Sunday, February 26, 2012

छैठौँ खेलुकुद सुरु, सदुरपश्चिमको आशा

दीपेन्द्र गुरुङ
घरेलु खेलकुदको महाकुम्भ मेला राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौ सँस्करण आजबाट सुदुरपश्चिमको कैलाली र कञ्जनपुरमा सुरु भएको छ । प्रतियोगिताको आज एक भब्य समारोहकाबिच राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभयो । 

राष्ट्रपति डा. रामवरण यादव छैटौँ राष्ट्रिय खेलकुद उत्घाटनकै लागी आईतबार बिहान काठमाण्डौँबाट कैलालीको धनगडी ओर्लिएका थिए । कैलालीको तेघरी स्थित नेपाल आर्मिको ब्यारेकमा पुगी सेनाको सुरक्षामा प्रतियोगिताको आयोजना स्थल धनगडी स्थित क्षेत्रीय रङगशालामा पुगेका राष्ट्रपति डा. यादवले छैटौ राष्ट्रिय खेलकुदको उद्घाटन गरेका थिए । 

यस पछि सुरु भएको साङगीतिक प्रस्तुती र यस अघिको बिभिन्न सस्कृति सल्कने झाकी प्रदर्शनीले छैटौँ राष्ट्रिय खेलकुद उद्घाटन समारोहको माहोलनै बेग्लै बनाएको थियो । सुदुर पश्चिममा बसोबास गर्ने बिभिन्न जाती जनजातीहरुमा प्रचलीत सस्कृती र पहिरन सहितको बिबिधतापुर्ण झाकी प्रस्तुतीले छैटौ राष्ट्रिय खेलकुदको उत्घाटन समारोह रोमाञ्चक बनेको थियो । 

संगितमय बनेको उत्घाटन समारोहमा यसपछि ससत्रप्रहरी बलले कलात्म ड्रिल प्रस्तुत गरेको थियो भने स्थानीय बिद्यालय बिद्यालय बिद्या सदन र कैलाली प्याब्सनका बिद्यार्थीहरुले बिभिन्न गित सँगितमा नृत्व प्रस्तुत गरेका थिए । 

छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका लागी स्थानिय कलाकारलाई बढि प्राथमिकता दिएको थियो । प्रतियोगिताको उत्घाटन बिभिन्न सास्कृतिक तथा साङगितीक प्रस्तुतीहरुको प्रदर्शनीसँगै साझमा आतासबाजी गरी सम्पन्न भएको छ । 

No comments: