Chinese Premier Ben With Nepalese PM Bhattarai |
काठमाण्डौँ । भ्रमण अघिल्लो दिनसम्म पनि कुनै आधिकारीक जानकारी नदिइकन नेपाल आएका चिनिया“ प्रधानमन्त्री वेन जियाबाओले काठमाडौंमा थारै समय विताए पनि नेपालीको लागि भने धेरै नै गरे । करिब ५ घण्टाको निकै व्यस्त सेडुलमा प्रधानमन्त्री, राजननीतिक दलका शिर्ष नेताहरुको साथै राष्ट्रपति डाक्टर रामबरण यादबस“ग पनि भेट घाट गरे, चीनीया प्रधानमन्त्रीले । अरु भेटघाटा औपचारिक भए पनि नेपाल सरकार र चिन सरकारबीच भएको औपचारिक बार्ता भने नेपालको लागी निकै फलदायी रह्यो । बार्तामा ८ बुदें सहमित भएको थियो । बार्तामा नेपालको लागि चिन सरकारले करिब पौने ३ अबै रुपैंया दिने सहमति जनायो । चिनिया“ समकÔी जियाबाओ र नेपालका प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीचको बार्तापछि विभिन्न शीर्Èकमा गरिएको समझदारी हस्ताÔरमा चीन सरकार ३ अर्ब रुपैंया“ दिन सहमत भएको हो ।
त्यति मात्र नभएर चिनिया एक्जिम बैकबाट नेपाललाइ सहुलियत दिने सहमति समेत भएको छ । चीनका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा चीनका अर्थमन्त्री र नेपालका अर्थमन्त्रीले यो सहमतिमा हस्ताक्षर गरेका गरेका थिए । त्यसैगरि चिन सरकार नेपाल सरकारलाइ अर्थिक तथा प्राविधक अनुदान सहयोगतर्फ २ अर्ब ६० करोड दिन चिन सरकार राजी भएको छ । त्यसैगरि नेपाल प्रहरी सुदृढीकरण्ँका लागि १३ करोड रुपैया“ र सशस्त्र प्रहरी बलको सुदृढीकरण्ँका लागि ५ करोड २० लाख रुपैया अनुदान दिने सम्झौतामा समेत चिन सरकारले हस्ताक्षर गरेको छ ।
त्यसैगरि सम्झौतामा नेपाल–चीन सीमा क्षेत्रमा सुख्खा बन्दरगाह व्यवस्थापन, सीमा क्षेत्रका बासिन्दाले चरण क्षत्रको उपयोग गर्न पाउने सुविधा, दुवै मुलुकका विदेश मन्त्रालयबीच सहयोग आदानप्रदान गर्ने समेत रहेको छ । त्यसैगरी आथिक तथा प्राविधिक सहयोग प्रवर्धन, सशस्त्र प्रहरी बलका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना, गृह मन्त्रालयमार्फत प्रदान गर्ने गरी नेपाल प्रहरीलाई आवश्यक उपकरन लगायत भौतिक सामग्री दानसम्बन्धी तीन फरक सम्झौतमा सहमति भएको थियो । सांस्कृतिक आदानप्रदान तथा ऋण् व्यवस्थापनका लागि संयन्त्र खडा गर्नेसम्बन्धी एक सम्झौतामा पनि हस्ताक्षर भएको बताइएको छ ।
चीन सरकारले यस अघि नेपालको पृथ्वि राजमार्ग, गोर्खा नारयाणघाट सडक खण्ड, काठमाडौंको रिङरोड निर्माण गरिदिएको छ । त्यसैगरि दशरथ रंगशाला विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन, बा“सबारी छालाजुत्ता कराखना, लुम्बीनी चिनी उद्योग, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर , पोखरा बाग्लुङ सडक खण्ड पनि निर्माण गरेको छ । त्यसैगरि चालु परियोजनमा स्याफु्रबेसी रसुवा सडक खण्ड, तातोपानी सुख्खा बन्दरगाहा, काठमडौंमा रिङरोड सुधार र ६० मेगावटको माथिल्लो त्रिशुली जलविद्युत योजनमा अहिले लगानी गरेको छ ।
चीनका प्रधानमन्त्री आकस्मिकरुपमा भए पनि नेपाल आइपुगे र नेपाल सरकालाइ धेरै दिने बाचा गर्दै फर्किए पनि । यसअगाडी पुष ५ गते नेपाल भ्रमण तय गरेका चीनीया प्रधामन्त्रीले अचानक भ्रमण स्थगित गरेपछि सरकारको आलोचना निकै भएको थियो । तर ५ चैं घण्टा भए पनि चीनया प्रधानमन्त्रीको भ्रमण गराएरै भए पनि सरकार कुटनीतिक रुपमा सफल भएको दाबी गरेको छ अनि त्यहीअनुसारको आर्थिक लाभ अहिलेलाई कागजीरुपमा नै भए पनि लिन सफल भएको छ । कम्तीमा पनि छिमेकी राष्ट्रको सदासयतालाइ सम्मान गर्दै चीन सरकारले नेपाललाइ दिएको अर्थिक तथा प्राविधिक सहयोगको उपयोग गर्नु जरुरी छ ।
कसरी बित्यो बनेका पाँच घण्टा
मनोज सत्याल
काठमाण्डौँ । चार घन्टाको अति ब्यस्त नेपाल भ्रमण पुरा गरि चिनिया प्रधानमन्त्री वेन जिया वाओ कतारको दोहा प्रस्थान गर्नु भएको छ । विषेश विमानबाट बिहान पौने बाह्र बजे नेपाल आइपुग्नु भएका प्रधानमन्त्री वेन साँझ साँडे चार बजे कतार प्रस्थान गर्नु भएको हो ।
त्यसअघि त्रिभुवन विमानस्थलमा चिनियाँ प्रधानमन्त्री बेनलाइ प्रधानमन्त्री डा बाबुराम भट्टराइ, सभामुख सुवाषचन्द्र नेम्वाङ्ग र परराष्ट्रमन्त्रि नारायणकाजी श्रेष्ठ प्रकाशले स्वागत गर्नु भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री वेन सिधै सिंहदरबार पुग्नु भएको थियो । साँडे १२ बजे सिंहदरबार पुग्नु भएका बेनले झण्डै आधा घण्टा प्रधानमन्त्री डा बाबुराम भट्टराइसँग भेटवार्ता गर्नु भएको थियो । त्यसपछि उहाँ नेपाल चिन दुइपक्षिय वार्तामा सहभागी हुनु भयो । दुबै देशका प्रधानमन्त्रीको उपस्थीतमा भएको वार्तामा मन्त्रि र सचिव स्तरमा चार वटा सम्झौता, दुइ वटा समझदारी र दुइ वटा एक्जेन्स अफ नोटमा हस्ताक्षर भयो ।
त्यसपछि वेन नेपालका प्रधानमन्त्री बाबुराम भट्टराइले आयोजना गर्नु भएको दिवा भोजमा सरिक हनुभयो । सोही क्रममा वेनले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल लगायतसँग भेटवार्ता गर्नुभयो ।
दलका नेताहरु सँगको भेटपछि बेन सिधै राष्ट्रपति डा रामवरण यावदसँग भेट गर्न राष्ट्रपति कार्यलय शितल निवास पुग्नु भएको थियो । झण्डै बिस मिनेट सम्म भएको औपचारिक भेटमा उहाँहरु बिच एक अर्को देशप्रति सद्भाव र समझदारी कायम गर्ने विषयमा छलफल भएको थियो । त्यहाँबाट बेन सिधै त्रिभुवन विमानस्थल प्रस्थान गर्नु भएको थियो । विमानस्थलमा वेनलाइ प्रधानमन्त्री डा बाबुारम भट्टराइ, सभामुख सुवाषचन्द्र नेम्वाङ्ग तथा परराष्ट्रमन्त्रि नारायणकाजी श्रेष्ठले बिदाइ गर्नु भएको थियो ।
सरकारद्धारा भ्रमण सफल भएको दावी
अशोक दाहाल
सरकारले चिनियाँ प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण सफल भएको दावी गरेको छ । नेपालको सुरक्षाबारे चिनलाइ आश्वस्त पार्न नसक्दा भ्रमण हुने केही घण्टा अघि मात्र औपचारिक रुपमा जानकारी गराएको सरकारले भ्रमणलाइ आफ्नो कुटैनिक सफलता भएको समेत ठाकुवा गरेको छ ।
चिनियाँ प्रधानमन्त्रीको बिदाइ लगत्तै आयाजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रि नारायणकाजी श्रेष्ठले भ्रमण सफल भएको दावी गर्नुभयो । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रि श्रेष्ठले चिनले भ्रमणका दौरान चिनियाँ प्रधानमन्त्री जिआबाओले नेपालको शान्ति र संविधानका निम्ति यथाशक्य सहयोग गर्न तत्पर रहेको बताउएको जानकारी दिनुयभो ।
परराष्ट्रमन्त्री श्रेष्ठले जियाबाओको भ्रमण फलदायी भएको भन्दै यस भ्रमणले दुइ देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत मिलेको उल्लेख गर्नुभयो ।
नेपालका राजनीतिका पाटीृलाई चिनको भ्रमणका लागि निम्तो आएको भन्दै श्रेष्ठले शान्ति र संबिधानको पूर्णताका लागि भईरहेका प्रयासहरुको प्रससां गर्दै नेपालको बिवाकासमा सहयोग गर्न छिमेकी देशका हिसावले चीन सदैव तयार रहेको बताएको उल्लेख गर्नुभयो ।
श्रेष्ठले दुई पक्षीय छलफलमा काठमाडौ लुमिबनी जोड्ने रेलमार्ग,पोखरा विमानस्थल र केही हाईडोपावरहरु बनाउन सहयोग गर्न प्रस्ताव गरेको र सो प्रस्तावमा चिनका तर्फबाट सकारात्मक सहयोग रहने बताएको उल्लेख गर्नुभयो । नेपालको सिमानासम्ममा रेल मार्ग ल्षउयन चीन सरकारले तयारी सुरु गरिसकेको वेनले बताएको श्रेष्ठले उल्लेख गर्नुभयो ।
भ्रमण औपचारीक ः चिन
चिनीया“ विदेश मन्त्रालयले प्रधानन्त्री वेन जीयावाओको नेपाल भ्रमण औपचारीक भएको जनाएको छ । चिनिया“ विदेश मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै नेपालका प्रधानन्त्री डाक्टर बाबुराम भट्टराईको निमन्त्रणामा वेन औचारीक नेपाल भ्रमणमा आएको उल्लेख गरेको हो । यसअघि नेपाल ट्रान्जिट परेका कारण मात्र वेन नेपाल आउन लागेको बताइएको थियो ।
विदेश मन्त्रालयको विज्ञप्तीमा वेन नेपला सहित अरब राष्ट्रहरुको औपचारीक भ्रमणमा जान लागेको उल्लेख गरिएको छ । चिनीया“ विदेश मन्त्रालयको विज्ञप्ती अनुसार जियावाओको भ्रमण दलमा दलमा विदेश मन्त्री याङ जेइची, राष्ट्रिय विकास तथा सुधार मन्त्री झाङ पिङ, वाण्ँिज्यमन्त्री चेन डेमिङ, राज्य परिषद्को अनुसन्धान कार्यालयका निर्देशक सीइ फुझान, राज्य परिषद्का उप महासचिव जिओ हुनचेङ, राज्य परिषद्का उपमहासचिव तथा प्रधानमन्त्री कार्यालयका निर्देशक जियाङ झोउलुन तथा उप विदशेमन्त्री झाई जुन सहभागि रहेको उल्लेख गरिएको छ । नेपाल पछि कतार हु“दै वेन दुवइको अबुधाबीमा हुने चौथो विश्व उर्जा सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ । वेन नेपाल प्रस्थान गरेपछि मात्र सार्वजनिक गरिएको भ्रमण कार्यक्रममा नेपालमा हुने भेटवर्ताबारे भने उल्लेख नगरिएको चिनीया अनलाइन चाइना डट ओआरजीले जनाएको छ ।
No comments:
Post a Comment