काठमाण्डौँ । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो दशरथ रंगशाला । दशरथ रंगशालामा विषेशगरी फुटबलका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन्छन् । राष्ट्रिय स्तरका प्रतियोगितासमेत आयोजना हुँदै आएकाले यो रंगशालामा लगभग वर्षदिनजस्तै भिड हुन्छ ।
![]() |
Dasarath Stadium, Kathmandu Nepal |
- अन्तर्राष्ट्रिय वेभसाइट गुगलमा उल्लेख गरिएअनुसार दशरथ रंगशालाको दर्शक क्षमता २५ हजार छ । पछिल्लो पटक गरिएको अनुसन्धानले भने रंगशालाको दर्शक क्षमता १८ हजार मात्र रहेको देखाएको छ ।
- रंगशालाको दर्शक क्षमता मापन नगरिएको ६ वर्षभन्दा बढी भइसकेको छ । कति दर्शक थेग्न सक्छ त रंगशालाले, यस सम्बन्धमा पनि कुनै अध्ययनै गरिएको छैन्, वर्षौदेखी ।
- रंगशालाको क्षमताबारे सम्बन्धित क्षेत्रका विज्ञलाई समेत ज्ञान छैन । यस्तो अवस्थामा क्षमताभन्दा बढीको संख्यामा रहेका दर्शकको भारलाई थेग्न नसक्दा रंगशालाको प्याराफिट कुनै पनि दिन भत्किनसक्छ ।
फुटबल खेल हुँदा रंगशाला भरिभराउ हुनु अस्वाभाविक होइन । आखिर फुटबल नेपालकै लोकप्रिय खेल हो । त्यसैले रंगशालामा क्षमताभन्दा बढीको संख्यामा दर्शक आउनु पनि अनौठो होइन ।
आयोजक र प्रायोजकलाई दर्शकको भिडले फाइदै हुने गरेकाले उनीहरु दर्शकको संख्या बढोस् भनेर कामना गर्छन् । तर हजाराँैको संख्यामा रहेका दर्शकको भारलाई रंगशालाले थेग्न सक्छ की सक्दैन् भनेर सोच्ने काम कहिल्यै गरेका छैनन्, आयोजक र प्रायोजकहरुले ।नेपालको रंगशाला असुरक्षित छ भन्ने थहा हुँदाहुदैँ पनि सरोकारवालाले त्यसलाई मर्मत गर्नमा पर्याप्त ध्यान दिएका छैनन् । व्यवस्थापनको त्रुटिका कारण रंगशालामा मच्चिने साधारण झडप र कुटपिटका घटनाभन्दा धेरै भयंकर दुर्घटना हुनसक्छ, बेलैमा ध्यान नदिइएमा । हो, रंगशालाले कति दर्शकको भार थेग्न सक्छ ? त्यसको मुल्याङन नभएको पनि वर्षौ बितिसकेको छ । रंगशालाको क्षमताबारे सम्बन्धित क्षेत्रका विज्ञलाई समेत ज्ञान छैन । यस्तो अवस्थामा क्षमताभन्दा बढीको संख्यामा रहेका दर्शकको भारलाई थेग्न नसक्दा रंगशालाको प्याराफिट कुनै पनि दिन भत्किनसक्छ । नेपालले आठौ साफ आयोजना गर्दाताका रंगशालाले थेग्न सक्ने दर्शक क्षमताबारे अनुसन्धान गरिएको थियो । तर आठौं साफ सकिएको १२ वर्ष बितेपछि एकपटकमात्रै दर्शक क्षमताबारे अनुसन्धान गरिएको छ । हुन त अन्तर्राष्ट्रिय वेभसाइट गुगलमा उल्लेख गरिएअनुसार दशरथ रंगशालाको दर्शक क्षमता २५ हजार छ । पछिल्लो पटक गरिएको अनुसन्धानले भने रंगशालाको दर्शक क्षमता १८ हजार मात्र रहेको देखाएको छ ।
तर रंगशालाको दर्शक क्षमता मापन नगरिएको ६ वर्षभन्दा बढी भइसकेको छ । दर्शक क्षमतामात्रै होइन, रंगशालामा प्रयोग भएका बिम, आर्क, प्लेटलगायतको पछिल्लो अवस्थाबारे पनि मूल्यांकन गरिएको छैन, तिनको पछिल्लो अवस्थाबारे कसैलाई पत्तो छैन । यसबीच राम्ररी मर्मत सम्भार गर्न नसकिएकाले रंगशालाले धान्न सक्ने दर्शक क्षमता घट्दै गएको प्रस्टै छ । तर कति दर्शक थेग्न सक्छ त रंगशालाले, यस सम्बन्धमा पनि कुनै अध्ययनै गरिएको छैन्, वर्षौदेखी ।
दुई वर्षअघि काठमाडौमा आयोजना भएको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता हेर्न आएका दर्शकको यो भिड पक्कै १८ हजारभन्दा कम नहोला । के यति धेरै दर्शकको भिड अब ढुक्कसँग रहन सक्छ त यो रंगशालामा । दर्शकको भिड बढ्दा रंगशाला असुरक्षित बन्दै जाने खतरा रहँदैन र ?इन्जिनियरिङ विभागका प्रमुख अरुण उपाध्याय सरकारले निर्माणका लागि पर्याप्त रकम निकासा नगरेकाले रंगशालाको मर्मत सम्भार गर्न नसकिएको बताउँछन् । मर्मत सम्भार बेलैमा गर्न नसकिए रंगशाला जिर्ण बन्दै जाने तथ्य उपाध्याय पनि स्वीकार्छन ।
नेपालकै एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला जिर्ण बन्दै गइरहेका बेला अन्य जिल्लामा रहेका कभर्ड हल तथा रंगशाला असुरक्षित रहनु अनौठो होइन । काठमाडौबाहेक अन्य जिल्लामा रहेका रंगशालाको अवस्था निकै नै चिन्ताजनक छ । तर त्यसको मर्मतसम्भारमा न सरकारले चासो दिएको छ, न त खेल र सुरक्षासँग सम्बन्धित निकायले नै चासो दिएका छन् । दशरथ रंगशालाकै प्याराफिट चर्किएको छ, भित्ताहरु फुटेका छन्, पर्खाल भत्किएको छ । कति दर्शक अटाउन सक्छन् भनेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छैन, हचुवाकै भरमा दर्शकलाई रंगशालामा प्रवेश दिने गरिएको छ ।
यस्तो दुरावस्थामा रंगशालाले थेग्न सक्ने दर्शक क्षमताबारे समयमै चेकजाँच गर्नु आवश्यक छ । नत्र रंगशालामा भिडका बीच खेल हेर्न आउने दर्शकको ज्यान धरापमा परिरहनेछ । यकिन क्षमता नै थाहा नभएको अवस्थामा क्षमताभन्दा बढी दर्शक आउने सम्भावना कायम रहिरहने छ । तर क्षमताभन्दा बढी दर्शक रंगशालामा जम्मा हुँदा रंगशालाको प्याराफिटसँगै दर्शकको ज्यान पनि धरापमा रहिरहनेछ । त्यस्तो खतरनाक स्थितिको जिम्मेवारी कसले लिने ?
प्रस्तुत विवरण एबिसी टेलिभिजनबाट प्रसाराण् भएको थियो ।
1 comment:
This is mine report and sitaram has posted it by his own Credit . Plz. Friends be professional . Just Sitaram has done an assist nothing more than that in this report . This is my concept and scripts . so, be professional don't publish this kind of matter without permission form the concern authority. Be a professional my friend and hope you will do more better in future but for that you must be professional first at all .
Note : I have worked out for this news and it's ABC Television's property .
Post a Comment