Monday, September 12, 2011

प्रहरीको दशैँ तिहार सुरक्षा योजना, चुनौति आफैँ भित्र

मनोज सत्याल/ नवराज मैनाली
काठमाण्डौँ । दशैँका बेला नेपालीहरु प्राय गाउँ फर्कन्छन् । काठमाण्डौँ त सुनसान मात्र होइन रित्तै हुन्छ । अन्य अवस्थामा झण्डै ६ लाख जना विभिन्न नाकाबाट काठमाण्डौँ आवाज जावत गरेपनि दशैँमा काठमाण्डौँ भित्रनेको भन्दा बाहिरिनेको संख्या निकै बृहत हुन्छ । जसका कारण काठमाण्डौँमा घरमा मानिस नभएको बेला चोरी हुने गरेको छ । अर्को कुरा दशैँका लागी जोहो गरिएको तथा किनमेल गरिएका सामान चोरी हुन्छन् । त्यस्तै दशैँमा रकमको अत्यधिक कारोबार हुने हुदाँ चोरहरुको आँखा पनि शिवजीकै जस्तो पैसा तिरै सोझिन्छन् । हुनत चोरहरुलाइ पनि दशैँमा पैसा चाहियो नचोरुन् पनि किन । तर त्यसलाइ रोक्न प्रहरी प्राय असफल हुने गरेको छ । 

सुरक्षा संवेदनशिल क्षेत्रहरु
  • छोटो दुरी एवं लामो दुरीका सवारी साधनहरु ।
  • साना तथा ठुला सवारी साधनहरुको क्तयउ क्तबतष्यल।
  • साना तथा ठूला बसपार्कहरु एवं विमानस्थल क्षेत्र ।
  • मठ, मन्दिर परिसर क्षेत्रहरु । चाडपर्वको अवसरमा गरिने विशेष समारोह एवं कार्यक्रमस्थलहरु ।
  • सुनचाँदी, कपडा, मिठाई तथा खाद्यान्न पसलहरु एवं आसपासका क्षेत्रहरु ।
  • बैंक तथा बित्तिय संस्था एवं अन्य नगदी कारोवार हुने क्षेत्रहरु ।
  • बिदाको बेला बन्द भएको सरकारी एवं गैह्सरकारी कार्यालयहरु ।
  • रात्रीकालिन व्यवसायहरु जस्तै ः होटल, लज, रेष्टुरेन्ट, डान्सबार, मसाज, लाईभ म्युजिक, पब आदी र आसपासका क्षेत्रहरु ।
  • स्थानिय भट्टी पसल र आसपासका क्षेत्र ।
  • चाडपर्व मनाउन उपत्यका बाहिर जानु परेको कारण खाली हुने घरहरु ।
  • चाडपर्वको अवसरमा हुने मनोरञ्जनात्मक एवं भोज, पार्टीजन्य स्थलहरु ।
यसअघि झै प्रहरीले दशैँका लागी यसबर्ष पनि विशेष योजना सार्वजनिक गरेको छ । दशैँमा प्रहरीहरुको बिदा कटौती गरि खटाइए पनि चोरीमा भने कमि आउने गरेको छैन । यद्यपी दशैँमा बिदा नपाइ देश र जनताका लागी चोरी डकैँती र लुटपाट रोक्न खटिने प्रहरीहरुको काम भने सह्रनिय छ ।  

पोहोर सालको दशैँका बेला महाराजगञ्जबाट चोरी गर्दा गर्दै सादा पोशाकका प्रहरी नै पक्राउ परे । कपनमा पनि लुटपाटमा प्रहरी संलग्नता भेटिएको थियो । प्रहरीहरुले विभिन्न ठाउँबाट दशैँ तिहार उपहार भनेर पैसा, सामान उठाउने गरेको घटनामा पनि छन् । ब्यवसायीहरुले प्रहरीहरुलाइ ब्राण्डेड रक्सी, विभिन्न सामाग्री तथा नगद समेत बुझाउने गरेको गुनासो गर्ने गरेका छन् । यदी यी समस्यालाइ कम गर्न सके प्रहरीको दशैँ तिहार सुरक्षा योजना सफल हुने थियो । 

प्रहरीको विषेश सुरक्षा योजना

नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्व २०६८ को अवसरमा हुन सक्ने संभावित घटना, दुर्घटनालाई नियन्त्रण गर्न तथा घटित घटनामा प्रभावकारी प्रहरी परिचालन गरी उपत्यकाको सुरक्षा अवस्थालाई व्यवस्थित एवं सुदृढ गराउन विगत बर्षहरुमा घटेका विविध घटनाहरुलाई समेत हृदयङ्गमगरी यो “दशैं, तिहार तथा छठ पर्वको विषेश सुरक्षा योजना २०६८” तयार पारिएको छ ।

उदेश्य
  • दशैं, तिहार तथा छठ पर्वको समयमा उपत्यकामा कुनै किसिमको अवान्छित घटनाहरु हुन गर्न नपाउने व्यवस्था मिलाउने ।
  • अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने ।
  • सुरक्षामा खटिने  सादा पोशाकका प्रहरी तथा ट्राफिक प्रहरीलाई समन्वयात्मक रुपमा परिचालन गर्ने ।
  • काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा रहेका सम्पूर्ण प्रहरी जनशक्ति र साधनश्रोतलाई समन्वयात्मक रुपमा परिचालन गरी उपत्यकाको सुरक्षा अवस्थालाई सामान्य राख्ने ।
  • महानगरीय प्रहरी आयुक्त कार्यालयको प्रत्यक्ष मातहत रहेका रिजर्भ प्रहरीलाई समेत आवश्यकतानुसार फिल्डमा खटाई शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा हुने गतिविधीहरु
  • बिदेशमा भएका अधिंकाश नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्कने ।
  • उपत्यका भित्र बसोबास गर्ने अधिकांश मानिसहरु चाडपर्ब मान्न उपत्यका बाहिर पुख्र्यौली थलो जाने ।
  • सरकारी बिदाको कारण सम्पूर्ण सरकारी तथा गैह् सरकारी कार्यालयहरु बन्द रहने ।
  • यात्रुको चाप बढी हुने हुनाले सार्वजनिक यातायातको साधनहरुमा अत्यन्तै भिड बढ्ने । 
  • बैंक, बित्तिय संस्था, गरगहना पसल तथा अन्य व्यापारिक केन्द्रहरुमा आर्थिक कारोबार तथा किनमेलको चाप बढी हुने ।
  • हिन्दु शक्ति पिठहरुमा दर्शनार्थीहरुको घुईचो लाग्ने ।
  • भि.आई.पि. तथा भि.भि.आई.पि.हरुको पनि शक्ति पिठहरुमा दर्शनको लागि सहभागिता हुने ।
सुरक्षा संवेदनशिल क्षेत्रहरु
  • छोटो दुरी एवं लामो दुरीका सवारी साधनहरु ।
  • साना तथा ठुला सवारी साधनहरुको क्तयउ क्तबतष्यल।
  • साना तथा ठूला बसपार्कहरु एवं विमानस्थल क्षेत्र ।
  • मठ, मन्दिर परिसर क्षेत्रहरु । चाडपर्वको अवसरमा गरिने विशेष समारोह एवं कार्यक्रमस्थलहरु ।
  • सुनचाँदी, कपडा, मिठाई तथा खाद्यान्न पसलहरु एवं आसपासका क्षेत्रहरु ।
  • बैंक तथा बित्तिय संस्था एवं अन्य नगदी कारोवार हुने क्षेत्रहरु ।
  • बिदाको बेला बन्द भएको सरकारी एवं गैह्सरकारी कार्यालयहरु ।
  • रात्रीकालिन व्यवसायहरु जस्तै ः होटल, लज, रेष्टुरेन्ट, डान्सबार, मसाज, लाईभ म्युजिक, पब आदी र आसपासका क्षेत्रहरु ।
  • स्थानिय भट्टी पसल र आसपासका क्षेत्र ।
  • चाडपर्व मनाउन उपत्यका बाहिर जानु परेको कारण खाली हुने घरहरु ।
  • चाडपर्वको अवसरमा हुने मनोरञ्जनात्मक एवं भोज, पार्टीजन्य स्थलहरु ।
अपराध कार्यविधी 
  • घरमा कोही नभएको मौका पारी ढोका, झ्याल फोडी चोरी गर्ने ।
  • रातको समयमा हतियार तथा फलामको रड आदी प्रयोग गरी चोरी एवं डाँका गर्ने
  • मन्दिर वा बजार आउने जाने क्रममा मोटर साईकल नम्बर छोपी, नम्बर परिवर्तन गरी सुनको सिक्री तथा अन्य नगद, गहना लुटपाट गर्ने ।
  • कुकुरलाई बिष खुवाई रातको समयमा चोर्ने वा लुटने ।
  • काउसो छरी पैसा लुटी भाग्ने ।
  • पेय पदार्थमा नशालु औषधी मिसाई खुवाएर बेहोस बनाई पैसा लुटी भाग्ने ।
  • संगठनात्मक पाकेटमारी गर्ने ।
  • बस काउण्टरहरुमा दलालहरुले नक्कली टिकट बिक्रि गर्ने, गराउने ।
  • बिभिन्न संघ संस्थाका नाममा अवैध र जवरजस्ती चन्दा असुली गर्ने ।
घट्न सक्ने अपराधहरुरचुनौतीहरु
  • बैंक, बित्तिय संस्था तथा व्यापारीक केन्द्र, सुनचाँदी पसल र शक्ति पिठहरुमा हुने भिडभाडमा चोरी, डकैती, पाकेटमारी, लुटपाट, झै–झगडा र कुटपिट जस्ता घटनाहरु घट्न सक्ने ।
  • अत्याधिक नसालु तथा मादक पदार्थ सेवनले अपराध तथा सवारी दुर्घटनामा बृद्धि हुन सक्ने ।
  • पटका, भुईचम्पा जस्ता विष्फोटक पदार्थले धनजनको क्षती तथा आगजनी हुन सक्ने ।
  • मनोरञ्जनको लागि संचालन गरिने मेलापर्व, साँङ्गितिक कन्सर्टहरुमा झै–झगडा तथा चोरी, पाकेटमारी, लुटपाटका घटनाहरु घटन सक्ने ।
  • एयरपोर्ट, बसपार्क, टेम्पो स्टेण्ड, माईक्रो स्टेण्ड आदी जस्ता ठाँउहरुमा अपराधिक क्रियाकलाप बढ्न सक्ने ।
  • चन्दा संकलन, चिा, उपहार कार्यक्रम जस्ता गैह् कानुनी गतिविधिमा बृद्धि हुन सक्ने ।
  • फरक धार्मिक आस्था राख्नेहरु बिच एक अर्कामा अनास्था, वैमनश्यता, विवाद र झगडा हुन सक्ने ।                                                        
घट्न सक्ने अपराधहरुरचुनौतीहरु
  • चाडपर्बमा उपत्यका बाहिर जाने क्रम बढि हुने हुँदा खाली घरहरुमा चोरी, डकैती हुने सक्ने तथा बिदाको बेला बन्द रहेका सरकारी, गैह्सरकारी कार्यालयहरुमा चोरी, लुटपाट एवं धनजनको क्षती हुन सक्ने ।
  • भि.आई.पि. तथा भि.भि.आई.पि.को सवारीमा बिभिन्न उच्श्रृङखल तत्वहरुले कुनै अपराधीक घटना घटाउन सक्ने ।
  • चाडपर्वको अवसर छोपी दैनिक उपभोग्य बस्तुमा मिसावट गर्ने, कालोबजारी, कृतिम अभाव तथा अत्याधिक मुल्य बृद्धि गर्ने ।
  • सवारी यातायातको काउण्टरहरुमा नक्कली टिकट राख्ने, यात्रु र बस स्टाफहरुको बिचमा झै–झगडा हुन सक्ने ।
  • अपहरण तथा हत्या घटनाहरु बढ्न सक्ने ।
  • गुण्डागर्दी बढ्न सक्ने ।
  • लठ्याउने, बेहोस पारी लुटपाट गर्ने ।
  • लेनदेन व्यवहार र सो बाट विवाद उत्पन्न भई घटना घट्न सक्ने ।
सुरक्षा रणनीति
  • व्यापारिक केन्द्र तथा शक्ति पिठहरुमा दर्शनार्थीहरुको बढ्दो घुईचोको कारण सम्भावित घटनाको नियन्त्रणको लागि सादा पोशाक सहितको थप सुरक्षा खटाउने ।
  • जुवा, तास, लंगुरबुर्जा खेल्ने, खेलाउने ठाँउको पहिचान गरी यस्ता क्रियाकलाप नियन्त्रणको लागि छुट्टै सुरक्षा टोली खटाउने ।
  • उपत्यकालाई विभिन्न सेक्टरमा विभाजन गरी उपलब्ध जनशक्ति, श्रोत साधनलाई अधिकतम् उपयोग गरी अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने ।
  • आपतकालिन साईरन, मेटल डिटेक्टर, ऋऋत्ख् तथा अन्य सुरक्षाका उपायहरु रहे नरहेको एकिन गर्ने । टोल समाजमा सुरक्षा उपकरणहरु जडान गर्न प्रोत्साहित गर्ने
  • शंकास्पद देखिएका वा भेटिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने ।
  • पटका, आतेसवाजी, भुईचम्पा जस्ता विष्फोटक पदार्थ भित्रन नदिन प्रत्येक नाकामा सादा पोशाकका प्रहरी र प्रशिक्षित कुकुर सहितको टोली बाट प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने ।
  • स्थानिय प्रशासन एवं अन्य सुरक्षा निकाय तथा सरोकारवाला, समाजसेवी, स्वयंसेवी, संघ संस्था, युवा क्लव संग समन्वय गरी उच्च सतर्कता अपनाई सुरक्षा व्यवस्था लागु गर्ने   क्रमश..
  • चाडवर्पको बेला हुन सक्ने सम्भावित अपराधजन्य क्रियाकलापका बारे स्थानिय नागरिक संग समन्वय गरी जनचेनता फैलाउने ।
  • सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई टोल टोलमा परिचालन गरी सुरक्षा सम्वन्धी अन्तरक्रियात्मक कार्यक्रम गराउन लगाई सुरक्षा निग्रानी बढाउने ।
  • उपत्यका भित्र ऋच्ख् गाडीहरुको पहुँच हुन नसकेको इलाकाहरुमा मो.सा. तथा साईकल सहितको गस्ती परिचालन गर्ने ।
  • उपत्यकाका तीनवटै जिल्लाहरुमा युनिफर्म पुलिस, सादा पोशाकका प्रहरी तथा ट्राफिक प्रहरीलाई संयुक्त रुपमा दिनमा तथा रातमा आवश्यकतानुसार कुकुर सहित संयुक्त चेकिङ्ग परिचालन गर्ने ।  
उपत्यकाबासीसंग महानगरीय प्रहरीको बिशेष अनुरोध

नागरिकलाई असुरक्षा हुने खालका कुनै पनि घटना हुनै नदिन तथा घटित घटनामा संलग्न अभियुक्त नियन्त्रणमा लिई कानुन बमोजिम गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई सामान्य बनाई राख्न महानगरीय प्रहरीका अधिकृत एवं जवानहरु २४ सैं घण्टा दत्तचित्त र वफादार भई क्रियासिल भईरहेका छन यस अवस्थामा स्थानिय स्तरमा केही असामाजिक, आवारा र गुण्डातत्वहरुले सर्वसाधारणलाई आफ्नो हैकम देखाउने, धम्क्याउने, त्रसित बनाउने जस्ता असामाजिक क्रियाकलाप गर्दै गरेको बिभिन्न बाटोघाटो, पुल, ठुला भवन एवं अपार्टमेन्ट निर्माण गर्ने व्यक्ति एवं ठेकेदार तथा स्थानिय स्तरमा उद्योग, व्यापार व्यवसाय गरेर बसेका नागरिक संग बिभिन्न माध्ययमले धम्की दिने जवजस्ती रकम असुल गर्ने चन्दा माग्ने जस्ता गैह्कानुनी र असामाजिक कार्य गर्ने गरेको बुझिन आएको छ । 

यस्ता क्रियाकलापहरुलाई पुर्णतः नियन्त्रण गर्न पिडित नागरिक एवं देख्ने, थाहा पाउने नागरिकहरुको सहयोग प्रहरीले अपेक्षा गरेको छ । अतः यसरी गैह् कानुनी रुपमा धम्क्याउने, त्रसित बनाउने, जवरजस्ती रकम असुल गर्ने कार्यहरु कही कतै हुन लागेमा वा भएमा तत्काल महानगरीय प्रहरीको निम्न फोन नं. र ठेगानामा खबर गरी गुण्डा र असामाजिक तत्वहरु लाई पुर्ण निस्तेज बनाउने कार्यमा सहयोग गर्न सम्पूर्ण नगरबासीमा महानगरीय प्रहरी हार्दिक अनुरोध गर्दछ । सूचना दिने व्यक्तिको नाम गोप्य राखीनेछ ।
निम्न ः 
हटलाईन नम्बर ४२२९१८०, ४२४८७८५
प्रहरी कन्ट्रोल १००

उपत्यकाबासीसंग अनुरोध

नजिकिदै गईरहेको महान चाड बिजया दशमी, शुभ(दिपावली र छठ पर्वको अवसरमा सम्पूर्ण उपत्यकाबासीलाई महानगरीय प्रहरी हार्दिक शुभ कामना व्यक्त गर्दछ ।
यस बिशेष चाडमा कुनै अपृय घटना नघटि सम्पूर्ण नगरबासीहरुले शान्ति र सुरक्षाको अनुभुति गर्न सकुन भन्ने उदेश्यका साथ योजनाबद्ध र व्यवस्थित रुपमा प्रहरी परिचालन भईरहेको व्यहोरा समेत अनुरोध गरिन्छ ।
यसै सन्दर्भमा दान, उपहार, चन्दा लिनु भनेको प्रहरीको आचरण अनुशासन सम्बन्धि नियमको उल्लंघन भएको हुँदा बिजया दशमी, दिपावली र छठ पर्वको अवसरमा प्रहरी कर्मचारीलाई कुनै पनि किसिमको उपहार, नगदी, जिन्सी मालसामान नदिन हुन सम्पूर्ण उपत्यकाका उद्योगी, व्यवसायी, व्यापारी एवं सम्पूर्ण महानगरबासीहरु संग हार्दिक अनुरोध गरिन्छ ।

यदी कुनै प्रहरी कर्मचारीहरुले उपचार वा जिन्सी सामानको लागि अनुरोध गरेमा वा दवाव दिएमा तुरुन्र्तै महानगरीय प्रहरी आयुक्तको कार्यालयको निम्न फोन ठेगानामा सूचना गर्नको लागि अनुरोध गरिएको छ । सूचना दिने व्यक्तिको नाम गोप्य रहनेछ ।

निम्न :
हटलाईन नम्बर ४२२९१८०, ४२४८७८५
प्रहरी कन्ट्रोल १००

No comments: