Tuesday, February 14, 2012

तराईमा ‘सिंघम’ हुने प्रतिस्पर्धा बदलिदैँ तराईको पुलिसिङ

SP Ramesh Kharel
नवराज मैनाली 
राजनीतिक संरक्षणमा संगठित रुपमा अपराध र ठुलो परिणाममा तस्करी  हुने गरेका तराईका जिल्लामा राम्रा प्रहरी अधिकारीको नेतृत्वसगै ती जिल्लाको मुहार फेरीन थालेका छ । पहिला तराईमा कसले बढि कमाउने भन्ने प्रतिष्पर्धा हुने गरेकोमा पछिल्लो समयमा भने कसले राम्रो काम गरेर देखाउने भन्ने प्रतिस्पर्धा हुन थालेपति तराई फेरिन थालेको हो ।  गत वर्ष निकै चर्चित बनेको हिन्दी फिल्म ‘सिंघम’ का नायक अजय देवगनले जसरी राजनीतिक आवरणमा धन्दा चलाउने ‘डन’ भनाउदाहरुलाई समाप्त गरेर बहादुर ‘पुलिसिङ’ देखाएका थिए ठिक त्यही शैली तराईका जिल्लाहरुमा देखिन थालेको छ । 

झापाका एसपी तारिणी लम्सालदेखी बाकेका बिक्रमसिंह थापासम्मको कामले अहिले तराईका अपराधीक समूहहरु पाखा लाग्न थालेका छन् भने करोडौंको तस्करी गर्दै आएका समूहहरु पनि विस्थापित भएका छन् । झापाका एसपी लम्साल, मोरङका प्रद्युम्न कार्की, पर्साका रमेश खरेल तथा बा“केका बिक्रमसिंह थापा हालका प्रहरी अधिकारीमध्ये अब्बल दर्जाका प्रहरीका रुपमा चिनिन्छन् । त्यस्तै धनुषाका पुरुषोत्तम क“डेल, भैरहवाका रवीन्द्र रेग्मी पनि राम्रै प्रहरी अधिकारीका रुपमा गनिन्छन् । उनीहरुको कारण तराईमा कमाउने उदेश्यले गएका प्रहरी अधिकारी समेत निराश हुन थालेका छन् । 

SP of Nepal Police Bikram Thapa
कसरी हुन्छ तराईमा प्रहरीको लुट ?

तराईका प्रहरीले कमाउने प्रमुख दुई तरिका छन् । पहिलो तरिका भने तस्करी नै हो । नेपालबाट भारततर्फ तथा भारतबाट नेपालमा ठुलो परिणाममा भन्सार छलेर सामानहरुको तस्करी हुदै आएको छ । तराईका धेरै व्यक्तिहरुको यो पुख्यौली पेशा नै बनिसकेको छ । राजनीतिक आवरणमा उनीहरुले सबैतिर ‘लाइन’ मिलाएर तस्करीको धन्दा हुदै आएको छ । यस्तो किसिमको तस्करीमा माओवादी, कांग्रेस, एमाले लगायत मधेसी पार्टीका केन्द्रीय र स्थानिय नेताहरु सक्रिय छन् । 

पूर्वी तराईका जिल्लाबाट सुपारी लगायत विविध सामाग्रिको भारतमा तस्करी हुने गर्दछ । त्यसैगरी भारतबाट पनि प्रतिबन्धित खाद्यान्न प्रशासनका मिलेमतोमा रातारात नेपाल भित्राउने गरिन्थयो । तर हाल धेरै जिल्लामा यस्तो धन्दा ५० प्रतिशत भन्दा बढि बन्द भएको छ । 

तस्करीको अर्काे रुप भनेका खुद्रा तस्करी हो । जो साना व्यापारी र स्थानियवासीले छोटी भन्सार तथा खुल्ला सीमाबाट भन्सार नतिरी भित्राउने गर्दछन् । जसलाई ‘पोके’ तस्करी भनिने गरिन्छ । त्यस्ता व्यक्तिलाई प्रहरीले पैसा असुल्नै छोड्ने गरेका छन् ।
यसमा सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीहरुको समेत नेपाल प्रहरीका अधिकारीसग मिलेमतो हुने गरेको छ । यस्तो चलन पनि तराईमा धेरै हदसम्म बन्द भएको प्रहरी अधिकारीहरु बताउछन् । जस्तो की तराईका बारा, पर्सा लगायतका जिल्लामा ठुलो परिणाममा गा“जाको खेती हुने गरेको छ । भारतीय व्यापारीहरुले त्यस्तो गाजामा लगानी गरेर भारततर्फ लैजाने गरेका छन् । प्रहरीकै मिलेमतोमा किसानहरुले खेतैभरी गाजा लगाउने गर्दथे । त्यो पनि गत वर्षबाट निकै कम भएको छ । तर पनि केही प्रहरीको लागि भने यो कमाईको एउटा प्रमुख माध्यम बन्दै आएको छ ।

SP Bikramsigh Thapa
प्रहरीको कमाईको अर्काे माध्यम भनेको अपराधीक समूहस“गको सा“ठगा“ठ नै हो । तराईमा झन्डै १० प्रतिशत स्थानियको पेशा नै अपराध र तस्करी भएको एक प्रहरी अधिकारी बताउछन् । ‘कतिपयका त पुर्खादेखी नै परिवार तस्करी र अपराधमा संलग्न छन्,’ तराईको जिल्लाका एक एसपी भन्छन्,‘उनीहरुको यस्तो जालो तोड्न निकै गाह्रो छ ।’ 

तराईका जिल्लामा एक सातामा कम्तीमा एक जनाको अपहरण र हत्या हुने गरेका छन् । धेरै सरकारी कर्मचारी नै त्यसबाट पिडित बनिसकेका छन् । गृह मन्त्रालयकै तथ्याङकअनुसार पनि तराईका  जिल्लामा अझै पा“च दर्जन सशस्त्र समूह सक्रिय छन् । जो राजनीतिक मुद्दाको आडमा संगठित रुपमा अपराधिक गतिविधिमा सक्रिय छन् । खासगरी ती समूहले ठुला व्यापारी र कर्मचारीलाई आफ्नो निशासा बनाउने गरेका छन् । जसबाट तराई क्षेत्रका व्यापारीहरु आजित भएका छन् । यस्तो धन्दामा पनि पर्सा, विराटनगर लगायतका क्षेत्रमा केही कमी आएका छन् । 

अर्काे सानोतिनो समूह बनाएर अपराधको पेशा चलाउने समूह टोल टोलमा छ । जसले बेलाबेलामा गाउ“नै डकैती गर्दै आएका छन् । कटुवा पेस्तोल देखाएर लुट्ने तथा डकैती गर्ने यो समूहले राजमार्गका यात्रुलाई पनि आफ्नो निशाना बनाउदै आएका छन् । तर प्रहरी प्रमुख फेरीए पनि तल्ला तहका प्रहरीहरु पनि पुरानै भएकाले उनीहरुले त्यस्ता अपराधीक समूहस“ग अmभै पनि निकै उठबस हुने गरेको छ । त्यसरी अपराधीक समूहलाई सहयोग गर्दै आएको आरोपमा करिब दुई वर्षअघि मोरङका तत्कालिन डिएसपी रुप कुमार न्यौपानेलाई निलम्बन गरी पछि इन्सपेक्टरमा घटुवा गरिएको थियो । पछि प्रहरी छाडेर उनी तस्करी धन्दामा सक्रिय रहेको स्रोत बताउछ । भारतस“गको खुला सीमानाका कारण पनि तराईमा अपराधीहरु प्रहरीभन्दा सधै एक कदम अगाडि हुने गरेका हुन् । मोरङका एसपी कार्की पनि तस्करी र संगठित अपराध नियन्त्रण नै तराईको प्रमुख चुनौती भएको बताउछन् । ‘यस्ता प्रहरी अधिकारीहरु धेरै छन्,’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारी भन्छन्,‘त्यस्ता व्यक्तिलाई फिल्टर नगरेसम्म नेपाल प्रहरीले शिर निहुराउनुपर्ने हुन्छ ।’ 

इन्चार्ज पनि सबै राम्रा छैनन् 

तराईका केही जिल्लाका इन्चार्जमात्र राम्रा हुन् । आधाजसो जिल्लामा अहिले पनि कमाउने उदेश्य बोकेका एसपीहरु नै छन् । तारिणी लम्साल, प्रद्युम्न कार्की, रमेश खरेल  तथा बिक्रमसिंह थापा बाहेकका अन्य प्रहरी अधिकारी त्यती प्रोफेसनल अफिसरका रुपमा गनिदैनन् ।  तस्करी, गुण्डागर्दी र अपराधस“ग सम्झौता नगर्ने प्रहरी अधिकारीका रुपमा उनीहरुको पहिचान छ । उनीहरुमध्ये लम्साल र थापा माओवादी निकट मानिन्छन् भने एसपी कार्कीको गृहमन्त्रीस“ग पनि राम्रो सम्बन्छ छ । एसपी खरेललाई आईजीपीले आड दिएका छन् । त्यसकारण गच्छादारले पटक पटक सरुवा गर्न खोज्दा पनि उनको सरुवा हुन सकेको छैन । तर पछिल्लो समयमा पूर्वाग्राही भएर काम गर्न थालेको भन्दै बीरगंजका धेरै सर्वसाधरण उनीमाथि आक्रोशित हुन थालेका छन् । पोखरामा हु“दा जग्गा खरिदमा अनियमितता गरेको आरोप पनि उनीमाथि लाग्न थालेको छ । बढि प्रचारमुखी रहेको र आफ्ना हाकिमहरुलाई समेत नटेर्ने भएकाले संगठनभित्र भने ९० प्रतिशतले उनलाई रुचाउदैनन् । 

गृहमन्त्री विजयकुमार गच्छादारको जिल्लामा पुगेका एसपी सौरभ राणा सुरुमा नै विवादमा तानिएका छन् । एक प्रहरी हवल्दारकी  श्रीमतीलाई बलत्कार प्रयास गरेको आरोप लागेका सई र उनका बडिगार्डलाई बचाउन खोजेपछि उनको बदनामी सुरु भएको हो । धनुषाका एसपी पुरुषोत्तक क“डेल मध्यमस्तरका मानिन्छन् । सिराहका एसपी राजेश कर्ण  र सप्तरीका गणेश थापा तराईका सबैभन्दा घुस्याहा एसपीको रुपमा चिनिन्छन् । फोरमका नेताकै दबाबमा उनी दुई महिनाअघि त्यहा सरुवा भएका हुन् । सप्तरीका अपराधीक घटना तिव्र भएपछि उनीविरुद्ध सर्वसाधरणले जुलुस नै निकाल्न थालिसकेका छन् । त्यस्तै प्रहरी भन्दा पनि गीतकारका रुपमा चर्चा कमाएका रौटहटका एसपी ठुले राईले पनि तराईको जिल्लामा कमाण्ड सम्हाल्न नसकेको गुनासो छ । द्धन्द्धको समयमा माओवादीले नियन्त्रणमा लिइएका एसपी राई पछि माओवादी नेता देव गुरुङस“ग सरकारले ‘साटेको’ थियो । 

प्रहरी कल्याण कोष मस्ती गरेर बारामा सरुवा भएका दानसिंह बोहरा पनि मध्यम खालका एसपी हुन् । उनी प्रहरी महानिरीक्षककै इच्छाअनुसार बारामा पठाइएका हुन् । त्यसैगरी हिरासतबाटै सात थुनुवा भगाएको र रञ्जन कोइराला केसमा विवादमा परेका मकवानपुरका एसपी श्याम खड्का प्रहरी प्रधान कार्यालय तानिइसकेका छन् । ललितपुरका शैलेन्द्र तथा किशोर बिष्टको जग्गा कीर्ते गरी बेच्ने समूहलाई पनि उनले संरक्षण गरेको आरोप लागेको छ । मकवानपुरमा पठाइएका पूर्णचन्द्र जोशीपनि राम्रा अधिकारी मानिदैनन् । कारागार प्रकरण चितवनका तत्कालिन एसपी खिनु आचार्य निलम्बित भएपछि पुगेका एसपी भुपाल भण्डारीले पनि राम्रो काम गर्न सकेका छैनन् । 

रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले राम्रो काम गरेर देखाएको टिप्पणी छ  । तर धीरु बस्नेतलाई हटाएर कपिलवस्तु पुगेका एसपी सुरेश बस्नेतका कारण सो जिल्लामा फेरी अपराध बढेको छ । पहिला चितवनमा राम्रो काम गरेर कपिलवस्तु सरुवा भएका उनलाई गच्छादारले आफु मन्त्री भएलगत्तै हटाउन खोजेका थिए । तर पछि उनलाई हटाएर एसपी बस्नेतलाई लैजान उनी सफल भएका हुन् । तराईका अन्य जिल्लाका एसपीहरु मध्यम मानिन्छन् तर बा“केका एसपी बिक्रमसिंह थापाले भने नया“ उत्साह थप्न सफल भएका छन् । दाङका एसपी गणेश ऐर भने भ्रष्ट प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । 

डिआईजीको साथ

तराईका जिल्लाको शान्ति सुरक्षाको अवस्था सुध्रनुमा सो क्षेत्रका प्रहरी प्रमुखको पनि महत्वपूर्ण हात छ । पूर्वाञ्चलका डिआईजी सुरेन्द्र शाह र पश्चिमाञ्चलका राजेन्द्रसिंह भण्डारी अहिलेका राम्रा क्षेत्रीय प्रहरी प्रमुख मानिन्छन् । पैसा भन्दा पनि उनीहरुले कामलाई बढि जोड दिएका छन् । त्यसकारण राम्रो काम गर्छु भन्ने प्रहरी अधिकारीले अहिले खुलेर आफ्नो क्षमता देखाउन सफल भएका छन् । र गृहमन्त्री गच्छादार भने उनीहरु दुवैजनाको सरुवा गर्ने प्रयासमा छन् । तर पनि त्यसमा उनी सफल हुन सकेका छैनन् । स्रोतका अनुसार पूर्वाञ्चलमा पार्वती थापाको सरुवा गर्न उनले तीन महिना अघि देखी नै प्रयास गरेका थिए । 

No comments: