Monday, September 12, 2011

असल छैनन् सभासद्हरु : मयार्दा के हो रे

काठमाडौं । ०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठक बसेकै दिन सभासद कमला शर्माले अर्का सभासद पूणर्बहादुर खड्कालाई बैठककक्षमै चप्पल हानिन् । एमाले सभासद् शर्माले खड्कालाई आङ्खना पतिको हत्यामा संलग्न भएको भन्दै चप्पल हानेपछि त्यतिबेला यो प्रकरण्ँले के–के न भयो जस्तो गराएको थियो । तर संविधानसभाको दुईवर्ष  कार्यकाल र थपिएको एक वर्ष समेत सकिनै लाग्दा आम नागरिकले महसुस गरेका छन् कि, त्यो त सभासदका बहुरुपी व्यवहारको सुरुआत मात्र रहेछ । अहिलेसम्म यस्ता ‘असाधारण कार्य गर्ने सभासदहरूको लामै सूची बनिसकेको छ ।
CPN UML Constituent Memer Kamala Sharma
 सभासदका उदण्डा क्रियाकलापको उत्कर्ष रूप देखियो कुटनीतिक राहदानी दुरुपयोग प्रकरणमा । जनता दलकी गायत्री साह र फोरमका बीपी यादव डेढ करोड रुपैयाँमा रातो पासपोर्ट बेचेको अभियोगमा जेलमा छन् । सभासदहरू शिवपुजन राय, सलमा खातुनलगायतले पनि कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्दै अख्तियारले छानबिन थालेको छ । राय बेपत्ता छन् ।

२०६७ भदौ २५ मा एमाले सभासद डोलबहादुर कार्की एक युवालाई प्रहरी निरीÔक बनाइदिने भन्दै एक लाख रुपैयाँ घूस लिदाँलिँदै प्रहरी फन्दामा परे । पदीय दायित्व ख्यालै नगरी भ्रष्टाचार गरेको विशेष अदालतले फैसला गरेपछि पार्टीले उनलाई केही सातामै निलम्बन ग¥यो । उनी अचेल संसदीय गतिविधिमा संलग्न छैनन् तर सभासद पदचाहिँ  खारेज भइसकेको छैन । 
  • सभासद् कृष्णप्रसाद यादव ‘यौनकर्मीसँग रंगेहात भेटिए, २०६५ फागुनमा । 
  •  माओवादी सभासद लोकेन्द« बिष्ट हतियारसहित संविधानसभामा भेटिए । अहिले उनी संसद्को सर्वाधिक विवादित मुद्दा छलफल गर्ने शक्तिशाली राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति छन् । 
  •  राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिको प्रतिवेदनमा दलित, मुस्लिम, आदिवासी र जनजातिका मुद्दा नसमेटिएको भन्दै सभासद विश्वेन्द्र पासवानले प्रतिवेदन च्याते । चैत १८ गते संवैधानिक समितिको बैठक चलिरहँदा त उनले संसद् सचिवालयको चौथो तल्लाबाट कुर्सी नै हु¥याइदिए । 

पार्टीलाई लेबी बढी बुझाउनु पर्दा निजी खर्च धान्न नसकेको भन्दै मालेकी सभासद शारदा नेपालीले गत साउनमा दुई पटक विष सेवन गरिन् । प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा परेका बबन सिंह संविधानसभा चुनावमा रौतहट–१ बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भए ।
२०६४ जेठ १४ मा रौतहटको ब्यह्मपुरी गाविसकी शिव दुलारी चमईको हत्याका साथै ०६४ कै भदौ १६ मा त्रिपुरेश्वर, काठमाडौंमा भएको विस्फोटमा संलग्न भएको अभियोग लागेको सिंहले प्रहरीलाई छक्याएर सपथ लिए । माओवादी सभासद लोकेन्द« बिष्ट हतियारसहित संविधानसभामा भेटिए । अहिले उनी संसद्को सर्वाधिक विवादित मुद्दा छलफल गर्ने शक्तिशाली राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति छन् । सभासद् कृष्णप्रसाद यादव ‘यौनकर्मीसँग रंगेहात भेटिए, २०६५ फागुनमा । महाराजगन्जस्थित कान्ति बालअस्पताल पछाडिको एक घरमा प्रहरीले छापा मार्दा फेला परेका सभासद् यादव भाग्न सफल भए ।

फोरम (लोकतान्त्रिक) की सभासद करिमा बेगमले २०६६ कार्तिक २४ मा पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई गालामा चड्काइन् । त्यतिबेला उनी कृषि  राज्यमन्त्री थिइन् । कर्मचारीतन्त्र र विभिन्न Ôेत्रबाट कारबाहीको लागि दबाब आए पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता जोगाउन कारबाहीको आँट गरेनन् । 

अहिलेका पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मा गत पुसमा चोरीको गाडी प्रयोग गरेको अभियोगमा समातिए । उनले माओवादी सरकारमा महिला, बालबालिका तथा समाजकल्याण् मन्त्री छँदा पाएको गाडीमा अस्थायी नम्बर प्लेट हालेर प्रयोग गरेका रहेछन् । गत भदौ २२ मा कांग्रेस सभासद अच्युतराज पाण्डे जुवा खेलिरहेका बेला समातिए । संविधानसभा अस्तित्वमा आउनु अघिका संसद्हरुमा पनि कुख्याती कमाएका सद्भावना पार्टीका सभासद खोभारी राय पनि करिब डेढ वर्षअघि अवैध हतियारसहित बानेश्वरबाट पक्राउ परे । 

२०६६ माघमा माओवादी सभासद चन्दा देवी र अन्य केहीलाई पर्सा वन्यजन्तु आरÔ (आधारभूत बारा) का कर्मचारीले रुख काट्दा काट्दै नियन्त्रण्ँमा लिए । ओखलढुंगा– २ का माओवादी सभासद बालकृष्ण्ँ ढुंगेललाई जनयुद्धकालमा व्यक्ति हत्याको मुद्दा उल्ट्याएर सर्वोच्च अदालतले सर्वस्व हरण्ँसहित जन्मकैदको फैसला सुनायो । तर उनी समातिएका छैनन् । सभासद पद पनि कायमै छ । 

फोरमका सभासद मोहम्मद इस्तियाक राईले बाहेकेमा हंगामै मच्चाए । कानुनले रोक लगाए पनि रुख काट्न पाउनुपर्छ भन्दै उनले जिल्ला वन कार्यलयमा जुलुसै लगेका थिए । गत मंसिर ३ मा संसद्मा बजेट पेस गर्न खोज्दा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई केही माओवादी सभासदले लछारपछार गरे । कारबाही कसैलाई भएन । 

शासकीय स्वµप निर्धारण समितिमा भएको मतदानपछि सभापति रहेका कांग्रेसका सभासद शम्भुहजारा दुसारले निणर्य सुनाउन लाग्दा सोही पार्टीकै सभासद तथा तत्कालीन ऊर्जामन्त्री प्रकाशरण् महतले निणर्यपत्र थुतेर च्यातिदिए । राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिको प्रतिवेदनमा दलित, मुस्लिम, आदिवासी र जनजातिका मुद्दा नसमेटिएको भन्दै सभासद विश्वेन्द्र पासवानले प्रतिवेदन च्याते । चैत १८ गते संवैधानिक समितिको बैठक चलिरहँदा त उनले संसद् सचिवालयको चौथो तल्लाबाट कुर्सी नै हु¥याइदिए । तर यी कसैलाई कारबाही भएन । एमाले अध्यक्षसमेत रहेको झलनाथ खनाललाई इटहरीमा देवीप्रसाद रेग्मीले सभास्थलमै गालामा चड्काए । त्यसको केही पनि नै खनाल प्रधानमन्त्री बने । एकीकृत माओवादीका निर्वाचित सभासद् झक्कुप्रसाद सुवेदीलाई तीनकुनेमा चियापसल धनीले बोलाएरै झाप्पड हान्ने । नेकपा मालेकी सभासद् शारदा नेपाली श्रीमानसँग झगडा परेपछि पिएर मदिराको नशामा बिहानभर नेपालगञ्जमा चर्तिकला देखाइन । 

No comments: