![]() |
Prime Minister of Nepal DR. Baburam Bhattarai |
काठमाण्डौँ । प्रधानमन्त्री डा बाबुराम भट्टराइले वर्तमान सरकार जम्बो बनाउनु आफ्नो बाध्यता भएको दावी गर्नु भएको छ । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा कुरा गर्दै भट्टराइले आफुलाइ मन्त्री छान्ने सुविधा नभएको भन्दै गठबन्धन सरकारमा दलहरुले गरेको प्रस्तावलाइ स्वीकार गर्दै सपथ गराउनु आफ्नो बाध्यता भएको दावी गर्नुभयो ।
भट्टराइले भन्नुभयो ः मलाइ कतिपय मन्त्रीको नाम पनि थाहा छैन, कतिलाइ म चिन्दिन पनि र कतिको मलाइ राजनैतिक पृष्ठमूमी समेत थााहा छैन । प्रधानमन्त्री भट्टराइले मन्त्रीमण्डल विस्तारलाइ क्षणिक परिघटनाको रुपमा लिन आग्रह गर्दै मुख्य कुरा शान्ति र संविधान भएकाले जनतलाइ त्यतातिर केन्द्रीत नहुन जनतलाइ आग्रह गर्नुभयो । भट्टराइले पछिल्लो समय आफ्नो आलोचना भइरहेको बारे आफु सचेत रहेको समेत बताउनुभयो । मैले राजनैतिक जिवनलाइ दाऊमा राखेर बहुमतिय सरकारको नेतृत्व सम्हालेको हुँ भट्टराइले भन्नुभयो ः आम युवामा रहेको निराशा कम गर्न र देशको आर्थीक विकासका लागी केही सुधारका काम गर्न सके मात्र मलाइ पास मार्क दिनुहोस् । भट्टराइले सात बुदेँ सहमतिले नयाँ संविधान निमार्णमा सहयोग गरेका दावी समेत गर्नुभयो ।
त्यस्तै सभासद् बालकृष्ण ढुङ्गेलेलाइ आममाफि दिन राष्ट्रपतिको सिफारिस गरिएको बारे प्रधानमन्त्री भट्टराइले जनयुद्धका क्रममा लगाइएको मध्ये एक मात्र ढुङ्गेलको मुद्या सर्वोच्चबाट फैसला भएकाले उनलाइ आममाफी दिइनुको विकल्प नभएको बताउनुयभो । उहाँले ढुङ्गेलको मुद्या राजनैतिक भएको दावी गर्दै क्षमादान र मेलमिपलापबाट अगाडी बढ्नुपर्ने बताउनुयभो । द्धन्द्धका क्रममा १३ हजार मान्छे मारिका छन् ३ हजार सेना र प्रहरीका होलान् बाकीँ माओवादीका छन् । यदी सबै ब्यक्ति ब्यक्तिलाइ मुद्या लगाउँदै जाने हो भने लाखौँ मान्छे बाँकी रहदैँनन् ः भट्राइले भन्नुभयो ः त्यत्रो मान्छेलाइ कसै कसै ले त पक्कै मारेकै हो । मेलमिलाप गरेर जानुको विकल्प छैन ।
भट्टराइले ढुङ्गेल साँडे आठ बर्ष जेल बसेको उल्लेख गर्दै पुनरावेदनमा मुद्या जितेकाले सभासद् ढुङ्गेल संविधान सभा निर्वाचनमा सहभागी भएको र सर्वोच्चमा मुद्या मामिलामा ध्यान नदिएकाले सर्वोच्चबाट फैसाला भएको टिप्पणी गर्नुभयो । द्धन्द्धका बेला भएको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट छानविन हुनपर्ने र सबैलाइ क्षमादान गरेर अघि बढ्नपर्ने भट्टराइको भनाइ थियो ।
सभासद् देवी खड्का बलात्कृत भएको प्रमाण भएपनि मुद्या दायर नगरिएको भन्दै भट्टराइले अब मेलमिलाप गरेर जानुको विकल्प छैन भन्नुभयो ।भट्टराइले आफ्नै पार्टिका बरिष्ट उपाध्क्ष मोहन बैद्य पक्षले सरकारको औचित्य समाप्त भएको भन्ने गरेको भनाइको खण्डन गर्दै बैद्य पक्षले वर्तमान प्रक्रियाको विरोध गरेको बताउनुभयो । उहाँले धोविघाट गठबन्धनका क्रममा सांगठनिक सुधारका लागी मात्र एकता भएको भन्दै वैद्य समुहसँग वैचारिक मतभेत नै ठुलो मुद्या भएको दावी गर्नुभयो ।
No comments:
Post a Comment