्षीण बन्दै गएको बताएका छन् । काभ्रेको धुलिखेलमा आजबाट सुरु भएको जिल्ला सभापति भेलालाइ सम्बोधन गर्दै कङग्रेस नेताहरुले संविधान सभाको म्याद थपका बेला भएको सहमती लागू गर्न माओवादी र सरकार दुबै गम्भिर नबनेकाले अर्काे पटक संविधान सभाको म्याद थपको सभावना समेत नरहेको बताएका टिप्पणी गरेका छन् ।
संविधान निमार्णको वाताबरण नभएको भन्दै उनीहरुले संविधान सभाको म्याद नथपिएको अवस्थामा नयाँ जनादेशका लागि समेत जानुपर्ने स्थिती सम्म्को लागि तयार रहन समेत जिल्ला सभापतीहरुलाई निर्देशन दिएका छन् । मुलुकको भावी अवस्था चुनौतीपूर्ण भएको भन्दै नेताहरुले प्रतिकूल परिस्थतीको सामना गर्न समेत तयार रहन कार्यकर्ताहरुलाई निर्देश जारी गरिएको छ ।
यसैबिच जारी भेलामा काँग्रेसका बरिष्ट नेता शेरबहादुर देउवा र सभापति शुशिल कोइराला बिच जुहारी चलेको छ । भेलामा सम्बोधन गर्दै नेता देउवाले सभापतिमा विजयी भएपछि कोइरालाले पार्टिमा हरुवा र जितुवाको जस्तो ब्यवहार गरेको बताउनुभयो । नेता देउवाले संसदको निर्वाचनमा जस्तो पार्टिको केन्द्र देखी तलैसम्म पराजित र विजयीको ब्यवहार भएको आरोप लगाउनुभयो । त्यसलगत्तै बोल्दै सभापति कोइरालाले आफुले पार्टिलाइ मिलाएर लैजान खोजेको बताउनु भएको थियो ।
त्यसअघि जिल्ला सभापतीहरुको भेलालाई सम्बोधन गर्दै सभापती सुशील कोईरालाले माओवादीकै कारण शान्ति र संविधानको कार्यभार पूरा गर्नमा कठिनाई भईरहेको आरोप लगाउनुभयो । माओवादीकै कारण सहमती समेत लागू हुन नसकेकाले माओवादी अब पनि सुधारको बाटोमा नआए ऊ अन्य तानाशाहहरुजस्तै पतन भएर जाने भविष्यवाणी गर्नुभयो । आफ्नो पार्टी लोकतन्त्र प्रति प्रतिबद्ध भएकाले कुनै पनि अतिवादी तत्वसँग सम्झैता नगर्ने दावी गर्दै उहाँले सिद्धान्त विनाको समझैता कङग्रसका लागि मान्य नहुने उल्लेख गर्नुुभयो । सो अवसरमा कोईरालाले कङग्रेसको अबको केन्द्रिय कार्यसमितीको बैठक फरक फरक जिल्लाहरुमा बस्ने तयारी समेत गरिएको जनाकारी दिनुभयो ।
वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभाको बा“की तीनमहिना चुनौतिपूर्ण रहेकाले दवावमूलक आन्दोलन र चुनावका लागि तयारी समेत गर्नुपर्ने धारणा राख्नुभयो । माओवादीले हतियार व्यवस्थापन ग री शान्ति प्रक्रियालाई टुङगाउन नचाहेकाले सङघर्षको विकल्प नभएको देउवाको भनाई थियो ।
उपसभापति रामचन्द्र पौडेलले माओवादी हतियार राज्यलाई बुझाउन र सेना समायोजनमा तयार नदेखिएकाले लोकतन्त्र रक्षाका लागि फेरि पनि संर्घषमा जानुपर्ने बताउनुभयो । राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा गर्ने पा“चबु“दे सहमतिमा स्पष्ट लेखिएको भए पनि सहमतिपछि मात्र राजीनामा दिन्छु भन्दै प्रधानमन्त्री झलनाथ खनालले हास्यास्पद अभिव्यक्ति दि“दै हि“डेको पौडेलको भनाइ थियो ।
महामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादवलगायतले शान्तिप्रक्रिया पूरा नभइ संविधान जारी गर्न नहुने धारणा राखेका थिए । भोलिसम्म चल्ने सभापति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको संयुक्त भेलामा शान्तिप्रक्रिया, संविधान लेखन, पार्टीको विधान संशोधन लगायतका विषयमा जिल्ला सभापतिहरूले आफ्नो धारणा राख्ने कार्यक्रम छ । भेलाले पार्टीको आगामी रणनीति तय गर्दै धुलिखेल घोषणापत्र जारी गर्ने कांग्रेसले जनाएको छ ।
पत्रकार महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणाः
नेपाल पत्रकार महासंघले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथी भएको आक्रमण विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानीमा उपलव्ध महासंघका पदाधिकारी र सदस्यको आकस्मिक बैठकले पत्रकारमाथी आक्रमणगर्ने विरुद्ध कारवाहीको मागगर्दै एकहप्ते विरोधका कार्यक्रम सार्वजानिक गरेको हो । जसअनुसार भोली देखी तीनदिनसम्म कार्यस्थलमा कालो पट्टि बाधेर विरोध जनाउने तथा घटनावारे पार्टीको धारणा बाहिर ल्याउन एमालेलाइ ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सचिव जगत नेपालले जानकारी दिनुभयो ।
आन्दोलन अन्तरगत आगामी असार १ गते राजधानीको माइतिघर मण्डालामा जम्मा भएर पत्रकारका डायरी, क्यामेरा र रेकर्डर प्रर्दशन गर्ने, २ गते राजधानी र जिल्लामा सम्पादकसंग अन्तरक्रिर्या गर्ने लगायतका कार्यक्रम छन् । यस्तै असार ३ गते मजदुर संगठनका प्रतिनिधिसंग सम्पादकले कुरागर्ने, असार ४ गते काठमाण्डौमा संविधानसभा भवनदेखी माइतिघर मण्डलासम्म र काठमाण्डौ बाहिर जिल्ला प्रशासन कार्यालय बाहिर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । महासंघले घटनालाइ अन्तराष्टियकरण गर्ने र यसबिचमा पनि दोषी पक्राउपरि कार्वाही नभएमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजानिक गर्ने जनाएको छ ।
यसैबिच नागरिक दैनिकका पत्रकार ढकालमाथि आक्रमण गर्ने आक्रमणकारीलाई कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ, मोरङ शाखाले आज पनि बिराटनगरस्थित महेन्द्र चोकमा सञ्चार सामग्रीहरु क्यामरा, डायरी, कलम आदि प्रदर्शन गरेर आधा घन्टा धर्ना दिएका छन् ।
उता युथफोर्सका कार्यकर्ताले आज झापाको दमकमा नागरिक दैनिक र रिपब्लिका पत्रिका जलाएका छन् । पक्रिका बितरणका लागि बिहान दमक पु¥याएको पत्रिका उनीहरुले जलाएका हुन् । युथफोर्सले नागरिक दैनिकका बिराटनगर संवाददाता ढकालमाथि आक्रमण गर्नमा युथफोर्स मोरङका अध्यक्ष पर्शुराम बस्नेतको संलग्नता नरहेको दाबी गरेको छ भने आक्रमणको घटनालाई नागरिक दैनिक र रिपब्लिकाले प्रमुखताका साथ छाप्दै आएको छ ।
प्रधानमन्त्रीले राजिनामा दिएर राष्ट्रिय सहमतिको वातारण बनाऊनु पर्छ ः बाबुराम भट्टराइ
गोरखा, २८ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराइले प्रधानमन्त्री झलथना खनालले पदबाट राजिनामा नदिएसम्म संयक्त राष्ट्रिय सहमतिको वातावरण बन्ने सम्भावना नरहेको बताउनु भएको छ । गृह जिल्लाको देऊराली पुग्नु भएका भट्टराइले संविधानको धारा ३८ को १ मा प्रधानमन्त्रीले राजिनामा दिएपछि राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनको आग्रह गर्ने ब्यवस्था रहेकाले प्रधानमन्त्रीले पहिला राजिनामा दिनुपर्ने बताउनुभयो । भट्टराइले राष्ट्रिय सहमति निमार्णका लागी माओवादी बाधक नरहेको उल्लेख गर्दै सहमति निमार्णका लागी प्रधानमन्त्रीले वातावरण बनाउनुपर्ने बताउनुभयो ।
शान्ति र संविधानमा प्रगति हुँदैछ ः प्रधानमन्त्री
काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री झलनाथ खनालले पछिल्लो समयमा शान्ति र संविधानलाई पूर्णता दिने क्रममा प्रगति भएको दाबी गर्नुभएको छ । कपनस्थित बलाउद्वार उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन र विज्ञान प्रयोगशाला भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री खनालले शान्ति र संविधानले पूर्णता पाएपछि मुलुकमा आर्थिक, सामाजिक तथा शैक्षिक क्रान्ति हुने विश्वास पनि व्यक्त गर्नुभयो । आगामी तीन महिनामा शान्तिप्रक्रियालाई आधारभूतरुपमा पूरा गर्ने र संविधान लेखनमा पनि महत्वपूर्ण कार्य सम्पन्न गर्ने गरी सरकार लागिपरेको उहाँले बताउनुभयो । वर्तमान सङ्क्रमणकालको अन्तिम चरण भनेकै शान्ति र संविधानलाई पूरा गर्नु भएको उल्लेख गर्दै उहाँले त्यसबाट मात्रै २०६२÷०६३ मा भएको शान्तिपूर्ण ऐतिहासिक जनक्रान्तिबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सकिनेमा जोड दिनुभयो । प्रधानमन्त्री खनालले सरकार सामुदायिक विद्यालयहरुको स्तरवृद्धिका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छ भन्नुभयो ।
नेपाली सेनाको मापदण्ड पुरा गरेर मात्रै समायोजन हुन सक्छ ः रक्षामन्त्री
काठमाडौ, २८ जेठ । रक्षामन्त्री विष्णु पौडेले नेपाली सेनाको स्थापित मापदण्ड पुरा गरेर मात्रै माओवादी लडाकुको समयोजन हुन सक्ने स्पष्ट पार्नूभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा रक्षामन्त्री पौडेलले माओवादीले सैद्धान्तिक रुपमा नेपाली सेनाको प्रस्तावलाई स्विकार गरिसकेकोले समायोजनको मापदण्ड पनि नेपाली सेनाकै स्थापित मापदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयोे–नेपाली सेनाको प्रस्ताव मान्छु भनेपछि मापदण्ड मान्दिन भन्न पाईदैन साथै दर्जा र मापदण्ड पनि नेपाली सेनाकै स्थापित मान्यतामा तय हुन्नेछ ।
अन्र्तक्रियामा पौडेलले नेपाली सेनाको प्रचलित मापदण्ड भन्दा बाहिर जान नहुने तर्क गर्दै समायोजनमा उमेर, बैवाहिक स्थिति, शिक्षा र तालिममा भने केही लचिलो बन्न सकिने धारणा राख्नुभयो । भदौ १५ गतेभित्र माओवादी लडाकुको हतियार राज्यले लिने भन्दै उहाँले सेना र लडाकु साथमा राखेर अब अगाडि बढ्न सम्भव नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो –अब पनि भदौ १४ गतेभित्र शान्ति प्रक्रिया निश्कर्षमा नपुर्याउने हो भने जनतसँग फेरि संविधानसभाको म्याद थपको लागी आग्रह गर्ने नैतिकता राजनीतिक दलहरुले गुमाउने छन् । संविधान निर्माण अघि हतियार राज्यलाई बुझाउँदिन भन्ने माओवादी तर्कमा कुनै दम नरहेको उल्लेख गर्दै पौडेलले शान्ति र संविधान चाहेको हो भने माओवादीले भदौ १४ अघिनै हतियार राज्यलाई बुझाईसक्नु पर्ने बताए ।
प्रचण्ड पक्षधर मजदुरको छुट्टै भेला
ललितपुर, २८ जेठ । एकीकृत (नेकपा) माओवादी काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर मजदुर नेता तथा कार्यकर्ताहरुले आज ललितपुरमा छुट्टै भेलाको आयोजना गरेका छन् । पुल्चोकस्थित कृषि विभागको हलमा आयोजित भेलामा अध्यक्ष पक्षधर नेताहरुले सङ्गठन सुदृढीकरण सम्बन्धमा मजदुरहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागी माओवादी सचिव पोष्टबहादुर बोगटीले सङ्गठन सुदृढीकरण र भावी रणनीतिका बारेमा छलफल भएको बताउनुभयो । बैठकमा सबैले विसङगतीहरुलाई रोकेर कसरी पार्टीलाई अघि बढाउन सकिन्छ भन्नेबारे मुख्य रुपमा छलपल भएको बोगटीको भनाई थियो ।
स्रोतका अनुसार सचिव बोगटीलगायतका उच्च नेताहरुले सेना समायोजनसम्बन्धी पछिल्लो प्रगति र भावी रणनीतिसम्बन्धी मजदुर अगुवाहरुलाई जानकारी गराएको छ । भेला अत्यन्तै कडा सुरक्षाकाबीच दुई घन्टासम्म चलेको थियो । भेलामा प्रचण्ड पक्षधर मजदुर नेता सालिकराम जम्मरकट्टेललगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । मजदुरको भेला भनिए पनि पार्टीका उच्च नेता सङ्गठनका सबै विभागका प्रतिनिधि सहभागी रहेको प्रशिक्षणलाई निकै चासोका साथ हेरिएको छ ।
पत्रकार ढकालमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ ः मन्त्री महरा
काठमाडौँ, २८ जेठ । उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने युवा सङ्घ–नेपाल मोरङका उपाध्यक्ष परशुराम बस्नेतलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसदअन्तर्गतको महिला, बालबालिका र समाजकल्याण समितिद्वारा गठित ‘जातीय भेदभाव, छुवाछुत समस्या र समाधानका उपाय’ अध्ययन गर्न गठित उपसमितिको बैठकपछि आज गृहमन्त्री महराले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पत्रकारमाथि आक्रमण गर्नेलाई कुनै हालतमा नछोड्ने बताउनुभयो ।
गृहमन्त्री महराले नागरिक दैनिकका विराटनगरस्थित पत्रकार ढकालमाथि आक्रमण गरी फरार भएका बस्नेतलाई राजनीतिक संरक्षण भए नभएको छानबिन भइरहेको र उनको पक्राउका लागि प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले पत्रकारमाथिको आक्रमण सम्पूर्ण सञ्चारमाथिको आक्रमण भएकोले यसको सत्यतथ्य छानबिनका लागि प्रशासन, राजनीतिक दल, सञ्चारकर्मी र नागरिक समाजले सहयोग गर्नुपर्नेमा जोड दिँदै राजनीतिक आवरणलाई ढाल बनाएर गरिने कुनै पनि अपराध आफूलाई मान्य नहुने बताउनुभयो ।
नेम्वाङ्गद्धारा संविधान निमार्णको कार्यतालिका अनुसार अगाडी बढ्न प्रचण्डलाइ आग्रह
काठमाण्डौँ, २८ जेठ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान संबिधान निर्माण प्रक्रियाका बिषयमा छलफल भएको छ । संबिधान सभा संबैधानिक उपसिमितीका संयोजक समेत रहनुभएका अध्यक्ष प्रचण्डसँग भएको भेटमा संबिधान निर्माणको कार्यातालिका अनुरुप अघि बढ्ने बिषयमा छलफल भएको भेटपछि सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
ज्वरो तथा रुघाखोकीका निवासमै आराम गरीरहनुभएका माओबादी अध्या प्रचण्डलाई भेट्न सभाध्यक्ष नयाँ बजार पुग्नुभएको थियो । अध्यक्ष दाहालले दलहरुबीच भएको पाँचबुँदे सहमतिअनुसार अडिक अविचलित भएर मुलुकको प्राथमिकताको सूचीमा रहेको शान्ति र संविधानको जिम्मेवारीलाई पूरा गर्न आफू दृढ रहेको बताउनुभएको थियो । उहाँले उच्चस्तरीय अनुगमन समितिलाई नाम एकदुई भित्र उपलब्ध गराउने र सहमतिअनुसार संविधान लेखनलाई तीव्रता प्रदान गर्ने वचन दिनुभएको सभामुख नेम्बाङले बताउनुभयो ।
यस्तै भेटमा संविधानसभाको म्याद थपका समयमा भएको पाँचबुँदे सहमति कार्यान्वयन र शान्ति प्रक्रियाका बिषयमा पनि छलफल भएको छ । पाँचबुदे सहमतीलाई कार्यान्वयन गर्न गठन गरिने संसदिय अनुगमन समितीलाई पुर्णता दिने बिषयमा छलफल भएको सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । यस्तै सेना समयोजन र हतियार व्यवस्थापनका बारेमा आफुले माओबादीको धारणा बुझेको बताउदै उहाले सो सम्बन्धमा माओबादी आफ्नै अडानमा यथावत रहेको बताउनुभयो । यसअघि प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी लिन हिजो प्रधानमन्त्री झलनाथ खनाल पनि प्रचण्ड निवास पुग्नु भएको थियो ।
राष्ट्रिय सहमति शान्ति प्रक्रियामा अल्झिएको छ ः माधवकुमार नेपाल
काठमाण्डौँ, २८ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र राष्ट्रिय सहमतिको विषय शान्तिप्रक्रियामा गएर अल्झेको बताउनुभएको छ । नारायणी अञ्चल सम्पर्क कमिटीले प्रकाशन गरेको नारायणी सन्देश र हाम्रो मकवानपुर नामको पुस्तक आज राजधानीमा विमोचन गर्दै नेपालले शान्तिप्रक्रियामा अड्चन आएकाले संविधान र राष्ट्रिय सहमति जुट्न नसकेको बताउनुभयो । माओवादीमा उग्रवामपन्थी र हिंसावादी चिन्तन हावी भएको आरोप लगाउ“दै नेता नेपालले माओवादीको एजेन्डामा हिडे सबै पार्टी र देश पनि डुब्ने दावी गर्नुभयो । पटक–पटक लिखित प्रतिवद्धता गर्ने तर कायान्वयन नगर्ने माओवादी चरित्र नै बाधक बनेको नेपालको भनाइ छ । माओवादीले अपराधमा संलग्न आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिनकै लागि गृहमन्त्रालय सम्हालेको भन्दै नेपालले त्यसविरुद्ध खबरदारी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । माओवादी इमान्दार भए संविधान बन्ने भन्दै उहा“ले माओवादीलाई रुपान्तरण गर्न एमाले लागि रहेको जिकिर गर्नुभयो ।
आर्थिक समाचार
१५ प्रतिशत भाडावृद्धि गर्न ट्रक व्यवसायीको माग
ललितपुर, २८ जेठ । नेपाल ट्रक यातायात व्यवसाय व्यवस्थापन समितिले अहिलेको बढ्दो महँगी र मूल्यवृद्धिले व्यवसायीहरु मर्कामा परेको भन्दै यसअधि निर्धारित भाडादरमा थप १५ प्रतिशत वृद्धि गरिनुपर्ने माग गरेको छ । व्यवस्थापन समितिले विगत ६ महिना अघि डिजेलको मूल्य रु. ५७ हुँदा भाडा तय गरिएकोमा अहिले त्यसको मूल्य प्रतिलिटर रु.६८÷५० पुगेकाले १५ प्रतिशत भाडावृद्धि गर्न माग गरेको हो । नेपाल ट्रक यातायात व्यवसाय व्यवस्थापन समिति काठमाडौँको नवौँ साधारणसभा तथा पाँचौ अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष राजकुमार श्रेष्ठले गाडीको खरिद मूल्य, भन्सार दर र पार्टपुर्जाको मूल्यमा समेत व्यापक वृद्धि भइसकेको अवस्थामा निर्धारित भाडादरमा थप १५ प्रतिशत वृद्धि गरिनुपर्ने बताउनुभयो । उहाँले ट्रक व्यवसायीको अर्को मुख्य समस्या पार्किङ भएको र यसले व्यवसायीलाई मात्र नभई राजधानीवासीलाई समेत यसको प्रत्यक्ष असर परेको भन्दै काठमाडौँ उपत्यकामा ट्रक पार्किङको व्यवस्था गरिनुपर्नेमा पनि जोड दिनुभयो ।
रासायनिक मलको अभाव
रौतहट, २८ जेठ । धान रोप्ने समय आउन लाग्दा पनि रासायनिक मल उपलब्ध नभएपछि रौतहटका किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडबाट उपलब्ध गराउँदै आएको रासायनिक मल पर्याप्तमात्रामा नआएका कारण भारतबाट भित्रिएको कम गुणस्तरको मल खरिद गर्न किसान बाध्य भएका छन् ।भारतबाट लुकाइछिपाई मल ल्याउँदा महँगो हुनुका साथै भारत तथा नेपालका सीमामा रहेका सुरक्षाकर्मीले दुःख दिने गरेको समेत किसानले गुनासो गरेका छन् ।रौतहट जिल्लामा गतवर्ष मकैपीडित किसानको लागि भन्दै डिएपी १९८, युरिया २४७ र पोटास १२३ मेट्रिक टन रासायनिक मल सरकारले पठाएकोमा यस वर्ष अहिलेसम्म धान रोप्ने समय आइसक्दा पनि कति मल प्राप्त हुने हो यकिन हुनसकेको छैन ।
अन्तराष्ट्रिय समाचार
भारतिय अपराध अनुसन्धान सम्बिन्धि पत्रकारको हत्या
अन्डरवल्र्डका बारेमा खोजमुलक समाचार लेख्खने एक जना बपरिष्ठ भारतीय पत्रकारलाई आज दिन दहाडै गोली हानी हत्या गरिएको छ ।मुम्बईबाट प्रकाशिहत हुने मिड डे पत्रिकाका विशेष अनुसन्धान सम्पादक ५६ बर्षीय ज्योती डेलाई मोटरसाईकलमा आएका चार जनाको समूहले गोली हानी हत्या गरेको हो । मुमबइृकै हिरान्दनी क्षेत्रमा मोटसाईकलमा सवार डेलाई पछाडीबाट गोली प्रहार गरेको भारतीय प्रहरीले जनाएको छ । सख्त घाइृते भएका उनलाइृ अस्पताल लैजादै गर्दा बाटोमानै ज्यान गएको थियो । ज्योतीलाई भारतमा अपराध अनुसन्धान पत्रकारिताका गुरु मानिन्थ्यो ।
भारतका चर्चित योगगुरु बाबा रामदेबको स्वास्थ अबस्था स्थिर
भारतका चर्चित योगगुरु बाबा रामदेबको स्वास्थ अबस्था पुन गभिर बनेको छ । भ्रष्टाचारको अन्त्य र बिदेशमा रहेको कालो धन फिर्ता गर्नु पर्ने माग गर्दै गत जुन ४ तारिकका दिन देखि हरिद्धार स्थित आश्रममा आमरण अनसनमा बस्नु भएका रामदेबको स्वास्थ्य अत्यन्तै अस्थिर रहेको स्थिर रहेको उपचारमा सलग्न चिकित्सकले बताएका छन । उहाँको स्वास्थ्यमा क्षण–क्षणमै परिवर्तन भईरहेकाले कोमामा राखेर उपचार गर्ने तयारी भईरहेको भारतीय टेलिभिजनहरुले प्रतक्ष्य प्रसारण गरेका छन् ।
खेल समाचार
शहिद स्मारक फुटवल प्रतियोगिता
काठमाण्डौँ, २८ जेठ । सहिद स्मारक ए डिजिभन लिग फुटबल अन्तरगत आज भएको खेलमा थ्रीस्टार, एनआरटी र फ्रेण्ड्स क्बव विजयी भएका छन् ।
दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइजलाई २–० ले पराजित ग¥यो । उपाधि जित्ने अभियानमा रहेको थ्रीस्टारको लागि विशन गौचन र विक्रम लामाले गोल गरेका थिए । जारी लिगमा सबैभन्दा छिटो गोल गर्ने क्रममा बिशन गौचनले खेलको पहिलो मिनेटमै गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शुन्यको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा एक गोल थप्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो । खेलको ६० औं मिनेटमा बिशन गौचनको पासमा विक्रम लामाले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाएका थिए । जितसंगै थ्रीस्टारले १० खेल खेल्दै २२ अंक बटुल्दै लिगको सातौं स्थानमा छ । अझ पनि थ्रीस्टारले उपाधि होड भने नत्यागेको प्रशिक्ष्ँक मेघराज केसीले बताएका छन् । थ्रीस्टारले बलिया मानिएका टोलीहरुसंग खेलिसकेको हु“दा उपाधि जित्न अझै दबाब छैन । यता शीर्ष स्थानको पुलिसले भने कमजोर टोलीमात्र खेलेको छ । पुलिसले १० खेलबाट २६ अंक बटुलेको छ । पुलिसले शीर्ष स्थानका मनाङ मस्र्याङ्दी, थ्रीस्टार एनआरटी र जाउलाखेलसंग खेल खेलेको छैन । यता ब्रिगेड ब्वाइज भने रेलिगेशनबाट बच्न संघर्षरत छ । ब्रिगेडले १० खेलबाट आठ अंक बटुल्दै लिगको तेह्रौ स्थानमा छ ।
यस अघि दशरथ रंगशालाको पहिलो खेलमा एनआरटीले बा“सबारी क्लवलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्यो । एनआरटीको लागि खेलको २०औ मिनेटमा अफ्रिकी ओरान ब्लाकी कोलले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरि समयमा बा“सबारीका सब्चीच्युट खेलाडी नविन लामाले गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७१ मिनेटमा एनआरटीका सब्चिच्युट खेलाडी असिम कार्कीले टोलीलाई जित तर्फ डो¥याएका थिए । जितसंग एनआरटीले २२ अंक बटुल्दै लिगको छैठौ स्थानमा छ । एनआरटी पनि पछिल्लो समय लिग जित्ने अभियानलाई बलियो बनाउदै लगेको छ । बढुवा टोली बा“सबारी भने १२ अंक बटुल्दै लिगको दशौ स्थान यथावत छ ।
यता एपीएफ आफ्नै गृह मैदानमा फ्रेण्ड्ससंग ३–२ गोल अन्तरले पराजित भएको छ । फ्रेण्ड्को जितमा सन्तोष तामाङले ३३औ र ४८औ मिनेटमा तथा टंक सिग्देलले ७६औ मिनेटमा गोल गरेका थिए । एपीएफको लागि गणेश लावतीले २४औ तथा टोप बिष्ठले ६७औ मिनेटमा गोल गरेका थिए । फ्रेण्ड्स लिगमा नवौ १४ अंक सहित नवौ स्थानमा छ भने एपीएफ १०अंक सहित १२औ स्थानमा छ ।
नवौं आहा गोल्डकपबाट २७ लाख बचत
पोखरा, २८ जेठ । सहारा क्लबले नवौं आहा गोल्डकपबाट २७ लाख रुपैयाँ बचत गर्न सफल भएको छ । बचत रकम अहिलेसम्मकै सबैभन्दा धेरै हो । गतवर्षको ४ माघदेखि १५ माघसम्म पोखरा रंगशालामा सम्पन्न अन्तर्राष्ट्रियस्तरको सो फुटबल प्रतियोगिताबाट ६१ लाख ६६३ रुपैयाँ आम्दानी भएकोमा खर्च कटाएर उक्त रकम बचत भएको जनाइएको छ । ११ दिनसम्म चलेको प्रतियोगिताको करिब ५१ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । क्लबले आज पोखरामा सार्वजनिक गरेको आय–ब्यय विवरण अनुसार प्रतियोगिता सम्पन्न गर्न ३३ लाख २७ हजार २ सय १५ रुपियाँ खर्च भएको छ । क्लबले अघिल्लो संस्करणभन्दा पाँच लाख रुपैयाँ बढी आम्दानी गरेको हो । आठौं सस्करणमा २२ लाख रुपियाँ आम्दानी भएको थियो । पहिलो संस्करणमा मात्र ५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
No comments:
Post a Comment