Friday, June 24, 2011

असार १० गते २०६८

संक्रमण लम्बिए प्रतिक्रान्तिको खतरा छ ः प्रधानमन्त्री खनाल

पोखरा, १० असार । प्रधानमन्त्री झलनाथ खनालले संक्रमणकाल अझ लम्बिए देशमा प्रतिक्रान्तिको खतरा रहेको बताउनु भएको छ । कास्की जिल्लालाइ आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पोखरा पुग्नु भएका प्रधानमन्त्री खनालले नेपालको वर्तमान राजिनितीमा स्पष्ट रुपमा दुइथरी शक्ति देखिएको टिप्पणि गर्नुभयो ।

खनालले भन्नुभयो ः एकथरी तत्व देशको उपलब्धि शान्ति र संविधानको विरुद्धमा प्रतिक्रान्तिमा लागेका छन् । संविधान सभाको म्याद थपका बेला देखिनै उपलब्धि रक्षा गर्ने र त्यसको विरुद्धमा लाग्ने तत्वहरु स्पष्ट रुपमा छुट्टिएको उहाँको भनाइ थियो । कार्यक्रममा खनालले दलहरु इमान्दारी पूर्वक लागे आउँदो भदौ १४ सम्ममा शान्ति प्रक्रिया र संविधान निमार्णलाइ गति दिन समय नलाग्ने टिप्पणी गर्नुभयो ।

त्यसअघि पोखरा विमानस्थलमा पत्रकारहरु सँग कुरा गर्दै प्रधानमन्त्री खनालले पाँचबुदेँ सहमतिको शर्त प्रधानमन्त्रीको राजिनामा नभइ राष्ट्रिय सहमति प्रमुख विषय भएको टिप्पणी गर्नुभयो । सो अवसरमा पत्रकार कुट्ने व्यक्तिको तीव्र रुपमा खोजी भईरहेको भन्दै प्रधानमन्त्री खनालले ब्यक्ति पत्ता लागे आवश्यक कारकाही गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको थियो । नेकपा (एमाले) कुनै प्रकारका अपराधीलाई राजनीतिकीकरण गर्दैन, पार्टीका कुनै नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले कुनै पनि प्रकारका अपराधीलाई संरक्षण दिन नहुनेमा उहाँंले जोड दिनुभयो ।

प्रधानमन्त्री खनालले जेठ १४ गते भएका प्रतिज्ञाहरु पुरा गरेर छाड्ने दृढता व्यक्त गर्दै सहमति भएबमोजिम शान्तिप्रक्रियाले पूर्णता पाउने र संविधानको खाका पनि बन्ने बताउनुभयो ।  प्रधानमन्त्री खनालले राष्ट्रिय सहमति बनेपछि सबै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मओवादी बैठक तीनदिनका लागि स्थगितः

काठमाडौँ, १० असार । पार्टीभीत्र चुलिएको आन्तरिक विवाद समाधान, सङ्गठनात्मक सुदृढीकरण र पार्टीको भावि रणनीति तय गर्न आजदेखी राजधानीमा सुरु भएको एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटीको वैठक आज केहिबेर बसेर तीन दिनका लगाी स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपरान्ह सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाइ समेटेर ६ बुदेँ प्रस्ताव पेश गर्नुभएको छ । उहाँले पार्टीभीत्र देखिएका समस्या समाधानकालागि यसै बर्षभीत्र महाधिवेशनमा जाने समेत प्रस्ताव पेश गर्नु भएको थियो । बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले अध्यक्ष दाहालले संविधान निमार्ण, सरकार, पार्टिको अन्तरसंघर्ष, कार्यविभाजन लगायतका विषयलाइ बुदाँगत रुपमा बैठकमा पेश गरेको जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहााले संविधान सभाको म्याद थप पछि माओवादी संविधान निमार्णमा गम्भीर भएका बेला काँगे्रेस लगायतका दलहरु समय गुजार्न तर्फ अग्रसर भएको टिप्पणी गर्नु भएको थियो । अध्यक्ष  प्रचण्डले अरु दलहरु शान्ति र संविधान प्रति गम्भीर नभएकाले माओवादी अन्तरसंघर्ष छाडेर जनता प्रतिको उत्तरदायित्व वहन गर्दै संविधान निमार्णमा केन्द्रीत हुनपर्ने बताउनु भएको थियो ।

त्यसअघि केन्द्रीय कमिटीको बैठक बस्नुअघि आजै माओवादीको स्थायी समिति र पदाधिकारीको बैठकमा अध्यक्ष प्रचण्डले मोहन वैद्य पक्षधर र बाबुराम भट्टराइ पक्षधरलाइ मिलाएर प्रतिवेदन पेश गर्ने तयारी गरेपनि सहमती जुटाउन भने सक्नु भएन ।  स्थाइ कमिटि बैठकमा उपाध्यक्ष मोहन बैद्य पक्षधर नेताहरुले प्रगतिशिल संविधानको सुनिश्चितता नभएसम्म जनसेनाका लडाकूको समायोजन गर्न नहुने भन्दै कडा अडान राखेका थिए । केन्द्रीय कमिटिको बैठक सुरु हुनुअघि महिला सभासदले सरकारमा महिलाको ३३ प्रतिसत सहभागिताको मागसहित अध्यक्ष प्रचण्डलाइ ज्ञापनपत्र बुझाएका थिए ।

महासन्धी अनुमोदन नभए नेपाल कालोसुचिमा

काठमाण्डौँ, १० असार । ब्यबस्थापिका संसदवाट आज सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी दुइवटा संयुक्त राष्ट्रसंघीय महासन्धी आज अनुमोदन भएको छ । व्यबस्थापिका संसदको आज बसेको दोश्रो बैठकले आतंकबादमा लगानी नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय महासन्धि र बहुराष्ट्रिय सगठित अपराध बिरुद्धको संयुक्त राष्ट्रसंघिय  महासन्धि बहुमतले अनुमोदन गरको हो । 

राष्ट्रिय सङ्गठित अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा सभासद् उषाकला राईले संशोधनको प्रस्ताव गर्नुभएको थियो ।

सम्पत्ति सुद्धिकरण सम्बन्धी अन्तराष्ट्रिय संस्था फाइनान्सीएल एक्सन टाक्सले आतकबादमा लगानी गर्ने कार्य नियन्त्रण गर्ने अन्तराष्ट्रिय महासन्धि र बहुराष्ट्रिय सगठित अपराध बिरुद्धको राष्ट्रसघिय महासन्धि आज सम्म अनुमोदन गर्न नेपाल सरकारलाइ अल्टिमेटम दिएको थियो । महासन्धि संसद बाट अनुमोदन नभए राष्ट्रसघले नेपाललाई कालोचुचीमा राख्ने चेताबनी दिएको थियो । ब्क्यस्थापिका संसद्को अर्को बैठक यही असार १२ गते आइतबार बिहान ११ बजेका लागी बोलाइएको छ ।

म्हासन्धी अनुमोदन नेपालको लागि गौरव भएको अर्थसचिव कृष्णहरी बास्कोटाले बताउनुभयो । उाँले अन्त्राष्ट्रिय समुदाययको आग्रह अनुसार समयमै अनुमोदन गर्नसक्नु नेपालको लागि सुखद अबसर भएको टिप्पणी गर्नुभयो ।
व्यबस्थापिका संसदमा पूर्वबजेट छलफल सुरुः

काठमाण्डौ, असार १० । व्यबस्थापिका संसदमा आजदेखी पूर्वबजेट छलफल सुरु भएको छ । नयाँ बजेटका सिद्धान्त र प्राथमिकता माथीको छलफलमा भागलिदै सभासदहरुले तत्काल रोजगारी सृजना गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिएका छन । सत्तारुढ एकीकृत माओवादीले अर्थतन्त्रको आमूल परिवर्तन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताएको छ, भने कागे्रसले वर्तमान सरकारले राजीनामा गर्ने सहमति भइसकेकोले सबैलाइ स्वीकार्य बजेट ल्याउन सुझाव दिएको छ ।

छलफलमा भागलिदै माओवादी उपाध्यक्ष डा बावुराम भट्टराइले राष्ट्रिय औद्योगिक पूजी निर्माण मार्फत स्वाधिन अर्थतन्त्र निर्माणकालागि अर्थतन्त्रको आमूल परिवर्तन जरुरी रहेको बताउनुभयो । कृषिको आधुनिकिकरण, जलविद्युत विकास र जनतालाइ राहत दिने खालका कार्यक्रम ल्याउन उहाँको सुझाव थियो । तर उहाँले बजेटका सिद्धान्त र प्राथमिकतावारे संयुक्त सरकारको प्रमुख घटकसंग छलफल नगरिएको आरोप लगाउनुभयो । अर्थमन्त्रीले संसदमा पेश गर्नुभएको बजेटका प्राथमिकताले पञ्चायतकालीन सरकारदेखीका कार्यक्रमलाइ समेटन खोजिएपनि दिशाहिन र सारसंग्रहवादी भएको भट्टराइले टिप्पणी गर्नुभयो ।

अर्थतन्त्रका समग्र सूचकाङ्क कमजोर भएको अबस्थामा विशेष कार्यक्रम ल्याइनु पर्नेमा सामान्य कार्यक्रम आएको स्मरणगर्दै भन्न्ुभयो ‘समस्या क्यान्सरको छ, कार्यक्रम झारफूक गर्ने खालको ल्याइएको छ ।’ भट्टराइले समग्र अर्थतन्त्रको संरचना परिवर्तन नगरेसम्म आर्थिक विकास संभव नभएको जीकिर गर्नुभयो । पूर्बअर्थमन्त्री समेत रहेका भट्टराइले समान्तवादी अर्थतन्त्रको अन्त्यकालागि मुख्यतः कृषिक्षेत्रमा रहेको सामान्तवादको अन्त्यगरी क्रान्तिकारी भूमिसुधार मार्फत उत्पादकत्व विकास गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय औद्योगिक पूजीको विकासले मात्र स्वाधिन अर्थतन्त्रको विकास संभव हुने भन्दै उहाँले आगामी बजेट राष्ट्रिय औद्योगिक विकासकालागि विशेष महत्व दिनुपर्ने बताउनुभयो ।

भट्टराइले व्यापक रोजगारी सृजना सहितको आर्थिक बृद्धिले मात्र मुलुकको वेरोजगारी समस्याको समाधान गर्नेभन्दै राष्ट्रिय उत्पादकत्वमा जोड दिनुभयो । आत्मनिर्भरता बढाउने र परनिर्भरता घटाउने खालका कार्यक्रममा जोडदिर्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको हैसियतले चिनसंगको आर्थिक सम्बन्ध विकास गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकता, जलविद्युत विकास र लाइ विशेष लगानी र पर्यटनको पूर्बाधारको विकासलाइ महत्व दिएर बजेट बनाउन ,

नेपाली कागे्रसका डा नारायण खड्काले शान्ति र संविधान वर्तमान सरकारको प्राथमिकता भएका कारण सबैलाइ स्वीकार्य हुने कार्यक्रम ल्याउन सुझाव दिनुभयो । शान्ति प्रक्रिर्या नटुङ्गिएसम्म जस्तोसुकै राम्रो बजेट आएपनि कार्यान्वयन हुन नसक्ने भन्दै पहिला शान्ति प्रक्रिर्या टुङ्गाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो । 

भोली अर्थमन्त्रीले छाड्ने अबस्थामा नयाँ सरकारलाइ समेत स्वीकार्य हुने र कार्यान्वयन गर्नेगरी सहमतिमा आउनुपर्ने खड्काले बताउनुभयो । मुलुक राजनीतिक संकट र आर्थिक विसृङ्खतलावाट गुज्रीरहेको उल्लेखगर्दै उहाँले यसलाइ संवोधन गर्ने खालको बजेट ल्याउन खड्काको सुझाव थियो ।

नेकपा एमालेका सुरेन्द्र पाण्डेले कृषिमा आत्मनिर्भर, रोजगारी सृजना गर्ने सडक पूर्वाधार, ठूला बिद्युत आयोजना, नदि डाइभर्सन सिंचाइ जस्ता आयोजना गरेर तत्काल रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उर्जा संकट समाधनकालागि सरकारले राष्ट्रिय प्राथमिकतापूर्ण आयोजना निर्धारण गर्ने, मध्यपहाडी लोकमार्ग निर्माण, मध्यपहाडमा ठूला शहर विस्तार गर्ने जस्ता कार्यक्रमलाइ प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो । पाण्डेले कृषि क्षेत्रको जमिनलाइ उत्पादनसंग जोडेर भूमिसुधार वा भुमिको पुर्नवितरण गर्नुपर्ने बताउनुभयो ।

मधेशी जनअधिकार फोरम गणतान्त्रिकका चन्द्रिकाप्रसाद यादवले तराइका जिल्लामा कृषकलाइ पर्याप्त रुपमा रासायनिक मल उपलव्ध गराउन सरकारसंग माग गर्नुभयो । नेकपा मालेका सीपी मैनालीले भौतिक पूर्वाधारको विकाससंगै महङ्गी नियन्त्रण गर्ने, गरिवलाइ राहत दिने, रोजगारी सृजना लगायत सबैलाइ संवोधन गर्नेखालको कार्यक्रम ल्याउन सुझाव दिनुभयो । नेकपा एमालेकी उषाकला राइले लैङ्गिक बजेट निर्माणमा जोड दिनुभयो । विनियोजन विकेयकमाथी संसदमा आगामी आइतवार र सोसबार पनि छलफल हुनेछ । यसअघि गत बुधवार बसेको संसद बैठकमा अर्थमन्त्री भरत मोहन अधिकारीले आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नु भएको थियो ।

अबको सरकार एमालेकै नेतृत्वमा ः ओली  

काठमाण्डौँ, १० असार । नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले अव बन्ने सरकार पनि एमालेकै नेतृत्वमा बन्ने दाबी गर्नु भएको छ । दुई साता लामो विदेश भ्रमणपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरष्ट्रिय बिमानस्थालमा सञ्चारकर्मीहरुसाग कुरा गर्दै नेता ओलीले अबको सरकारको बिकल्प अन्य पार्टीले दिनै नसक्ने ठोकुवा गर्नुभयो । यद्यपी नेता ओलीले सरकारको नेतृत्व एमालेबाट कसले गर्छ भन्नेबारेमा भने केही खुलाउनु भएन ।

बिराटनगरका पत्रकार खिलानाथ खनाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका पर्शुराम बस्नेतलाई लुकाएर राखेको भन्ने आफुमाथी लाई लागेको आरोपको खण्डन गर्दै नेता ओलीले त्यस्तो आरोप लगाउनु अनैतिक भएको टिप्पणी गनुभयो । 

अपराधको राजनैतिकरण शान्ति सुरक्षा निमार्णको कठिनाइ हो  ः गृहमन्त्री महरा

काठमाण्डौँ, १० असार । उपप्रधान एवं गृहमन्त्री कृष्णवहादुर महराले देशमा शान्ति र सुरक्षाको अवस्था खस्कनुमा राजनैनिक संरक्षण प्रमुख कारण भएको स्वीकार गर्नु भएको छ । मन्त्री महराले अपराधको राजनैतिकरण नै शान्ति सुरक्षा निमार्ण हुन नसक्नुको प्रमुख बाधक भएको टिप्पणी गर्नुभयो ।

व्यवस्थापिका संसद राज्यव्यवस्था समितिको आज बसेको वैठकमा मन्त्री महराले शान्ति सुरक्षा कायम नहुनेबारे आफुलाइ प्रहरी अधिकारीहरुले १०० तस्कर, १०० डन समात्नु अघि तिनलाइ संरक्षण गर्ने १०० जना नेतलाइ पक्राउ गनुपर्ने बताएको सुनाउनुभयो । यद्यपी महराले राजनैनिक संरक्षण गर्ने ब्यक्ति पत्ता लगाउन भने निकै गाह्रो पर्ने बताउनुभयो । उहाँले राजनीतिक तहवाट साँचो प्रतविद्धता र परिवर्तन आएमा दण्डहिनताको अन्त्यका साथै सुरक्षा अवस्थाका सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार खिलानाथ ढकालमाथी आक्रमणगर्ने मुख्य योजनाकार पर्शुराम वस्नेतलाई कुनै राजनीतिक संरक्षण भएपनि धेरै दिन लुक्न नसक्ने उहाँको भनाइ थियो ।  उहाँले बस्नेत पक्राउका लागि सरकारले ‘विशेष टास्क फोर्स’को गठनगरी सक्रियताका साथ खोजि कार्य जारी राखेको उल्लेख गर्नुभयो । मन्त्री महराले  आक्रमणका आरोपी वस्नेतलाई कुनै राजनीतिक संरक्षणको पुष्टि नभएको समेत दावि गर्नु भएको थियो ।

एमाले सांसद प्रदीप ज्ञवालीले नेपाल अन्तराष्ट्रिय अपराधको कृडास्थल वनेको अवस्थामा गृहप्रशासनको सक्रिय समन्वय आवश्यकता औंल्याउनुभयो । सुरक्षा अंगको विश्वसनियता अत्यन्त कमजोर भएको चिन्ता व्यक्त गर्दै उहाँले राजनीतिक प्रकृतीका मुद्यालाई सत्य निरुपण आयोग गठन गरेर समाधानको पहल गर्न आग्रह गर्नुभयो । गृहमन्त्रीले ठुला परियोजनामा सेना परिचालन नभई सशस्त्रलाई आवश्यकता परेको अवस्थामा सघाउने गरि निर्णय भएको स्पष्ट गर्नुभयो ।

मधेशवादी सभाषदहरुले भने मधेशवादी दलका कारण साना हतियारको विगविगी वढेको भन्ने गृहमन्त्रीको भनाईप्रती आपत्ति प्रकट गरेका छन् भने राजमार्ग सुरक्षा जाँच अत्यन्त कमजोर भएकोले ध्यान प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।  मुलुक छुवाछुतमुक्त राष्ट भएपनि छुवाछुतका घटना दर्ता गर्न गृहप्रशाअसन उदाशिन रहेकोप्रती गृहमन्त्रिको ध्यानाकर्षण गराएका छन् । 

बढुवाप्रति आयोगद्वारा प्रतिक्रिया माग

काठमाडौँ, १० असार । लोकसेवा आयोगले प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेरसिंह रानालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरिएको सम्बन्धमा सरकारसँग स्पष्टीकरण माग गरेको छ । सो पदमा बढुवा गर्दा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्यको अध्यक्षतामा गठित बढुवा समितिको सिफारिसमा गरिने व्यवस्था रहेकोमा बढुवा समिति सिफारिस नै नगरी सरकारले बढुवा गरेको भन्दै स्पष्टिरण माग गरेको हो ।

आयोगका प्रवक्ता डा. निरञ्जनप्रसाद उपाध्यायद्वारा आज जारी प्रेस विज्ञप्तिमा बढुवा सम्बन्धमा के भएको हो भनी विवरणसहितको प्रतिक्रिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव र गृह मन्त्रालयका सचिवलाई आग्रह गरिएको जनाइएको छ । अन्तरिम संविधान २०६३, लोकसेवा आयोग ऐन २०६६ मा सैनिक सेवा, सशस्त्र प्रहरी, प्रहरी सेवा वा अन्य सरकारी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा आयोगसँग परामर्स लिनुपर्ने प्रवाधान रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

तारा एयरको बिमान दुर्घटना ग्रस्त, चालक दलका सदस्य सकुशल

नेपालगज बाट हुम्लाका लागी उडेको तारा एयरको कार्गो जहाज आज बिहान दुर्घटना ग्रस्त भएको छ । ढल्ब्न्त्त ९ नाईन एनए जी क्यू ०जहाज सिमिकोट बिमानस्थलमा अबतरण गर्ने क्रममा धावन मार्गमा चिप्लीएर  दुर्घटनाग्रस्त भएको बताइएको छ । चालक दलका सदस्य डीआर निरौला सहित अन्य ३ जना सकुसल रहेका छन  । दुर्घटना बाट बिमानको बाँया भागको पखेटा र तल्लो भागमा क्षति पुगेको छ ।

जहाज धावनमार्गमा मर्मतका लागी राखिएको ढुगा, माटोमा धसिन पुगेर दुर्घटना भएको हाम्रा स्थानीय प्रतिििधले जनाएको छ । बिमानस्थलको आधा भागमा मात्र कालोपत्रे रहेको छ । दुर्घटनाग्रस्त बिमान अहिले धावन मार्गमा नै रहेकाले उडान र अबतरण अबरुद्ध भएको छ ।

धावन मार्गको अनियमितता गर्ने माथी कारवाहीको हुन्छ ः खड्ग बिश्वकर्माले

काठमाडौ, १० अषाढ । पर्यटनमन्त्री खड्का बहादुर विश्वकर्मले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावानमार्ग निर्माणमा अनियमितता भएको ठहर गर्दै यसबारेमा छानविन गरी दोषीमाथि कडा कारबाही गरिने बताउनु भएको छ ।

दुई दिनअघि धावानमार्ग भत्किएर विमान उडान र अवतरण अवरुद्ध भएको घटनाले राष्ट्रिय स्वाभिमानमा नै धक्का पुगेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले घटनाको आजैबाट छानविन शुरु हुने समेत जानकारी दिनुभयो । धावन मार्ग भत्किएको घटनाबारेमा स्थलगत जानकारी लिन आज विहान विमानस्थलको निरीक्षणका लागि पुग्नु भएका मन्त्री विश्वकर्मले धावन मार्ग भत्किनुले निर्माणका क्रममा अनियमितता भएको पुष्टि भएको तर, कुन तहमा अनियमितता भएको भन्ने बारेमा उच्चस्तरीय समिति गठन छानविन गरिने बताउनु भएको हो । तीन सदस्यीय समिति गठनको लागि हिजै निर्णय भएको जानकारी गराउदै उहाँले समिति पदाधिकारीको आज टुङ्गो लाग्ने र एक साता भित्र प्रतिबेदन तयार पारी कारबाही प्रक्रिया अघि बढ्ने बताउनु भयो । यतिबेला पर्यटन वर्ष जारी रहेकोले बाह्य पर्यटक आगमनमा प्रत्यक्ष प्रभाव पर्ने यो घटनालाई सरकारले गम्भीरता पुर्वक लिएको उहाँँले बताउनु भयो ।  

वैज्ञानिक र ब्यवहारिक शिक्षा आजको माग हो ः राष्ट्रपति डा यादव

नुवाकोट (त्रिशूली), १० असार । राष्ट्रपति डा रामवरण यादवले वैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । आज नुवाकोटको त्रिभुवन त्रिशूली उच्चमाविको हिरक जयन्तीको  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डा यादवले शिक्षाबिना सभ्य समाजको निर्माण हुन नसक्ने बताउनुभयो । नुवाकोटको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली उच्चमावि स्थापनाको ६० वर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति डा यादवले हिरक स्तम्भको समेत अनावरण गर्नुभयो । उहाँले हिरक जयन्ती स्मारिका विमोचन गर्नुका साथै विभिन्न शिक्षासेवीहरुलाई सम्मानसमेत गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री गङ्गालाल तुलाधरले शिक्षाको विकासले मात्र राष्ट्र र समाजको विकास हुन सक्ने बताउनुभयो । यस्तै, सो विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका खेलकुदमन्त्री हितबहादुर तामाङले त्रिशूली उच्चमावि नुवाकोटको मात्र नभएर रसुवा र धादिङ जिल्लाकै पहिलो विद्यालय भएको उल्लेख गर्दै यस क्षेत्रको शैक्षिक विकासका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, डा प्रकाशशरण महत, सभासद् जगदिश्वर नरसिंह केसीलगायतले विद्यालयको शैक्षिक गतिविधिबारे चर्चा गर्नुभएको थियो ।

यता शिक्षा विभागका महानिर्देशक डा लवदेव अवस्थीले शिक्षकहरुले पढाउने काम नगरी अन्यत्रै अल्मलिने गरेकाले एसएलसी परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएको बताउनुभएको छ । हालै सार्वजनिक भएको विसं २०६७ को प्रवेशिका परीक्षामा ५५ दशमलब ५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । राजधानीमा आज आयोजित एक छलफल कार्यक्रमा डा अवस्थीले शिक्षकहरु पढाउने काममा मात्रै व्यस्त हुनु आवश्यक भएको भन्दै परिणाम कमजोर भएको सम्बन्धमा समीक्षा हुने जानकारी दिनुभयो ।

उहाँले विद्यालय क्षेत्र सुधार कार्यक्रमको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । डा अवस्थीले शैक्षिक गुणस्तरका लागि सरकारले बजेटको २५ प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने  बताउनुभयो । कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्लेले सरकारले तय गरेका कार्यक्रम सफल हुन नसक्नुमा कर्मचारीको कमजोर इच्छाशक्ति र राजनीतिक नेतृत्वको लापरबाही रहेको टिप्पणी गर्नुभयो ।

बढुवाप्रति आयोगद्वारा प्रतिक्रिया माग

काठमाडौँ, १० असार । लोकसेवा आयोगले प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेरसिंह रानालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरिएको सम्बन्धमा सरकारसँग स्पष्टीकरण माग गरेको छ । सो पदमा बढुवा गर्दा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्यको अध्यक्षतामा गठित बढुवा समितिको सिफारिसमा गरिने व्यवस्था रहेकोमा बढुवा समिति सिफारिस नै नगरी सरकारले बढुवा गरेको भन्दै स्पष्टिरण माग गरेको हो ।

आयोगका प्रवक्ता डा. निरञ्जनप्रसाद उपाध्यायद्वारा आज जारी प्रेस विज्ञप्तिमा बढुवा सम्बन्धमा के भएको हो भनी विवरणसहितको प्रतिक्रिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव र गृह मन्त्रालयका सचिवलाई आग्रह गरिएको जनाइएको छ । अन्तरिम संविधान २०६३, लोकसेवा आयोग ऐन २०६६ मा सैनिक सेवा, सशस्त्र प्रहरी, प्रहरी सेवा वा अन्य सरकारी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा आयोगसँग परामर्स लिनुपर्ने प्रवाधान रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

माओवादी सल्लाहकारमाथि खुकुरी प्रहार

गौरीगन्ज (झापा), १० असार । एकीकृत नेकपा माआवादीको कोचिला राज्य समितिका सल्लाहकार भीम बस्नेतलाई आज बिहान एक समूहले खुकुरी प्रहार गरी घाइते बनाएको  छ ।  झापाको दमक– १ स्थित आफ्नै घरमा रहेका बस्नेतलाई बिहान ४ बजेतिर मोटरसाइकलमा आएका दुई जनाले काम छ भनी घरबाट केही पर लगेर धारिलो हतियार प्रहार गरी घाइते बनाएको ईलाका प्रहरी कार्यालय दमकका ईन्चार्ज नवीन कार्कीले जानकारी दिनुभयो । अनुहारमा गम्भीर चोट लागेका बस्नेतलाई नोबेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि काठमाडाँै ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता परिवार समाजका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई हतियार प्रहार गर्ने समूहबारे पहिचान हुनसकेको छैन ।

बिजुली चोरेको विषयमा भएको विवादमा धनकुटामा एकजनाको मृत्यु, २ घाइते ।।

धनकुटाको फाक्सिब गाविसमा एक महिलाको खुकुरी प्रहारबाट एक मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । बिजुली चोरेको निहँुमा विवाद हुँदा फाक्सिब ७ की सम्झना लिम्बुको खुकुरी प्रहारबाट स्थानीय ५३ वर्षिया श्रीकुमारी लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै झगडा छुट्याउन गएका सुमन बिश्वकर्मा र निर्मला लिम्बु गम्भीर घाईते भएको प्रहरीले ताएको छ । घटनापछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा चन्द्रकुमारी परियारलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रहरी प्रधान कार्यालयले दोधारा गाविसका प्राविधिक यज्ञराज उपाध्यायको हत्याबारे छानबिन गर्न महाकाली अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शशीहजुर सिलवालको संयोजकत्वमा एक समिति गठन गरेको छ । तीन दिन अघि गठित टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू सदस्य छन् । गत साता प्राविधिक सहायक उपाध्यायको चाँदनीस्थित बयलबन्द सामुदायिक वनमा शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्राविधिक सहायक उपाध्यायको हत्याबारे अनुसन्धान गर्न दुई जना प्रहरी निरीक्षकलाई खटाएको थियो । प्रहरी कार्यालयको टोलीले घटनाबारे सोधपूछ गरिरहेका समयमा प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक सिलवालको संयोजकत्वमा टोली गठन गरेको हो । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले हत्या वा आत्महत्या के हो भन्नेबारे छानबिन गर्न कार्यालयले टोली गठन गरेको बताउनुभयो । दाहालका अनुसार पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेकाले भिसरा जाँच गर्न पठाइएको छ ।

सन् २०१६ सम्ममा नेपालमा १२ वटा एसओएस बालग्राम पु¥याउने घोषणा

भक्तपुर १० असार । एसओएस बालग्राम नेपालले सन् २०१६ सम्ममा नेपालमा १२ वटा एसओएस बालग्राम पु¥याउने भएको छ ।पच्चिसाँै अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसरमा एसओएस बालग्राम नेपाल सानोथिमीले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै बालग्रामका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्गले बालग्रामको वृद्धि गर्दै लैजाने बताउनुभयो । दैवीप्रकोपमा परेका, गरिबी र विविध कारणले परिवार गुमाएका र विभिन्न कारणले जोखिममा परेका बालबालिकाको लालनपालनको सङ्ख्या पनि वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो । नेपालमा हाल नौवटा एसओएस बालग्राम, आठवटा हर्मन माइनर विद्यालय, आठवटा युवा ग्राम, आठवटा सामाजिक केन्द्र, तीनवटा तालिम केन्द्र, एकवटा स्वास्थ्य केन्द्र रहेको छ ।

आर्थिक समाचार
करदाता सेवा कार्यालय स्थापना

काठमाडौँँ, १० असार । काठमाडौँँ उपत्यकामा थप दुइवटा करदाता सेवा कार्यालयले आजदेखि सेवा सुरु गरेका छन् । कोटेश्वरमा स्थापना भएको करदाता सेवा कार्यालयको क्षेत्र काठमाडौँ महानगरपालिकाको वडा नम्वर ३५ र गोठाटार गाविसमा तोकिएको छ । सो कार्यालयले त्यसक्षेत्रका वित्तीय संस्था, सहकारी, हार्डवेयर पसल र घरबहाल कर समेत उठाउने अधिकार पाएको छ । त्यस क्षेत्रमा हाल करिव सात हजार करदाता रहेको सेवा कार्यलयका प्रमुख लीलावल्लभ न्यौपानेले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्वर १ मातहत पुतलीसडकमा स्थापना भएको करदाता सेवा कार्यालयले काठमाडौँ महानगरपालिकाको वडा नम्वर १, ३१ र ३२ क्षेत्रको कर सङ्कलन गर्ने अधिकार पाएको छ । हाल सो क्षेत्रमा करिब १० हजार करदाता रहेको सेवा केन्द्रका प्रमुख विष्णु भूषालले जानकारी दिनुभयो । अर्थ मन्त्रालयका सचिव कृष्णहरि वाँस्कोटाले ती दुबै सेवा कार्यालयको उद्घाटन गर्दै अहिले राज्यका सामु बढी भन्दाबढी राजश्व सङ्कलन गर्नुपर्ने चुनौति रहेकाले सो चुनौतिको सामना गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
   
काठमाडौँ उपत्यकामा हालसम्म यस किसिमका नौ वटा सेवा केन्द्र सञ्चालनमा आइसकेको र यही असार महिनाभित्रै थप चार सेवा केन्द्र स्थापना गरिने बताइएको छ ।

अन्तराष्ट्रिय समाचार
बिद्रोही – बिद्रोहीबिच वार्ता जारी

शासन कर्नेल गद्धाफीलाई पदबाट हटाउने प्रयास स्वरुप लिबियाको पूर्वी क्षेत्रमा बिद्रोह गरीरहेका बिरोधीहरुले राजधानी त्रिपोलीमा संधर्षरत बिद्रोहीहरुको गुट नेशनल ट्रान्जिसनल काउन्सील एनटीसीसँग गोप्य छलफल सुरु गरेको छ । उनीहरु स्काइप र अन्य स्याटेलाईट फोनको माध्यमबाट गोप्य छलफलमा सामेल भएको बताइएको छ । सो माध्यमबाट वार्ता गर्दा सुरक्षित हुने र अहिलेसम्म कोहीपनि गिरफ्तारमा नपरेको बीबीसीले जनाएको छ । पूर्वी बिद्रोहीहरुले गद्धाफीलाई हटाउन राजधानीको गुटलाई पनि आफ्नो रणनीतिमा सामेल गराउन चाहेको एनटीसीका एक बिद्रोहीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । नेटो सेनाले गर्दै आएको हवाई आक्रमणको कत्तिको प्रभाव परिहरको भन्नेबारे पनि उनीहरुल बुझ्न चाहेको बताइएको छ । दुई बिद्रोही समुहबिचको सो वार्तालाई त्रिपोली फाइवको नाम दिइएको पनि बिबिसीले जनाएको छ ।

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग

काठमाण्डौँ, १० असार । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज भएका दुबै खेल बराबरीमा सकिएका छन् । शशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नरटिम (आरसिटी)ले २–२ गोलको बराबरी खेलेका थिए । आरसिटीका लागि दुबै गोल अमर डङगोलले ३८औ र ५५औ मिनेटमा गरेका थिए । यस्तै एनआरटीका लागि विष्णु केसीले ५०औ र एरोन ब्ल्याकीले ७५औ मिनेटमा गोल गरेका थिए । त्यस्तै आजै भएको दोस्रो खेलमा स्वयम्भू क्लब र बौद्ध फुटबल क्लबले गोलरहित बराबरी खेलेका थिए ।

No comments: