यदी तपाँइलाइ यो काम चलाऊ सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु पछिल्लो छ महिना कुन कुन देश घुम्न गए भन्ने सुचना चाहियो भने तपाँइ के गनुहुन्छ ?
पहिला त तपाँइ परराष्ट्र मन्त्रालयमा फोन गर्नुहुन्छ । किन कि विदेश भम्रणको सुचना त परराष्ट्र मन्त्रालय सँग हुन्छ । किनकी उसको काम नै विदेश भम्रण मिलाउने मन्त्रीहरु भम्रणको तालिका बनाउने हो । तर नेपालको परराष्ट्र मन्त्रालय सँग यसबारे कुनै सुचना छैन । उनीहरु सिधै भन्छन् ः मन्त्रीहरु निजी भम्रणमा जान्छन् । अनी सरकारी भम्रणमा पनी थाहै नदिइ जान्छन् । त्यसको लेखा जोखा तथा हिसाब किताब हामीलाइ थाहा छैन । हामी सँग त्यस्तो केही रेकर्ड नै छैन । को को कहिले विदेश गए बरु पत्रपत्रिका हुनुृस् ।
त्यसपछि पनि तपाँइले सुचना खोज्नुभयो भने अनी सुझाउँछन् कि तपाँइ यसको सुचना प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयबाट प्राप्त गर्न सक्नु हुन्छ । मन्त्रीपरिषद् बैठकबाट स्वकृती लिएर मात्र मन्त्रीहरु विदेश भम्रणमा जान्छन् । त्यसकारण तपाँइ त्यहीँ बाट सुचना लिनुहोस् । अब तपाँइ लाग्नु हुन्छ मन्त्रीपरिषद् कार्यलयमा । त्यहाँको कर्मचारीले तपाँइलाइ सुचना दिन्छन् कि यस्तो रेकर्ड मुख्य सचिव सँग हुन्छ । उहाँको कार्यलयबाट जानकारी लिनुहोस् । प्रधानमन्त्री कार्यलय सिधै पन्छीन्छ र भन्छ मुख्य सचिवको कार्यलयलाइ बैठकको निर्णय तथा अन्य जानकारी राख्ने कार्य दिइएको हुन्छ । तपाँइ जानुहोस् मुख्य सचिवको कार्यलयमा र बैठको निणर्य तथा मन्त्रीको पछिल्लो विदेश भम्रणको जानकारी लिुनहोस् ।
अब पालो भयो मुख्य सविचको कार्यलयको । कार्यलयका रिसेप्सन मै बसेका कर्मचारीलाइ सोेधपुछ गरौँ कि मलाइ मन्त्रीको विदेश भम्रणबारे मलाइ जानकरी चाहियो । म पत्रकार हुँ भनेर । तर ति कर्मचारीले बताउँछन् । मन्त्री परिषद्को बैठकमा छलफलका लागी लैजाने एजेण्डा तय गर्ने जीम्म बैठक शाखाको हो तपाँइ बैठक शाखाबाट जानकारी लिुनहास् ।
अब लागाँै प्रधानमन्त्री कार्यलयको मूख्य सचिवको कार्यलयको बैठक शाखामा जहाँ पासवर्ड सहितको ढोका बनाइएको छ । सर्व साधारणलाइ प्रवेश निषेध छ । विषेश कार्ड भएका मात्र भित्र छिर्न सक्छन् । तैपनी पत्रकार बनेर बल्ल बल्ल भित्र पस्यो त्यहाँ भेटिन्छन् । एक शाखा अधिकृत जसले उत्तर फकाँउँछन् कि बैठकको निणर्य हामीले सार्वजनिक गर्न मिल्दैन । हाम्रो काम त बैठकको एजेण्डा तय गर्नु तथा छलफल भएपछि त्यसको रेकर्ड राख्नु । उनीहरु यसको जानकारी प्रधानमन्त्री कार्यलयका प्रवक्ता सँग लिन भन्छन् ।
अब लागौँ प्रधानमन्त्री कार्यलयका प्रवक्ता लाइ भेट्न । उनी पनि भन्छन् हामी सँग त प्रधानमन्त्रीको विदेश भम्रणको रेकर्ड हुन्छ । अरु हुदैँन । तपाँइ लाइ कुन मितीको चाहिएको ः उनी उल्टो प्रश्न गर्छन् । मलाइ पछिल्लो ६ महिनाको रेकर्ड दिनुस् । त्यसपछि उनी तर्सन्छन् र भन्छन् । हामी सँग छैन । तपाँइ संचार मन्त्रालय गएर प्रत्येक मन्त्री परिषद्को निणर्य हेरर पत्ता लगाउनुहोस् ।
वास्तवमा भन्ने हो भने नेपालमा एक पत्रकारलाइ समेत सुचनाको पहुँचबाट यती टाढा राखिएको छ । सुचनाको वास्तविक वर्गिकरण गनेृ तथा फाइलिङ गर्ने जस्तो सामान्य काममा समेत ध्यान दिन्नन कर्मचारीहरु बरु घाम तापेर विताउँछन् उनीहरु । अब तपाँइ नै भन्नुस मन्त्रीहरुको विदेश भम्रण सम्बन्धी सुचना के संचार मन्त्रालय सँग होला । पक्कै छैन । उसले तपाँइलाइ सुचना विभागमा पठाउँछ अब सुचना खोज्न । अनी विभागमा कर्मचारी कम छन् । हामीले त्यसो गरेका छैनौँ भन्छन् ।
आखिरीमा एक पत्रकारलाइ सुचनाका लागी यति घुमाइन्छ र सुचना लुकाइन्छ भने अब सामान्य नागरिकले सुचना कहाँबाट पाउँछन् ? वास्तविकत रुपमै सुचनाको हक कायम राख्नु आजको टड्कारो आवश्यकता हो । अझ मन्त्रीहरुको खर्च विवरण खोजीयो भने कहाँ बाट भेटिएला । यस्तो अवस्थामा मानिस सुचना खोज्न बाट दिक्क हुदाँ भष्ट्राचारले मल जल पाउनु स्वभाविक हो ।
1 comment:
पत्रकारीताको प्रतिफल
Post a Comment