Tuesday, December 6, 2011

संविधान निर्माणको नयाँ कार्यतालिका

अशोक दाहाल
काठमाडौं । पटक पटक गरि ११ औं पटकसम्म संसोधित कार्यतालिका अनुसार पनि संविधान निर्माण प्रकृया अघि बढ्न नसकेपछि संविधानसभाले आफ्नो पहिलो कार्यतालिका नै खारेज गरेको छ । संविधानसभाको पहिलो बैठक बसेको पाँच महिना कट्टा हुनेगरि २०६५ मंसिर एक गतेबाट लागु भएको कार्यतालिका मंगलबार बसेको संविधानसभा बैठकले खारेज गरेर नयाँ कार्यतालिका सावजनिक गरेको हो । आगामी जेठ १४ गतेभित्र संविधान जारी गर्नेगरि संविधानसभाको संवैधानीक समितिले तयार गरेको कर्यतालिका संविधानसभाको मंगलबारको बैठकले सर्वसम्मपतिबाट पारित गरेको हो ।
  • संविधानसभाबाट पारित मिति – २०६५-०८-०१
  • संविधानसभाबाट पहिलो पटक हेरफेर – २०६५-०९-१४
  • संविधानसभाबाट दोस्रो पटक हेरफेर – २०६५-०९-२२
  • संविधानसभाबाट तेस्रो पटक हेरफेर –  २०६५-१२-३१
  • संविधानसभाबाट चौंथो पटक हेरफेर –  २०६६-१-१६
  • संविधानसभाबाट पाचौं पटक हेरफेर –  २०६६-४-१
  • संविधानसभाबाट छैठौं पटक हेरफेर –  २०६६-५-२४
  • संविधानसभाबाट सातौं पटक हेरफेर – २०६६-८-३
  • संविधानसभाबाट आठौं पटक हेरफेर – २०६६-९-८
  • संविधानसभाबाट नवौं पटक हेरफेर – २०६६-१०-१०
  • संविधानसभाबाट दशौं पटक हेरफेर – २०६६-११-२५
  • संविधानसभाबाट एघारौं पटक हेरफेर – २०६७-४-२
संविधानसभाको १११ औं वैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ कार्यतालिका पारित भएसँगै संविधानसभाका यसअघिका सबै कार्यतालिका खारेज भएको जानकारी दिए । गतबर्ष साउन दुई गते सार्वजनिक गरिएको स्ंविधानसभाबाट ११ औं पटक संसोधित भएको कार्यतालिका अनुसारको कार्य गतबर्ष असोजबाटै पुरा हुन नसकेपछि पुन संसोधन गर्नुपर्ने आवश्यकता परेको थियो । तर संविधानसभाले कार्यतालिका १२ औं पटक संसोधन नगरि खारेज गरेको हो ।
पछिल्लो कार्यतालिकामा गतबर्ष असोज मसान्तमा संविधानसभाका सबै समितिका प्रतिवेदन सुझाव र निर्देशन सहित असोज मसान्तभित्र संवैधानीक समितिमा पठाउने भनिएपनि तोकिए अनुसारको काम हुन नसकेपछि कार्यतालिका संसोधन आवश्यक भएको थियो । त्यसयता संविधानसभाको कार्यकाल दुई पटकसम्म तीन–तीन महिना थप भएपनि कार्यतालिका भने जारी हुन सकेको थिएन । संविधान निर्माणको कार्यतालिका ब्यवस्थापीका संसदको कार्यतालिकासँग सम्वन्धित गरेर निर्माण गरिएका कारण संसदमा भएको अवरोध लगायतका कारण संविधान निर्माणको कार्यतालिका एक बर्ष नहुँदै ०६५ पुस १४ गते पहिलो पटक संशोधन गरिएको थियो । त्यसयता पनि कार्यतालिका अनुरुप काम हुन नसकेपछि दलहरुले कार्यतालिका संसोधन गर्दै आएका थिए ।

नयाँ कार्यतालिका अनुसार पौष १५ गतेसम्म राज्यको पुनर्संरचना बाहेकका अन्य टुंगो लाग्न बाँकी सबै विषयमा सहमति कायम गरि संबैधानिक समितिमा प्रतिवेदन पेश हुने ३ हप्ताको समय तोकिएको   छ । यो समयमा विवाद समाधान उपसमितिबाट सहमति भएका विषयको प्रतिवेदन उपसमतिले संबैधानिक समितिमा पेश गर्दै जाने र विवाद समाधान उपसमितिको प्रतिवेदनमाथी संबैधानिक समितिले छलफल गरि निर्णय गर्ने काम भोली मंसिर २१ गतेदेखि नै सुरु गर्ने व्यवस्था पनि गरिएको छ । पुस २० गतेसम्म विवाद समाधान उपसमितिले दिएको प्रतिबेदनमाथी संबैधानिक समितिले छलफल गरि निर्णय गर्ने छ ।  त्यस्तै विवाद समाधान उपसमिति वा संबैधानिक समितिमा थप छलफलबाट  टुंगो नलागेका कुनै विषय भए संबैधानिक समितिका सभापतिले संविधानसभाका अध्यक्षको अनुमति लिएर निर्णयार्थ संविधानसभामा पेश गर्ने र संविधानसभाले निर्णय गरि संविधानसभामा पठाउन पुस २१ देखि २५ गतेसम्मको समय तोकिएको छ । नयाँ कार्यतालिका अनुसार राज्य पुनर्संरचनासँग सम्बन्धित विषय बाहेकका अन्य सबै विषय समेटेर  संविधानको पहिलो मस्यौदा बनाउन पुस २६ देखि माघ १५ गते ३ हप्ताको  समय तोकिएको छ ।  राज्यको पुनर्संरचना सुझाव उस्चस्तरीय आयोगको सुझाव समेतको आधारमा राज्यको पुनर्संचरना र राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई अन्तिम रुपमा प्रदानका लागि माघ १६ गतेदेखि मसान्तसम्म २ हप्ताको समय तोकिएको छ । यो अवधिमा राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनसँग सम्बिन्धित विवादहरुमा सहमति कामय गर्न विवाद समाधान उपसमितिले काम गर्ने छ । फागुन १ देखि १५ गतेसम्म संबैधानिक समितिले राज्यको पुनर्सरचनासँग सम्बन्धित विषय समेत समेटेर संविधानको पहिलो मस्यौदा तयार गर्ने छ ।  यहि समयमा राज्यको पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको सुझावमाथी संविधानसभाले दिने निर्देशन बमोजिम पहिलो मस्यौदालाई अन्तिम रुप दिईने कार्यतालिकामा उल्लेख छ । संविधानको पहिलो मस्यौदा बनिसकेपछि फागुन १५ गते संबैधानिक समितिका सभापतिले संविधानसभाका अध्यक्षलाई सूचना दिई पहिलो मस्यौदा संविधानसभामा पेश गर्ने छन् ।  पहिलो मस्यौदामाथि संविधानसभामा सैद्धान्तिक छलफल गर्ने, संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताको राय प्रतिकृयाको लागि राजपत्रमा प्रकाशित गर्ने तथा जनमत संकलन र समन्वय समितिले तयार गरेको कार्ययोजना संविधानसभामा पेश गरि अनुमोदन गर्नका लागि फागुन १५ गतेदेखि २२ गतेसम्म निर्धारण गरिएको छ ।

यस्तै जनमत संकलन र समन्वय समितिले संविधानको पहिलो मस्यौदा आम जनताको ारय सुझावको लागि प्रचार प्रशार गर्ने र आएका सुझाव ग्रहण गर्नका लागि फागुन २३ गतेदेखि चै १५ गतेसम्मको समय तोकिएको छ । त्यस्तै  जनताबाट आएका सबै सुझाव र राय बामेजिम प्रतिवेदन परिमार्जन गरि संविधानसभाले संबैधानिक समितिमा पठायउन  चैत १६ देखि मसान्त सम्मको समय तोकेको छ ।  २०६९ बैशाख १ गतेदेखि ७ गतेसम्म संविधानसभाको निर्देशन बामोजिम संबैधानिक समितिले मस्यौदा परिमार्जन गरि संविधानको विधेयश तयार गर्ने र संविधानसभामा पेश गर्न समय छुट्टाईएको छ । जेठ २०६९ बैशाख ८ गतेदेखि जेठ ७ गतेसम्म विधेयकको धारागतमा छलफल गर्ने सहमतिको प्रयास गर्ने र प्रस्तावनासहित प्रत्यक धारा पारित गर्न समय निर्धारण गरिएको छ । त्यसपछि पारित संविधानको प्रमाणिकरण प्रति तयार गरि संविधानसभाका सबै सदस्यहरुले हस्ताक्षर गर्ने, अध्यक्षले प्रमाणीकरण गर्ने र पारित संविधान राष्ट्रपति समक्ष पेश गर्न २०६९ जेठ ८ गतेदेखि जेठ १४ गतेसम्मको समय तोकिएको छ । संविधानसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

No comments: