मनोज सत्याल
काठमाण्डौँ । जात्रा भन्ने वित्तिकै हामी झट्ट रमाईलो भन्ने बुझ्छौँ । हुन पनि हो जात्रा रमाईलो गर्ने र भेटघाटको अवसर पनि हो । त्यस्तै पर्व हो गाईजात्रा जुन रमाईलो छ तर शोकमा मनाइन्छ ।, शोकमा पनि रमाइलो गर्ने र कटाक्ष गर हसाँउर्ने पर्व सम्झदाँ अचम्म लाग्दो छ । तर सबैले मृत्युमा शोक मनाउँछन् र शोकमा हसाउँने जात्रा हो गाईजात्रा । शोक हुन्छ तर शोकबाट मुक्ति र हाँसेर बाच्नुपर्छ भन्ने सिकाउने पर्व हो गाईजात्रा । त्यसो त कुरा काट्नु अरुलाई उडाउनु, सार्वजनिक पदमा रहेका ब्यक्तिको हाउभाउ लगायतका अन्य कामको नक्कल गर्नु अपराध हो अन्य मुलुकमा । तर नेपालमा हसाउँनका लागी त्यसरु उडाउन र कुरा काट्न छुट छ । त्यो दिने हो गाईजात्रा ।

GaiJatra Nepal |
नेपालमा राजधानी काठमाडौ सहित देशका धेरै ठाउँमा सांस्कृतिक एवं परम्परागत पर्व गाईजात्रा मनाउने प्रचलन छ । एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराउने पर्व गाईजात्रा हो । गाईको पुच्छर समातेर वैतणी नदी पार गरिने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउँदै आइएको छ । मल्त राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाएर सान्त्वना दिन मानिस मरेका घरघरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राजदरबारको प्राङ्गणमा जम्मा गराएर रानीलाई देखाएपछि यो जात्रा प्रारम्भ भएको मानिन्छ । रानीलाई सबैको घरमा शोक पर्छ भन्ने देखाउन राजाले जात्रा निकाल्न लगाएको किम्बदन्ति रहेको छ ।
त्यतिले पनि मन शान्त हुन नसक्दा शोकहरण गर्न हँसाउने कार्यक्रमको आयोजनाका लागि राजआज्ञा जारी गर्नुभयो र गाईजात्राको चलन शुरु भएको मानिन्छ । हिजोआज सामाजिक विकृति, कुरीति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्गयात्मक शैलीमा आलोचना गर्दै हास्यव्यङ्ग कार्यक्रम गर्ने प्रचलन छ । यो जात्रा काठमाडौ उपत्यकाका साथै वनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, ईलाम, धनकुटा, पाल्पा, धरान, विराटनगर, हैटौडा, विरगंज, डोटी र पोखरा लगायतका ठाउँमा विशेष तरिकाले मनाउने गरिन्छ । जनैपूर्णिमा अथात् ऋषि तपर्णीको भोलीपल्टको प्रतिपदामा यो जात्रा निकाल्ने गरिन्छ । भक्तपुरमा फरक गाईजात्रा
परम्परादेखि मनाईदै आएको गाईजात्रा भक्तपुरमा भने आठदिन सम्म मनाईने चलन रहेको छ । उपत्यका तिन शहर तथा अन्य स्थानमा भन्दा फरक शैलि भक्तपुरको गाइजात्रा रहेको संस्ंकृतिविद्हरुको मत छ । नेपाल भाषामा सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रममा गराएमा मृतआत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वासअनुरुप नै भक्तपुरमा नि गाइजात्रा मनाउने गरिन्छ । गाईजात्राका दिन बिहान सबेरै भक्तपुर तलेजु स्थानवाट भक्तपुरवासीले कुखुरा नवास्दै पहिलो तलेजुको ताहामचा बनाई देश परिक्रमा गर्ने प्रचलन छ । त्यसपछि वर्षभरि दिवंगत भएका व्यक्तिहरुको प्रतीक ताहामचा बनाइ भक्तपुर नगर परिक्रममा गर्ने गरिन्छ । गाईजात्राका दिन वर्ष दिनभित्र मरेका मध्ये मृत्यु संस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको सांचा वनाई नगर परिक्रममा गर्ने गरिन्छ भन्ने उमेर पुगेका व्यक्तिहरूको ताहामाचा वनाई नगर परिक्रम गर्ने प्रचलन रहेको स्थानिय संस्कृतविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् ।
गोपालराज वंशावलीमा पनि गाईजात्राको महिमा स्वरुप गाईजात्रा भन्ने उल्लेख गरिएको छ । यो गाईजात्रा पर्व कहिलेदेखि सुरु भयो भन्ने तथ्यगत प्रमाण नभएता पनि विक्रमको १४ औँ शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यमा यो गाईजात्रा सुरु भएको मानिन्छ । तलेजुको साः (ताहामचा) ल्याएर गाईजात्रा सुरु हुन्छ र सबभन्दा पछाडि भैरव र भद्रकालीको साः ल्याएपछि गाईजात्रा समाप्त हुन्ने प्रचलन रहेको छ ।
No comments:
Post a Comment