![]() |
Nepali Notes (Money) |
अशोक दाहाल
काठमाण्डौँ । जनताको सेवा गर्ने पेशामा लागे नेताहरु सँग सम्पति कति होला ? धेरैको अनुमान हुनसक्छ, साधारण एउटा घर, खानपुग्ने जग्गा र दुईचार लाख देखी १० लाखसम्म नगद । र धेरैजसो नेताहरुले पार्टीमा र मन्त्रीहुँदा सरकारलाई बुझाउने गरेको सम्पति विवरण यस्तै हुन्छ । तर संविधानसभाको निर्वाचन यता पटक पटक सरकारमा रहेका मधेशवादी दलसंवद्ध मन्त्रीहरुको सम्पति विवरण आम नागरिकले अनुमान गरेभन्दा बढि छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको सम्पति विवरणमा सबैभन्दा धनी मन्त्री देखिएका छन् भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठी । तराई मधेश लोकतान्त्रीक पार्टीका सहअध्यक्ष समेत रहेका त्रिपाठीसँग बजारभाउ ५० हजार माथि प्रतितोला रहेको सुनमात्र १९४ तोला छ । त्रिपाठीले आफूसँग २२ किलोग्राम चाँदी रहेको सम्पति विवरण फारममा उल्लेख गरेका छन् । मन्त्री त्रिपाठीसँग राजधानी उपत्यकामा मात्र सात रोपनी भन्दा बढि जग्गा छ । उनको नवलपरासी र रुपन्देहीमा गरि करिब २१ विगाह जग्गा छ । मन्त्री त्रिपाठीको करिब साढे तीन करोड ऋण र ६ लाख नगद बचत छ । उनले बिभिन्न बैंक तथा नेपाल संस्थानमा शेयर लगानी गरेका छन् । मन्त्री त्रिपाठी मात्र होइन, अधिकांश मधेश केन्दीत दलसंवद्ध मन्त्रीहरुको को त्यसकै हाराहारी सम्पति छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार र स्वास्थ तथा जनसंख्यामन्त्री राजेन्द्र महतो, उद्योगमन्त्री अनिल झा, महिला बालवालीका मन्त्री दानबहादुर चौधरी लगायतका मन्त्रीहरुसँग ९० तोला बढि त सुनमात्र छ । पटक मन्त्री भएका गच्छदारसँग ९१ तोला सुन र ३०० तोला चाँदी सञ्चित छ । गच्छदारसँग राजधानीको ललितपुरमा १३ आना जग्गाका अलावा सुनसरीमा एक घर र एक विगाह बढि जग्गा छ । गच्छदारले छोराका नाममा बिभिन्न ब्यवसायीक कम्पनी सञ्चालन गर्नुका साथै बिभिन बैंङ्कमा शेयर लागानी समेत गरेका छन् ।
बाबुराम भट्टराई मन्त्रीमण्डलकै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोसँग ९५ तोला सुन, ३ किलो चाँदीका साथै पाँच लाख नगद छ । सद्भावना अध्यक्ष समेत रहेका महतोसँग राजधानी उपत्यकामा मात्र करिब चार रोपनी जग्गा र सर्लाही र धनुसामा गरि पाँच विगाह जग्गा छ । भट्टराई सरकारकै उद्योगमन्त्री अनिल झा सँग १७५ ग्राम सुन र १५० ग्राम चाँदी रहेको सम्पति विवरण मन्त्रीपरिषद् कार्यालयमा बुझाएका छन् । महिला बालवालीका तथा समाजकल्याण मन्त्री दानबहादुर चौधरीले पनि १०० तोला सुन र २०० तोला सुन रहेको सम्पति विवरण फारममा उल्लेख गरेका छन् । सञ्चारमन्त्री जेपी गुप्ताले पनि ८५ तोला सुन र ३०० तोला चाँदी रहेको उल्लेख गरेका छन् । गुप्तासँग पनि राजधानी उपत्यका र सप्तरीमा प्रसस्तै जग्गा छ ।
कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तसँग ५५ तोला सुन र २५ तोला चाँदी, स्वाथ्य राज्यमन्त्री सरोजकुमार यादवसँग ५० तोला सुन २५० तोला चाँदी, सिँचाईमन्त्री महेन्द्र यादवसँग १० तोला सुन र १०० तोला चाँदी छ । वातावरणमन्त्री हेमराज तातेडसँग पैतृक सम्पति र दाइजोबाट प्राप्त सुन १२ तोला, चाँदी २५० तोला छ । भट्टराई सरकारका अघिकांश मन्त्रीहरुले सम्पति नभएको देखाएपनि अर्थमन्त्री बर्षमान पुनले भने सुन १५ तोला, चाँदी आधा केजी रहेको सार्वजनिक गरेका छन् । उनका बुबाआमासँग जग्गा बिक्रीबाट प्राप्त सात लाख नगद छ । वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको निर्मला भट्टको नाउँमा कैलाली जिल्ला गेटा गाविस–३ मा दुईवटा पक्की घर तथा दुई बिघा पैतृक जग्गा र पार्टीले दिएको एउटा जीप छ ।

1 comment:
Mangshir lage ko cha mantri sangha kehi sun magnu paryo ki kya ho ...?????????
Post a Comment