Monday, February 27, 2012

बबरमहलमा बम विष्फोट, तीनको मृत्यु, सुरक्षामा ल्याप्सेस।


Bomb blast at Babarmahal, Kathmandu, Three Killed
मनोज सत्याल
काठमाण्डौँ । काठमाण्डाँको सधैझैँ ब्यस्त रहने स्थान हो बबरमहल । अझ देशकै प्रशासनिक केन्द्र सिंहदरबार र त्यो सँगै रहको काठमाण्डौँ जिल्ला अदालत र जोडिएको आयल निगममा सुरक्षा ब्यवस्था कडा त हुन्छ नै प्रहरीको समेत उपस्थीति रहने गर्दछ । तर आइतबार दिन दहाडै राजधानिकै केन्द्र बबरमहलमा एक्कासी बम विष्फोट भयो र तीन जना निहत्थाले ज्यान गुमाए । 

यो घटनाले के इङ्गित गर्छ भने काठमाण्डौँको सुरक्षा अवस्था कति कमजोर र देखावटी मात्र छ भन्ने पुष्टि गरिदिएको छ । सँगैको जिल्ला अदालतमा चौबिसै घण्टा सुरक्षा तैनाथी रहँदा दश मिटरको क्षेत्रमा तीन जनाको ज्यानै जाने गरि बम विष्फोट हुनुले काठमाण्डौँको सुरक्षाको नाङ्गो अवस्था देखाएको छ । नेपाल प्रहरीका एआइजी कुवेर सिंह रानाले घटनालाई अप्रत्यासित भएको बताए पनि घटनामा सुरक्षा कमजोरी लुक्न सक्दैन । 

वरिपरी कडा सुरक्षा पहरदारीका बिचमा बम आइपुग्नु र विष्फोट हुदाँ समेत प्रहरीले थाहा नपाउनु आफैँमा लाजमर्दो विषय हो सुरक्षाका लागी । अझ राजधानिमा घटना घटेको घण्टौँ बित्दा समेत घटना कसले गराएको, कसको आवद्धता थियो भन्ने बारेमा समेत प्रहरीले केही बताउन सकेको छैन । यसरी राजधानिमा दिन दाहाडै सर्वसाधारण असुरक्षीत बन्दा देशका अन्य स्थानको अवस्था के होला भन्ने प्रश्न खडा भएको छ । 

खासमा भएको के थियो ?

काठमाडौंको बबरमहलस्थित आयल निगम अगाडी दिउँसो सवा एक बजे बम बिष्फोट भयो । विष्फोटमा परि तीन जनाको ज्यान गयो ।
दिउँसो सवा एक बजे भएको पेट्रोल बम विष्फोटमा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको अस्पताल लागीदै गर्दा बाटैमा मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ जिल्ला बैरनी बस्ने कुष्ण तामाङ भएको प्रहरीले जनाएको छ भने अन्य दुईको भने सनाखत हुन सकेको छैन । आयल निगमको मूल ढोका अगाडि भएको विष्फोटमा परि सात जना गम्भिर घाइते भएका छन । घाईते मध्ये ३५ बर्षे सोम तामाङको अबस्था गम्भीर रहेको छ । त्यस्तै सामान्य घाईतेहरु ४५ बर्षे को रघुनाथ खड्का, ६५ बर्षे बहादुर तामाङ , ४० बर्षे विष्णु फुलारा , २० बर्षे वासु श्रेष्ठ , ४० बर्षेे मान बहादुर कुँवर, र २१ को भिम बहादुर कुँवरको पनि बिर अस्पतालमा उपचार भईरहेको छ ।

घटना लगतै गृहमन्त्री बिजय कुमार गच्छदार , नेपाल प्रहरीका महानिरिक्षक, महानगरीय प्रहरी प्रमुख लगायतका टोलीले बिष्फोट भएको स्थलको निरिक्षण गरेका छन् ।  त्यसलगतै गृहमन्त्री गच्छदार बिर अस्पताल पुगी घाईतेको अबस्थाका बारेमा जानकारी लिुनभएको थियो । गच्छदारले  मृतक परिवारलाई राहत र घाइतेलाई उपचार खर्च सरकारले दिने आश्वासन दिनुभएको छ । 

छानविन समिती

गृह मन्त्रालयलले सोमबार काठमाण्डौँको बबरमहलमा नेपाल आयाल निगमको कार्यलय अगाडी भएको बम विष्फोटको घटनाको छानविन गर्न एक उच्च स्तरीय छानविन समिती गठन गरेको छ । नेपाल प्रहरीको डिआईजी उपेन्द्र कान्त अर्यालको संयोजकत्वमा चार सदस्यीय छानविन समिती गठन गरेको हो । समितीमा प्रहरीका एसएसपी देवेन्द्र सुवेदी, एसपी केदारमान सिंह भण्डारी र प्रहरी अधिकृत सुबोध घिमिरे सदस्य रहनु भएको गृह मन्त्रायलका प्रवक्ता शंकर कोइरालाले जानकारी दिनुयभो । 

समितीलाई घटनाको अनुसन्धान गर्न र प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ । गृह मन्त्रालयले बम विष्फोटको घटनाको पुष्टि गर्दै तीन जनाको मृत्यु भएको समेत जनाएको छ । 

1 comment:

sita thapa said...

kathmandu jilla aadalatma po tainath bhayako thiyo ta aayal nigam thiyan ni ta tehi bhayar hola ,, manoj jee