बाढि र पहिरोका कारण देशका विभिन्न ठाउँमा जनधनको क्षती
काठमाण्डौँ, १७ असार । अबिरल बर्षापछि आएको बाढी तथा पहिरोले मुलुकका बिभिन्न स्थानमा बालबालिका तथा बद्धासहित १२ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन् । यसैगरी बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा सडक यातायात अवरुद्ध हुदाँ देशभरको जनजीवन प्रभावित बनेको छ ।
तनहुँमा बाढी तथा पहिरोका कारण ६ , पाल्पामा पहिरोले पुरिएर ३ तथा महोत्तरीमा २ जनाको मृत्यु भएको छ । तनहुँको सातपल्याङमा पहिरोले पुरिएर गोमा थापा र उनका ७ दिनका नवजात शिशुको ज्यान गएको छ । तनहुँकै भानुमतिकी पितमाया थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुकै खल्दी खोलाले बगाएर बन्दीपुरकी चेतमाया भट्टराईको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । यस्तै रिसिङ रानीपोखरीका ४४ बर्षिय हरिकुमार श्रेष्ठ र गिता श्रेष्ठलाई तनहुकै चिसापानी खोलाले बगाएर मृत्यु भएको छ ।
उता महोत्तरीमा खोलाले बगाएर दुई बालकको ज्यान गएको छ । खोलाको किनारामा खेलीरहेका उनीहरुलाइ रातो खोलाले बगाएको थियो । मृत्यु हुनेमा ८ बर्षिय बिश्वजीत राउत र १० बर्षिय रमनकुमार राउतको रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोले पुरिएर पाल्पाको दुई छुट्टाछुट्टै स्थानमा ३ जनाको मृत्यु भएको छ । पाल्पाको पालुङ मैनादी ६ मा पहिरोले गएराति गोठ वगाउँदा गोठमै सुतेका १७ बर्षीया सिर्जना विक र १६ बर्षीया सुनिता विकको मृत्यु भएको छ । यस्तै पाल्पाको दोभान गाविसको झुसा नजिकै पहिरोले पुरिँदा रुपन्देही मघौलिया गाविस ७ का ३५ बर्षीय धर्मप्रसाद भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उता स्याङजाको अाँधि खोलामा आएको बाढिले बगाउदा एक बालक बेपत्ता भएका छन् ।
उता मकवानपुर जिल्लाको थाखेल गाविस–५ मा आज दिउँसो गएको पहिरोले पुरिएर स्थानीय ४४ वर्षीय डम्बरबहादुर थीङको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, त्रिभुवन राजपथको नामटार सडकखण्डको पहिरो हटाई अहिले साँझबाट अवरुद्ध यातायात सेवा सञ्चालन भएको छ ।
यता नारायणगढ मुग्लीङ सडक खण्डको सेतिदोभानबाट भारतीय नम्मर प्लेटको मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । चितवनको कविलास ४ को सेतीदोभानबाट दिउसो सवा २ वजे तिर ट्रक त्रिशुली नदिमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विरगञ्जबाट खाध्य सामाग्री बोकेर काठमान्डौ तर्फ जादै गरेको एच,आर ५५ के ६०४४ नम्मरको ट्रक चिप्लोबाटोमा चालकले नियन्त्रण गुमाउदा नदिमा खसेको प्रहरीले अनुमान गरेको छ । बेपत्ता ट्रकमा चालक सहित अन्य कति सङख्यामा यात्रु रहेका थिए भन्ने बारेमा अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले बताएको छ । बेपत्ता ट्रकको खोजीकार्यका लागि प्रहरी र स्थानीयबासी जुटेका छन् । यता चितवनको मुग्दीड नजिकै सिमलफेद पहिरोले पुरिएको ट्याक्सी निकालिएको छ । कुरिनटार बाट मुग्लीग तर्फ जादै गरेको ग १ ज ४२१७ नंम्बरको ट्याक्सी मध्यान्ह १२ बजे पुरिएको थियो । जीपमा रहेको यात्रहरु सकुशल रहेको ट्रापmिक कार्यलय मुग्लीडले जनाएको छ ।
उता कोसी ब्यारेजको दक्षिणी क्षेत्रमा कोशी नदीको बालुवा सफाइ गर्ने क्रममा डे«जर मेसिन पल्टिएर बेपत्ता भएका ४ जनाको भने सकुसल उद्धार गरिएको छ । कोसी नदीमा जम्मा भएको बालुवा निकाल्ने क्रममा नदीको बेग थाम्न नसकेर दिउँसो डे«जर मेसिन पल्टिएको कोसी ब्यारेज प्रहरीचौकीले जनाएको छ । भारतको बिहार राज्य सरकार अन्तर्गतको कोसी प्रोजेक्टले परिचालन गरेको मेसिन पल्टदा त्यसका चालकसहित चारजना भारतीय नागरिक नदीमा वेपत्ता भएको केही समय पछि सप्तरीवाट उद्धार गरिएको प्रहरीले बताएको छ ।
नदीमा हराएकाहरुको खोजीका लागि तत्काल डुंगा परिचालन गरिएको थियो । घटनास्थल कोसीब्यारेजबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्दछ । कोसी नदीमा हिजो साँझदेखि पानीको बहाब उच्च दरमा बढिरहेको छ ।
कोशिमा पानीको उच्च बहाब मापन
सुनसरी, १७ असार । लगातारको अविरल वर्षको कारण सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै सवैभन्दा उच्च मापन गरिएको छ । पानीको वहाव बढेको समयमा सप्तकोसीमा साझ ४ बजे गरिएको पछिल्लो मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५९ हजार ६० क्युसेक पुगेको छ । पानीको बहाव यसवर्षकै उच्च भए पछि कोसी व्यारेजका ५२ ढोका मध्ये २१ ढोका खोलिएको कोसी व्यारेजका प्रहरी हवल्दार राजकुमार तमाङले जानकारी दिनुभयो । पानीको बहाब उच्च भएपछि कोशी नदिको किनारमा खतराको संकेत स्वरुप रातो झण्डा समेत गाडिएको छ । पूर्र्वी पहाडी जिल्लाहरुमा पानी पर्ने क्रम नरोकिएकाले कोसीमा पानीको बहाव अझै बढ्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
लगातरको वर्षाको कारण सप्तकोसी नदी सहित विभिन्न स्थानीय नदी खोलामा समेत वाढी आएको छ । वाढीका कारण ५० परिवार विस्थापीत भएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीको वुढी खुला , गडन खोला , ज्वाला र सुनसरी खोलामा शुक्रवार विहान वाढी आएको छ । विभिन्न नदिमा आएको वाढी सगै दर्जनौ गाविस डुवानमा परेका छन् । सुनसरी खोलाको वाढीको कारण इनरुवा , भोक्रहा, वविया ,नर्सिगहं ,जल्पापूर , भुटाहा , वसन्तपूर ,घुस्की लगायतका क्षेत्र डुवानमा परेका छन् ।
यता निरन्तर बर्षाका कारण नरायणी नढिमा पानीको बहाव यस बर्षकै उच्च भएको छ । नदिमा प्रतिसेकेण्ड २ लाख ५० हाज क्युसेक पानी बगीरहेको जनाइएको छ । नदीको पानी यही गतीमा बढे नवलपरासीका १६ गबिस डुवान पर्ने खतरा रहेको स्थानीयबसीले जनाएका छन् ।
यसैबिच काठमाण्डौ उपत्यकाकामा यस बर्षकै सर्बाधिक बर्षा भएको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार गएराती यस बर्षकै सबैभन्दा बढि ५६ दशमलब ६ मिलिमिटर बर्षा भएको छ । आज दिनभरिनै बर्षा जारी रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी तनहुँकै अर्को खबर अनुसार भिमाड गाविसमा माथिबाट आएको पहिरोले एक घर पुरिएको छ भने ३ वटा घरमा क्षती पुगेको छ । गाबिसको वडा नं. १ र ८ को बीच भागमा पर्ने जिदीखोला किनारमा बिहान माथिबाट आएको पहिरोले छविलाल रानाको पूरै घर पुरिएको हो । यसैगरी ज्यूकुमारी राना, तिलक नेपाली, सनकुमार श्रेष्ठको घरमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । पहिले नै छविलाल रानाको परिवारलाई सुरक्षित स्थानतर्फ सारिएका कारण मानवीय क्षति हुन नपाएको हो । उता मुस्ताङको टुकुचे गाविसमा रहेको चोखोपानी साना जलविद्युत् आयोजनाको नहर बाढीले पुरेपछि दुई दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ । विद्युत प्राधिकरणअन्तर्गतको २५० किलोवाट क्षमताको सो आयोजनाको नहर बुधबार राति आएको बाढीले पुरेपछि विद्युत् उत्पादन बन्द भएको हो ।
निती तथा कार्यक्रम बारे एमाले माओवादी छलफल
काठमाण्डौँ, १७ असार । दुई सत्तारुढ दलहरु नेकपा एमाले र एकिकृत नेकपा माअोबादी नयाँ बजेटमा संबिधान निर्माण र शान्ति प्रक्रियालाई सघाउन पुग्ने खालको नीति तथा कार्यक्रममा ल्याउन सहमत भएका छन् । दुई दलका शिर्ष नेताहरुबिच आज अपरान्ह दोस्रो पटक बसेको बैठकमा यस्तो सहमती भएको हो ।
अहिलेको अवस्थामा देशको प्रमुख उद्धेश्य शान्ति तथा संबिधान निर्माण भएकाले यसैलाई सहयोग पुग्ने नीति तथा कार्यक्रममा ल्याउन सहमत भएको माओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठाले जानकारी दिनुभयो । नीति तथा कार्यक्रमकै बिषयमा छलफल गर्न भोलीपनि दुई दलको बैठक बस्ने श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौँ, १७ असार । अबिरल बर्षापछि आएको बाढी तथा पहिरोले मुलुकका बिभिन्न स्थानमा बालबालिका तथा बद्धासहित १२ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन् । यसैगरी बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा सडक यातायात अवरुद्ध हुदाँ देशभरको जनजीवन प्रभावित बनेको छ ।
तनहुँमा बाढी तथा पहिरोका कारण ६ , पाल्पामा पहिरोले पुरिएर ३ तथा महोत्तरीमा २ जनाको मृत्यु भएको छ । तनहुँको सातपल्याङमा पहिरोले पुरिएर गोमा थापा र उनका ७ दिनका नवजात शिशुको ज्यान गएको छ । तनहुँकै भानुमतिकी पितमाया थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुकै खल्दी खोलाले बगाएर बन्दीपुरकी चेतमाया भट्टराईको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । यस्तै रिसिङ रानीपोखरीका ४४ बर्षिय हरिकुमार श्रेष्ठ र गिता श्रेष्ठलाई तनहुकै चिसापानी खोलाले बगाएर मृत्यु भएको छ ।
उता महोत्तरीमा खोलाले बगाएर दुई बालकको ज्यान गएको छ । खोलाको किनारामा खेलीरहेका उनीहरुलाइ रातो खोलाले बगाएको थियो । मृत्यु हुनेमा ८ बर्षिय बिश्वजीत राउत र १० बर्षिय रमनकुमार राउतको रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोले पुरिएर पाल्पाको दुई छुट्टाछुट्टै स्थानमा ३ जनाको मृत्यु भएको छ । पाल्पाको पालुङ मैनादी ६ मा पहिरोले गएराति गोठ वगाउँदा गोठमै सुतेका १७ बर्षीया सिर्जना विक र १६ बर्षीया सुनिता विकको मृत्यु भएको छ । यस्तै पाल्पाको दोभान गाविसको झुसा नजिकै पहिरोले पुरिँदा रुपन्देही मघौलिया गाविस ७ का ३५ बर्षीय धर्मप्रसाद भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उता स्याङजाको अाँधि खोलामा आएको बाढिले बगाउदा एक बालक बेपत्ता भएका छन् ।
उता मकवानपुर जिल्लाको थाखेल गाविस–५ मा आज दिउँसो गएको पहिरोले पुरिएर स्थानीय ४४ वर्षीय डम्बरबहादुर थीङको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, त्रिभुवन राजपथको नामटार सडकखण्डको पहिरो हटाई अहिले साँझबाट अवरुद्ध यातायात सेवा सञ्चालन भएको छ ।
यता नारायणगढ मुग्लीङ सडक खण्डको सेतिदोभानबाट भारतीय नम्मर प्लेटको मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । चितवनको कविलास ४ को सेतीदोभानबाट दिउसो सवा २ वजे तिर ट्रक त्रिशुली नदिमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विरगञ्जबाट खाध्य सामाग्री बोकेर काठमान्डौ तर्फ जादै गरेको एच,आर ५५ के ६०४४ नम्मरको ट्रक चिप्लोबाटोमा चालकले नियन्त्रण गुमाउदा नदिमा खसेको प्रहरीले अनुमान गरेको छ । बेपत्ता ट्रकमा चालक सहित अन्य कति सङख्यामा यात्रु रहेका थिए भन्ने बारेमा अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले बताएको छ । बेपत्ता ट्रकको खोजीकार्यका लागि प्रहरी र स्थानीयबासी जुटेका छन् । यता चितवनको मुग्दीड नजिकै सिमलफेद पहिरोले पुरिएको ट्याक्सी निकालिएको छ । कुरिनटार बाट मुग्लीग तर्फ जादै गरेको ग १ ज ४२१७ नंम्बरको ट्याक्सी मध्यान्ह १२ बजे पुरिएको थियो । जीपमा रहेको यात्रहरु सकुशल रहेको ट्रापmिक कार्यलय मुग्लीडले जनाएको छ ।
उता कोसी ब्यारेजको दक्षिणी क्षेत्रमा कोशी नदीको बालुवा सफाइ गर्ने क्रममा डे«जर मेसिन पल्टिएर बेपत्ता भएका ४ जनाको भने सकुसल उद्धार गरिएको छ । कोसी नदीमा जम्मा भएको बालुवा निकाल्ने क्रममा नदीको बेग थाम्न नसकेर दिउँसो डे«जर मेसिन पल्टिएको कोसी ब्यारेज प्रहरीचौकीले जनाएको छ । भारतको बिहार राज्य सरकार अन्तर्गतको कोसी प्रोजेक्टले परिचालन गरेको मेसिन पल्टदा त्यसका चालकसहित चारजना भारतीय नागरिक नदीमा वेपत्ता भएको केही समय पछि सप्तरीवाट उद्धार गरिएको प्रहरीले बताएको छ ।
नदीमा हराएकाहरुको खोजीका लागि तत्काल डुंगा परिचालन गरिएको थियो । घटनास्थल कोसीब्यारेजबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्दछ । कोसी नदीमा हिजो साँझदेखि पानीको बहाब उच्च दरमा बढिरहेको छ ।
कोशिमा पानीको उच्च बहाब मापन
सुनसरी, १७ असार । लगातारको अविरल वर्षको कारण सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै सवैभन्दा उच्च मापन गरिएको छ । पानीको वहाव बढेको समयमा सप्तकोसीमा साझ ४ बजे गरिएको पछिल्लो मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५९ हजार ६० क्युसेक पुगेको छ । पानीको बहाव यसवर्षकै उच्च भए पछि कोसी व्यारेजका ५२ ढोका मध्ये २१ ढोका खोलिएको कोसी व्यारेजका प्रहरी हवल्दार राजकुमार तमाङले जानकारी दिनुभयो । पानीको बहाब उच्च भएपछि कोशी नदिको किनारमा खतराको संकेत स्वरुप रातो झण्डा समेत गाडिएको छ । पूर्र्वी पहाडी जिल्लाहरुमा पानी पर्ने क्रम नरोकिएकाले कोसीमा पानीको बहाव अझै बढ्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
लगातरको वर्षाको कारण सप्तकोसी नदी सहित विभिन्न स्थानीय नदी खोलामा समेत वाढी आएको छ । वाढीका कारण ५० परिवार विस्थापीत भएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीको वुढी खुला , गडन खोला , ज्वाला र सुनसरी खोलामा शुक्रवार विहान वाढी आएको छ । विभिन्न नदिमा आएको वाढी सगै दर्जनौ गाविस डुवानमा परेका छन् । सुनसरी खोलाको वाढीको कारण इनरुवा , भोक्रहा, वविया ,नर्सिगहं ,जल्पापूर , भुटाहा , वसन्तपूर ,घुस्की लगायतका क्षेत्र डुवानमा परेका छन् ।
यता निरन्तर बर्षाका कारण नरायणी नढिमा पानीको बहाव यस बर्षकै उच्च भएको छ । नदिमा प्रतिसेकेण्ड २ लाख ५० हाज क्युसेक पानी बगीरहेको जनाइएको छ । नदीको पानी यही गतीमा बढे नवलपरासीका १६ गबिस डुवान पर्ने खतरा रहेको स्थानीयबसीले जनाएका छन् ।
यसैबिच काठमाण्डौ उपत्यकाकामा यस बर्षकै सर्बाधिक बर्षा भएको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार गएराती यस बर्षकै सबैभन्दा बढि ५६ दशमलब ६ मिलिमिटर बर्षा भएको छ । आज दिनभरिनै बर्षा जारी रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी तनहुँकै अर्को खबर अनुसार भिमाड गाविसमा माथिबाट आएको पहिरोले एक घर पुरिएको छ भने ३ वटा घरमा क्षती पुगेको छ । गाबिसको वडा नं. १ र ८ को बीच भागमा पर्ने जिदीखोला किनारमा बिहान माथिबाट आएको पहिरोले छविलाल रानाको पूरै घर पुरिएको हो । यसैगरी ज्यूकुमारी राना, तिलक नेपाली, सनकुमार श्रेष्ठको घरमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । पहिले नै छविलाल रानाको परिवारलाई सुरक्षित स्थानतर्फ सारिएका कारण मानवीय क्षति हुन नपाएको हो । उता मुस्ताङको टुकुचे गाविसमा रहेको चोखोपानी साना जलविद्युत् आयोजनाको नहर बाढीले पुरेपछि दुई दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ । विद्युत प्राधिकरणअन्तर्गतको २५० किलोवाट क्षमताको सो आयोजनाको नहर बुधबार राति आएको बाढीले पुरेपछि विद्युत् उत्पादन बन्द भएको हो ।
निती तथा कार्यक्रम बारे एमाले माओवादी छलफल
काठमाण्डौँ, १७ असार । दुई सत्तारुढ दलहरु नेकपा एमाले र एकिकृत नेकपा माअोबादी नयाँ बजेटमा संबिधान निर्माण र शान्ति प्रक्रियालाई सघाउन पुग्ने खालको नीति तथा कार्यक्रममा ल्याउन सहमत भएका छन् । दुई दलका शिर्ष नेताहरुबिच आज अपरान्ह दोस्रो पटक बसेको बैठकमा यस्तो सहमती भएको हो ।
यसअघि बिहान पनि नीति तथा कार्यक्रममा बिषयमा एमाले र माओबादी बिच छलफल भएको थियो । प्रधानमन्त्रि निवास बालुवाटारमा बिहान भएको दुई दलका शिर्ष नेताबिचको छलफलमा नीति तथा कार्यक्रममा अन्य दलको सहमती जुटाई अन्तिम रुप दिने बिषयमा छलफल भएको प्रधानमन्त्रिका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । छलफलमा एमाले अध्यक्ष एंव प्रधानमन्त्रि झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम र अर्थमन्त्रि भरतमोहन अधिकारी तथा माओबादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षत्रय मोहन बैद्य किरण, डा. बाबुराम भट्टराई र नारायाणकाजी श्रेष्ठ प्रकाशको सहभागिता रहकेो थियो ।
राज्य पुर्नसंरचना आयोगबारे मधेशी मोर्चा लचिलो
काठमाण्डौँ, १७ असार । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राज्यपुर्नसंरचना आयोग गठनमा समर्थन गर्ने संकेत देखाएको छ । संविधानका विबादास्पद बिषयमा प्रमुख तीनदल र मधेशी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुबीच संविधानसभा सचिवालय सिंहदरवारमा आज भएको छलफलमा मोर्चाले आयोग गठनवारे लचिलो बन्ने संकेत गरेको हो । बैठकपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राज्यपुर्नसंरचनाका सम्बन्धमा आफूहरुको पुरानै अडान कायमै रहेपनि विकल्पवारे छलफल गर्न सकिने बताउनुभयो ।
फोरम गणतनन्त्रिकका अध्यक्ष जेपी गुप्ताले राज्यपुर्नसंरचना आयोग गठनवारे आफूहरुलाइ तीनदलले आश्वस्त पार्ने कोशिष गरेको बताउनुभयो । यद्यपी उहाँले पहिचान, सामर्थ वा अन्य कुनैपनि नाममा आयोगको बाहाना बनाएर संघीयतालाइ पर धकेल्ने काम आफूहरुलाई मान्य नहुने बताउनुभयो ।
कागे्रस केन्द्रीय सदस्य विमलेन्द्र निधिले राज्यपुर्नसंरचना आयोग गठनवारे मधेशी मोर्चामा रहेको आशंका निवारणको प्रयास गरिएको बताउनुभयो । उहाँले मधेशवादी दलहरुको भावना विपरित मधेश प्रदेशलाइ अन्यथा नगरिने तीनदलले आश्वासन दिएको उल्लेख गर्नुभयो । सभामुख सुवास नेम्वाडंको पहलमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेल लगातको सहभागिता थियो ।
यसैबीच, मधेशी मोर्चाले राज्यसंचालनमा एकलौटि निर्णय नगर्न तीनदललाइ चेतावनी दिएको छ । तीनदलका नेतालाइ १५ बुदे ज्ञापनपत्रलाइ मार्फत ध्यानाकर्षण गराउदै मधेशवादी दलको सहमति विना कुनैपनि महत्वपूर्ण निर्णय नगर्न चेतानवी दिएको हो । विभिन्न नियुक्ति, बजेट लगायतमा मधेशवादी दललाइ समेत सहमतिमा लिएर निर्णयगर्न मोर्चाले माग गरेको छ । मोर्चाले प्रमुख तीनदलले मात्र गरेको निर्णयलाइ राष्ट्रिय सहमति भन्न नमिल्ने जीकिर गरेको छ ।
पत्रकार महासंघद्वारा सडक आन्दोलन स्थगनः
नेपाल पत्रकार महासंघले पत्रकार खिलानाथ ढकालमाथी आक्रमणमा संलग्न दोषीमाथी कार्वाही गर्न मागगर्दै जारी सडक आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । अदालत मार्फक कानूनी उपचार खोज्न भन्दै विरोधका अन्य कार्यक्रम स्थगित गरिएको हो । दोस्रो चरणको कार्यक्रमको अन्तिम दिन महासंघको आह्वानमा पत्रकारहरुले राजधानीको माइतिघर मण्डलामा सीठि फूकेर विरोध जनाएका छन । कार्यक्रम समापनगर्दै महासंघका अध्यक्ष शिव गाउलेले महासंघको सम्पूर्ण ध्यान अब अदालतमा प्रमाण जुटाउनमा केन्द्रीत रहने बताउनुभयो । उहाँले सरकारले दोषी पक्रन नसकेर दुइलाख रुपैया क्षतिपूर्ती दिने निर्णय गरेको आरोप लगाउनुभयो ।
उपलकुपति नियुक्तिका लागि शिक्षामन्त्रीकै ‘अल्टिमेटम’
काठमाडौं, १७ असार । शिक्षामन्त्री गङ्गालाल तुलाधरले विश्वविद्यालयहरूमा रिक्त उपकुलपतिको नियुक्तिका लागि आगामी एक साताभित्र राजनीतिक सहमति हुन नसके आफूले कानुनबमोजिम पदाधिकारीको नियुक्ति गराउने बताउनुभएको छ । ‘प्रमुख दलका शीर्ष नेताहरूका बीचमा सहमति (भागबन्डा) हुन नसक्दा नियुक्तिमा ढिलाइ भएको हो । अब म धेरै कुर्न सक्दिन । यो मेरो अल्टिमेटम पनि हो ।’ मन्त्री तुलाधरले आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा भन्नुभयो, ‘यही असार २५ गतेभित्र उहाँहरुबाट नाम नआएमा सात दिनभित्र आफ्नो ढङ्गले सिफारिस गर्नेछु ।’
कानुनी प्रक्रियाअनुसार शिक्षामन्त्री तथा विश्वविद्यालयहरूका सहकुलपतिको संयोजकत्वमा तीन सदस्य सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री तथा कुलपतिले उपकुलपतिहरूको नियुक्ति गर्ने प्रावधान छ । गत डेढ महिनादेखि विभिन्न सात वटा विश्वविद्यालयमा उपकुलपतिलगायतका पदाधिकारी रिक्त छन् ।
उहाँले एमाओवादीका मन्त्रालयअन्तर्गत भएका नियुक्तिमा आफूहरुले कुनै विरोध नगरेको तर विश्वविद्यालय अनुदान आयोगमा सो पार्टीको निर्देशनमा नयाँ नियुक्ति गरेका कारण तालाबन्दी भएकामा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री तुलाधरले निजी उच्चमावि तथा कलेजले विज्ञापन र भर्नाका क्रममा देखाएका विकृतिको कडाइका साथ अनुगमन हुने र त्यसका लागि आफूले उच्चस्तरीय अनुगमन आयोग गठन गर्र्ने सोच बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्ट नेपाल प्रहरीका प्रवक्ता
काठमाडौँ, १७ असार । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि घनश्याम भट्टलाई प्रहरी प्रवक्तामा तोकिएको छ
प्रहरी प्रधान कार्यालय, निरीक्षण तथा सुरीवेक्षण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक घनश्याम भट्टलाई आज नेपाल प्रहरीको प्रवक्ता तोकिएको प्रहरी समाचार कक्षले जनाएको छ । उहाँलाई मोबाइल नम्बर ९८४९०५९१३३ मा सम्पर्क गर्न सकिने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
पत्रकार महासङ्घ कास्कीको निर्वाचन साउन चार गते
पोखरा, १७ असार । नेपाल पत्रकार महासङ्घ कास्कीको निर्वाचनका लागि केन्द्रिय समितीले वेवास्ता गरेपछि कास्की मै संघार्षरत पत्रकारहरुले अधिबेशनको मिती तोकेका छन् । नेपाल पत्रकार महासंघ संर्घार्ष समिती कास्कीले कार्यक्रमसहितको अधिवेशन साउन ४ गते पोखरामा गर्ने भएको हो । संयोजक कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशनको मिति तोकेको त्यहाबाट हाम्रा स्थानीय प्रतिनीधिले जनाएका छन् । महासङ्घ केन्द्रीय समितिसँग पटक पटक अधिवेशनको मागगर्दा पनि अधिवेशनको मागलाई लामो सययदेखी बेवास्ता गरेपछि बाध्य भएर अधिवेशनको मिति तोक्नु परेको संघर्ष समितिका संयोजक बाँस्तोलाले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले कास्की शाखामा अधिवेशन नभएकाले जेठ १५ गतेभित्र अधिवेशन गराउने प्रतिवद्वता जनाएपनि प्रतिवद्वतालाई कार्यन्वयन गनेतर्फ नलागेपछि सङ्घ समितिले अधिवेशनको तैयारी गरेको हो । अधिवेशनबाट नयाँ कार्य समिति चयन भएपछि कास्कीका पत्रकारहरुवीच विधमान विवाद समाधान हुने अपेक्षा गरिएको छ । यसअघि जेठ २३ गते पोखराका पत्रकारहरुको सम्पन्न भेलाले अधिवेशनका लागि आवश्यक सम्पुर्ण तैयारी गर्ने जिम्मेवारी सङ्घर्ष समितिलाई दिएको थियो ।
विद्युत् महसुल उठाउन घरदैलो अभियान
नेपालगन्ज, १७ असार । केही विद्युत् उपभोक्ताले महसुल बुझाउन आनाकानी गरिरहेको अवस्थामा नेपालगन्ज विद्युत् प्राधिकरणका कर्मचारी महसुल उठाउन घरदैलोमै पुग्न थालेका छन् । लामो समयदेखि त्यहाँका केही सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारिक प्रतिष्ठानले विद्युत् महसुल नबुझाएपछि प्राधिकरणले घरदैलो अभियान सुरु गरेको हो । घरदैलो अभियानका क्रममा हालसम्म रु ७२ लाख सङ्कलन भइसकेको छ भने महसुल बुझाउन आनाकानी गर्ने ३०० ग्राहकको लाइन काटिएको प्राधिकरणका प्रमुख विनोद उपाध्यायले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणले सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न उद्योग, व्यापार प्रतिष्ठानबाट रु एक करोड १५ लाख विद्युत् महसुल सङ्कलन गर्न बाँकी रहेको जनाएको छ ।
आर्थिक समाचार
नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धिः
काठमाण्डौ, असार १७ । जुन महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा झण्डै ३८ प्रतिसतले बृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गतबर्षको तुलनामा ३७ दशमलव ९ प्रतिसतले बृद्धि भइ जुन महिनामा त्रिभुवन बिमानस्थलवाट ३७ हजार २२६ पर्यटक नेपाल आएका छन । दक्षिण एसियावाट ५२ प्रतिसत बृद्धि भएकोमा भारतीय पर्यटकको आगामन ६० प्रतिसतले बृद्धि भएको छ । नेपाल पर्यटन बर्ष सुरु भएयता अन्य एशियाली मुलुकवाट विगतको बर्षको तुलनामा झण्डै ३२ प्रतिसत पर्यटक नेपाल आएका छन । चिनिया पर्यटकको संस्या १ सय ५ प्रतिसतले बृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।
जापान मलेसीया, दक्षिण कोरिया र थाइल्याण्ड वाट नेपाल आउने पर्यटकको संख्यामा समेत उल्लेख्य बृद्धि भएको छ । वेलायत, जर्मनी, इटालि र स्विजरल्याण्ड लगायत युरोपेली मुलुकवाट झण्डै ११ प्रतिसत बृद्धि भएको छ । अमेरिकावाट २४ दशमलव ३ प्रतिसत बृद्धि भएपनि गत जनवरीको तुलनामा क्यानडावाट नेपाल आउने पर्यटकको संख्या भने तीन दशमलव ८ प्रतिसतले हृास आएको छ । सबैभन्दा बढि न्यूजिल्याण्डवाट १ सय ७० प्रतिसत पर्यटक आगमन बढेको पर्यटन बोर्डले जनाएको छ । सरकारले सन् २०११ लाइ नेपाल भ्रमण बर्ष घोषणा गरी १० लाख पर्यटक भीत्राउने लक्ष राखेपनि सोही अनुसारको लक्ष भेटन नसकिने संकेत देखिएको छ ।
राजधानीका केही पेट्रोल पम्पले तेल दिदैछन्, जानुस लाईन लाग्नुस
काठमाडौं, १७ अषाढ । राजधानी लगायत मूलुकका विभिन्न स्थानमा आजबाट पेट्रोलियम पदार्थको आपूर्ति केही सहज भएको छ । राजधानीका सरकारी तथा केही निजी पेट्रोल पम्पहरुले पेट्रोलिय पदार्थ बितरण शुरु गरेपछि आज बिहानैबाट सर्वसाधारण उपभोक्ताहरुको लामो लाईन लागेको छ ।
राजधानीमा पेट्रोलियम पदार्थको सहज आपुर्ती हुन भने आईतवार सम्म लाग्न सक्ने निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिनुभयो । बीरगंज रुटमा ट्याङकर थप्ने निर्णय निगमले फिर्ता लिएको बिरोधमा गत मंगलबारदेखि महासंघले ढुवानी ठप्प पारेको थियो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरको रुट परिवर्तन गर्ने निर्णय आगामी २५ गतेदेखि कार्यान्वयन गर्ने सहमति जनाएपछि पेट्रोलिय ढुवानी महासंघले हिजोबाट आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको थियो । आन्दोलन फिर्तासँगै हिजैबाट वीरगंजमा लोडिङ शुरु भएको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय समाचार
भष्ट्राचार प्रति चिनियाँ राष्ट्रपति चिन्तित
चिनियाँ राष्ट्रपति हु जिन ताओले पार्टिमा भष्ट्राचार मौलाउँदै गएकाले जनताको कम्युनिष्ट पार्टि प्रतिको आस्था र विश्वास घट्दै जानसक्ने प्रति चिन्ता ब्यक्त गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टिको ९०औँ बर्षको स्थापाना दिवसको अवसरमा बोल्दै राष्ट्रपति हुले तल्लो स्तरका नेताहरुको सामान्य भष्ट्राचार कै कारण पार्टि प्रति नै जनताको वितृष्णा उत्पन्न हुन सक्ने प्रति समेत सजग रहन नेता तथा कार्यकर्तालाइ निर्देशन दिएका छन् ।
राष्ट्रिय टेलिभिजनबाट प्रसारित सम्बोधनमा राष्ट्रपति हु ले कम्युनिष्ट पार्टिलाइ चिनलाइ विश्वमा चिनाऊन योग्य बनाएको दावि गरेका थिए । हु ले आधुनिकीकरणको गुण र दोषको आधारमा अगाडी बढ्दा मात्र चिनलाइ सफलता हात लागेको टिप्पणी गरेका थिए ।
यसैबिच चिनले पार्टिको स्थापना दिवसको अवसर पारेर राजधानि बेइजिङ र ब्यापारिक शहर सांघाइ बिच तिव्र गतिको बुलेट टे«न समेत संचालनमा ल्याएको छ । त्यस्तै विश्वकै सबैभन्दा ठुलो समुन्द्र माथीको पुल समेत चिनले हिजोबाट संचालनमा ल्याएको छ । चिनले स्थापना दिवसकै अवसरमा पारेर विमान बाहक पानि जहाँज समेत आजै सार्वजनिक गर्ने बताइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टि विश्वकै सबैभन्दा ठुलो पार्टि हो भने उसका आठ करोड सदस्य रहेका छन् । लामो सत्ता संघर्ष पछि १९२१ मा स्थापाना भएको चिनियाँ कम्युनिष्ट पार्टिले नेशनललिष्ट पार्टिलाई सन् १९४९ पराजित गर्दै सत्ताकब्जा गरि सरकार संचालन गर्दै आएको छ । चिनमाथी मानवअधिकार हनन गरेको विभिन्न आरोपमा विश्व समुदायले प्रश्न उठाउँदै आएका छन् ।
खेल समाचार
नेपालले भोली इष्ट टिमोरको सामाना गर्दै
काठमाण्डौँ, १७ असार । सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत नेपालले भोलि इस्ट टिमोरविरुद्ध प्रतिष्पर्धा गर्दैछ । होम एण्ड अवे को अन्तरगत जारी म्याचमा गत बुधबार भएको होम म्याचमा नेपाल इष्ट टिमोरलाइ २–१ गोल अन्तरले विजयी भएको थियो ।
आर्थिंक समस्याको करण होम र अवे दुवै म्याच नेपालमा सम्पन्न हुन लागेको हो । नेपालले दोस्रो चरणमा प्रवेश गर्न भोलिको अवे खेलमा कम्तीमा पनि बराबरीको नतिजा निकाल्नुपर्ने हुन्छ । अवे म्याच पनि नेपालमै हुने भएपछि भोलिको खेलमा नेपाल पराजित इस्ट टिमोर दोस्रो चरणमा प्रवेश गर्नेछ ।
तसर्थ नेपालका लागि भोलिको दोस्रो लेग कम्तीमा पनि बराबरी खेल्नुपर्ने बाध्यता छ । यता नेपाली टोलीका ब्रिटिस प्रशिक्षक ग्राहम रोबर्टस्ले नेपाल छनोट हुने पक्कापक्की भइसकेको भन्दै एसियाली छनोटको दोस्रो चरणमा जोर्डनबिरुद्ध हुने खेलको तयारीमा लागेको बताएका छन् ।
यता नेपालले भोलिको दोस्रो खेलमा पनि पहिलो सेटमा उत्रने सम्भावना रहेको छ । यता आक्रामक मिडफिल्डर भरत खवासले रातो कार्ड पाएको हुँदा उनको स्थानमा भोला सिलवालले खेल्ने सम्भावना छ । सम्भावित नेपाली टोलीमा किरण चेम्जोङ गोलकिपरमा यथावत् रहेछन् भने सागर थापा, रोहित चन्द, सन्दीप राई, बिराज महर्जन र रबिन श्रेष्ठ रक्षापङ्क्तिबाट खेल्नेछन् । यस्तै शिव श्रेष्ठ, निराजन खड्का र भोला सिलवालले मध्यपङ्क्ति सम्हाल्नेछन् । अग्रपङ्क्ति भने अनिल गुरुङ र जुमानु राईकै जिम्मामा रहनेछ ।
No comments:
Post a Comment