Monday, September 12, 2011

भारतीय अदालतको फैसला : माओवादीका ११ नेतामाथि ६ बर्षसम्म कैद र जरिवाना

Ashok Dahal
अशोक दाहाल
काठमाण्डौँ । भारतका कति अपराधी नेपाल आएर लुक्छन् कति नेपाली कानुन छलेर भारत गएर बस्छन् । तर जनयुद्धमा भारतमा लुककै र प्रहरीले समाएर राखेकै भरमा भारतिय अदालतले नेपाली माओवादी नेतालाइ राष्ट्रदोह गरेको भन्दै जल सजाँय सुनाएको छ ।

राजनैतिक प्रणाली परिवर्तनका बेला भारतमा भूमिगत भएका नेताहरुलाइ शान्ति प्रक्रियामा आएको लामो समयपछि सजाँय सुनाएको छ भारतिय अदालतले । यसले कुनै न कुनै रुपमा भारतको नपाली माओवादी प्रतिको दृष्टिकोणलाइ इङ्गित गर्छ । वास्तवमा घटना के हो । कुन कुन नेतालाइ भारतले सजाँय सुनायो त ? अशोक दाहाल लेख्छन् :

एकीकृत नेकपा माओवादीका ११ जना नेताहरुलाई ६ बर्ष अघिको मुद्दामा भारतको पटना उच्च अदालतले २ देखि ६ बर्षसम्म कैद सजायको फैसला सुनाएको छ । माओवादीका पूर्व मन्त्रीदेखी राज्य समिति सदस्य सम्म आफूहरुमाथि कैद र जरिवानाको फैसला गरिएको जानकारी पाएसपछि अलमलमा परेका छन् । भारतको अदालतले नेपालको कुनैपनि कुटनीतिक निकायलाई फैसलाबारे जानकारी नगराएका कारण सरकार भने नेपालका सभासद् र नेताहरुमाथि भएको कैद सजायबारे बेखबर छ । नेपालमा माओवादीले जनयुद्ध चर्काएका बेला पटनामा पक्राउ परेका उनिहरु सबैलाई पटना प्रहरीले देशद्रोहको मुद्दा लगाएको थियो ।   
  • पोलिटब्यूरो सदस्य कुल प्रसाद केसी  लाई पनि विष्ट र शर्माको भन्दा २० हजार कम ६ बर्ष कैद ६ लाख ८० हजार जरिवाना तोकिएको छ । तर केसीकी पत्नि सभासद् तारा घर्तीमगरलाई भने सबैभन्दा कम सजाय तोकिएको छ । उनलाई  २ बर्ष कैद ३ लाख ७५ हजार जरिवाना तोकिएको छ ।
  • पटना प्रहरीले पटना उच्च अदालतमा मुद्दा दायर गरिसकेका कारण फैसला भने उनिहरु रिहा भएको ६ बर्षपछि भएको हो ।
२०६१ ज्ेठ १९ गते भूमिगत रहेका बेला पटनाका बिभिन्न ठाउँबाट पक्राउ परेका ११ जना माओवादी नेताहरु जनआन्दोलन सफल भएपछि राजनीतिक पहलबाट छुटेका थिए ।
उनिहरुमाथि पटना प्रहरीले पटना उच्च अदालतमा मुद्दा दायर गरिसकेका कारण फैसला भने उनिहरु रिहा भएको ६ बर्षपछि भएको हो । सबैभन्दा बढि सजाय पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य लोकेन्द्र बिष्ट मगर र केन्द्रीय कमिटि सदस्य अनिल शर्मालाई तोकिएको छ । उनिहरु दुवैलाई अदालतले ६ बर्ष कैद ७ लाख जरिवाना तोकेको छ । विष्ट पटनाको एक स्टेशनरी पसलमा पत्रिका किन्न गएका बेला पक्राउ परेका थिए ।

पोलिटब्यूरो सदस्य कुल प्रसाद केसी  लाई पनि विष्ट र शर्माको भन्दा २० हजार कम ६ बर्ष कैद ६ लाख ८० हजार जरिवाना तोकिएको छ । तर केसीकी पत्नि सभासद् तारा घर्तीमगरलाई भने सबैभन्दा कम सजाय तोकिएको छ । उनलाई  २ बर्ष कैद ३ लाख ७५ हजार जरिवाना तोकिएको छ । उपचारका लागि पटना पुगेका बेला आफूलाई पटनाकै अर्किड होटलबाट प्रहरीले पक्राउ गरेको सभासद् घर्तीमगरले जानकारी दिइन् । उनि सहित कुल प्रसाद केसी, चिनप्रसाद आपागाईँ, दिलिप महर्जन र अनिल शर्मा अर्किड होटलबाट एक साथ पक्राउ परेका थिए । त्यस्तै माओवादीका सल्लाहकार सदस्य चित्र बहादुर श्रेष्ठ राज्य समिति सदस्य चिनप्रसाद आपागाईं र राज्य समिति सदस्य सुमन तामाङलाई ५ बर्ष कैद ६ लाख जरिवाना सजाय तोकिएको छ ।

त्यस्तै सल्लाहकार एवं सभासद् दिलिप महर्जन, केन्द्रीय कमिटि सदस्य कुमार दाहाल र राज्य समिति सदस्य श्याम किशोर यादवलाई ५ बर्ष कैद ५ लाख जरिवाना तोकिएको छ । पूर्व खेलकुद मन्त्री समेत रहेका केन्द्रीय कमिटि सदस्य हित बहादुर तामाङलाई भने ५ बर्ष कैद ४ लाख ९० हजार जरिवाना तोकिएको छ । उनिहरुलाई दुई बर्षसम्म पटना केन्द्रीय कारागारमा राखिएको थियो । उनिहरु जनआन्दोलनको सफलता पछि नेपाल सरकारको पहलमा उनिहरु सरकारी वकिल लगाएर पटक पटक गरि भदौ सम्म सबै छुटेका थिए ।

No comments: