संसद बैठक लगातार तेस्रो पटक सूचना मार्फत स्थगितः
प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिर्यामा सहमति जुटन नसकेपछि व्यबस्थापिका संसदको बैठक लगातार तेस्रो पटक सूचना मार्फत स्थगित भएको छ । प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिर्यामा सहमति गर्न गठिन नियमावली मस्यौदा समितिले सहमति जुटाउन नसकेका कारण बैठक शुक्रवार दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको एमाले मुख्य सचेतक भीम आचार्यले जानकारी दिनुभयो ।
यसअघि प्रक्रिर्यामा सहमति जुटन नसक्दा संसद बैठक सोमवार र मंगलवार सूचना मार्फत लगातार स्थगित भएको थियो । नयाँ प्रक्रिर्यामा सहमति जुटन नसके पूरानै प्रक्रिर्या वाटभएपनि निर्वाचन प्रक्रिर्या सुरु गरीने उहाँले बताउनुभयो । मस्यौदा समितिकी सदस्य गायत्री साहले सहमति नजिक पुगिएको र शुक्रवार सम्म कुनै सहमतिमा पुगिने दावी गर्नुभयो । कार्यदलले प्रधानमन्त्रीका सबै प्रस्तावलाइ एकै पटक निणयार्थ पेश गरेर दोस्रो चरणमा बढि मत ल्याउने दुइजनालाइ मात्र प्रतिष्पर्धा गराउने गरी संशोधनको तयारी गरेको छ ।
यसैबीच प्रमुख दलका नेताहरुले राष्ट्रपतिले दिएको समयभीत्रै राष्ट्रिय सहमतिको सरकार गठनगर्न अधिकतम पहल गर्ने बताएका छन । सहमतिको सरकार गठनवारे औपचारीक÷अनौपचारीक रुपमा छलफल जारी रहेको दावी रगेका छन । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने मान्यतामा कागे्रसको अटल धारणा रहेको बताउनुभयो ।
सहमतिको सरकार गठन गर्न भनेरै अहिलेसम्म बहुमतिय सरकार गठन हुन नसकेका कारण सहमतिय सरकार गठनको प्रयत्न जारी राख्ने उहाँले बताउनुभयो । माओवादी नेताहरुको समय नमिलेका कारण औपचारिक छलफल गर्न नसकिएको पौडेलले बताउनुभयो । माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले राष्ट्रिय सहमतिको सरकार अपरिहार्य आबस्यकता भएपनि अबस्था सहज बनिनसकेको बताउनुभयो ।
उहाँले सहमतिय सरकार गठनकालागि माओवादीका तर्फवाट अधिकतम प्रयास जारी राखिने उल्लेख गर्नुभयो । सहमतिको सरकार गठनकालागि राष्ट्रपतिले दिएको एकसाताको समय सकिन दुइदिन बाकी रहदासम्म दलहरुबीच औपचारिक बैठक बस्न सकेको छैन । यसैबीच, तीनदलबीच प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिर्यामा सहमति जुटन नसकेका कारण आज दिउसोकालागि निर्धारित व्यबस्थापिका संसदको बैठक बस्ने÷नबस्ने अन्यौलता बढेको छ ।
माओवादीको पोलिटब्यरो बैठक
![]() |
UCPN Maiost Office |
एकिकृत नेकपा माओबादीले पार्टी भित्रको विवाद उत्कर्षमा पुगेपछि विवाद अन्त्यको जिम्मा केन्द्रिय कमिटीलाई दिएको छ । आज बसेको माओवादी पोलिटब्युरो बैठकले भोलीबाट सुरु हुने केन्द्रिय कमिटी बैठकमा पार्टी भित्रको आन्तरिक विवादका विषयमा छलफल गरी सहमती जुटाउने निर्णय गरेको हो । पार्टीको भावी कार्यदिशाका सम्बन्धमा नेताहरुबीच बुझाईमा फरक परेकाले बुझाईमा एकरुपता ल्याउने गरी केन््िरदय कमिटी बैठकमा छलफल गर्नै निर्णय भएको प्रबक्ता दिनानाथ शर्माले जनाकारी दिनुभयो ।
यसअघिको केन्द्रीय समितिको बैठकले अन्तसंघर्ष संचालन सम्बन्धी निर्धारण गरेका पांच बुंदालाई व्याख्या गर्ने र बुझ्ने क्रममा शिर्ष नेतृत्वबीच अन्तर आएको पोलिटव्यूरो बैठकले ठहर गरेको हो । केन्द्रिय समितीको बैठकमा यसै बिषयमा छलफल गरी बिवाद अन्त्यका लागि प्रयास गरिने बैठक पछि प्रवक्ता शर्माले बताउनुभयो । साथै बैठकले पार्टीको सङगठन र बयवस्थापनमा रहेको विवादलाई पनि केन्द्रिय कमितीबाटनै हल गर्ने निर्णय गरेको छ । आजको बैठकमा पछिल्लो घटनाक्रमका सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले संक्षिप्त ब्रिफिङ गर्दे पालुङटार बैठकले तय गरेका नीतिहरुको बुझाईमा फरक परेकाले विवाद देखिएको बताउनुभएको शर्माले उल्लेख गर्नुभयो ।
पार्टी सस्थापन पक्षले फरक मत प्रस्तुत गर्न नदिएको भन्दै उपाध्यक्ष डा बाबुराम भटराई पक्षधरले राजधानीमा भएको पार्टी कार्यकर्ता प्रशिक्षण बहिस्कार गरे पछि माओबादी भित्रको आन्तरिक बिबाद उत्कर्षमा पुगेको थियो । अध्यक्ष प्रचण्ड र उपाध्क्ष मोहन बैद्यले काम कारबाहीमा एक रुपताको सिद्धान्त बिपरीत हुने भन्दै भट्टराईलाई प्रशिक्षण हलमा फरक मत प्रस्तुत गर्न निषेध गरेका थिए । राजधानीमा भएको प्रशिक्षण बहिष्कारको कार्य मुलुकका अन्य भागमा पनि जारी रहने देखिए पछि सहमती खोज्न पार्टीले जारी प्रशिक्षण कार्यलाई स्थगीत गरि पोलिटब्युरो र केन्द्रिय समितीको बैठक डाकिएको हो ।
भारतीय बिदेश सचिब रावद्वारा नेताहरुसंग छलफलः
![]() |
Indian Foreign Officer Nirupama Rao |
नेपाल भ्रमणमा रहनु भएकी भारतीय बिदेश सचिब निरुपमा रावले आज दिनभर महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नुभएको छ । यसक्रममा उहाँले आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कागे्रस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसंग भेटवार्ता गर्नुभएको छ । नयाँ बजार स्थित प्रचण्ड निवासमा अपरान्ह भएको भेटमा माओवादी र भारतबीच देखिएको चिसो पनाका बिषयमा छलफल भएको थियो ।
भेटमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भारत विरोधी नभएको तथा भारतसंग कुनै दुश्मनी नरहेको बताउनु भएको थियो । माओवादीका तर्फवाट विगतमा भएका सन्धी सम्झौता परिवर्तन होस भन्ने नेपाली जनताको चाहाना रहेको धारणा राखेको भेटमा सहभागि स्थाइ कमिटि सदस्य बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । विदेश सचिव रावले अन्मिनको अनुपस्थितिमा शान्ति प्रक्रिर्याको भविश्यवारे जिज्ञासा राख्नु भएको थियो ।
विदेश सचिव रावले भारत संविधानसभावाट नयाँ संविधान बनेर नेपालमा शान्ति, सम्बृद्धि होस भन्ने चाहेको बताउनुभयो । प्रचण्डलाइ भेटे लगत्तै उहाँले एमाले अध्यक्ष झलनाथ खनालाइ डल्लु स्थित निवासमै पुगेर भेटनु भएको थियो । भेटमा जारी शान्ति प्रक्रिर्या, संविधान निर्माण र दुइदेश बिचको आपसी सम्बन्धका बिषयमा कुरा भएको खनालले बताउनुभयो । रावले अहिले मधेशवादी दलका नेताहरुलाइ रात्री भोजको आयोजना गर्नुभएको छ ।
त्यसअघि सचिव रावलले विहान नेपाली कङग्रेसका सभापती शुसील कोईराला र कङग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । कोईराला निवास महाराजगन्जमा कङग्रेस सभापती सँग भएको भेटमा उहाँले जारी शान्ति प्रक्रिया, अनमिनको बर्हिगमन,तथा नयाँ सबिधान निमार्ण लगायतका बिषयमा जिज्ञासा राख्नुभएको थियो । विदेश सचिव राव भोली स्वदेश फर्कीने कार्यक्रम रहेको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।
सम्बैधानिक समितिलाइ सक्रिय बनाएर २८ दलीय संयन्त्र निश्कृय बन्नेः
काठमाण्डौ, माघ ५ । सम्बैधानिक समितिलाइ सक्रिय बनाएर २८ दलीय संयन्त्रलाइ क्रमश निश्कृर्य बनाउन संविधानसभाका दलहरु सहमत भएका छन । संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको बैठकमा सम्बैधानिक समितिलाइ विजनेश दिएर सक्रिय बनाउने सहमति भएको माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । सम्बैधानिक समिति बाहिरपनि अनौपचारिक छलफललाइ निरन्तर जारी राखिने उहाँले बताउनुभयो । आवाज
कागे्रस सभासद रमेश लेखकले आर्को सूचना नभएसम्मकालागि २८ दलीय संयन्त्रको बैठक स्थगित भएको जानकारी दिनुभयो । उच्चस्तरिय कार्यदलले सहमति जुटाउन नसकेका ८३ बुदाँमा एकसरो छलफल भएपनि केहि चार÷पाँच बुदामा सहमति भएको मधेशी जनअधिकार फोरमका नेता चन्दिकाप्रसाद यादवलले जानकारी दिनुभयो । उच्चस्तरिय कार्यदलले सहमति जुटाउन नसकेका राष्ट्रिय झण्डा, राष्ट्रिय दलको मान्यताका लागि तीन प्रतिसतको मापदण्ड राख्न नपर्ने जस्ता केहि बिषयमा सहमति भएको यादवले बताउनुभयो । २८ दलीय संयन्त्रमा १८ बर्ष पुगेका नागरिकलाइ मात्र मतदानको अधिकार दिने बिषयमा पनि सहमति भएको छ । यसअघि कतिपय दलले १६ बर्षको उमेर पुगेको व्यक्तीलाइ मतदानको अधिकार दिने प्रस्ताव गरेका थिए ।
संघीय व्यबस्थापिका दुइसदनात्मक र प्रादेशिक संसद एक सदनात्मक बनाउने बिषयमा भने दलहरुबीच सहमति जुटेको छ । राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय व्यबस्था लगायतका बिषयमा भने दलहरु प्रवेश गरेका छैनन । उच्चस्तरिय कार्यदल र २८ दलीय संयन्त्रमा सहमति जुटन नसकेका बिषयलाइ सम्बैधानिक समितिमै छलफल गर्नेगरी हिजो संविधानसभा नियमावली संशोधन गरिएको थियो ।
न्यायधिश बमबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव लगिनेः
काठमाण्डौ, माघ ५ । सर्बाेच्च अदालतका निलम्बित न्यायधीश रणबहादुर बमलाई महाअभियोग लगाउन प्रमुख तीन दल सहमत भएका छन । सभामुख सुवासचन्द्र नेम्वाङ्गको आह्वानमा संसद सचिवालय सिंहदरवारमा आज बसेको तीनदलको बैठकले न्याय परिषदको सिफारीस अनुसार महाभियोग प्रस्ताव अगाडि बढाउने सहमति भएको माओबादी मुख्य सचेतक पोष्टबहादुर बोगटीले जानकारी दिनु भयो । आवाज
न्यायाधीश बमलाइ महाअभियोग लगाउने नलगाउने बिषयमा यसअघि तीनदलबीच विबाद रहदै आएको थियो । महाभियोग प्रस्तावकालागि १५० सभासदको हस्ताक्षर आबस्यक जरुरी भएका कारण केहि दिनमै प्रक्रिर्या सुरु हुने बोगटिले बताउनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले पनि महाभियोग प्रस्ताव अघि बढाउने सहमति भएको बताउनुभयो । यसअघि आर्थिक प्रलोभनमा परेर न्याय सम्पादन गरेको अभियोगमा न्यायपरिषदले बमलाई महाभियोग लगाउन संसदमा पत्र पठाएको थियो । महाभियोग प्रस्ताव पारितगर्न संसदमा रहका दुइतिहाइ सभासदको समर्थन जरुरी हुन्छ । न्यायधी्श बमलाइ कार्वाही गर्ने÷नगर्ने बिषयमा कानून मन्त्री पे्रम बहादुर सिंह र प्रधान न्यायधीश रामप्रसाद श्रेष्ठबीच विबाद भएको थियो ।
एमालले पनि जनविद्रोह गर्ने : अध्यक्ष झलनाथ खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्धारीत समयभित्र शान्ति र संविधान नबने एमालले पनि जनविद्रोह गर्ने बताउनुभएको छ । एमाले मुख्यालय बल्खुमा आज स्थानीय विकास तथा भौतीक पूर्वाधार विभागले गरेको अन्तरक्रियामा अध्यक्ष खनालले शान्ति र संविधान विरुद्ध षड्यन्त्र भएमा एमाले चुप लागेर नबस्ने बताउनुभएको हो । एमाले अध्यक्ष खनालले संविधान नबन्ने अवश्था आएमा एमाले मात्र होइन सम्पूर्ण देशभक्त र जनतान्त्रीक शक्तिहरु हात बाधेर बस्न नमिल्ने बताउनुभयो ।
अध्यक्ष खनालले ठूला दलहरुले अझै सहमतिको सरकारका पक्षमा रुची नदेखाएको आरोप लगाउदै शान्ति र संवीधानका लागि अझै सहमतिय सरकारको आबश्यकता औल्याउनुभयो । तर सहमति बनेन भनेपनि मुलुकलाइै अब जसरी पनि सरकार दिनुपर्ने र अब बन्ने सरकार शान्ति र संविधानलाई पूर्णता दिने खालको हुनुपर्ने अध्यक्ष खनालको भनाई छ ।
स्थानीय विकास तथा भौतीक पूर्वाधार विषयमा २ दिनसम्म चल्ने अन्तरक्रियामा एमाले महासचिव इश्वर पोखरेल , केन्द्रीय सदस्य तथा विभाग प्रमुख गोकर्ण बिष्ट लगायतका नेताहरुले सरकारी बजेटको दुरुपयोग रोक्न स्थानीय निकायमा तत्काल निर्वाचन हुनुपर्ने अन्यथा विगतका जनप्रतिनिधीकै पुर्नवहाली हुनुपर्ने माग गरेका थिए ।
सेना समायोजन
सरकार र माओवादीबीच माओवादी जनसेनालाई विशेषसमिति मातहत ल्याउने यसअघि भएको सहमतिलाई सेना समायोजन विशेष समितिले अनुमोदन गरेको छ ।
आज बसेको विशेष समितिको बैठकले कार्यक्रमको व्यवस्थापन गर्न विशेष समितिकै ३ जना सदस्यलाई जिम्मा दिएको छ । बैठकमा माओवादीका वर्षमान पुन, एमालेका इश्वर पोखरेल र कांग्रेसका रामशरण महतले कार्यक्रमको मुख्य व्यवस्थापनको जिम्मेवारी दिने सहमति भएको हो ।
कार्यक्रमको बांकी व्यवस्थापन भने गृहमन्त्रालयको समन्वयमा हुने पनि सहमति भएको छ । चितवनको शक्तिखोरमा रहेको माओवादी सेनाको तेस्रो डिभिजन मुख्यालयमा सेनालाई विशेष समितिमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बैठकमा माओवादी र सरकारबीच यसअघि भएको ६ सदस्यीय संयन्त्र बनाउने विषयमा भने मधेशवादी दलका सदस्यहरुले आपत्ति जनाएका थिए । संयन्त्रमा मधेशवादी दललाई सहभागी नगराएको भन्दै आफुहरुले आपत्ति जनाएको बैठकमा सहभागी मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका जेपी गुप्ताले जानकारी दिनुभयो ।
मधेसवादी दलका नेताले आपत्ती जनाएपछि ६ सदस्यिय प्रस्तावित संयन्त्रमा सदस्यता थप्ने बिषयमा भने प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड बिच छलफल गरि निष्र्कषमा पुग्ने निर्णय भएको समितीका सदस्य रामशरण महतले जानाकारी दिनुभयो ।
विशेष समिति र सचिवालयबाट तीन तीन जनाले प्रतिनिधित्व गर्ने सहमति सरकार र माओवादीबीच भएको थियो । विवाद भएपछि संयन्त्रमा रहने बिशेष समिती अन्र्तगतका ३ सदस्यको टु¨ो लागेपनि सचिवालय अन्र्तगतका बाकी ३ सदस्यको नाम भने टु¨ो लाग्न सकेन ।
सभासद्को गफ
प्रमुख तीन दलका सभासद्हरुले संविधानका आधारभूत मूल्य मान्यतामा शीर्ष नेतृत्वबीच सहमति नभएसम्म संविधान नबन्ने बताएका छन् । राजधानीमा आज भएको अन्तरक्रिया सभासद्हरुले संविधानका मूल विवादीत बिषयमा प्रमुख दलहरुबीच गहन छलफल र सहमति आवशयक भएको बताए । एकीकृत माओवादीका सभासद् हरि रोकाले संविधान निर्माणका लागि बा“की समयभित्र दलहरुबीच उच्चस्तरको सहमति हुनुपर्ने बताउनुभयो । कांग्रेसका सभासद् गगन थापाले संविधान निर्माणका विवादीत भनिएका बिषयहरुमा दलहरुबीच गहन छलफल नै हुन नसकेको बताउनुभयो ।
एमालेका प्रदीय ज्ञवालीले संविधानसभामा पनि सत्तापक्ष र प्रतिपक्ष निर्माण भएकाले समस्या आएको बताउनुभयो । मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जेपी गुप्ताले माओवादी सरकारमा नभएसम्म शान्ति र संविधान निर्माण प्रकृया अघि बढ्न नसक्ने बताउनुभयो । सभासद् नवोदिता चौधरीले पार्टी नेतृत्वबाटै सहमतिका लागि न्युनतम विन्दु तय हुनुपर्ने बताउनुभयो ।
कलाकार शान्ती मास्केको निधन
कलाकार शान्ती मास्केको ८३ वर्षको उमेरमा गएराती निधन भएको छ । मुटुरोगबाट पिडीत मास्केको राजधानीको बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द«मा गएराती ११ बजे निधन भएको हो ।
यसैबिच प्रधानमन्त्री माधवकुमार नेपालले चलचित्रकर्मी एवम् वरिष्ठ कलाकार शान्ति मास्केको पार्थिव शरीरलाई आज नेपाल प्रज्ञा प्रतिष्ठानमा जानुभई अन्तिम श्रद्धान्जलि दिनुभएको छ । सो अवसरमा प्रधानमन्त्री नेपालले स्व मास्के अनुभवी कलाकार भएकाले उहाँको निधनबाट मुलुकलाई ठूलो क्षति भएको विचार व्यक्त गर्नुभयो ।
विसं १९८८ मा जन्मनुभएकी मास्केको गतराति निधन भएको हो । उहाँ केही समयदेखि मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो । सुटिङको क्रममा दुर्घटनामा परि घाइते हुनु भएकी कलाकार मास्के त्यही समयदेखि मुटुको रोगी हुनु भएको थियो । उहा विसं २००७ साल अघिदेखि कलाक्षेत्रमा लाग्नुभएको थियो । झण्डै ३ सय वटा चलचित्रमा अभिनय गरिसक्नु भएकी उहाँ जीवनको अन्तिम क्षणमा भने एक्लै बस्दै आउँनु भएको थियो । उहाँको आजै दाहसंस्कार गरिएको छ ।
युवहरु जुर्मुरायो
आदिवासी जनजाति युवा महासंघको दोस्रो राष्टिय महाधिवेशन यही माघ १५ र १६ गते काठमाडौमा हुने भएको छ ।
संघीयता लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता भित्र राष्टियता, संगठन विस्तार राजनीतिक सचेतनामा आदिावासी जनजातिको युवाको नेतृत्व र अग्रसरता भन्ने मुल नाराकासाथ महाधिवेशन हुन गइरहेको महाधिवेशन मुल आयोजक समितिका संयोजक जगत रश्मी मगरले बताउनु भयो ।
राजधानीको राष्टिय सभागृहमा प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नु हुने महाधिवेशनमा देशभरका विभिन्न जातीय युवा संघका तर्फबाट ३५० जना युवाहरु सहभागी रहने आयोजकले बताएको छ । महाधिवेशन अघि माघ १३ गते राजधानीमा मोटरसाइकल र्याली को आयोजना हुने र उद्घाटनको दिन राजधानीमा सास्कृतिक र्यालीको समेत आयोजना हुने सचिव भरतकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।
No comments:
Post a Comment