प्रधामन्त्रीद्वारा मन्त्रीमण्डल पुर्नगठनः
प्रमुख प्रतिपक्षी काँँगे्रसको चर्को विरोध र पार्टी भित्रैकै असहमतिका बावजुद प्रधानमन्त्री झलनाथ खनालले माओवादीका नौ र फोरमका एक नेतालाई समावेश गरेर आज मन्त्रीमण्डल पुर्नगठन गर्नुभएको छ । प्रधानमन्त्री खनालले नव नियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितीमा सपथ गराउनु भएको छ ।
पुनर्गठित मन्त्रीमण्डलमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधान र गृहसहीत सरकारमा पार्टीको नेतृत्व गर्नुभएको छ । नव नियुक्त मन्त्रीहरुमा सूचना तथा संचारमा पोष्टबहादुर बोगटी, शान्ति तथा पुर्ननिर्माणमा पम्फा भुषाल, स्वास्थ्यमा लोकेन्द्र विष्ट, भूमिसुधारमा हिसिला यमी, विज्ञान तथा प्रविधिमा लेखराज भट्ट, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा जयपुरी घर्ती, उद्योगमा महेन्द्र पासवान र युवा तथा खेलकुदमा ओनसरी घर्ती हुनुहून्छ । यस्तै मधेशी जनअधिकार फोरमका तर्फवाट विजयकुमार यादवलाई वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिइएको छ । नव नियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले पाँचबुँदे सहमति कार्यान्वयन गरी राष्ट्रिय सहमतिको सरकार निर्माणमा अहिलेको मन्त्रिमण्डलको पुनर्गठनले कुनै असर नपर्ने बताउनुभएको छ ।
“अहिलेको पुनर्गठनले पाँचबुँदे सहमतिप्रतिको हाम्रो प्रतिबद्धतामा प्रतिकूल असर पर्दैन, हामी पाँचबुँदे सहमतिप्रति प्रतिबद्ध छौं,” गृहमन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री प्रकाशले भन्नुभयो । यस्तै नवनियुक्त संचारमन्त्री पोष्ट बहादुर बोगटीले पनि आजैे मन्त्रालयमा जानु भई पदभार ग्रहण गर्नुभएको हो ।
माओवादीका तर्फवाट भौतिक योजना तथा निर्माणमा टोपबहादुर रायमाझी, पर्यटनमा खड्गबहादुर बिक र कानूनमन्त्री प्रभु शाहलाई निरन्तरता दिइएको छ । यसअघि उहाँहरुले दिनुभएको राजीनामा मााअेवादीले फीर्ता लिएको छ । पार्टीको अन्तरसंघर्ष समाधान गर्न माओवादीले कृष्णबहादुर महरालाई सरकारबाट फिर्ता बोलाएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पार्टीको नेतृत्व गर्दै सरकारमा पठाएको हो । माओवादीद्धारा सरकारमा प्रस्तावित १२ राज्यमन्त्रीहरुलाई भने आज सफत गराइएको छैन ।
यसैबीच, प्रधानमन्त्री झलनाथ खनालले पार्टीको स्थायी समितिले मन्त्रीमण्डल पुनर्गठन स्थगित गर्ने निर्णय नगरेको बताउनु भएको छ । मन्त्रीमण्डल पुनर्गठनको विषयमा एमाले स्थायी समिति बैठकमा विवाद उत्पन्न भएको कुरा सार्वजानिक भएपछि प्रधानमन्त्री खनालले सरकारी निबास बालुवाटारमा साँझ पत्रकार सम्मेलन गरी यस्तो बताउनु भएको हो । प्रधानमन्त्री खनालले मन्त्रीमण्डल विस्तार र पुनर्गठन पार्टीको निर्णयको आधारमा नभई प्रधानमन्त्रीको विषेशाधिकार भएको बताउनु भयो ।
सो क्रममा प्रधानमन्त्री खनालले यही साउन २८ गतेभित्र शान्ति प्रक्रियाका मूलभूत कार्य सम्पन्न नभएमा राजीनामा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहँले तत्काल माअोवादी लडाकुको समायाजन संख्या, मापदण्ड, दर्जा, संख्या र पुनस्पथापना प्याकेज बारे टुङ्ग्उनु पर्ने बताउनु भयो । त्यसपछि मात्र पुनवर्गिकरणको निर्णय गरिनुपर्ने प्रधानमन्त्री खनालले बतउानुभयो ।
मन्त्रीपरिषदको आकार ठूलो नबानाउनका लागि आफुले प्रस्ताबवित २४ बाट घटाएर सानो आकार बनाएको उहाँल्े बताउनु भयो । मन्त्रीपरिषद पुनर्गठन पाँच बुँदे सहमतिको विरुद्ध नहुने जिकीर प्रधानमन्त्री खनालको थियो ।
सफथको बिषयलाइ लिएर एमालेमा चर्को विबादः
काठमाण्डौ, साउन १६ । माओवादीद्वारा प्रस्थतावित मन्त्रीको सफथका बिषयलाइ लिएर प्रमुख सत्तारुढ घटक एमालेभीत्र चर्को विबाद भएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षागर्न आकस्मिक रपमा बसेको स्थाइ कमिटि बैठकमा माओवादी मन्त्रीलाइ सफथ गराउने निर्णयप्रति असन्तुष्ट खेमाले तीब्र आपत्ति जनाएका छन । स्रोतका अनुसार वरिष्ट नेता माधवकुमार नेपाल र प्रभावशाली नेता खड्ग ओली समूहले पार्टी निर्णय विपरित मााअेवादी मन्त्रीलाइ सफत गराए अध्यक्षले मूल्य चुकाउनुपर्ने चेताबनि दिएका थिए ।
स्थाइ कमिटि बैठकले आजको सफथ ग्रहण कार्यक्रम रोकि २१ गते केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको सचिव शंकर पोखे्रलले जानकारी दिनुभयो । प्रधामन्त्री झलनाथ खनालले भने मन्त्रीलाइ सफत गराउनु प्रधानमन्त्रीको विशेषाधिकार भएको भन्दै यसमा हस्तक्षेप नगर्न आग्रह गर्नुभएको थियो । उहाँले केन्द्रीय समितिले गर्ने कार्वाही व्यहोर्न आफू तयार रहेको भन्दै बैठकबाट बाहिरिनु भएको एक नेताले बताए ।
सफथ गराउन आश्वासन दिइसकेको भन्दै प्रधानमन्त्रीले आफूले आजै सफथ गराउने बताउनु भएको स्रोतले बतायो । बैठकवाट बाहिरिने क्रममा भने उहाँले केहि बोल्नु भएन । झण्डै तीन घण्टा बसेको बैठकमा नेताहरुबीच भनाभन समेत भएको थियो । यसअघि बसेको स्थाइ कमिटि बैठकले मन्त्रीमण्डल पुर्नगठनगर्नु पाँचबुदे सहमति बिपतिर हुने ठहर गरेको थियो । प्रधानमन्त्री झलनाथ खनालले भने मन्त्रीमण्डल विस्तार प्रधामनन्त्रीको विशेषाधिकार भएको भन्दै यसमा स्थाइ कमिटिले हस्तक्षेप गर्न नसक्ने बताउनु भएको थियो ।
संविधान निर्माणमा भएको ढिलाइप्रति सानादलको आपत्तिः
काठमाण्डौ, साउन १६ । प्रमुख तीनदलले संविधान निर्माण प्रक्रिर्या अबरुद्ध गरेको भन्दै अधिकाशं दलले आलोचना गरेका छन । झण्डै एक महिनापछि आज बसेको संवैधानिक समिति बैठकमा सभासदहरुले तीनदलका कारण भदौ १४ मा संविधानको पहिलो मस्यौदा आउने संभावना कमजोर बन्दै गएको बताएका हुन् । तीनदलले देशलाइ बन्धक बनाएर बर्बाधितर्फ धकेल्न लागेकोले बैठकमा आलोचना भएको राजपा सभासद प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । उहाँले यथास्थितिमा भदौ १४ गते संविधानको पहिलो मस्यौदा आउने संभावना नरहेको दावी गर्नुभयो ।
बैठकपछि समिति सभापति निलाम्बर आचार्यले संविधान लेखनमा देखिएको सुस्तताप्रति सभासदहरुको चिन्ता जनाएको बताउनभयो । उहाँले संविधानका अन्तरवस्तुमा देखिएका विबादमा सहमति नभए भदौ १४ सम्ममा संविधानको पूर्ण मस्यौदा आउन नसक्ने बताउनुभयो । सहमति भएका बिषय समावेश गरेर मस्यौदा तयारगर्न सकिने सभापति आचार्यको भनाइ थियो । बैठकमा उपसमिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले उपसमितिले गरेका कामको प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले उपसमितिले सहमतिको प्रयास जारी राखेको बताउनुभयो ।
प्रचण्डले राज्यपुर्नसंरचना बाहेकका अन्य बिषयमा सहमति नजिक पुगिएको र राज्यपुर्नसंरचना विबादबारे आयोग गठन वा विज्ञ समूह गठन गर्ने भन्ने बिषयमा भोली टुङ्गोमा पुगिने उल्लेख गर्नुभयो । माओवादी नेता देव गुरुङले उपसमितिमा भएका सहमतिलाइ संवैधानिक समितिले अनुमोदन गर्नुपर्ने बताउनुभयो । सदस्यहरुले बोल्नेक्रम नसकिएका कारण समितिको बैठक बुधवार विहान पुनः बस्नेछ । दश÷दश दिनमा प्रतिवेदन बुझाउने म्याण्डेट सहित उपसमिति गठन गरिएपनि असार १९ पछि उपसमितिले आजमात्र आफ्नो प्रतिवेदन पेश गरेको हो ।
शिक्षा पुरस्कार घोषणा
काठमाडौँ, १६ साउन । नेपाल पत्रकार महासङ्घले शिक्षा विभागको सहकार्यमा स्थापना गरेको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यस वर्ष गोरखापत्र दैनिकका पत्रकार प्रकृति अधिकारीलाई दिइने भएको छ ।
यस्तै क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पूर्वाञ्चलबाट एकराज गिरी (पूर्वाञ्चल) दैनिक), मध्यमाञ्चलबाट केदार सिवाकोटी (कान्तिपुर टेलिभिजन दोलखा), काठमाडाँै उपत्यकाबाट भवानीश्वर गौतम (नयाँ पत्रिका दैनिक), पश्चिमाञ्चलबाट मुकेश पोखरेल (मेचीकाली राष्ट्रिय दैनिक), मध्यपश्चिमबाट रुद्र खड्का (नागरिक दैनिक) र सुदूरपश्चिमबाट कपिल भट्ट (एजुकेसन पेजेज)लाई दिने निर्णय गरिएको महासङ्घले आज जनाएको छ ।
यसैगरी लेखनवृत्तितर्फ विभिन्न पत्रपत्रिका तथा विद्युतीय सञ्चार माध्यममा कार्यरत १२ जना पत्रकारलाई दिइएको छ ।
महासङ्घले गत वर्षदेखि एक जनालाई रु ५१ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार र छ जनालाई जनही रु २० हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिरहेको छ । यस्तै १२ जनालाई रु १० हजार राशिको लेखनवृत्ति प्रदान गर्दै आएको छ ।
सुडान घोटाला ः पुर्पक्षमा राख्ने आदेश
काठमाडाँै, १६ साउन । सुडान शान्ति मिसनमा खटिएको नेपाल प्रहरीको टोलीका लागि बख्तरबन्द गाडी र बन्दोबस्तीका सामान खरिद गर्दा घोटाला भएको प्रकरणमा आरोपित निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक विजयलाल कायस्थ र निलम्बित प्रहरी उपरीक्षक पिताम्बर अधिकारीलाई विशेष अदालत काठमाडाँैले जमानत लिई पुर्पक्षमा राख्ने आदेश दिएको छ । अदालतले कायस्थलाई रु १५ लाख र अधिकारीलाई रु ५ लाख धरौटी मागेको छ ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र अदालतका सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले सो आदेश दिएको अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिनुभयो । त्यस्तै, निलम्बित प्रहरी निरीक्षकद्वय अर्जुनप्रसाद तिमल्सेना र गिरीधारी शर्मालाई अनुसन्धानका क्रममा ठहरे बमोजिम हुनेगरी हाललाई तारेखमा राखी पुर्पक्ष गर्न आदेश दिइएको छ ।
–––––––
‘नेपाल–चीन सम्बन्ध अनुपम नमुना’
प्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीनबीचको सम्बन्ध अनुपम नमुना भएको बताउनु भएको छ । दुइदेश बीचको सम्बन्ध छमेकीको रुपमा मात्र नभइ आर्थिक÷राजनीतिक रुपमा समेत उल्लेखनिय रहेको उहाँको भनाइ थियो । नेपाल–चीन दौत्य सम्बन्धको ५६ औ बर्षगाठको अबसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री खनालले चीनले गरेको आर्थिक बृद्धिले सिङ्गो एशिया विश्वमा उदाएको बताउनभयो । नेपालले शान्ति र संविधानको चरण पूरा गरेपछि आर्थिक समृद्धिको अध्याय सुरुहुने उल्लेखगर्दै उहाँले यसमा चिनको सहयोग जरुरी रहेको बताउनुभयो ।
एकचीन नीतिप्रति सरकार प्रतिबद्ध रहेको स्मरणगदै प्रधामनन्त्री खनालले नेपालवाट चिन बिरोधी गतिबिधि हुन नदिने बताउनुभयो । कार्यक्रममा नेपालकालागि चिनियाँ राजदुत याङ होउलानले आफ्नो मुलुक नेपालमा दिगो शान्ति, स्थिरता र समृद्धि हेर्न चाहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा चिनले मद्दत गर्ने उल्लेख गर्नुभया ।
प्रधानमन्त्रिले राजीनामा नदिएसम्म संसद अवरोध गरीरहने ः कंग्रेश सभापति कोइराला
नेपाली कंग्रेशका सभापति सुशिल कोइरालाले पाँच बुंदे सहमतीअनुसार प्रधानमन्त्रि झलनाथ खनालले राजीनामा दिनुपर्ने बताउनुभएको छ । पाँच बुंदे सहमती सरोकार पत्रकार समितीसँग आज आफ्नै निवास महाराजगञ्जमा कुरा गर्दै सभापति कोइरालाले पाँच बुंदे सहमतीमा राष्ट्रिय सहमतीको सरकार गठनका लागि प्रधानमन्त्रिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने स्पष्ट उल्लेख भएकाले प्रधामन्त्रिले राजीनामा दिनुको बिकल्प नभएको बताउनुभयो । सभापति कोइरालाले सहमती अनुरुप प्रधानमन्त्रिले राजीनामा नदिए पार्टीले संसद अवारेध गरीरहने स्पष्ट गर्नुभयो ।
मन्त्रिपरिषद पूर्नगठनले शान्त्रि प्रक्रिया तथा सहमतीको सरकार गठनमा अवरोध पुग्ने भन्दै सभापति कोइरालाले मााओबादीले सहमतीबिरुद्ध मन्त्रिमण्डल पूर्नगठनको प्रस्ताव गरेको बताउनुभयो । संबिधानको मस्यौदा जारी गर्न १ महिनामात्र बाँकी भएको अवस्थामा पनि संबिधान निर्माणका काम अघि बढ्न नसक्नुमा माओबादी दोषी भएको कोइरालाको आरोप थियो ।
शान्ति प्रक्रिया पुरा गर्ने समयसीमा सहितको प्रतिबद्धता आए संसद अवरोध अन्त्यः केसी
काठमाडौ, १६ साउन । नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले एकीकृत नेकपा माओवादीले शान्ति प्रक्रिया निश्कर्समा पुर्याउने निश्चित समयसीमा सहितको खाँका ल्याए काग्रेसले संसदमा जारी अवरोध अन्त्य गर्ने बताउनुभएको छ । राजधानीमा आज आयोजित साक्षात्कार कार्याक्रममा नेता केसीले काग्रेस लोकतान्त्रिक दल भएकोले जनताको आवाज रोक्ने गरी संसद अवरुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाले वाईसीएलको अर्धसैनिक संरचना खारेजी, कब्जा गरिएका सम्पत्ति फिर्ता, हतियार र लडाकुको ब्यवस्थापन अन्र्तगतको रिगु्रपिङ, पुर्नस्थापनाको प्याकेज, संख्या र दर्जाको विषयमा समयसीमा सहितको प्रतिवद्धता आउनु पर्ने धारणा राख्नुभयो । नेता केसीले पछिल्लो समयमा संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टी भित्र चलेको बहसमा काग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलका नेता बाहेकका नेता पनि प्रधानमन्त्री बन्न सक्ने बताउनुभयो । शान्ति प्रक्रिया र संविधानसभाको जिम्मेवारी पुरा गरेको काग्रेसको नेतृत्वमा मात्रै शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अगाडि बढ्न सक्ने भन्दै उहाले पाँच बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन गरेर प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने तर्क गर्नुभयो ।
ससदीय अनुगमन
चाडपर्बको मौका छोपेर खाद्यपदार्थमा हुने गरेको मुल्यबृद्धि र तीनको गुणस्तर बारे ससदीय समितीले आज बाट बजार अनुगमन सुरु गरेको छ । ससदको अर्थ र श्रम सम्बन्ध समिती अन्तर्गतको श्रम, यातायात, उद्योग, बाणिज्य र आपुर्ति उपसमितले आज बाट बजार अनुगमन गर्न सुरु गरको हो । उपसमितीले आज दुधमा हुने गरेको मिसावटको बारेमा अनगमन गरेको छ । यस क्रममा उपसमितीले बबरमहल स्थित काठमाण्डौ डेरीमा गई अनुगमनका गरेको छ । अनुगनका क्रममा टोलीले गोदाममा भण्डारण गरि राखेको अबस्थामा ठुलो परिमाणमा काष्टिङ सोडाका प्याकेट फेला पारेको छ । स्वास्थका लागी हानीकारक मानिएको उक्त सोडा दुघमा प्रयोग हुने गरेको छ या छैन भन्ने बारेमा परिक्षण कार्य भई रहेको उपसमितीका सयोजक शान्ति बस्नेत अधिकारीले जानकारी दिनु भयो । डेरिले भने घर तथा पाइप सफा गर्नका लागी उक्त सोडा प्रयोग गर्ने गरेको दावी गरेको छ । समितीले अनुगमन गर्ने ठाउँहरु भने गोप्य राखिएको छ ।
चाड पर्बको मौका छोपेर बजारमा खाद्य पदार्थकोे कृतिम अभाब सिर्जना गरि मुल्य बृद्धि गरिने गरिएकाले बेलैमा अनुमन सुरु गरिएको सयोजक अधिकारीले जानकारी दिनु भयो । समितीले कालोबजारी गरेको पाइएमा तुरुन्त कारबाही गर्न निर्देशन दिनेछ ।
आकाशेपुल बनाउन नरोकिए कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौं १६ साउन । राजधानीका विभिन्न स्थानमा आकाशेपुल बनाउन इन्नोभेटिभ कन्सेष्ट नामको ठेकेदार कम्पनीलाई १८ वर्षका लागि लिजमा सम्झौता गरि आकासे पुल बनाउन सुरु गरेको प्रति असन्तुष्टी प्रकट गर्दै आकाशेपुल संयुक्त संघर्ष समितिले कुनै पनि हालतमा बनाउन नदिने चेतावनी दिएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले आफूहरु आकाशेपुलको विरोधी नभएपनि आकाशेपुलको नाममा व्यापारिक कम्प्लेक्स बनाउने षडयन्त्र गरिएको भन्दै पुल निर्माण कार्य तत्काल बन्द नगरिए कडा संघर्षमा उत्रने चेतावनी दिएको हो ।
संघर्ष समितिले आकाशेपुलको कारण चीन सरकारको सहयोगमा बन्न लागेको ८ लेनको रिङ्रोड निर्माण कार्य रद्द हुने समेत दाबी गरेको छ । समितिले काठमाडौको अतिव्यस्त चोकहरु कलंकी चोक, नयाँबानेश्वर चोक, गंगबु बसपार्क तथा माछापोखरी चोकमा स्थानीय जनताको कुनै राय सल्लाह नलिई करोडौं रुपैंयाको चलखेल गर्दै पुलिस प्रशासनको आड मा एकतर्फिरुपमा आकाशेपुल बनाउन लागेको आरोप लगाएको छ ।
आर्थिक समाचार
पर्यटन वर्ष–पत्रकार सम्मेलन
काठमाडौँ, १६ साउन । नेपाल पर्यटन वर्ष २०११ अभियानको क्रममा घोषित लक्ष अनुसार पर्यटक भित्रिने नेपाल पर्यटन बोर्डले दावी गरेको छ ।
१० लाख पर्यटक भित्र्याउने लक्षसहीत घोषणा भएको पर्यटन वर्ष २०११ को सात महिनाको अवधिमा करिब सात लाख पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । पर्यटन बोर्डले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन वर्षको अन्त्यसम्ममा लक्ष अनुसार नै पर्यटक भित्रिने विश्वास बोडैले लिएको छ । बोर्डले पर्यटन वर्षको प्रचार प्रसारले देशव्यापीरूपमा पर्यटन प्रवद्र्धनको लहर छाएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल भ्रमण गर्न खतरा नरहेको सन्देश पुगेको समेत दावीगरेको छ ।
पर्यटन वर्ष घोषणापछि आन्तरिक तथा बाह्य क्षेत्रमा प्रचारप्रसार गर्ने क्रममा हालसम्म भएको २५ वटा अन्तर्राष्ट्रिय मेलामध्ये सातवटा युरोप, दुईवटा अमेरिका, छवटा भारत र दसवटा एसियाली मुलुकमा नेपालको सहभागीता भएको बोर्डले जनाएको छ । आगामी दिनमा पनि अन्तराष्टिय पर्यटन वजारमा प्रचारप्रसारको कार्यलाई थप तिब्रता दिइने र त्यसक्रममा बोर्डले चीन, भारत र अन्य देशहरुमा गरी १३ करोड रुपैयाँ खर्च गरिने बताइएको छ ।
अन्तारष्ट्रिय समाचार
इण्डोनेसियाको पपुवामा हिंसा हुँदा २१ जनाको मृत्यु
अवेपुरा, १६ साउन । इण्डोनेसियाको अशान्त पपुवा क्षेत्रमा चुनाव सम्बन्धी झगडा र एक भीडयुक्त मिनीबसमा गोली चलाउँदा २१ जनाको मृत्यु भएकोे छ । घटना स्थानीय चुनाव हुनुअघि आदिवासी छापामारले इण्डोनेसियाली शासन विरुद्ध कमजोर विद्रोह जारी रहँदा नै भएको हो । सबैभन्दा डरलाग्दो मानिएको हिंसामा दुर्गम पुन्साक जिल्लामा प्रतिद्वन्द्वी उम्मेदवारका समर्थकबीच भीडन्त हुँदा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । भीडले तरबार, ढुङ्गा, भाला लिएर घर र गाडीहरूमा आगो लगाउँदै हिँडेका स्थानीय प्रहरी प्रमुख अलेक्स कोरवालाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
खेल समाचार
नेपालद्वारा भानुआतु पराजीत
काठमाडाँै, १६ साउन । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भानुआतु लाई १५९ रनको विशाल अन्तरले पराजीत गरेको छ । केही बेरअघि सम्पन्न खेलमा नेपालले जितका लागि दिएको २५१ रनको चुनौतीलाई पछ्याइरहेको भानुआतु ३० दशमलब ५ ओभरको समाप्तीमा मात्र ९१ रनमा अल आउट भएपछि नेपाललाई उत्कृष्ट जीत हात लागेको हो । यो जीत संगै नेपालले विश्वकपमा छनौट हुने सम्भावनालाई बलियो पारेको छ ।
भानुआतुलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरु राहुल विश्वकर्मले ४ र कृष्ण कार्कीले ३ विकेट लिएका थिए । यस्तै भुवन कार्कीले २ र कप्तान पृथु बास्कोटाले १ विकेट लिन सफल भएका थिए ।
आयरल्यान्डको डब्लिनमा सम्पन्न खेलमा नेपालले टस जिती पहिले ब्याटिङ रोज्दै निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभर खेल्दै सबै विकेट गुमाएर २५० रनको विशाल योगफल तयार पारेको थियो ।
विपक्षलाई विशाल रन चुनौति खडा गर्ने क्रममा सागर पुनले ५१ रन, नरेश बुढा ऐरले ५० रन, राजेश पुलामी मगरले २३ रन, कप्तान पृथु बास्कोटाले १८ रनको योगदान दिएका थिए । यस्तै शुभेन्दु पाण्डे र राहुल विश्वकर्माले समान १४ रन, प्रदीप ऐरीले ११ रन र फज्लुर रहमानले ५ रन बनाएर बाहिरिएका थिए । भुवन कार्की २० रन बनाएर अविजित रहे ।
No comments:
Post a Comment