पाँचबुदे सहमति कार्यान्वयनवारे संसदमा आरोप प्रत्यारोपः
काठमाण्डौ, जेठ ३० । संविधानसभाको म्याद थपका क्रममा जेठ १४ गते भएको पाँचबुदे सहमति कार्यान्वयको बिषयलाइ लिएर दलहरुबीच आरोप प्रत्यारोप चलेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा दलहरुबीच पाँचबुदे सहमति कार्यान्वयनको बिषयलाइ लिएर आरोप प्रत्यारोप चलेको हो । एकीकृत माओवादीले कागे्रस शान्ति प्रक्रिर्याका नाममा संविधान निर्माण प्रक्रिर्या अघि बढाउन नचाहेको आरोप लगाएको छ, भने कागे्रस एमालेले माओवादी सेना समायोजनमा गम्भीर नभएको आरोप लगाएका छन ।
माओवादीका बर्षमान पुन अनन्तले पाँचबुदे सहमति अनुसार माओवादीले शान्ति प्रक्रिर्यालाइ फटाफट अगाडि बढाएको भएपनि कागे्रसले संविधान निर्माण प्रक्रिर्यालाइ अगाडि बढ्न नदिएका कारण आशंका उव्जीएको आरोप लगाउनुभयो । कागे्रसले एकातिर शान्ति प्रक्रिर्याको कुरा गर्ने र आर्कोतिर भदौ १४ पछि आन्दोलनमा जाने भन्ने निर्णय गरेका कारण संविधानको मस्यौदा बनाउने नचाहेको उहाँले आरोप लगाउनुभयो । अनन्तले माओवादी जनसेनाका लडाकू र हतियर अलग गर्ने कुरा निशस्त्रीकरण जस्तै भएको दावीगर्दै त्यस्तो सहमति विगतमा पनि नभएको र निशस्त्रीकरण आफूहरुलाइ स्वीकर्य नहुने बताउनुभयो ।
नेपाली कागे्रसका लक्ष्मण घिमिरेले माओवादीले छलछामको राजनीति गरेका कारण जेठ १४ गते भएको पाँचबुदे सहमति कार्यान्वयन नभएका कारण देशले निकास पाउन नसकेको बताउनुभयो । शान्ति र संविधान निर्माण प्रक्रिर्या संगसंगै जाने भन्ने कुराले संविधान निर्माण प्रक्रिर्यामा ढिलाइ भइरहेको उहाँले बताउनुभयो । उहाँले संविधानसभाको निर्वाचन हुदा छ महिनामा शान्ति प्रक्रिर्या टुङ्गाउने र २ बर्षमा संविधान निर्माण सम्पन्न गर्ने लक्ष राखिएका कारण संविधान जारी गर्नु अगावै शान्ति प्रक्रिर्या टुङ्गिनु जरुरी भएको बताउनुभयो । पाँचबुदे सहमति अनुसार प्रधानमन्त्रीले राजीनामा गर्ने सहमति भएपनि प्रधानमन्त्रीले राजीनामामा आलटाल गरेको घिमिरेले अरोप लगाउनुभयो । तीन महिनामा शान्ति प्रक्रिर्या पूर्णतामा पु¥याउने काम नभए भदौ १४ मा फेरिपनि संविधानको म्याद थपगर्ने अबस्था सृजना नहुने र मुलुक दुर्घटनामा फस्ने बताउनुभयो ।
नेकपा एमालेका भीम रावलले जेठ १४ गते भएको पाँचबुदे सहमतिको इमान्दारपूर्वक कार्यान्वयन नभए भदौ १४ गते फेरिपनि कष्टकर रात आउने र मुलुक अफ्ट्यारोमा पर्ने बताउनुभयो । उहाँले माओवादीका नेताहरुको दोहोरो सुरक्षा अन्त्य नभएका कारण सहमति कार्यान्वयनमा आशंका जन्मिएको बताउनुभयो । राष्ट्रिज जनमोर्चाका चित्रबहादुर केसीले जेठ १४ पछिका तीनचार दिन शान्ति र संविधान निर्माणमा दलहरु गम्भीर देखिएपनि अहिले आएर पाँचबुदेको आफूखुसी व्याख्या सुरु भएकोले थपिएको कार्यकालमा संविधानको एकीकृत मस्यौदा बन्ने संभावना कमजोर बन्दै गएको बताउनुभयो ।
त्यसअघि बैठकको सुरुमै सभामुखसंग समय लिएर दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले चारदिनभीत्र समावेशी विधेयक नल्याए त्यसपछि संसदको बैठक चल्न नदिने बताउनुभएको थियो । यसैबीच, संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयनकालागि संसदीय समिति गठनगर्न दलहरु आजपनि विफल भएका छन । जेठ १४ गते तीनदलबीच भएको पाँचबुदे सहमति अनुगमनकालागि सभामुखको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने भनिएपनि सहमति भएको १५ दिन सम्मपनि गठन हुन नसकेको हो ।
पत्रकार माथी आक्रमण गर्ने दोषीमाथी कार्वाहीगर्न संसदीय समितिको निर्देशन
काठकाण्डौँ, ३० जेठ । व्यबस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथी भएको आक्रमणप्रति भत्सनागर्दै दोषीलाइ तत्काल पक्राउगरी कार्वाहीगर्न सरकारसंग माग गरेको छ । समितिले घाइते पत्रकारको उपचारको व्यबस्था सहिर क्षतिपूर्ती दिन समेत सरकारलाइ निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको बैठकले घटनामा संलग्नमाथी तत्काल कार्वाही सुरुगर्न सरकारलाइ निर्देशन दिएको समिति सभापति पद्मलाल विश्वकर्माले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघले घटनाको निश्पक्ष छानविनकालागि संसदीय समिति गठनगर्न माग गरेपनि अधिकाशं सभासदहरुले दोषी पहिचान भइसकेको अबस्थामा छानविन समिति गठनगर्नु जरुरी नभएको बताएका थिए । पीडित पत्रकार स्वयले युथफोर्सका कार्यकर्ताको संलग्नता रहेको बताइसकेका कारण उनलाइ तत्काल पक्राउगरी कार्वाहीगर्न सरकारलाइ निर्देशन दिनुपर्ने सभासदको माग थियो । सभासदहरुले युथफोर्सका अध्यक्ष महेश बस्नेतले सरकारले आरोपित दोषी किटान गरे आफुले उनलाइ दुइ घण्टामा बुझाइदिने अभिव्यक्ती दिएवाट अपराधिलाइ राजनीतिक संरक्ष्ण भएको सभासदहरुले बताएका थिए ।
बैठकमा एमाले सभासदत्रय राधा ज्ञवाली, विन्दा पाण्डे र लक्की शेर्पाले पत्रकारमाथी आक्रमणगर्नै अपराधी पहिले आफ्नो पार्टीसंग आबद्ध रहेको भएपनि अपराध गरेपछि उसलाइ राजनीतिक संरक्षण दिन नहुने बताउनुभएको थियो । कागे्रस सभासद नरहरि आचार्य, किरण यादव, डिना अर्याल, कमला थापा लगायतले लोकतन्त्रलाइ कमजोर बनाउने नियतवाट पत्रकारमाथी लगातार आक्रमण भइरहेको बताएका थिए ।
यसैवीच पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेर फरार भएका युथफोर्स मोरङका कार्यकर्ता मनोज राई आज विराटनगरबाट पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक दुर्गा रेग्मीको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१६ स्थित महेन्द्र मोरङ क्याम्पस नजिकैबाट राईलाई पक्राउ गरेको हो । बिहान साढे आठ बजे आरोपित राईलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक शहकुल बहादुर थापाले बताउनुभयो ।जेठ २२ गते राति एमाले जिल्ला सदस्य तथा युवासङ्घ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतको निर्देशनमा पत्रकार ढकाललाई समाचार लेखेको विषयलाई लिएर मनोज राई र रोहित कोइरालाको समूहले आक्रमण गरेको थियो । यस्तै पत्रकार ढकालमाथि आक्रमण गर्ने मध्येका पर्शुराम बस्नेतलाई पक्राउ गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालय र कोसी अञ्चल प्रहरी कार्यालयबाट अलगअलग चारवटा विशेष प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यता, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतलले भने पत्रकार ढकाल माथि कुटपिट गरेको आरोप लागेका पर्शुराम बस्नेत आफु सगै रहेको दावी गरेका छन् । आज भक्तपुरमा आयोजना भएको एक कार्यक्रममा बस्नेतले पत्रकार ढकाललाई आक्रमण गर्ने घट्नमा पर्शुराम बस्नेतको सग्लन नरहेको दावी गर्दै पक्राउ गरेर देखाउन प्रहरीलाई चुनौति समेत दिनु भयो । बस्नेत दोषि देखीए एक घण्टा भित्र प्रहरी प्रशासन बुझाईदीने भन्दै अध्यक्ष बस्नेतले दोषि नहुदै आफ्नो कार्यकता तथा नेतालाई प्रहरी प्रशासनमा बुझाउन पर्ने कुनै कारण समेत नभएको बताउनु भयो ।
सञ्चारकर्मीहरूमाथि भएका श्रृखलाबद्ध आक्रमणको विरोधमा देशभरका पत्रकारहरुले आज पनि हातमा कालोपट्टी बाँधेर काम गरीरहेका छन् । नेपाल पत्रकार महासङ्ले आब्हान गरेको पहिलो चरणको बिरोध कार्यक्रम अन्तर्गत पत्रकारहरुले हिजोबाट हातमा कालोपट्टी बाँधेर संचारकर्मीहरुमाथी भएका आक्रमणको बिरोध शुरु गरेका हुन् । पहिलो चरणको आन्दोलन अन्तर्गत भोलीसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने, असार १ गते कलम, डायरी, क्यामेरा, रेकर्डरजस्ता सामग्रीहरू माइतीघर मण्डलामा प्रदर्शन गर्ने, सोही दिन जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्ने तथा असार २ गते सम्पादकहरू र असार ३ गते टे«ड युनियनका प्रतिनिधिहरूसँग अन्तत्र्रिmया गर्ने कार्यक्रम रहेका छन् । यस्तै असार ४ गते संविधानसभा भवनदेखि माइतीघर मण्डलासम्म जुलुस प्रदर्शन र जिल्ला प्रशासनअगाडि धर्ना दिईने महासघले जनाएको छ ।
संसदीय समितिद्वारा नेपालको विदेश नीतिको आधारपत्र तयारः
काठमाण्डौँ,, ३० जेठ । व्यबस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले बदलिएको राजनीतिक परिपेक्षमा विदेशनीतिको आधारपत्र तयार गरेको छ । मुलुकमा गणतन्त्रको स्थापना भइसकेको तथा एकात्मक प्रणालीवाट संघीयतामा प्रवेश गरिसेको सन्दर्भमा नयाँ विदेश नीति निर्माण गर्नुपर्ने आबस्यकता रहेको भन्दै समितिका सभापति पदमलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले परराष्ट्र नीतिको आधारपत्र तयार गरेको हो । आधारपत्रमा संयुक्त राष्ट्रसंघको बढापत्र, अन्तराष्ट्रिय कानून र पञ्चशीललाइ आधारभूत सिद्धान्त बनाइएको छ ।
मुलुकलाइ विदेशी हस्तक्षेपवाट मुक्तगरी गौरवशाली राष्ट्रका स्वतन्त्र नागरिकको रुपमा विश्व सम्बन्ध कायम गर्ने कुरालाइ विदेश नीतिका प्राथमिकतामा राखिएको छ । यसैगरी राष्ट्रिय हित, राष्ट्रिय स्वाधिनताको रक्षा तथा अन्तराष्ट्रिय जगतमा मुलुकको भूमिका र सम्मानको अभीबृद्धि गर्ने कार्यलाइ विदेश नीतिका उदेश्य बनाइएको छ । सभासदहरुले भने प्रस्तावित खाकामा परिमार्जन र थपघट गर्नुपर्ने बताएका छन । सभासदहरुको सुझावका आधारमा मस्यौदालाइ परिमार्जनगरी समितिमा पेश गरिने सभापति विश्वकर्माले बताउनुभयो ।
सेना समायोजनमा माओवादी आलटालः कागे्रस
काठमाण्डौँ, ३० जेठ । नेपाली कागे्रसले सेना समायोजनको सम्बन्धमा माओवादीले आलटाल गरिरहेको आरोप लगाएको छ । नेपालका लागि वेलायती राजदुत जोन टक्नटसंगको भेटपछि कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमतिवाट माओवादी पछि हटन खोजेको आरोप लगाउनु भएको हो । नेपाली सेना अन्तरगत छुट्टै महानिर्देशनालय बनाउन सकारात्मक रहेपनि माओवादीले अन्य बिषयमा बखेडा झिकेको पौलेको आरोप थियो ।
उहाँले राजदुतसंग समायोजनमा देखिएका जटिलतावारे कुरा भएको बताउनुभयो । भेटमा पाँचबुदे सहमति कार्यान्वयन तथा शान्ति र संविधान निर्माण प्रक्रिर्याको बिषयमा छलफल भएको राजदुत टक्नटले बताउनुभयो । उहाँले सहमति कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।
प्रचण्डको ब्यस्तताका कारण सबैधानिक उपसमितीको बैठक बस्दै नबसि स्थगीत
काठमांडौ, ३० जेठ । संवैधानिक समिति अन्र्तरगतको विवाद समाधान उपसमितिको बैठक बस्दै नबसि स्थगीत भएको छ । उपसमितीका सयोजक पुष्पकमल दाहाल प्रचण्डको आग्रह पछि बैठक स्थगीत गरिएको उपसमिती्मा आमन्त्रीत सदस्य उपेन्द्र यादवले जानकारी दिनु भयो ।
अस्वस्थताको कारण देखाउदै उपसमिती सयोजक प्रचण्ड अस्तीको बैठकमा समेत अनुपस्थित रहनु भएको थियो । माओबादी भित्रको आन्तरिक बिबादका कारण अध्यक्ष प्रचण्ड बैठकमा सहभागी हुन नसक्नु भएको सा्रेतको दावीछ । अध्यक्ष प्रचण्ड उपसमितीमा बस्दा पार्टीले लिएको कतिपय अडान बाट पछि हट्नु परेको भन्दै पार्टीका केहि नेताहरुले अध्यक्ष प्रचण्डलाई आफनो साटो अरु कुनै सदस्यलाई पठाउन दबाब दिदै आएका छन ।
सिहदरबार स्थित उपसमितीको कार्यकक्षमा बिहान वोलाइएको आजको बैठक शासकिय रुवरुप, राज्यको पुर्नसरचना, निर्बाचन प्रणाली लगायत बिबादीत बिषयको टुगो लगाउन गठन गरिने कार्यदलको सदस्य सख्याको बारेमा छलफल गरिने कार्यसुचि रहेको थियो । बिबाद समाधानका लागी नियमित बस्ने भनिएको बैठक राज्यपुर्नसरचनाको बिषयमा राजनितीक गृहकार्य गर्नु पर्ने भन्दै आज सम्मका लागी स्थगीत गरिएको थियो । अस्तिको बैठकले राज्यपुर्नसरचना समितीको प्रतिबेदनमा देखिएका ७८ वटा बिवादित बुदामा एक अर्कामा बाझिएको बिषयलाई कम गर्दै खाका पेश गर्न संबैधानिक समिती सचिबालयलाई जिम्मा दिएको थियो । विवादित विषयलाई राजनीतिक नेतृत्व तहमा विस्तृत छलफल गर्ने भनिए पनि दलहरु बिच औपचारीक रुपमा छलफल हुन सकेको छैन ।
फोरमका १२ जिल्ला अध्यक्ष गुप्तातर्फ
काठमाण्डौँ, ३० जेठ । मधेशी जनअधिकार फोरम गणतान्त्रिकले मधेशी जनअधिकार फोरम नेपालका अधिकाशं कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले आज सिंहदरवारमा पत्रकारहरुसंग कुरागर्दै उपेन्द्र यादवको गृहजिल्ला सुनसरी सहित १२ जिल्लाका सभापति आफ्नो पार्टीमा प्रवेश गरिसकेको जानकारी गराउनु भएको हो । झापा, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, बारा पर्सा, नबलपरासी, कपिलबस्तु र बाँके जिल्लाका अधयक्ष आफ्नो पार्टीमा प्रवेश गरेको गुप्ताले दाबी गर्नुभयो । विद्यार्थी संगठन लगायत भातृ संगठनका पदाधिकारीपनि आफ्नो पार्टीमा प्रवेशगर्ने क्रममा रहेको उहाँले दावी गर्नुभयो ।
शैक्षिक गणतान्त्रिक मञ्चद्धारा मुलुकभरका बिद्यालय बन्द
काठमाडौ, ३० जेठ । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले आज उपत्यकाका सम्पुर्ण निजी तथा सामुदायिक बिद्यालय बन्द गराएको छ । सरकारसंग यसअघि भएको सहमतीको कार्यान्वयन नभएको भन्दै मञ्चले बिद्यालय बन्द गराएको हो । बन्दका कारण उपत्यकाका सम्पुर्ण बिद्यालयको पठन पाठन प्रभाबित बनेको छ । अस्थायी शिक्षकलाई सेवा अबधि गणना गरी स्थायी गर्नु पर्ने, निजी बिद्यालयका शिक्षकलाई सरकारी शिक्षक सरह सेवा सुबिधा उपलब्ध गराउनु पर्ने, बिद्यालयका कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नु पर्ने, द्धन्द्धपिडित शिक्षकलाई क्षतिपुर्ति दिई पुर्नबहाली गर्नु पर्ने लगायतका माग मञ्चले अघि सार्दै आएको छ । बिगतमा भएको सहमतीको कार्यान्वयन नभएकाले दबाब दिन आफुहरुले बिद्यालय बन्द गर्नु परेको मन्चको कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनु भयो । सरकारले बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको एक महिना नबित्दै शिक्षकहरुले बिद्यालय बन्द ्आब्हान गरेका हुन । सरकारले जेठ ११ गते बिद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेको थियो ।
संविधान जारी हुनुपूर्व शान्ति प्रक्रिया र सेना समायोजन पूरा हुनुपर्नेः गच्छदार
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नयाँ संविधान जारी हुनुपूर्व शान्ति प्रक्रिया र सेना समायोजन कार्य पूरा हुनुपर्ने बताउँनु भएको छ । राष्ट्रिय सहमतिको सरकार बिना शान्ति प्रक्रिया टुंगोमा नपुग्ने दाबी गर्दै उहाँले सहमतिका लागि मार्ग प्रशस्त गर्न सरकारसँग आग्रह गर्नुभयो ।
चितवनको नारायणगढमा आज बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले गत जेठ १४ गते भएको पाँचबुँदे सहमतिको कार्यान्वयन गर्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिए राष्ट्रिय सहमति निर्माण हुने जिकिर गर्नु भयो । माओवादी नेताको सुरक्षामा खटिएका लडाकु शिबिर फर्किएकाले उनीहरुको समायोजन नभइ समस्या समाधान नहुने गच्छदारले बताउँनु भयो ।
यता राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने प्रधानमन्त्री झलनाथ खनाललाई तत्काल राजीनामा नगर्न सुझाव दिनुभएको छ । प्रधानमन्त्रीले तत्काल राजीनामा दिए मूलुक अन्योल, अस्थिरता एवम् अनिष्टतर्फ धकेलिने भन्दै थापाले वर्तमान अवस्थामा राजीनामा नगर्न प्रधानमन्त्रीलाइ आग्रह गर्नुभएको हो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भई शान्ति र संविधान निर्माण निर्माण नहुने तर विगतको जस्तो नेतृत्वले राजीनामा दिए मुलुक अन्योलको अवस्थामा जाने हुनाले राजीनामा दिन नहुने बताउनुभयो । चालक परिवर्तन गरेर केही नहुने बताउँदै उहाँले मुख्य कुरा बाटो परिवर्तन गर्नु पर्ने टिप्पणी गर्नु भयो ।
बेलायती मन्त्री तीन दिने भ्रमणका लागी काठमाण्डौमा
काठमाण्डौँ, ३० जेठ । समानता मामिला हेर्ने बेलायती मन्त्री लिन फेदरस्टान तीन दिने नेपाल भ्रमणका लागी आज दिउसो काठमाण्डौ आइपुग्नु भएको छ । नेपाल बसाइका क्रममा उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महर, एमाले नेता माधवकुमार नेपाल, मुख्यसचिव माधवप्रसाद घिमिरे, न्यायाधिश कल्याण श्रेष्ठ र महिला अधिकारकर्मीहरु सँग भेटबार्ता गर्नु हुने कार्यक्रम रहेको बेलायती दुताबासले जनाएको छ । महिला अधिकार र अल्पसख्यक अधिकारमा चासो राख्दै आउनु भएकी मन्त्री फेदरस्टोनले भेटवार्ताका क्रममा महिला बिभेद र अपराधका सम्बन्धमा नेपाल सरकार र समुलायले कसरी सम्बोधन गरिरहेको छ भन्ने बारेमा धारणा बुझनु हुने बताइएको छ । साथै उहाँले महिला हिसाको अबस्था तथा बेलायती अनुभब पनि आदान प्रदान गर्नुहुने जनाइएको छ ।
आर्थिक समाचार
बजेटमा महिलालाई प्राथमिकताः अर्थमन्त्री
काठमाडौँ, ३० जेठ । अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक समानतामा महिलालाई जोड दिने उद्देश्यले आगामी बजेटमा उनीहरूलाई प्राथमिकता दिने बताउनुभएको छ । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले महिलालाई पुरुष सरह अधिकार दिन आर्थिक अधिकार अपरिहार्य भएको र उनीहरुको आर्थिक उन्नतिका लागि बजेटमा प्राथमिकता दिने बताउनुभएको हो ।
महिलालाई आर्थिक क्षेत्रमा समान पहुँच नदिदाँसम्म विकास असम्भव भएको भन्दै उहाँले महिलाको उत्थानका लागि अर्थमन्त्रालयले विषेश कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिनुभयो । लघुवित्त सहकारी संस्था र लघुवित्त कार्यक्रमले महिलाको आर्थिक अवस्थामा निकै सुधार ल्याउन सफल भएको बताउँदे यसतर्फ बेरोजगार युवा र महिलाहरुको विशेष आकर्षण रहेको समेत बताउनुभयो ।
कार्यक्रममा वन तथा भु–संरक्षण राज्यमन्त्री भगवती चौधरीले लघुवित्त गरिवी निवारणको प्रमुख अस्त्र भएकाले लघुवित्तका कार्यक्रमलाई सरकारले पनि सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले हाल नेपालको अर्थ व्यवस्थामा आर्थिक तरलता भएकाले समग्र आर्थिक क्रियाकलापमा समेत समस्या उत्पन्न भएको बताउनुभयो ।
अन्तराष्ट्रिय समाचार
चिन र भियतनामको सिमा क्षेत्रमा तनाव
भियतनामले चिनसँगको विवादित सुमुन्द्रि सिमामा सैन्य अभ्यास गरेपछि चिन र भियतनाम बिच विवाद बढेको छ । भियतनामले आज दिनभर ठुलो मात्रामा गोलाबारी सहित करिब नौ घण्टा सैन्य अभ्यास गरेपछि चिन र भियतनाम बिचको विवाद उत्कर्षमा पुगेको छ ।
भियतनाम र चिन बिच समुन्द्र मुनि तेलखानी रहेको पत्ता लागेपछि सिमानाको विषयमा लिएर विवाद हुदैँ आएको छ । दुबै देशले तेल खानी भेटिएको समुन्द्री भूभागलाइ आ आफ्नो दावि गर्दै आएका छन् । केही समय अघि चिनले भियतनामले आफ्नो सिमामा घुसेर अनुसन्धान गरेको आरोप लगाएको थियो भने भियतनामले पनि माछा मार्ने निहुँमा आफ्नो सिमामा चिनले अनुसन्धान गरेको आरोप लगाएको थियो । भियतनामले सैन्य अभ्यासलाइ नियमित भएको बतएको छ भने चिनले सैन्य अभ्यास चेतावनी स्वरुप गरिएको भन्दै आफुलाइ धाक नदेखाउन चेतावनी दिएको छ ।
यता चिनले पनि यही महिनाको अत्यमा प्रशान्त महासागरमा विमान बाहक जहाँज सहितको सैन्य अभ्यास गर्न लागेको छ । यद्यपी चिनले गर्न लागेको सैन्य अभ्यास भने विवादीत क्षेत्र नरहेको बताइएको छ ।
टर्कीको निर्वाचनमा सत्ताधारी पार्टि विजयी
काठमांडौ, ३० जेठ । तेस्रो कार्यकालका लागि बिजयी बनेपछि टर्कीका प्रधानमन्त्री रिसेप इर्डाेगानले बिपक्षी पार्टीहरुसंग सहमति निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हिजो आइतवार सम्पन्न निर्वाचनमा इर्डोगानको जस्टीस एन्ड डिभलपमेन्ट पार्टी एकेपीले करिव ५५ प्रतिशत मत हासिल गरेको प्रारम्भिक मत परिणामहरुले देखाएका छन् । यद्यपी एकेपीले संबिधानमा एकतर्फी परिवर्तनका लागि आवश्यक दुई तिहाइ मत भने हासिल गर्न सकेको छैन । इर्डोगानले निरङकुश शैलिको शाशन संचालन गरेको आरोपकाबीच फराकिलो बिजय हासिल गर्ने अपेक्षा गरिएको थियो ।
खेल समाचार
सहिद स्मारक ‘ए’ डिभिजन लिग
काठमाण्डौँ, ३० जेठ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० ले पराजित गर्दै लिगमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
दशरथ रंगशालामा भएको दोस्रो खेलमा शीर्ष स्थानको पुलिसले फ्रेण्ड्सलाई हराउ“दै उपाधि रक्षा गर्ने अभियानलाई बलियो बनाएकोे छ । पुलिसको जितमा भोला सिलवाल, जुमानु राई र भरत खवासले एक–एक गोल गरेका थिए । भोलाले खेलको १७ औं मिनेटमा रविन श्रेष्ठको फ्रिकिक बललाई डिबक्सभित्रबाट जाली चुमाएका थिए । यस्तै खेलको ६९ औं मिनेटमा डिफेन्डर सुमन सुवेदीको पासलाई सदुपयोग गर्दै जुमानु राईले पुलिसको अग्रता दोब्बर पारेका थिए । पुसिलका लागि तेस्रो गोल भरत खवासले ७३ औं मिनेटमा गरेका थिए । जारी लिगमा जुमानुले आफ्नो गोल संख्या १६ पु¥याएका छन् भने भरतले पनि १३ गोल गरिसकेका छन् । जितस“गै अपराजित पुलिसले २९ अंक बटुल्दै शीर्ष स्थानमा बलियो पकड बनाएको छ । यता ११ खेलको समाप्तिमा फ्रेण्ड्स लिगको ११ औं स्थानमा झरेको छ ।
यसअघि दशरथ रंगशालामा भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र कोइलापानी पोलस्टारले एक–एक गोलको बराबरी खेल्दै अंक बा“डेका छन् । अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा कोइलापानी पहिलो जितको स्वाद लिनबाट वञ्चित भयो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा जङ्बु शेर्पाले गोल गर्दै कोइलापानीलाई अग्रता दिलाएका थिए । त्यसपछि पनि कोइलापानीले अधा दर्जन भन्दा बढी गोल गर्ने अवसर पाएका थिए । तर कोइलापानीका खेलाडी गोल गर्न भने पटक–पटक चुकेका थिए । खेलको ९० औं मिनेटमा ब्रिगेड ब्वाइजका निराज गुरुङले गोल फर्काउ“दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीस“गै लिगको पुछारमा रहेको कोइलापानीले दुई अंक बनाएको छ । यता ब्रिगेड ब्वाइजले भने ९ अंक बटुल्दै लिगको १३ औं स्थानमा छ ।
उता एपीएफको हल्चोक मैदानमा भएको खेलमा भने बढुवा टोली बा“सबारीले अर्काे बढुवा टोली बौद्धलाई ३–१ ले पराजित गर्दै लिगको १० औं स्थानमा उक्लिएको छ । बा“सबारीले ११ खेलबाट १५ अंक बटुलेको छ । यता बौद्ध भने १८ अंक बटुल्दै लिगको आठौं स्थानमा यथावत् छ । बा“सबारीको जितमा डेनिस ओको, सुजन लिम्बू र नविन लामाले एक–एक गोल गरेका थिए । अफ्रिकन इग्युन ग्रेले १० औं मिनेटमा दिलाएको अग्रता जोगाउन नसक्दा बौद्ध हार ब्यहोर्न बाध्य भयो ।
No comments:
Post a Comment