Monday, May 19, 2014

न्याय, समानता र नयाँ शक्तिको बहस

प्रमोद सापकोटा
अष्ट्रेलिया। केहि समय भयो विश्वभरी छरिएर बसेका नेपालीहरु नयाँ शक्तीको बहसमा जुटेका छन्। राष्ट्रिय अन्तराष्ट्रिय एरिनामा नयाँ शक्तीको उदय र आवश्यकताको बहस भइरहँदा यसको उद्देश्य आवश्यकता र भोलीका दिनमा यसको व्यवस्थापनको विषयमा ध्यान दिएको खासै पढ्न हेर्न वा सुन्न पाइएको छैन। आखिर के का लागी नयाँ शक्ती ? के हो यसको उद्देश्य ? किन आवश्यक छ नयाँ शक्ती ? न्याय समानता र सम्बृद्धिको लागी भनिएको नयाँ शक्तीको आधार के हो ? यस्ता यावत प्रश्नहरु अझै अनुत्तरित नै छन्।नेपालले प्रजातान्त्रीक आन्दोल र न्युनतम आधारभुत आवश्यकता सहित समानताको लडाईं लडेको आधारमा हेर्ने हो भने अहिलेको तेस्रो पुस्तासम्म आइपुग्दा हामीले पाएका र गुमाएका विषयहरुको न्यायोचित मुल्यांकन गर्नुपर्ने हुन्छ।

नयाँ शक्ती आधार के ?
हामीले पढेको सुनेको वा अग्रजहरुको अनुभवका आधारमा नेपाल स्वतन्त्रताको अभ्यास गरिरहेको एक परनिर्भर राष्ट्र हो भन्दा गलत अर्थ नलाग्ला। यसको आर्थिक सांस्कृतीक मात्र नभएर वैचारीक आधार पनि परनिर्भरतामा नै अडेको छ। यसो भन्दै गर्दा कहिल्यै कसैको अधिनमा नरहेको स्वतन्त्र राष्ट्रको रटान लगाउन पछि नपर्ने हाम्रो शिर लज्जाले झुक्नुपर्ने हो। तर यसका ठोस आधारहरु छन्। यो मिथ्या आरोप हैन। हामी नुन देखि सुनसम्म परनिर्भर छौं। यति मात्र हैन वैचारीक मन्थनको विषय समेत हामीलाई अरु कसैले दिनुपर्छ। चाहे राजनितीक दर्शन हुन् वा आर्थीक एजेण्डा हामी कसै न कसैसँग आश्रीत छौं। अझ किटेर भन्नु पर्दा ७५ प्रतिशत हाम्रो भुभाग जोडीएको भारत यसको केन्द्रमा छ। हामी बहस गर्ने प्रयत्न गर्छौं निस्कर्स उसले निकाल्छ। हामी अघि बढ्ने प्रयत्न गर्छौं औंला समातेर बाटो उसले देखाउँछ। यहाँसम्म कि बन्दुक काँधमा राखेर निशाना हामी लागाउँछौं ट्रिगर उसले दबाउँछ। परनिर्भरताको यो हदलाई चिर्न सक्ने ल्याकत र सिद्धान्त बोकेका कोहि छन् भने, सम्भव छ नयाँ शक्तिको उदय।
  •  नयाँ शक्ति जन्मियो नै भने पनि स्पस्ट बहुमत वा शक्तीको अभावमा अर्को दश वर्ष देशले यस्तै अराजकता र सामाजिक कुरितिको सामना गर्नुपर्नेछ। यसको ठीक विपरित जागरुक र चेत भएका व्यक्तीहरुको समुह अहिले भएको राजनितिक दलहरुको झण्डामुनि बसेर आफ्नै दलभित्रको फोहोर सफा गर्दै निर्णायक भुमीकामा पुग्ने हो भने किन चलाउनुपर्यो नयाँ शक्तिको बहस?
पत्रकार रविन्द्र मिश्रको भाषामा भन्ने हो भने आँखामा सिद्धान्तको पट्टि बानेका सैद्धान्तीक अन्धाहरुको झुण्डको विवेक सम्मत आलोचना गर्दै न्यायसम्मत राष्ट्रको कल्पना गर्न सक्ने कुनै मार्क्स लेनिन वा गान्धि जन्मन्छ भने, सम्भव छ नयाँ शक्तीको उदय। हैन भने फगत आक्रोश कारुणीकता वा भावावेगको प्रतिनिधित्व गर्ने नयाँ शक्ति इतिहासमा धेरै पटक जन्मीसके जसको मुल्य नेपाली समाजले चुकाइसकेको छ। उदाहरणका लागी एउटा सत्य के हो भने, कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन नसक्दा सरकारको स्थायीत्व रहन्न। त्यसकै कारण राष्ट्र अनिर्णयको बन्दि बन्छ।

Wednesday, June 5, 2013

कहाँ छ टुकुचा ?

Madan Dhungana
मदन ढुंङ्गाना
कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा खोला । काठमाडौंको बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समयको ठूलो खोला टुकुचाको चौडाई अहिले दुईतिहाईभन्दा धेरै दुब्लाएको मात्रै छैन, कतिपय स्थानमा त खोला नै गायव पारिएको छ । खोलालाई पछ्याउ“दै जा“दा गैह्रीधारा, हात्तिसार, लाजिम्पाटलगायतका क्षेत्रमा टुकुचा नै वेपत्ता हुन्छ । टुकुचामाथि बडे बडे महलहरु उभिरहेका देखिन्छन् । बालुवाटारदेखि प्रदर्शनीमार्गसम्म हेर्दै जा“दा टुकुचा खोला कतै हराउ“दै कतै उदाउ“दै गरेको फेला पर्छ । मुख्यतः गैह्रीधारादेखि कमलादीसम्म टुकुचा खोलाको अस्तित्व पूरै समाप्त पारिएको छ ।
  • टुकुचा कहाँबाट बग्छ,  नापी विभाग, काठमाडौं महानगरपालीका र उपत्यका विकास प्राधिकरण सबै बेखबर छन् । नापी भन्छ घर भत्काए टुकुचा खोज्छौं, महानगर भन्छ टुकुचाको नक्सा दिए घर भत्काउँछौं ।
  • २००१ र ३३ सालको नापीमा हात्तीसारमा टुकुचा गायव गराइएको छ, डिल्लीबजारका प्रमुख नापी अधिकृत बिजयकुमार महतोको भाषामा टुकुचा भूमिगत छ ।
  • भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलासम्बन्धि स्पष्ट किटान गरेको छ कि खोलो कसैले छोप्न पाउ“दैन । तर ठूल्ठूला बिजनेश कम्प्लेक्सदेखि भट्टी पसलसम्म चलाइएका छन्, टकुचामाथि ।
भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलासम्बन्धि स्पष्ट किटान गरेको छ कि खोलो कसैले छोप्न पाउ“दैन । यदि कसैले हडपेको, छापेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त डाक्टर भाइकाजी तिवारी भन्छन्, खोला कसैले छोप्न पाउ“दैन । उपत्यका विकास प्राधिकरणका काठमाडौं आयुक्त तिवारी मात्रै होइन, काठमाडौं महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत बसन्त आचार्य पनि खोला मिचेर घर बनाउन वा खोलालाई भूमिगत मार्गबाट लैजान नपाउने बताउ“छन् ।

Sunday, June 2, 2013

दरबार हत्याकाण्डः अझै रहस्य ।

King Birendra and Nepalese Royal Family of then
अशोक दाहाल
काठमाण्डौ । २०५८ साल जेठ १९, नेपालको शाहबंशीय शासन इतिहासमै भयानक दरवार हत्यकाकाण्ड भएको दिन । तत्कालीन राजा विरेन्द्र शाह सहित उनको बंशनास हुनेगरि भएको दरवार हत्याकाण्ड अझै पनि नेपाली इतिहासमा रहस्यकै बिषय छ । 
विरेन्द्र शाहको बंश नास कसले, किन र कसरी ग¥यो भन्ने बिषयमा १२ बर्ष बितिसक्दा समेत अझैसम्म पनि निष्पक्ष छानविन र अनुसन्धान हुन सकेको छैन । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने नेपाली उखानलाई समेत माथ गर्दै दरवार हत्याकाण्डको रहस्य, रहस्यकै बिषय छ । नारायणहिटी राजदरवारमा तत्कालीन शाहबंशीय राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुति, बिरेन्द्रका कान्छा भाई धिरेन्द्र सहित १० जनाको ज्यान जानेगरि भएको दरवार हत्याकाण्डको आज १२ बर्ष वितिसकेको छ । तत्कालीन अवस्थामा लोकप्रिय मानिएका राजा सहित उनको बंश नास गर्ने दरवार हत्याकाण्डको केही बर्षमै नेपालबाट राजतन्त्र अन्त्य भयो । राजतन्त्र रहेसम्म दरवारको दवाव र गणतन्त्रपछि दरवार प्रतिको वेवास्तका कारण यो हत्यकाण्डबारे अझैसम्म पनि जनतालाई चित्तबुझ्दो छानविन हुन सकेको छैन । 

हत्यकाण्डलगत्तै तत्कालीन प्रधान न्यायाधीश सुर्यनाथ उपाध्यायको नेतृत्वमा गठन भएको सरकारी छानविन समितिले तत्कालिन युवराज दीपेन्द्रले नसाको सनकमा अन्धाधुन्ध गोली चलाएको प्रतिवेदन सार्वजनीक ग¥यो । दिपेन्द्रले प्रेम गर्दै आएकी युवती देब्यायनीलाई परिवारले विवाहको स्विकृती नदिएपछि नसाको सनकमा रहेका दिपेन्द्रले आफ्नै परिवारका सदस्यलाई गोली हानेको निष्कर्ष छानविन समितिको थियो । छानविन समितिका अनुसार घटनाका प्रत्यक्षदर्शीहरुले एकस्वरमा हत्याको दोश दिपेन्द्र माथी दिए । गोली लागेर अचेत दिपेन्द्रको पनि दुई दिन पछि जेठ २१ गते बिरेन्द्र सैनिक अस्पतालमा अचेत अवस्थामै निधन भएपछि हत्याकाण्ड रहस्यको बिषय बनेको थियो । छानविन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले घटनाको एकमात्र दोशी दिपेन्द्र भएको बताएका थिए । 

छानविन समितिले हत्याकाण्डको सम्पूर्ण दोश दिपेन्द्रमाथी देखाएपछि तत्कालीन राजनीतिज्ञ र जनताले त्यसमा विश्वास गरेनन् । दरवार हत्यकाण्डपछि गद्दीमा आएका विरेन्द्रका माइला भाई ज्ञानेन्द्र र उनका छोरा पारसमाथि हत्याको आशंका गरियो । हत्याकाण्डमा उनको परिवार मात्र जिवित भएका कारण उनिमाथी आरोप लगाइएपनि त्यो आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण भेटिएन । दाजुको हत्यासंगै श्रीपेच पहिरिएका ज्ञानेन्द्रले आफूमाथि लागेको हत्याको कालो धब्बा मेटाउन शासनकाल भरी जनतास“ग नजिक बन्ने र धार्मीक बन्ने भरपूर प्रयत्न पनि गरिरहे । ६ बर्षे शासनकालपछि ज्ञानेन्द्र राजाबाट जनता बने । राजतन्त्र हटेर देशमा गणतन्त्र आयो । तरपनि ज्ञानेन्द्र र पारसलाई छानबिनको घेरामा ल्याउने साहस त्यसपछि पनि राज्यले गर्न सकेन । 

हत्यकाण्डको दोष दिपेन्द्र र ज्ञानेन्द्र वा पारसमा मात्र सिमीत रहेन । नेपालको राजतन्त्रलाई कमजोर बनाउने भारतीय योजना अनुरुप दरवार हत्याकाण्ड भारतीय षड्यन्त्रमा भएको प्रतिवेदन नेपालका खुफीया एजेन्सीहरुले सरकारी पक्षलाई बुझाएपनि त्यसमा थप अनुसन्धान हुन सकेन । माओवादीले सुरुबाटै हत्याकाण्डलाई राजनीतिक षडयन्त्र भन्दै त्यसमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र र केही विदेशी तत्वको हात रहेको दाबी गर्दै आएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्याकाण्डलाई ‘ग्राण्ड डिजाइन’ भन्दै विदेशी षड्यन्त्रको संकेत गरेका थिए । लामो समयसम्म दिपेन्द्रको साथ रहेका दरबारका पूर्वसचिव डा. विश्वराज शाह लगायतले हत्याकाण्ड देवयानीसंगको प्रेम सम्बन्धका कारण मात्र नभइ, भारतको समेत हात हुनसक्ने दाबी गरिसकेका छन् । हत्यामा विदेशी षड्यन्त्रको तर्कपछाडी बिरेन्द्र र भारतबीचको चिसिएको सम्वन्धलाई समेत तौलेर हेर्ने गरिएको छ । तर हत्याकाण्डमा दिपेन्द्र, ज्ञानेन्द्र वा पारस र भारत को दोशी थियो विश्वस योग्य तथ्य कुनैपनि माध्यमबाट सार्वजनीक हुन सकेको छैन । 

हत्याकाण्ड भएको नारायणहिटी राजदरवार २०६५ सालपछि दरवार संग्रहालयको रुपमा खुल्ला गरियो जनताका लागि । तर त्यतिबेलासम्म हत्याकाण्ड भएको स्थल त्रिभुवन सदन भत्काएर खण्डहर बनाइएको थियो । देशमा राजतन्त्र अत्यको नारा लिएर २०६२÷ ६३ को आन्दोलन चलिरह“दा नारायणहिटीभित्र त्रिभुवन सदन ढलिरहेको थियो । दरवार आफैंले नारायणहिटीभित्रको त्रिभुवन सदन ढाल्यो, सात दलको आन्दोलन र माओवादी जनयुद्धको बलले राजतन्त्र नै ढाल्यो । भवन र व्यवस्था ढल्दै जान्छन्, इतिहास बन्दै जान्छन् । तर नारायणहिटी हत्याकाण्डको रहस्य भने इतिहासमा रहस्यकै रुपमा थप मजवुद बनिरहेको छ । दरवार हत्याकाण्डपछिको १२ बर्षसम्म हत्याकाण्डको पुन छानविनका कुरा पनि पटकपटक उठे उठाइए, फेरी सेलाएर गए । विस्तारै हत्याकाण्डका साक्षीहरु पनि नरहलान्, बा“की रहेका सानातिना प्रमाणहरु पनि मेटिएलान्, तर इतिहासमा यो रहस्य कहिल्यै नमेटिने गरि लेखिएको छ । 
  • ‘त्यो हत्याकाण्ड हुनुको पछाडि राजनीतिक षड्यन्त्र रहेको र त्यसमा देशी–विदेशी एजेन्सीहरुसमेत संलग्न रहेको पक्ष छ ।’ –विवेकविक्रम शाह, राजा वीरेन्द्र र ज्ञानेन्द्रका सैनिक सचिव, नेपाल साप्ताहिक, ०६४ पुस १५) 
  • ‘बिहेको किचलोले गर्दा ‘एक्सट्रिम’ मानसिकतामा पुगिसकेका दीपेन्द्रलाई त्यो हत्याकाण्ड गर्न उक्साउने देशी–विदेशी को थिए, त्यसको अनुसन्धान भएन । त्यसमा कुनै देशी–विदेशी ‘इन्टेलिजेन्स’को हात रहेको आशंका गरिन्छ, त्यो पाटोको पनि खोजबिन हुन सकेन ।’ –विवेकविक्रम शाह, राजा वीरेन्द्र र ज्ञानेन्द्रका सैनिक सचिव, नेपाल साप्ताहिक, ०६४ पुस १५)
  • ‘यो हत्याकाण्ड ग्राण्ड डिजाइन हो’ –गिरीजा प्रसाद कोइराला, तत्कालीन प्रधानमन्त्री ।
  • यस हत्याकाण्डमा अमेरिकाको जासुसी एजेन्सी ः सिआइए र भारतको प्रति–जासुसी एजेन्सी ‘रअ’को हात रहेको छ । - डा.बाबुराम भट्टराई, हत्याकाण्ड लगत्तै कान्तिपुरमा प्रकासित भट्टराईको लेख
विरेन्द्र–भारत सम्वन्ध

हत्याकाण्डबारे दरबारका पूर्वसचिव डा. विश्वराज शाहको आफ्नै दाबी छ । लामो समयसम्म दीपेन्द्रको साथ रहेका डा. शाह हत्याकाण्डका पछाडि देवयानीसंग दीपेन्द्रकोे प्रेमसम्बन्ध रहेको त दाबी गर्छन नै, त्यसबाहेक भारत पनि कारकतत्वको रहेको हुनसक्ने जिकिर गर्छन् । सबैलाई थाहा छ, राजा वीरेन्द्रको शासनकालमा भारतसंग दरबारको सम्बन्ध सुमधुर थिएन । ०४५ सालमा चीनबाट हतियार ल्याइएको निहुँमा भारतले नेपालमाथि थोपरेको नाकाबन्दी त्यसैको एउटा उदाहरण हो । ०५७ सालमा राजा वीरेन्द्रले संसदबाट पारित नागरिकता विधेयकमा लालमोहर नलगाई फर्काइदिएको घटनाले पनि भारतसंग दरबारको सम्बन्ध चिस्याएको बताइन्छ । नेपाललाई आफ्नो हित र स्वार्थअनुकूल चलाउन भारतले कमजोर राजा चाहिरहेको थियो । यतिमात्र होइन, भारत ग्वालियरको राजघरानासंग देवयानी राणाको नजिकको नाता सम्बन्ध थियो । त्यसैले पशुपति शमशेरकी छोरी देवयानीसंग दीपेन्द्रको बिहे भए नेपालको शासनसत्तामा भारत हाबी हुनसक्ने आशंका राजारानीलाई थियो । 

Saturday, June 1, 2013

न्ययाधीश बम हत्यका साक्षी: राम गिरीको बयान

काठमाडौं । म कृषि विकास बैङ्क बिरगञ्जको शाखा प्रमुखबाट रिटार्यड कर्मचारी हुँ । हत्या गरिएको रणबहादुर बम र म क्लासमेट हौँ । हाम्रो दोस्ती ४४ बर्षको हो । रणबहादुर बमको हत्या हुने अघिल्लो दिन म उहाँको घरमा नै बसेको थिए । उहाँले बसौँ भनेर कर गर्नुभयो त्यसैले त्यतै बसियो । भोलिपल्ट बिहान उहाँको मिसेज र बुहारी खाना नखाईकन बिहीबारको दिन बंगलामुखी मन्दिर जाने तयारीमा थिए । बम र म भने खाना खाएर उनीहरुलाई छाड्न गाडीमा मन्दिर गयौँ ।

फर्कने बेला नै हो गोली प्रहार भएको । मेरो त कसैसँग रिसीबी थिएन । सायद न्यायधीश बम माथी नै गोली प्रहार गरिएको होला । उहाँले म सँग सानो कुरा पनि लुकाउनु हुन्थेन । कसैसँग रिसिबी थियो थिएन उहाँको । कुनैपनिको सुरक्षा थ्रेट भएको जस्तो लाग्देन ।
  • मलाई अझै पनि केही हन्छ कि भन्ने डर लाग्छ । बेला बेला झसक्क हुन्छ । नबिराउनु नडाउनु भन्ने हुदोँ रहेनछ । त्यत्रो घटनाको पत्तै लाग्न नसक्नु कस्तो हो । न्यायधीश माथी गोली लागेको घटनाको पत्ता नलाग्नु त हाँस्यास्पद, लाजमर्दो हो । 
  • अहिले महानिरीक्षक रहेको कुवेरसिंह रानाले घटना पछि हत्यारा पत्ता लाग्ने नलाग्ने बारे केही बताएनन् । अनुसन्धानका हरुले भने अहिले तत्काल नभएपनि भविष्यमा पत्ता लाग्ने बताएका छन् ।  घटनाबारे म्याक्सीमम दबाउने प्रयास भएको छ । कुनै दिन बाहिर आउला भन्ने आशा छ ।
त्यो दिन बंगलाुमखीबाट फर्कदै गर्दा ड्राइभरले मोडको बाटो लियो । सँगै रहेको सुरक्षा गार्डले टर्निङको बाटो नजान भन्दा समेत मानेन । फर्कदै गर्दा बाटोमा एउटा मोटरसाइकल रोकिएको र गाडी छिर्न नसक्ने बनाइएको रहेछ । मोटरसाइकल हटाउन सुरक्षा गार्डले कुरा गर्न लागेका थिए न्यायधिश बम र म अङ्गालो मारेर कुराकानी गरेर बसेका थियौँ । हामीले त्यता खासै ध्यान पनि दिएनौँ । तर मोटरसाइकलमा रहेका ब्यक्तिले पेस्तोल निकाले । मैले श्रीमान्लाई पेस्तोल झिक्न लागेपछि देखाँए । उनीहरुले अल अफ अ सडन गोली चलाए । अगाडीको सिसा प्वाल प¥यो । श्रीमान्को ओठमा पहिलो गोली लाग्यो । त्यसपछि उहाँको देब्रे छातिमा गोली लाग्यो । लगत्तै मलाई पनि गोली हाने । मेरो हातमा , करङमा , पेटमा र कुममा गोली लाग्यो । पछि मलाई थाहा भयो । मलाई पाँच वटा गोली लागेको थियो । गोली लागेपछि बम गाडीबाट बाहिर निस्कनुभयो र पाँच सात मिटर उता पुगेपछि लड्नुभयो ।

Tuesday, May 28, 2013

संविधानसभा विघटनको एक बर्ष: प्रतिबद्धता विहीन बर्ष।

Sambidhan sava Bhawan New Baneshwor, Kathmandu
अशोक दाहाल
काठमाण्डौ । गतबर्ष जेठ १४ गते संविधान जारी गर्न माग गर्दै बानेश्वरको संविधानसभा भवन बाहिर विभिन्न जातिय तथा क्षेत्रीय संगठनले प्रर्दशन गरेका थिए । दलहरुले पटक पटक समय थप गरि जेठ १४ गते चार बर्षको अवधि सिध्याउँदै संविधान दिने प्रतिबद्धता गरेपनि राती बाह्र बजे तुहाई दिएका थिए । संविधानसभा भवन बाहीर आफ्ना पक्षमा संविधान बन्नुपर्ने, संघियता हुनुपर्ने अडान राखेका शक्तिहरु रित्तो हात घर फर्किएका थिए । तर संविधान सभा विघटन पछि यतिबेला मुलुक थप संकटमा फसेको छ । मुलुकमा अस्थीरता कायमै छ । जातिय शक्ति केही निष्क्रिय देखिएपनि शक्ति सञ्चयमा ब्यस्त छन् । राजनैतिक दलहरु निर्दलिय सरकार गठन गरि कमजोर मुकर्दशक बनेका छन् । विदेशी हस्तक्षेप अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ र राष्ट्रियता कमजोर भएको छ । 
  • पत्रकार युवराज घिमिरेकै शब्दमा एउटा महङ्गो संविधान लेखन प्रक्रिया तुहिएको छ र अर्को महङ्गो प्रतिबद्धता बिहीन संविधान लेखनको प्रािक्रया प्रारम्भ गर्ने तयारी छ । तर संविधानसभाको असफलताको जवाफदेहीता कतै नभेटिएकोमा जनता असन्तुष्ट रहेको घिमिरको ठम्याई छ ।

२०६८ जेठ १४ कथा ।

२०६९ सालको जेठ १४ गते संविधानसभा विघटन भएको एक बर्ष पूरा भएको छ । सर्वोच्च अदालतले अन्तिम पटक दिएको समयसीमासम्म पनि संविधान जारी हुन नसकेपछि संविधानसभा स्वतः विघटन हुन पुगेको थियो । संविधानसभा विघटनस“गै संविधानसभाको अर्को निर्वाचन घोषणा तत्काल गरिएपनि विघटनको एक बर्ष पूरा भइसक्दा पनि अर्को संविधान बन्ने सुनिश्चितता छैन । साथै संविधान निमार्णका लागी गरिने भनिएको निर्वाचन अनिश्चित नै छ ।

संविधान जारी भएको भए गत बर्षको जेठ १४ ऐतिहासिक संविधानसभाका लागि अन्तिम घडी हुने थिए । यद्यपी संविधान जारी नभएपनि त्यो अन्तिम घडी नै बन्यो संविधानको सपना अन्त्यको । संविधानसभा भवन नया“ बानेशवर परिसरभित्र सभासद्हरु थुनिएका थिए, दिनभर दिनभर बैठक सुरु हुने प्रतिक्षामा बसे र सा“झ पर्दा पनि बैठकको आत्तोपतो नभएपनि  संविधानसभाको बैठक सुचारु गर्न माग गर्दै नारावाजी गरे । भवन बाहिर, संविधानमा आ–आफ्ना मुद्दा स्थापीत गर्न माग गर्दै धर्ना र धेराउ गरिरहेका थिए बिभिन्न पहिचान पक्षधरहरु । दुईवर्षका लागि अनुमति पाएको संविधानसभाको म्याद चार पटक थप गरेर चार बर्ष बनाइएको थियो । र हरेक पटक ंसंविधानसभाको म्याद सकिन अन्तिम दिन यस्तै धर्ना र प्रर्दन गरिनु नया“ बानेश्वरका लागि नौलो थिएन । चार बर्षको मिहेनत सा“धेर पनि उपलब्धी चुम्न नपाउ“दै विघटन भयो । एक थान संविधान लेखेर फर्कनेगरि आएका सभासद्हरु संविधानसभाको अवसानको मलामी बने । कति त रोए पनि ।