Daily Kathmandu Team
विशेष अदालतले संयुक्त राष्ट्रसंघको सुडान शान्ती मिसनमा नेपाल प्रहरीका लागि एपीसि खरिद प्रक्रियामा भ्रष्टाचार गरेको ठहर गर्दै नेपाल प्रहरीका तीन जना पूर्व महानिरिक्षकलाई दुई दई बर्ष जेल र करोडौं जरिवाना सुनाएको छ । सुडान घोटालाका अभियुक्तहरु मध्ये पूर्व प्रहरी महानीरिक्षकत्रय र ठेकेदारद्धय सम्भू भारती र माइकल राइडरलाई दोषी ठहर गरिएको हो । दोशी ठहर भएकाहरुलाई २/२ बर्षको कैद तथा जरिवाना र विगो सहितको रकम भराउन पनि आदेश दिइएको छ । सुडान प्रकरणमा विशेषले यसअघि धरौटिमा रिहा गरेका अन्य ३१ जना प्रहरी अधिकृतहरुले भने सफाई पाएका छन् ।

कसलाई कति जरिवाना ?
१७ करोड ६ लाख ८ सय २४ रुपैयाँ ७४ पैसा
६ करोड ४८ लाख ७० हजार ७ सय ९२ रुपैयाँ ५० पैसा पूर्व
४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ ८३ पैसा
४२ करोड ६० लाख २४ हजार ९ रुपैयाँ १० पैसा
२८ करोड ४० लाख १६ हजार ६ रुपैयाँ ७ पैसा
- पूर्व प्रहरी महानीरिक्षक ओम बिक्रम राणा
१७ करोड ६ लाख ८ सय २४ रुपैयाँ ७४ पैसा
- पूर्व प्रहरी महानीरिक्षक हेमबहादुर गुरुङ
६ करोड ४८ लाख ७० हजार ७ सय ९२ रुपैयाँ ५० पैसा पूर्व
- प्रहरी महानीरिक्षक रमेशचन्द ठकुरी
४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ ८३ पैसा
- वेलायती नागरिक माइकल राडर
४२ करोड ६० लाख २४ हजार ९ रुपैयाँ १० पैसा
- ठेकेदार शम्भू भारती
२८ करोड ४० लाख १६ हजार ६ रुपैयाँ ७ पैसा
सफाइ पाउने प्रहरी अधिकृतहरु
१.मदन बहादुर खड्का २.अर्जुनजंग शाही ३.दीपकसिंह थाङ्देन ४. श्यामसिंह थापा ५.दीपेन्द्रबहादुर बिष्ट ६.रमेशबिक्रम शाह ७.टपेन्द्रध्वज हमाल ८. दीपककुमार श्रेष्ठ ९. निरज पुन १०.सुरेन्द्रबहादुर पाल ११. रवीप्रताप राणा १२. यामबहादुर खड्का १३. शिव लामिछाने १४.नरेन्द्रकुमार खालिङ १५. डा.अजितकुमार गुरुङ १६.रमेशकुमार पाण्डेय १७.मनोज न्यौपाने १८.निरजबहादुर शाही १९.गुप्तबहादुर श्रेष्ठ २०.विजयलाल कायस्थ २१.डा.रामकृष्ण राजभण्डारी २२.कृष्णप्रसाद गुरागाँई २३. सञ्जयसिंह बस्नेत २४.पिताम्बर अधिकारी २५.हरिहर श्रेष्ठ २६.विद्याराज श्रेष्ठ २७. प्रकाश अधिकारी २८. अर्जुनप्रसाद तिमल्सेना २९. दिनेश केसी ३०.लालगोविन्द श्रेष्ठ र ३१. गिरीधारी शर्मा ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले सुडान प्रकरणबारे फागुन १ गते सोमबार अन्तिम फैसला गरेको हो । अदालतले पूर्व प्रहरी महानीरिक्षक ओम बिक्रम राणावाट १७ करोड ६ लाख ८ सय २४ रुपैयाँ ७४ पैसा, हेमबहादुर गुरुङगबाट ६ करोड ४८ लाख ७० हजार ७ सय ९२ रुपैयाँ ५० पैसा र रमेशचन्द ठकुरीबाट ४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ ८३ पैसा जरिवाना भराउने फैसला गरेको हो । प्रहरीका लागि बस्दोबस्तीका सामान आपूर्ति गर्ने ठेकेदार कम्पनी वेलायतको एस्योर्ड रिस्क कम्पनीलाई २८ करोड ४० लाख १६ हजार ६ रुपैयाँ ७ पैसा जरिवाना तोकिएको छ । उक्त रकम कम्पनीका सञ्चालक वेलायती नागरिक माइकल राडर र नेपाली प्रतिनिधी ठेकेदार शम्भू भारतीबाट आधा आधा भराउने भनिएको छ । विशेषको फैसला अनुसार वेलायती नागरिक माइकल राडरले २८ करोड ४० लाख १६ हजार ६ रुपैयाँ ७ पैसा र कम्पनीको तर्फबाट १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा गरी कुल ४२ करोड ६० लाख २४ हजार ९ रुपैयाँ १० पैसा रकम तिर्नु पर्ने छ । तस्तै उनका सहयोगी ठेकेदार शम्भू भारतीले १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा जरिवाना र एस्योर्ड रिस्क कम्पनीको पनि त्यति नै गरी २८ करोड ४० लाख १६ हजार ६ रुपैयाँ ७ पैसा रकम तिर्नु पर्ने छ ।
फैसलामा तत्कालिन प्रहरी महानिरीक्षक राणाले ठेकेदारको गलत र अनियमित कामका लागि पूर्वधार तयार गरि ठेक्का दिएको र ठेकेदारलाई भुक्तानी सजिलोसँग दिलाएर उनीहरुलाई फाइदा पु¥याएको भनिएको छ । त्यस्तै सरकार, प्रहरी र प्रहरी कल्याणकारी कोषलाई हानी पु¥याएको र अन्तराष्ट्रिय जगतमा नेपालको बेइज्जत गराएको अदालतको ठहर छ । गुरुङ र चन्दले भने ठेकेदारले गुणस्तरको सामान नबुझाउँदा समेत छानविन गरी कानुनी कारवाही गर्ने जिम्मेबारी पूरा नगरेको र ठेकेदारको माग बमोजिम भुत्तानी दिने निर्णय सदर गरेको कसुर ठहर भएको छ । राणाकै पालामा ठेक्का सम्बन्धी सम्झौता भई १७ करोड रकम भुत्तानी भएको थियो भने त्यसपछि प्रहरी महानिरीक्षक भएका गुरुङ र चन्दले अनियमिताबारे छानविन गर्नुको सट्टा ठेकेदारलाई भुत्तानी दिएका थिए ।
‘पुर्व प्रहरी महानिररिक्षकत्रयले विभिन्न पटक पटक गरी गुणस्तहीन सामाग्री खरिदमा भुक्तानी दिएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को व्यवस्थालाई वमोजीम अभियुक्तहरुलाई तोकीएको जरिवाना र जेल सजाय ठहर गर्दछ ’ विशेषको फैसलामा भनीएको छ ।
नेपालको इतिहासमै सबै भन्दा ठूलो घोटलाको रुपमा रहेको सुडान घोटलाका अभियुक्तहरु बेलायती नागरिक माइकल राडर र तथा उनको नेपाली विचौलीया शम्भू भारतीलाई २÷२ बर्ष कैदका साथै विगो सहितको जरिवाना गर्ने फैसला गरेको हो । शान्ति मिसन सुडानमा खटिएको नेपाल प्रहरीको लागि चाहिने एपिसी लगायतका वन्दोवस्तीका सामानहरुको खरिद गर्दा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदारहरु मिलेर नेपाल सरकार, प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोष समेतलाई २८ करोड ८१ लाख ६१ हजार छ सय २९ रुपैया भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १४ गते मुद्दा दायर गरेको थियो ।

No comments:
Post a Comment