Tuesday, February 21, 2012

मन्त्री नै भष्ट्राचारी ठहर : क्याबात सर्वोच्च


Misnister Jay Prakash Gupta
मनोज सत्याल
सर्वोच्च अदालतले सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भष्ट्राचार गरेको ठहर गरेको छ । २०४८ साल देखी २०५९ साल सम्म सञ्चार मन्त्री, कृषी मन्त्री, तथा सांसद र प्रधानमन्त्रीको प्रेस सल्लाहकार रहँदा गुप्ताले कमाएको धनको स्रोत नखुलेको भन्दै सर्वोच्चले भष्ट्राचार गरेको सर्वोच्चको ठहर हो । साथै सर्वोच्चले गुप्तालाई डेढ बर्ष जेल र ८४ लाख ९ हजार नौ सय २८ रुपैँया नगद जरीवानाको फैसला सुनाएको छ ।  

न्यायाधिशद्धय शुसिला कार्की र तर्कराज भट्टको इजलासले गुप्ताको मुद्याको फैसला सुनाएको हो । गुप्ताको मुद्या २०६४ कात्तिक २२ गतेदेखी सर्वोच्चमा विचारधिन रहँदै आएको थियो । 
  • डेढ बर्ष जेल र ८४ लाख ९ हजार नौ सय २८ रुपैँया नगद जरीवानाको फैसला 

त्यसअघि विषेश अदालतले भने गुप्ताले भष्ट्राचार नगरेको ठहर गरको थियो । विषेश अदालतले हराए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताले भष्ट्राचार गरेको ठहर गर्दै सर्वोच्चमा मुद्या दायर गरेको थियो । सर्वोच्चका फैसलाका कारण गुप्ता स्वतह पदमुक्त भएका छन् ।  


यसैबिच सञ्चारमन्त्री जेपी गुप्ताले सर्वोच्च अदालतमै आत्मसमर्पण गरेका छन् । मन्त्री गुप्ताले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । सर्वोच्चमा आत्मपसर्पण गरे पच्चिस प्रतिशत सजाय मिनाहा हुनेछ । नेपालको इतिहासमै कुनैपनि ब्यक्ति मन्त्री पदमा रहँदा सर्वोच्चले भष्ट्राचार गरेको ठहर गरेको यो पहिलो पटक हो । 

No comments: