माओवादी मन्त्रीलाइ सफथ गराउन पधानमन्त्री तयार, एमाले भित्रै विवाद, माओवादीद्धार सोमबारको अल्टिमेटम
काठमाण्डौँ, १५ साउन । प्रतिपक्षी कागे्रस तथा स्वंय पार्टीभीत्रको विरोधका बावजुद प्रधानमन्त्री झलनाथ खनालले माओवादीका तर्फवाट प्रस्तावित नयाँ मन्त्रीलाइ भोली सफथ गराउनुहुने भएको छ । सरकारी निवास बालुवाटारमा आज साझ पत्रकार सम्मेलनको आयोजनागरी प्रधानमन्त्री खनालले मन्त्रीलाइ सफत गराउनु पार्टीको निर्णय भन्दापनि प्रधानमन्त्रीको विशेषाधिकार भएको भन्दै सपथ ग्रहण गराउने संकेत गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘मन्त्रीको सपथ गराउने विषय पार्टीको स्थायी समिति वा केन्द्रीय समितिको विषय होइन, सरकारमा सहभागी दलले आफ्ना मन्त्रीहरूको हेरफेर गर्न पाउनु उसको हकको कुरा हो ।’
शान्ति र संविधानप्रति माओवादीको पछिल्लो प्रतिबद्धता स्वागतयोग्य कदम भएको टिप्पणीगर्दै प्रधानमन्त्रीले अनुकुल मिलाएर नयाँ मन्त्रीलाइ सफत गराउने बताउनुभयो । प्रस्नोत्तर नगरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री खनालले माओवादी मन्त्रीलाइ सफत नगराउने निर्णय कतै नगरेको समेत जीकिर गर्नुभयो । प्रधानमन्त्री खनालले आगामी भदौ १४ भीत्रै शान्ति प्रक्रिर्याका मुलभुत काम सम्पन्न हुने र नयाँ संविधानको पहिलो मस्यौदा सार्बजानिक गर्ने समेत प्रतिबद्धता जनउनुभयो । खनालले भन्नुभयो ः सेना समायोजनको संख्या, दर्जा निर्धारण लगायतका विषयमा कमरेड प्रचण्डले पत्रकार सम्मलेनमा प्रतिबद्धता जनाएकाले प्रतिबद्धता अनुसार हुनेमा आशावादी रहेको छु ।
राष्ट्रिय सहमति निर्माणकालागि आफू क्रिर्याशील रहेको भन्दै आफ्ना राजिनामा गौण भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री खनालले एमाओवादीले प्रस्ताव गरेअनुसार २४ जना नै मन्त्रिमण्डलमा नसमेटिने पनि प्रष्ट गर्नुभयो । आफ्नो राजीनामाले मात्रै मुलुकमा राष्ट्रिय सहमतिको वातावरण नबन्ने भन्दै प्रधानमन्त्री खनालले पाँचबुँदे सहमतिको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध भएको र राष्ट्रिय सहमतिको आवश्यक पूर्वाधार तयार भएपछि आफूले मार्गप्रशस्त गर्ने बताउनुभयो । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्रीले मााअेवादी मन्त्रीहरुलाइ भोली बिहान ११ बजे सफत गराउनु हुनेछ ।
राष्ट्रिय सहमति निर्माणकालागि आफू क्रिर्याशील रहेको भन्दै आफ्ना राजिनामा गौण भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री खनालले एमाओवादीले प्रस्ताव गरेअनुसार २४ जना नै मन्त्रिमण्डलमा नसमेटिने पनि प्रष्ट गर्नुभयो । आफ्नो राजीनामाले मात्रै मुलुकमा राष्ट्रिय सहमतिको वातावरण नबन्ने भन्दै प्रधानमन्त्री खनालले पाँचबुँदे सहमतिको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध भएको र राष्ट्रिय सहमतिको आवश्यक पूर्वाधार तयार भएपछि आफूले मार्गप्रशस्त गर्ने बताउनुभयो । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्रीले मााअेवादी मन्त्रीहरुलाइ भोली बिहान ११ बजे सफत गराउनु हुनेछ ।
त्यसअघि माओवादीले सरकारलाइ आफ्ना मन्त्रीहरुको सपथ ग्रणह गराउन भोली सम्मको अल्टिमेटम दिएको थियो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलनगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सफथका लागि भोली सम्म कुर्ने बताउनु भएको हो । अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन भएको २४ घन्टामै राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण तयार भएमा सरकार बिघटन गरी अर्को सरकार बनाउन आफूहरु तयार भएको उल्लेख समेत गर्नुभयो ।
पत्रकार सम्मेलनमा प्रचण्डले आगामी भदौ १४ अघि नै आफूहरु माओवादी सेनाको पुर्नः वर्गीकरण गर्न तयार भएको बताउँदै त्यसअघि कम्तीमा समायोजनको सङ्ख्या, ढाँचा र पुनःस्थापना प्याकेजबारे ठोस सहमति हुनुपर्ने बताउनुभयो । त्यसअघि मन्त्रीमण्डल पुनर्गठनका बिषयमा प्रधानमन्त्री खनाल र माओबादीका अध्यक्ष प्रचण्डबीच बिहानपनि छलफल भएको थियो । प्रधामन्त्रीसंगको छलफलका आधारमा माओवादीले अल्टिमेटमको समय भोली सम्म लम्बाएको हो । पार्टीका तर्फबाट मन्त्रीमा सिफारिस गरिएका व्यक्तिलाई सपथ नगराइए सोमबारसम्ममा अर्को कदम चाल्ने उहाँले स्पष्ट गर्नुभयो ।
पहिला आफ्नो दलभित्र छलफल गर्न प्रधानमन्त्रीलाइ कोइरालाको सुझाव
नेपाली कंग्रेशले मन्त्रिमण्डल पुर्नगठन अघि आफ्नो पार्टीमा छलफल गर्न प्रधानमन्त्री झलनाथ खनाललाइ सुझाव दिएको छ । महाराजगंज स्थित काँग्रेस सभापति शुशिल कोइरालाको निवासमा बिहान भएको भेटमा काँग्रेसले प्रधानमन्त्रीले चाल्ने कदमबारे आफ्नो दलभित्र छलफल गरेर मात्र निर्णय गरिने भन्दै एमालेभित्र पनि गम्भिर रुपमा छलफल गर्न प्रधानमन्त्री खनाललाइ सुझाव दिएको हो ।
भेटमा सभापति सुशिल कोइरालाले मन्त्रिमण्डल पुनगठनका लागि आ आफ्नो पार्टीमा छलफल गर्न प्रधानमन्त्रि झलनाथ खनाललाई सुझाव दिनुभएको काँग्रेस उप सभापति रामचन्द्र पौडेलले ज ानकारी दिनुभयो । सात बुंदे सहमती अनुसार राष्ट्रिय सहमतीका लागि प्रधानमन्त्रिको राजीनामाको माग यथावत नै रहेको उपसभापति पौडेलले बताउनुभयो ।
प्रधानमन्त्री खनालले भने आफु सहमतिका साथ अघि वढ्न तयार रहेको बताउंदै मन्त्रिमण्डल पुर्नगठनले राष्ट्रिय सरकार गठनमा असर नपर्ने भन्दै सहयोगका लागि आग्रह गर्नुभएको थियो । बैठकपछि प्रधानमन्त्रि खनालले आफुपनि राष्ट्रिय सहमतीको पक्षमा रहेकाले राष्ट्रिमति गर्न पहल गरिएको बताउनुभयो ।
संवैधानिक विवाद उपसमिति बैठकद्धारा मधेशी मोर्चासँग छलफल गर्ने निणर्य
काठमाडौँ, १५ साउन । स्रविधानसभा संवैधानिक समिति अन्तरगतको विबाद समाधान उपसमितिले राज्यपुर्नसंरचना आयोग गठनको औचित्यबारे मधेशवादी दलहरुसंग छलफल गर्नै भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आज बिहान बसेको बैठकले राज्यपुर्नसंरचना सम्बन्धी विबाद समाधानगर्न मधेशी मोर्चासंग परामर्श गर्ने निर्णय गरेको हो । आयोग गठनमा सहमति जुटाउन मंगलवार मोर्चासंग छलफल गर्ने निर्णय भएको कागस संसदीय दलका नेता एवं उपसमिति सदस्य रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसअघिको छलफलमा मोर्चा राज्यपुर्नसंरचना आयोग गठनमा सकारात्मक देखिएको थियो । विबादको मुख्य विषय राज्यपुर्नसंरचनामा सहमति भए अन्य विबादका गाठा फुक्दै जाने भएकोले मधेशवादी दलहरुसंग छलफल गर्न लागिएको पौडेलले बताउनुभयो । आजको बैठकमा शासकीय स्वरुपका बिषयमा सामान्य छलफल भएको उहाँले उल्लेख गर्नुभयो । लामो समयको स्थगनपछि उपसमिति बैठक शुक्रवारदेखी सुचारु भएको हो । यसैबीच झण्डै एक महिनाको स्थगनपछि संवैधानिक समितिको बैठक भोली विहान बस्ने भएको छ ।
कागे्रसको विरोधका कारण संसदको बैठक पाँचौ पटक स्थगितः
प्रधानमन्त्रीको राजीनामा मागगर्दै नेपाली कागे्रसले विरोध जनाएपछि व्यबस्थापिका संसदको को बिरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नगरी लगायत पाँचौ पटकपनि स्थगित भएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको सुरुमै नेपाली कागे्रसका अफ्ताब आलमले संविधानसभाको म्याद थपका क्रममा भएको सहमति अनुसार प्रधामनन्त्रीले तत्काल राजीनमा गर्नुपर्नेमा प्रधामनन्त्रीले पाँचबुदेलाइ लत्ताएको आरो्प लगाउनुभयो ।
संसदमा आफैले गरेको प्रतिबद्धता विपरित राजीनामा नगरेर प्रधानमन्त्रीले सिंगो राष्टलाइ ढाटने, संसदको अपमान र जनतालाइ झुक्काउने काम गरेको उहाँले जीकिर गर्नुभयो । सरकारलाइ कसरी टिकाउने भन्नेमै प्रधानमन्त्रीको ध्यानका कारण शान्ति प्रक्रिर्या एक इन्चपनि अघि बढ्न नसकेको आलमको भनाइ थियो । कागे्रसकै लक्ष्मण घिमिरेले संसदको अबरोध लम्बाउनमा स्वंय प्रधानमन्त्री जिम्मेवार रहेकोले संसदको नियमित क्रिर्याकलाप अगाडि नबढाउन आग्रह गर्नुभयो । त्यसपछि सभामुखले संसदको बैठक आगामी १७ गते मंगलवार दिउसो तीन बजे सम्मकालागि स्थगित गर्नुभयो ।
सुडान प्रकरण
सुडान घोटाला प्रकरणमा दाषि देखिएको भन्दै विषेश अदालतले थप तिन पूर्व प्रहरी अधिकारीलाइ धरौटी बुझाउन आदेश दिएको छ । विषेश अदालतको अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्धय ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले नेपाल प्रहरीका पूर्व प्रहरी एआइजी श्याम सिंह थापालाइ एक करोड ३० लाख, निलम्बित एसएसपी शिव लामिछानेलाइ ६० लाख तथा एसपी निरबहादुर शाहीलाइ २५ लाख धरौटी माग गरेको हो । यद्यपी धरौटी बुझाउन नसकेपछि उहाँहरु तिनै जना आजै डिल्लिबजार जेल चलान भएका छन् । उनीहरुको बहस नसकिदाँ केहीदिन देखी न्यायीक हिरासतमा रहँदै आएका थिए ।
संयुक्त राष्ट्र संघको आव्हानमा सुडानको डार्फरमा शान्ति स्थापना कार्यमा खटिएको नेपाल प्रहरीको लागि आवश्यक समाग्री खरिद गर्ने क्रममा २९ करोड रकम भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २४ गते विशेष अदालतमा तीन पूर्वप्रहरी महानिरीक्षक सहित ३६ जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाउँदै आएको छ ।
विश्वबिद्यालयमा पारदर्शी नियुक्ति गर्न निर्देशनः
व्यबस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले त्रिभुबन विश्वबिद्यालय लगायत सातवटा विश्वबिद्यालयमा तत्काल पदाधिकारीको नियुक्तीगर्न सरकारलाइ निर्देशन दिएको छ । समितिले सुदुरपश्चिम विश्वबिद्यालय संचालनको मागगर्दै उठिरहेको आन्दोलन तत्काल संवोधन गर्न समेत भनेको छ । समितिको आज बसेको बैठकले शैक्षिक गुणस्तरलाइ प्रभावित नगर्नेगरी उचित मापदण्ड बनाएर प्राज्ञिक क्षेत्रवाट विश्वबिद्यालयमा नियुक्तगर्न निर्देशन दिएको समिति सभापति पद्मलाल विश्वकर्माले जानकारी दिनुभयो । संसदीय समितिले नसिंङ्ग कलेजले मनपरी सूल्क असुलेको सम्बन्धमा समेत सरकारको ध्यानाकर्षण गराउदै एउटै मापदण्ड कायमगर्न निर्देशन दिएको छ ।
बैठकमा शिक्षामन्त्री गंगालाल तुलाधरले राजनीतिक सहमतिको प्रयास असफल भएका कारण आफूले सात विश्वबिद्यालयका लागि २१ जनाको नाम प्रस्ताव प्रधानमन्त्रीलाइ दिएको बताउनुभयो । राजनीतिक र प्राज्ञिक सहमति गर्नुपरेका कारण विश्वबिद्यालयमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको उहाँले बताउनुभयो । मन्त्री तुलाधरले सुदुर पश्चिम विश्वबिद्यालयमा पदाधिकारी नियुक्ती एक दुइदिनमै गर्ने समेत जानकारी गराउनुभयो ।
बैठकमा अधिकाशं सभासदले विश्वबिद्यालय जस्तो प्राज्ञिक थलोलाइ राजनीतिक भागबण्डाको बिषय बनाइएको भन्दै आपत्ति जनाएका थिए । पदाधिकारी अभावमा विश्वबिद्यालयको शैक्षिक क्यालेण्डर प्रभावित भएको भन्दै सभासदहरुले निश्चित मापदण्ड बनाएर तत्काल पदाधिकारी नियुक्तिगर्न सुझाव दिए । नेमकिपाका नारायणमान विजुक्षेले राजनीतिक दलहरुले विश्वबिद्यालयमा भागबण्डा गरेर भद्रगोल सृजना गरेको आरोप लगाउनुभयो । कागे्रसका नरहरि आचार्य, एमालेकी विन्दा पाण्डे लगायतले खुल्ला प्रतिष्पर्धावाट विश्वबिद्यालयमा नियुक्तीगर्न सुझाव दिनुभयो ।
बाल सङ्गठनका भवन र जग्गा व्यवस्थित गर्न निर्देशन
काठमाडौँ, १५ साउन । व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितीले नेपाल बाल सङ्गठनको देशभरका जग्गा र भवनको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ । समितीको आज बसेको बैठकले यही असोज मसान्तभित्र त्यस्तो अभिलेख राख्न समितीले निर्देशन दिएको हो । आफ्नो कार्यविधि नबनाइन्जेलसम्म जग्गा भवन लिजमा नदिन पनि समितीले निर्देशन दिएको समितीका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । बैठकले जग्गा र भवन लिज वा भाडामा दिँदा सरकारी मापदण्ड कार्यविधि बनाई प्रतिस्पर्धा गरेर दिनुपर्ने सुझाव दिएको छ ।
सरकारबाट बाल सङ्गठनका कार्यक्रममा बर्सेनि बजेट दिइने गरेको र शिक्षा मन्त्रालयद्वारा सञ्चालित कार्यक्रमहरूका लागि दिएको जग्गावापत भाडा लिने व्यवस्था गर्ने गराउने कार्यविधि नबन्दासम्म कुनै किसिमको जग्गा वा भवन लिजमा नदिनसमेत ध्यानाकर्षण गरिएको यादवले बताउनुभयो । बाल सङ्गठनका कार्यक्रमहरूमा सरकारले नियमित अनुगमन र सुपरीवेक्षण गरी तीन–तीन महिनामा समितिलाई प्रगति प्रतिवेदन उपलब्ध गराउन समेत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र बाल सङ्गठनलाई निर्देशन दिइएको छ ।
बजेट चुहिएकोबारे प्रतिवेदन सार्बजानिकः
संसदमा बजेट पेशगर्नु अगावै बजेट सार्बजानिक भएको बिषयमा छानविनगर्न गठित संसदीय समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाइ हस्तान्त्ररण गरेको छ । संसद सचिवालय सिंहदरवारमा समिति संयोजक लक्ष्मण घिमिरेले उक्त प्रतिवेदन सभामुख सुवास नेम्वाङ्गलाइ हस्तान्त्ररण गर्नुभएको हो । प्रतिवेदन बुझ्दै सभामुख नेम्वाङ्गले आगामी दिनमा यस्ता गल्ती नदोहोरियोस भन्नकालागि छानविन समिति गठन गरिएको बताउनुभयो । संयोजक घिमिरेले सर्बसम्मतिवाट प्रतिवेदन तयार गरिएको बताउनुभयो । व्यबस्थापिका संसदको आजको बैठकमा प्रतिवेदन टेबलगर्ने कार्यसूची तय गरिएपनि कागे्रसको अबरोधका कारण प्रतिवेदन पेश हुन भने सकेन । असार ३१ गते सात सदस्यीय समिति गठन गरेको थियो ।
५३ वटाराहदानी सहित एक पक्राउ
भक्तपुर १५ साउन । महानगरीय प्रहरीबृत्त थिमीले बैदेशिक रोजगारीमा पठाइदिने भन्दै बिगत १० महिना देखि बिभिन्न व्यक्तिको राहदानी जफत गरेर सम्पर्क बिहिन बनेका एक जनालाई ५३ वटा राहदानी सहित पक्राउँ गरेको छ । बैदेशिक रोजगारी अन्तर्गत कतारमा ड्राईभरका लागि पठाईदिने भन्दै राहदानी संकलन गरेका ललितपुर उपमहानगरपालिका ४ का किरण थापालाई भक्तपुरको जडिबुटीबाट पक्राउँ गरिएको प्रहरी नायव उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
राहदानी बुझाएका १३ जना पिडितले प्रहरी बृत्त थिमीमा उजुरी दिए पछि प्रहरीले उनको खोजी गरी पक्राउ गरेको हो । प्रहरीले भने थप अनुसन्धानका लागि थापा र नियन्त्रणमा लिएका सबै राहदानी बैदेशिक रोजगार बिभागलाई बुझाएको छ । यता पक्राउँ परेका थापाले भने आफूले ठगि नगरेको तर संकलित राहदानीको भिसा आउने प्रक्रिया सुरु भएको बताएका छन् ।
चितवनका कारखाना बन्द
सरकारले वृद्धि गरेको न्युनतम तलव नपाएको भन्दै आज देखि अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघ चितवनले जिल्लाका विभिन्न एक दर्जन भन्दा वढि कल कारखानाहरु वन्द गरेको छ । तलब बुद्दिको माग गर्दै उनिहरुले पूर्व निधारीत कार्यक्रम अन्तरगत आज देखि अनिश्चीतकालिन कारखाना वन्द गराएका हुन । आज विहान देखि पिठुवा २ माधवपुर मा अवस्थित एम एम चाउचाउ फेक्टरी, शिव नगरको आर आर दाना उद्योग, चितवन दुग्ध मिल उद्योग को प्रशासन र लेखा शाखा, लगाएतका जिल्लामा रहेका एक दर्जन भन्दा वढि विभिन्न ठुला कलकारखानाहरु वन्द गराईएको अखिले नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघ चितवनका संयोजक सूर्य वराल क्षितिजले जानकारी दिनु भयो ।
यसै विच अखिल नेपाल होटल तथा रेष्टुरा मज्दुर संघले होटल मज्दुरहरुको हितमा चितवनमा रहेका होटल होटल मालिकहरु सग सरकारले वृद्धि गरेको पारिश्रमिक पाउन माग गर्दे ४८ घण्टे अल्टिमेटम वुझाएका छन् । संघका अध्यक्ष गंगाराम यादव द्धारा जारि विज्ञेप्तिमा यदि ४८ घण्टा भित्र कुनै पनि कार्य भएन भने कडा भन्दा कडा आन्दोलन ल्याउने चेतावनी समेत दिईएको छ ।
जिउ“दो मानिसलाई मृत घोषित गरेको भन्दै अस्पताल घेराउ
अस्पतालले मृत घोषित गरेको व्यक्ति जिउदै रहेको भन्दै आफन्तजनले आज वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल घेराउ गरेका छन् । वीरगन्ज छपकैयाकी ४० वर्षीया सम्झना क्षेत्रीलाई सर्पले टोकेर उपचारका लागि अस्पताल भर्ना गरिएकोमा तीन घण्टापछि चिकित्सकले मृत घोषित गरेका थिए । मृतकका आफन्तले जिउदो व्यक्तिलाई मृत घोषित गरेको आरोप लगाएका छन् । अस्पतालले गएराति मृत घोषित गरेपछि आज बिहान दाहसंस्कार गर्ने क्रममा महिलाको दाहिने हात चलेको आफन्तको दाबी छ ।
हिजो साँझ ७ बजे उपचारका लागि अस्पताल पु¥याइएकी ती महिलाललाई अस्पतालले राति १० बजे मृत घोषित गरेको थियो । नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मुकेश चौरसियाले जा“चको प्रक्रिया पु¥याइ क्षेत्रीलाई मृत घोषित गरेको बताउनुभयो । परिवारजनले लगाएको आरोप झुटो भएको दाबी गर्दै मेसु चौरसियाले आफन्तको माग बमोजिम उपचारमा संलग्न चिकित्सकका बारेमा छानविन गरिने बताउनुभयो ।
पूर्वाञ्चलमा ग्यासको अभाव
विराटनगर, १५ साउन । पूर्वाञ्चलमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ । भारतको बिहारस्थित बरौनी रिफाइनरीमा रहेको ग्यास डिपोमा एक हप्तादेखि मर्मतसम्भार तथा सफाई भइरहेकाले त्यहाँ ग्यास आपूर्ति बन्द भएपछि ग्यास अभाव भएको नेपाल आयल निगमले पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।
हाल भारतको मथुरा तथा आन्ध्र प्रदेशको हल्दिया ग्यास डिपोबाट आयात भइरहेको र ढुवानीमा एउटा ट्र्याक्टरलाई सात दिन लाग्ने हुदा अभाव भएको निगमले जनाएको छ । उपभोक्ताहरुले भने निगम तथा पेट्रोलियम डिलरले क्रित्रिम अभाग गराएको आरोप लगाएका छन् । हाल विराटनगर उपमहानगरपालिकासहित मोरङ जिल्लामा मात्र दैनिक नौ हजार ग्यास सिलिन्डर बिक्रीवितरण हुने गरेको छ ।
आन्तराष्ट्रिय समाचार
सिरियामा सेनाद्धारा प्रदर्शनकारीमाथि दमन
सिरियाली सेनाद्धारा हामा शहरमा प्रदर्शनकारीमाथि भएको आक्रमणमा परी ४५ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले आफ्नो ट्यांकी प्रयोग गरी व्यापक गोलाबारी गरेको थियो । घटनामा परी सयौा घाइते भएका छन् भने मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चिकित्सकलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ । सरकारको बिरोधमा केहि महिना यता प्रदर्शन जारी राखेका प्रदर्शनकारीहरुलाई पछिल्लो महिनामा सेनाले हामा शहरमा नाकाबन्दी लगाएको थियो । मुस्लिमहरुको पर्व रमजानका अवसरमा प्रदर्शन बढ्ने सक्ने आशंकामा सेनाले यसरी दमन गरेको हुनसक्ने मानवअधिकारबादी संस्थाहरुले बताएका छन् ।
खेल समाचार
अन्डर १९ विश्वकप क्रिकेट छनोट खेलमा आज नेपालद्धारा केन्या ६ विकेटले पराजित
आईसीसी अन्डर १९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भर्खरै सम्पन्न खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्डमा भएको खेलमा अफ्रिकी देश केन्यालाइ नेपालले ६ विकेटले पराजित गरेको हो ।
केन्याद्धारा प्रस्तुत १०८ रनको सामान्य लक्ष्य नेपालले केवल १९ ओभर २ बल खेल्दै भेट्टाएको थियो । नेपालका लगाी ३२ रन एक्सट्रा बाट प्राप्त भएको थियो भने पृथु बास्कोटाले नट आउट ३१ रन बनाएका थिए । त्यस्तै नेपाललाइ जितसम्म डोहो¥याउन नरेश बुढाएर १८ रनको योगदान गरेका थिए । नेपालका चारै विकटे डुकान अलानले लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले ४५ ओभर ५ बल खेल्दै १०७ रनको योगफल तयार गरेको थियो । केन्यालाइ सस्तैमा समेट्न नेपाली बलहरुले अविनाश कर्ण र कृष्ण कार्कीले २७–२७ रन खर्चेर ३–३ विकेट लिएका थिए । विश्वकप क्रिकेट समेत खेलिसकेको राष्ट्र केन्यालाइ सस्तैमा समेट्न नेपाली बलरहरुले उत्कृष्ठ बलिङ गरेको थिए ।
No comments:
Post a Comment